Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!
- १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ, १३ वैशाख (रासस) :बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न दिइएको समयसीमा तीन महिना थप भएको छ । नेपाल बीमा प्राधिकरणले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ लाई संशोधन गरेर नयाँ निर्देशिका जारी गर्दै चुक्ता पुँजी कायम गर्ने सीमा असार मसान्तसम्म पु¥याएको हो । यसअघि चैत मसान्तसम्मका लागि तोकिएको उक्त समयसीमालाई प्राधिकरणबाट यही वैशाख ३ गते स्वीकृत भएको ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०८०’ ले असार मसान्तसम्म बढाएको हो । “विसं २०७९ चैत मसान्तसम्म चुक्ता पुँजी कायम गर्न नसक्ने बीमकले मनासिव कारणसहित निवेदन दिएमा प्राधिकरणले यस निर्देशिका बमोजिमको चुक्ता पुँजी २०८० असार मसान्तभित्र…
काठमाडौँ: विश्व बैंकले निम्न तथा मध्यम आय भएका देशहरुलाई समृद्ध बनाउनका लागि उचित आप्रवासन नीतिको आवश्यकता रहेको जनाएको छ । विश्वव्यापी रुपमा ज्येष्ठ नागरिकको जनसङ्ख्या वृद्धि भइरहेको छ । विकसीत देशहरुमा युवाको जनसङ्ख्या भन्दा धेरै ज्येष्ठ नागरिकको सङ्ख्या हुँदा ती देशहरुले लिएका दीर्घकालीन उद्देश्य परिपूर्तिका लागि वैदेशिक कामदारको आवश्यकता बढ्दै गएको छ ।विकसीत मुलुकमा युवाको सङ्ख्यामा कमी आउनु र विकासोन्मुख राष्ट्रहरुले युवाको क्षमता पहिचान गर्न नसक्दा बजारमा कामदारको अभाव र बेरोजगारी दर एकसाथ बढ्दै गएको छ । यी दुई समस्या निराकरणका लागि उपयुक्त आप्रवासन नीति निर्माण गर्नु आवश्यक रहेको विश्व बैंकले प्रस्टाएको छ । विकासोन्मुख राष्ट्रहरुमा विद्यमान रहेको बेरोजगारीको समस्या…
काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले रूपान्तरित हुन सन्देश दिएको बताएका छन्। महामन्त्री शर्माले उपनिर्वाचनमा विजयी उम्मेदवारलाई बधाई दिँदै देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुसार आफूलाई बदल्नुपर्ने बताएका छन्। मतदातालाई सम्मान प्रकट गर्दै महामन्त्री शर्माले पार्टी रुपान्तरणमा नयाँ ढंगले जुट्ने पनि बताएका छन्। उपनिर्वाचनमा कांग्रेसले तनहुँ-१ र चितवन-२ मा उम्मेदवारी दिएको थियो। दुबै क्षेत्रमा कांग्रेस पराजित हुनुले पार्टीमा रूपान्तरणको जरूरी रहेको बताएका हुन्।
बारा: बारा निर्वाचन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन्। आफ्ना निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई ५ हजार मतान्तरले हराउँदै यादव विजयी भएका हुन्। अन्तिम मतपरिणामअनुसार विजयी यादवले २८ हजार ४ सय १५ मत प्राप्त गरेका छन् भने पराजित जनमत पार्टीका उम्मेदवार कुशवाहालाई २३ हजार ३ सय ३४ मत प्राप्त भएको छ। यादव र कुशवाहाबीच मतान्तर ५ हजार ८ छ। यो क्षेत्रमा एमाले उम्मेदवार पुरुषोत्तम पौडेल निकै ठूलो मतान्तरका साथ तेस्रो स्थानमा पुगेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले पनि निकै कम मत पाएका…
काठमाडौँ: लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको लागि आह्वान गरेका छन्। नेपालको संविधान धारा १६८ को उपधारा २ अनुसारको सरकार गठनको लागि वैशाख १४ गते बिहीवार अपरान्ह ४ बजेसम्म दाबी पेश गर्न उनले आह्वान गरेका हुन्। संविधानको सो धारा र उपधारामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ। मुख्यमन्त्री लिला गिरि प्रदेश सभाबाट विश्वासको मत नपाएपछि सोमबार पदमुक्त भएका थिए। नेकपा (एमाले) का नेतासमेत रहेका गिरिले प्रस्तुत गरेको विश्वासको मतको पक्षमा ३३ र विपक्षमा ५३ मत परेको छ। आवश्यक बहुमत संख्या ४४ पुर्याउन नसक्दा लुम्बिनीमा गिरि सरकार ढलेको हो।
