Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सामूहिक लगानी कोष एनआईसी ‘एशिया डाइनामिक डेब्ट फण्ड’ को १ करोड २५ लाख इकाईको बिक्री यहि मंसिर १२ गते शुक्रबारदेखि खुला हुने भएको छ । एनआईसी एशिया क्यापिटलले मंसिर १२ गतेदेखि एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड बिक्री खुला गर्ने भएको हो । क्यापिटलको योजना व्यवस्थापनमा पहिलो पटक खुलामुखी सामूहिक लगानी कोषको इकाई बिक्रीमा आउन लागेको हो । नेपाल धितोपत्र बोर्डबाट योजना अन्तर्गत ५० करोड रुपैयाँ बराबरको प्रति इकाई १० रुपैयाँका दरले ५ करोड बराबरको इकाई निष्काशन गर्न अनुमति पाएकोमा १५ प्रतिशत (७५ लाख इकाई) कोष प्रबद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखिएको छ । सर्वसाधारणमा बिक्रीमा आउने ४ करोड २५…

Read More

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सत्ता साझेदारी सभापतिको एक्लैले निर्णयको विषय नभएको बताएका छन् ।  बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता सत्ता साझेदारी प्रस्ताव गरेको विषयमा चर्चा भइरहेको बेला महामन्त्री कोइराला यस्तो प्रतिक्रिया दिएका हुन् । मंगलबार नवलपरासीमा प्रजातन्त्र सेनानी भूमिश्वर सापकोटाको शोकसभामा महामन्त्री कोइरालाले मुलुकका सरकार विहीन अवस्थामा आए सत्ता साझेदारीका विषयमा केन्द्रीय समिति बैठकले निर्णय गरिने बताए । उनले भने, ‘अहिले नेपाली काँग्रेसलाई सत्तामा होइन प्रतिपक्षमा बस्न जनताले म्याण्डेट दिनुभएको छ । सरकार विहीन अवस्थामा मात्र नेपाली काँग्रेसले सत्ता साझेदारीका विषयमा केन्द्रीय समिति बैठकले निर्णय लिन्छ ।’ महामन्त्री पूर्णबहादुर…

Read More

बर्दिबास: ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा महोत्तरीको बर्दिबासमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा बर्दिबास नगरपालिका वडा नम्बर १ का सञ्जय न्यौपाने रहेको प्रहरीले जनाएको छ । कम्मरमुनी गोली लागेका उनको बर्दिबासस्थित पिनाकल अस्पतालमा उपचार भइरहेको छ । आक्रोशित स्थानीयले बालिकाको शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेका छन् भने सो क्रममा हत्या आरोपीको घरमा आगजनी समेत गरेका छन् । आन्दोलनकारी उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको बताइएको छ । बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीबाट ६ वर्षीय बालिका गुलाब साह खातुनको आइतबार…

Read More

काठमाडौँ: आन्तरिक राजस्व विभागले अन्तःशुल्क स्टिकर छपाइका लागि आह्वान गरेको टेण्डरमा नेपाली कम्पनीलाई ‘बाइपास’ गरिएको भन्दै सेक्युरिटी प्रिन्टिङसँग आबद्ध व्यवसायीले असन्तुष्टि जनाएका छन् । आन्तरिक राजस्व विभागले गत असोज २८ गते प्रकाशित गरेको अन्तरराष्ट्रिय बोलपत्रमा नेपाली उद्यमीले प्रतिस्पर्धा नै गर्न नसक्ने शर्तहरू राखिएको उनीहरुको आरोप छ । सार्वजनिक खरीद ऐनमा समेत नेपाली उद्यमीका लागि सकारात्मक विभेदको व्यवस्था गर्नुपर्ने प्रावधान रहे पनि त्यसलाई बेवास्ता गर्दै उक्त बोलपत्र आह्वान गरिएको उनीहरूको भनाई छ । नेपाली उद्यमीहरूले अन्तःशुल्क स्टिकर छाप्न सक्ने योग्यता पुष्टि गर्न मौका नदिई तथा विस्तृत अध्ययन अनुसन्धानबाट छाप्न नसक्ने पुष्टि नै नगरी पुनः विदेशीलाई ठेक्का दिने गरी टेन्डर आह्वान…

Read More

काठमाडौँ: स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला एक हजार ८०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको छ । सोमबार प्रतितोला ९४ हजार ३०० मा कारोबार भएको छापावाला सुन आज एक हजार ८०० ले ओरालो लागेको हो । यस्तै तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ८०० मा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्यसमेत ओरालो लागेको छ । सोमबार चाँदी प्रतितोला एक हजार २१० मा कारोबार भएकामा आज प्रतितोला ३० ले ओरालो लागेर एक हजार १८० मा कारोबार…

