Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज विहीबार पदभार ग्रहण गरेका छन्। हिजो बुधबार मन्त्री नियुक्त भएका उनले आजै बिहीबार राष्ट्रपतिबाट सपथ लिएर अर्थ मन्त्रालय प्रवेश गरेका हुन्। अर्थ मन्त्रालय प्रवेशपछि दुई सचिवसहित सहसचिवस्तरका कर्मचारी, राष्ट्र बैंकका गभर्नर, नेपाल धितोपत्र बोर्डका अध्यक्ष, बीमा समितिका अध्यक्ष र तीनजना विभागीय प्रमुखलाई उनले सम्बोधन गरे। करिब ३० मिनेट लामो सम्बोधन गरेका पौडेलले २५ मिनेट अर्थतन्त्रका वर्तमान परिस्थिति, अर्थ मन्त्रालयको भूमिका, कोरोनाको प्रभावलगायतका विषयमा बोले। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका पौडेलले आफ्नो पार्टीभित्र उत्पन्न हुने समस्याको छाँया अर्थ मन्त्रालयमा पर्न नहुनेमा सचेत गराएका छन्। ‘तालमा ढुंगा हान्दा किनारासम्म…
काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी जम्मा १९३५ जना संक्रमित थपिएका छन् । यसअघि बुधबार काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ गरी जम्मा १४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
काठमाडौं : ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि ग्राहकले नै खुकुरी प्रहार गरेका छन्। हिजो बुधबार दिउँसो काठमाडौँको बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्ड रुद्रबहादुर गुरुङमाथि एक ग्राहकले खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट गुरुङ घाइते भएका छन्। बैंकमा भिडभाड भएपछि सुरक्षा गार्डले लाइन मिलाउने क्रममा विवाद भएको थियो। त्यसक्रममा एक ग्राहकले सुरक्षा गार्डको खुकुरी निकालेर उनैलाई खुकुरी प्रहार गरेको काठमाडौंका प्रहरी प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए। खुकुरी प्रहार गर्ने व्यक्तिको प्रहरीले पहिचान गरिसकेको छ। खुकुरी प्रहारबाट घाइते सुरक्षा गार्डको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको हातमा चोट लागेको छ।
काठमाडौँ: सानिमा जनरल इन्स्योरेन्सको आईपीओ शुक्रबार बिहान बाँडफाँड हुने भएको छ । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार इन्स्योरेन्सको आईपीओ भोलि बिहान साढे ८ बजे क्यापिटलको कार्यालयमा बबरमहल काठमाण्डौंमा बाँडफाँड हुने भएको हो । आईपीओ बाँडफाँडका लागि क्यापिटलले प्रि अलटमेन्ट गरी स्वीकृतीका लागि नेपाल धितोपत्र बोर्डमा पठाइसकेको छ । बोर्डबाट स्वीकृति पपछि भोलि बिहान बाँडफाँड गरिने क्यापिटलले जनाएको छ। इन्स्योरेन्सको आईपीओमा आवेदक गरेका १०० जनामध्ये ६९ जनाले शेयर नपाउने अवस्था देखिएको छ । १०० जनामध्ये ३१ जना आवेदकले मात्र शेयर पाउने तथ्याङ्क आएको छ । आलसम्मकै उच्च संख्याबाट आवेदक परेर रेकर्ड ब्रेक भएपछि न्यून संख्यामा मात्र…
काठमाडौँ: काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा ग्यास विष्फोट भएको छ । विष्फोटबाट एक घरमा पूर्ण क्षति भएको छ । विष्फोटबाट केही मानिस घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । घटनाबारे जानकारी दिँदै ज्ञवालीले भने, ‘ग्यास विष्फोट हुँदा एक घर पूर्ण रुपमा क्षति भएको छ । ३ जना घाइतेलाई उपचारका लागि मनमोहन अस्पतालमा लगिएको छ । थप विवरण आउन बाँकी छ ।’
काठमाडौँ: नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिएका छन्। बिहीबार बिहान साढे ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित सपथ ग्रहण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई सपथ खुवाएकी हुन्। सपथ खाएपछि नवनियुक्त मन्त्रीहरूले आजै पदभार सम्हाल्ने छन्। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ केही मन्त्रीको जिम्मेवारी हेरफेर र तीन मन्त्रीको नयाँ नियुक्ति गरेका थिए।
काठमाडौँ: शिवम् सिमेन्टस् लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको असोज २८ गते, बुधबार सम्पन्न बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई कूल २४.२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसअनुसार कम्पनीले १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
मोरङ: मोरङको विराटनगरमा उपचारका क्रममा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक एक महिला र दुई पुरूष छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुई संक्रमित पुरुषको बुधबार राति र आज बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय पुरूष र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय पुरुष छन्। असोज २१ गते रिपोर्ट पोजिटिभ देखिएका विराटनगरका पुरूषको आज बिहान ३:३० बजे मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए। ती पुरूषमा सुगरको पनि समस्या थियो । यस्तै गत सोमबार कोरोना पुष्टि भएका धरानका पुरूषको पनि मृत्यु भएको छ । उनको बुधबार राति ९…
काठमाडौँ: सरकारले ६० वर्ष मुनिका एकल महिला र अति अशक्तलाई भत्ता उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन गरेको छ। गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहलाई बुधबार यस्तो निर्देशन दिएको हो। पत्रमा मन्त्रिपरिषदको निर्णय अनुसार ६० वर्ष मुनिका एकल महिला र अति अशक्त नागरिकलाई भत्ता उपलब्ध गराउन भनिएको छ। केही समयदेखि ६० वर्षमुनिका विधवा र अति अशक्तलाई भक्ता दिन रोक लगाइएको थियो। महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकालाई बुधबार पत्राचार गरेर गृह मन्त्रालय अन्तर्गतको पञ्जीकरण विभागले यस्तो निर्देशन गरेको हो। पत्रमा आर्थिक वर्ष २०७७ ०७८ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन भनिएको छ। ‘६० वर्ष ननाघेका विधवा एकल…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नयाँ तीन जना मन्त्री थप गरेका छन् भने दुई जनाको जिम्मेवारी हेरफेर गरिएको छ। प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेलको जिम्मेवारी पनि फेरिदिएका छन्। पोखरेलको मातहतमा रहेको रक्षा मन्त्रालय आफूसँग राखेर ओलीले उनलाई मन्त्रिपरिषद् कार्यालयमा लगेका छन्। पोखरेलको हातबाट रक्षा मन्त्रालय किन खोसियो भन्ने विषयमा अनेक अड्कलबाजी भइरहेका छन्। तर, प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री पोखरेल निकटस्थहरु भने उनको जिम्मेवारी थपिएको बताउँछन्। पोखरेलसँग पटकपटक छलफल गरेरै ओलीले उनलाई मन्त्रिपरिषद् कार्यालयमा लगेको पोखरेलका सचिवालयका एक सदस्यले जानकारी दिए। ‘प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीच यस विषयमा पटकपटक छलफल भएको छ। सुरुमा मन्त्री हुँदा समेत प्रधानमन्त्रीले…
