Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: रास्वपाका सांसदहरूले प्रतिनिधिसभा बैठकको सुरुमै बोल्न समय नपाएको भन्दै होहल्ला र नाराबाजी गरेका छन् । कार्यसूचीमा प्रवेश नगर्दै रास्वपाका सांसदहरूले आसनबाट उठेर विरोध गरेका थिए । सभामुखले उनीहरूलाई आसन ग्रहण गर्न पहिला अनुरोध र त्यसपछि आदेश गर्दा समेत नमानेपछि रास्वपाको अवरोधकैबिच सभामुख घिमिरेले राष्ट्रपतिबाट प्राप्त पत्रहरू पढेर सुनाएका छन् । सभामुखले राष्ट्रपतिको पत्र पढ्दै गर्दा रास्वपा सांसदहरूले होहल्ला गरेका हुन् । त्यसपछि उनीहरू बैठक छाडेर निस्केका छन् ।

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू धरौटी बुझाएर थुनामुक्त भएको भन्दै निलम्बन फुकुवा गर्न माग गरेका छन्। शुक्रबार प्रतिनिधि सभा बैठक बस्नुअघि सिंहदरबारस्थित संघीय संसद सचिवालय पुगेर लामिछानेले सभामुख देवराज घिमिरेलाई भेट्दै प्रतिनिधि सभा सदस्य पद निलम्बन फुकुवाको मागसहित निवेदन दिएका हुन्। सभामुख घिमिरेलाई निवेदन दिँदै लामिछानेले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम आफूलाई निलम्बन गर्नु कानुनसम्मत नरहेको जिकिर गरेका थिए। ‘आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिनु,’ लामिछानेको भनाइ थियो। तर सभामुख घिमिरेले विद्यमान कानून, संसद नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको लामिछानेलाई जबाफ दिएका छन्। ‘कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा निलम्बन…

Read More

काठमाडौं: सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य दुई हजार तीन सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेर एक हजार नौ सय १५ मा कारोबार भइरहेको छ । बिहीबार सोही परिमाणको चाँदी एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

Read More

एजेन्सी: अमेरिकामा यात्रु विमान र सैनिक हेलिकप्टर ठोक्किँदा ६७ जनाको ज्यान गएको छ । वाशिंगटन डिसीमा अमेरिकी सेनाको हेलिकप्टर र अमेरिकन एयरलाइन्सको एक विमान आकाशमै ठोक्किएको थियो । ठोक्किएपछि विमान र हेलिकप्टर दुबै पेटोम्याक नदीमा खसेका थिए । उक्त दुर्घटनामा विमानमा सवार ६४ र हेलकप्टरका तीन ६७ जनाकै ज्यान गएको समाचार संस्था एपीले जनाएको छ । उक्त घटना २००१ पछि अमेरिकाको सबैभन्दा घातक हवाई दुर्घटना मानिन्छ । २००१ मा एअर फ्लोरिडाको फ्लाइट ९२९ दुर्घटनामा परेको थियो जसमा ७८ जनाको ज्यान गएको थियो । त्यस्तै २००१ को सेप्टेम्बर ११ को आक्रमणमा अलकायदाले चारवटा यात्री विमान अपहरण गरी आतंकवादी हमलामा प्रयोग गरेको…

Read More

झापा । नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक चारजनाको मृत्यु हुने गरेको छ । नेपालमा बर्सेनि दुई हजार एक सय ६९ जनालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिए । तीमध्ये ६१ प्रतिशत अर्थात् एक हजार तीन सय १३ जनाको बर्सेनि मृत्यु हुने गरेको उनले बताए । ह्युमन पापिलोमा भाइरस (एचपीभी)को दुई सयभन्दा बढी प्रजातिमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने मुख्य कारक हुन् । झापामा माघ २२ गतेदेखि २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको छ । खोप अभियानअन्तर्गत जिल्लाका १५ वटै स्थानीय तहका विद्यालयभित्र र विद्यालयबाहिर रहेका ५४ हजार…

Read More

काठमाडौँ:अस्ट्रेलियाका विज्ञानमन्त्री एड हुसिकले मङ्गलबार चीनको चर्चित एआई च्याटबट डिपसिकबारे गोपनीयताको चिन्ता व्यक्त गर्दै प्रयोगकर्ताहरूलाई यसलाई डाउनलोड गर्नुअघि राम्रोसँग सोच्न आग्रह गरेका छन्। चीनस्थित प्रविधि स्टार्टअपद्वारा विकसित डिपसिक च्याटबटले गत हप्ता जारी भएयता उद्योग विशेषज्ञहरूलाई चकित पारेको छ र वित्तीय बजारहरूमा हलचल ल्याएको छ। धेरै कम लागतमा पश्चिमी प्रतिस्पर्धीहरूसँग टक्कर लिन सक्ने क्षमताका लागि प्रशंसित यो च्याटबटले बजार अग्रणी च्याट जीपीटीलाई पछि पार्दै एप डाउनलोड चार्टको शीर्षमा पुगेको छ। तर अस्ट्रेलियाका विज्ञानमन्त्री हुसिकले सावधानी अपनाउन आग्रह गरेका हुन्। ‘गुणस्तर, उपभोक्ता प्राथमिकता, डाटा र गोपनीयता व्यवस्थापनबारे समयक्रममा धेरै प्रश्नहरूको जवाफ दिन आवश्यक छ’, हुसिकले राष्ट्रिय प्रसारक एबीसीलाई भने, ‘म यसबारे धेरै…