Read More

बुटवल: स्थानीय तहमार्फत भइरहेको नदीजन्य पदार्थको व्यवस्थापनमा त्रुटि देखिएपछि गृह मन्त्रालयले उत्खनन‍्मा रोक लगाएको छ । कुनै पनि नदीबाट उत्खनन् गर्न नपाइने उर्दी जारी गरेर अनुगमन थालेको हो । नदीजन्य पदार्थको अत्याधिक दोहनले वातावरणमा गम्भीर असर देखिएपछि प्रशासनले कडाई गरेको छ । गृह मन्त्रालयले जिल्ला प्रशासनलाई परिपत्र गरेर अर्को निर्णय नहुँदासम्म नदीजन्य पदार्थको उत्खनन्मा रोक लगाएको छ । उत्खनन् रोक लगाउदै जिल्लामा सञ्चालित क्रसर उद्योगको अनुगमन र घाटगद्दी गरिएको नदीजन्य पदार्थको परिणाम एकिन गर्न निर्देशन दिएको छ । लुम्बिनी प्रदेशमा नदीजन्य पदार्थ उत्खनन हुने जिल्लाहरुमा प्रशासनले अनुगमन थालेका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले नदीजन्य पदार्थ उत्खनन…

Read More

काठमाडौँ: कोरोना भाइरसको महामारीकाबीच आज कक्षा १२ को परीक्षा सुरू भएको छ । संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आज सुरु भएको हो । ४० प्रतिशत अंकका लागि लिइएको पहिलो दिनको परीक्षा ८ बजे सुरू भएर साढे ९ बजे सकिएको छ । बाँकी ६० प्रतिशतमध्ये कक्षा ११ उत्तीर्ण भएको आधारमा ४० प्रतिशत र २० प्रतिशत आन्तरिकरूपमा विद्यार्थीको मूल्यांकनबाट हुनेछ । बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले परीक्षार्थीहरुबीच कम्तीमा दुई मिटर दूरी कायम गरी एउटा कोठामा २० जनासम्म मात्र राखेर परीक्षा सुरू गरिए जानकारी दिए । संक्रमित परीक्षार्थी भए उसका लागि छुट्टै परीक्षा कोठाको व्यवस्था गरिएको छ ।…

Read More

काठमाडौँ: इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले कोभिड–१९ को बीमा दाबी गर्नेको सङ्ख्या बढेपछि रुजु गर्न थालेको छ । यसका लागि महाशाखाले वरिष्ठ जनस्वास्थ्य अधिकृत महेन्द्रध्वज अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरी रुजु गर्न शुरुआत गरेको हो । बीमा समितिसँग समन्वय गरेर इडिसिडीले रुजु गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म ५३० जना कोभिड–१९ सङ्क्रमित व्यक्तिको बीमाका लागि रुजु गरिसकेको छ । रुजु गर्ने क्रममा १५ प्रतिशतको विवरण नमिलेको जनाइएको छ । समितिले इडिसिडीमा प्राप्त विवरण र प्रयोगशालाले पठाएको विवरणबीच रुजु गरिरहेको छ । “सङ्क्रमित हो वा होइन भनेर दुवैबाट प्राप्त विवरणलाई रुजु गर्ने गर्दछौँ”, समितिका…

Read More

काठमाडौँ: परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव हर्षवद्र्धन श्रृङ्गाला यही मङ्सिर ११ गते नेपालको द्विदिवसीय भ्रमणमा काठमाडौँ आउनुहुने भएको छ । दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदानकै निरन्तरताका सिलसिलामा भारतीय विदेश सचिवको भ्रमण हुन लागेको बताउँदै परराष्ट्र मन्त्रालयले भ्रमणको पहिलो दिन नेपाल– भारत परराष्ट्र सचिवस्तरीय वार्ता हुने र त्यसमा द्विपक्षीय सम्बन्ध एवं सहयोगका विविध विषयमा विचारविमर्श हुने जनाएको छ । बिहीबार नै भारतका विदेश सचिवले नेपालका उच्चपदस्थ व्यक्तित्वसँग शिष्टाचार भेट गर्ने तथा कोभिड–१९ सम्बन्धी भारतीय सहायता हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले आज अपराह्न जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । विदेश सचिव श्रृङ्गाला मङ्सिर १२ गते नयाँदिल्ली…

Read More

काठमाडौँ:  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस संसद्मा विपक्षी दलकै भूमिकामा बस्ने बताउनुभएको छ । सत्य साई बाबाको ९५औँ अवतरण दिवसका अवसरमा आज शङ्खमुलमा आयोजित सत्य साई बाबा पार्कको उद्घाटन गर्दैै उहाँले जनताले अहिले काँग्रेसलाई प्रतिपक्षमा बस्ने र नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले आफ्नो पार्टी विपक्षमै बस्ने बताउनुभएको हो । “प्रधानमन्त्रीलाई पार्टी सभापतिले भेटेको कुरालाई सत्ता सहकार्यसँग जोड्न मिल्दैन, काँग्रेस जनताले दिएको म्याण्डेटअनुसार प्रतिपक्षको भूमिकामा रहन्छ”, उहाँले भन्नुभयो । नेकपाभित्रको झगडामा काँग्रेसको कुनै सरोकार नरहने उहाँको भनाइ थियो । पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिंहले झण्डै दुई तिहाइ बहुमत पाएको वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताउँदै सरकारले…

Read More