काठमाडौं: पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९१ नमुनामध्ये १०१९ जनाको पीसीआर परीक्षण गर्दा ९२ जना र ५७२ जनाको एन्टीजे परीक्षण गर्दा ४२ जना गरी १३६ जनामा कोरोना देखिएको हो । यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३९० पुगेको छ भने संस्थागत आईसोलेशनमा २७ जना, आईसीयूमा ४ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् । संक्रमण बढेसँगै कोरोनाविरुद्धको बुस्टर डोज खोज लगाउन स्वास्थ्य मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
काठमाडौं : फुटपाथ ओगटेर बनाएको भन्दै काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा रहेको प्रहरी बिट हटाएको छ। आज महानगर प्रहरीसहितको टोलीले बिट हटाएको हो। गत चैत २५ गते काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फुटपाथ मिचेर बनाइएका प्रहरी बिटहरु हटाउन निर्देशन दिएका थिए। सर्वसाधारण हिँड्न बनाइएको फुटपाथमा पर्ने केही संरचना हटाएपनि प्रहरीका बिटहरु अझै नहटेकाले समतामुलक कानुनको प्रयोग गर्नका लागि कानुन कार्यान्वयन गर्ने प्रहरी आफैंले हटाउनुपर्ने उनले बताएका हुन्।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ । सभामुख देवराज घिमिरले घुस मागेको अडियो प्रकरणमा जोडिएका सांसद श्रेष्ठको पद रिक्त हुने निर्णय मंगलबार गरेका हुन् । उनलाई सांसद पदबाट हटाउन रास्वापाले संसद सचिवालयमा पत्राचार गरेको थियो । रास्वपाको पत्रहरूका अध्ययनपछि सभामुखले उनको सांसद पद रिक्त हुने निर्णय गरेका हुन् । उनको सांसद पद रिक्त भएको सूचना मंगलबारको प्रतिनिधिसभाको बैठकमा सुनाउने तयारी रहेको सभामुखका प्रेसविज्ञ शेखर अधिकारी जानकारी दिए ।
काठमाडौँ:त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सोमबार राति फ्लाई दुबईको जहाज उडेबित्तिकै देखिएको असामान्य अवस्थाबारे प्रतिक्रिया जनाएको छ। विमानस्थलका अनुसार फ्लाई दुबईको एफजेट५७६ (एफडीबी५७६)ले उडेलगत्तै यसबारे जानकारी गराएको थियो। सोलगत्तै विमानस्थल व्यवस्थापनले विमानस्थलको आकस्मिक व्यवस्थापन योजना र पद्धतिअनुसार आवश्यक सम्पूर्ण तयारी गरिएको थियो। पछि, उक्त विमानका पाइलटले समस्या समाधान भएको र गन्तव्यतर्फको उडानलाई निरन्तरता दिनलागेको जानकारी गराएका थिए। ‘यद्यपि विमानस्थलका एयर ट्रफिक कन्ट्रोलर (एटीसी)ले उक्त विमानका पाइलटलाई यदि उनीहरुले चाहेमा त्रिभुवन विमानस्थलमै अवतरण गराउन सक्ने जानकारी गराएका थिए’, विमानस्थलले भनेको छ। सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडिओमा उक्त विमान उडेलगत्तै काठमाडौंको आकाशमा फन्को मार्ने क्रममा केही विस्फोट भएजस्तो झट्ट उज्यालो भएको देख्न सकिन्छ। तर…
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई अब समर्थन गरिरहुनको औचित्य पुष्टि हुन नसक्ने बताएका छन्। चितवन क्षेत्र नम्बर २ मा विजयनजिक पुगिसकेका उनले मतगणनास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्। ‘हामी समग्र राष्ट्रकै उन्नतिका लागि काम गर्छौँ। अब गठबन्धन सरकारालई दिएको समर्थनको औचित्य पुष्टि हुनुपर्छ’, उनले भने, ‘जनताले बाहिरै रहेको हेर्न चाहेका पनि कुरा आएको छ। यसबीचमा हामी सरकारमा हुँदाको न्यूनतम् साझा कार्यक्रम पनि परिवर्तन भए।’ उनले आफूले २०४६ यताका भ्रष्टाचारका सबै फाइल खोल्न गरेको प्रस्तावसम्बन्धी बुँदा पनि प्रचण्ड नेतृत्वको सरकारले हटाएको बताए। ‘हामीले सरकारमा हुँदा भ्रष्टाचाका फाइल छानबिन हुनुपर्छ भनेका थियौँ। तर भ्रष्टाचारका…