Read More

काठमाडौँ: सामाजिक सञ्जाल प्रयोगकर्ताले कसैको आईडी ह्याक गरेमा ३ वर्ष कैद र १५ लाख रूपैयाँसम्म जरिवाना हुने भएको छ। सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन भन्दै सरकारले ल्याएको नयाँ विधेयकमा यस्तो सजायसहितको व्यवस्था गरिएको हो। विधेयकको दफा २१ को उपदफा १ मा भनिएको छ, ‘कसैले सामाजिक सञ्जालको प्रयोग गरी कसैको आईडी तथा सूचना ह्याक गर्नुहुँदैन।’ उपदफा २ ले यस्तो कसुर गर्नेलाई सजायको व्यवस्था गरेको छ। भनिएको छ, ‘उपदफा (१) बमोजिम कसूर गर्नेलाई तीन वर्षसम्म कैद वा पन्ध्र लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।’ नयाँ विधेयकमा सरकारले प्रयोगकर्ताहरूका लागि निकै कडा सर्तहरू प्रस्ताव गरेको छ। कसैको नित्तान्त व्यक्तिगत तथा…

Read More

काठमाडौँ: सरकारले हालै ल्याएका अध्यादेशहरु फास्टट्रयाकमा पारित गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। ‘हिउँदे अधिवेशनमा नेपाल सरकारले सिफारिस गरेर राष्ट्रपतिज्यूबाट जारी भएको अध्यादेश हामीले संसद् सचिवालयमा दर्ता गरिसकेका छौँ,’ उनले भने, ‘ती अध्यादेश फास्टट्रयाकबाट यो हिउँदे अधिवेशनबाट पारित गर्ने काम हुन्छ।’ गुरुङले अध्यादेश कार्यान्वयनका लागि नियमावलीहरू समेत छिटो बनाउने निर्णय भएको बताए। उनले भने, ‘अध्यादेश कार्यान्वयन गर्नका लागि नियमावलीहरू तदारुकताका साथ बनाउने निर्णय गरेका छौँ।’

Read More

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित विद्युत्को बजार सुनिश्चित रहेकाले जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । ‘रेमिट हाइड्रो लिमिटेड’ले ताप्लेजुङको धुन्साखोलामा निर्माण गर्न लागेको ७७.५ मेगावाटको धुन्साखोला जलविद्युत् लिमिटेडको वित्तीय व्यवस्थापन हस्ताक्षर समारोहमा आइतबार सांझ आयोजित कार्यक्रममा मन्त्री खड्काले उत्पादित जलविद्युत्को बजार सुनिश्चित रहेकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको हो । “हामीले सन् २०३५ सम्म आन्तरिक खपत १३ हजार पाँच सय मेगावाट र १५ हजार मेगावाट विद्युत् छिमेकी मुलुक भारत र बङ्गलादेशमा बिक्री गर्ने भनेका छौँ, उत्पादित विद्युत्को बजार सुनिश्चित भइसकेकाले यस क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस्,” मन्त्री खड्काले भन्नुभयो । विद्युत् उत्पादनसँगै प्रसारण…

Read More

चितवन: प्रेस सेन्टर नेपाल चितवनको अध्यक्षमा राजेन्द्र आचार्य निर्वाचित भएका छन् । आइतबार भरतपुरमा भएको बार्षिक साधारणसभा एवम् छैटौँ अधिवेशनले आचार्यको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । प्रेस सेन्टर नेपाल चितवनको खुल्ला उपाध्यक्षमा नविनबाबु मरह्ठ्ठा, समावेशी उपाध्यक्षमा दिप्ति बिक, सचिवमा सुरेन कुँवर,खुल्ला सहसचिवमा अनिल भट्टराई, समावेशी सहसचिव हिरालाल गुरूङ र कोषाध्यक्ष सुनिल पराजुली चयन भएका छन् । यसैगरी सदस्यहरुमा कमल राज ढकाल, प्रतिमा भण्डारी, विशाल अम्गार्इ, सुजन खनाल, राजकुमार देउजा र सन्तोष विश्वकर्मा रहेका छन् ।

Read More