Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: देशभर रहेका शक्तिपीठहरु स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने प्रस्ताव कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मापदण्ड पालना गर्नेगरी शक्तिपीठ खुला गर्ने प्रस्ताव गत साता सीसीएमसीमा पठाएको मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिए । विभिन्न भगवानको स्त्री स्वरुपलाई शक्ति भन्ने गरिन्छ । पौराणिक मान्यता अनुसार सतिदेवीको अंग पतन भएको ठाउँमा अष्टमात्रिकाको बसोबास छ भने त्यो ठाउँलाई शक्तिपीठ भन्ने गरिन्छ । दशैंको घटस्थापनको दिनदेखि नौ दिनसम्म देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्छ । तर यो वर्ष कोरोना भाइरसको महामारीका कारण पछिल्लो छ महिनादेखि सबै धार्मिक स्थलहरू बन्द छ । तर हिन्दु…
काठमाडौं: नेपाली ल्याबले पीसीआर नेगेटिभ देखाएको लोड/अनलोड मजदुरलाई चीनको ल्याबको परीक्षणले पोजेटिभ देखाएपछि तातोपानी नाकाबाट हुने आयात रोकिएको छ । शनिबार नेपालबाट चीनतर्फ पठाइएका २९ जना चालक तथा लोड गर्ने श्रमिकहरुमध्ये तीन जनालाई चिनियाँ ल्याबको परीक्षणमा कोरोना देखिएपछि चीनले नाका बन्द गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । मंगलबार तातोपानी नाका भएर कुनै पनि वस्तु नभित्रिएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए । ‘चीनतर्फ रहेका तीन नेपाली श्रमिकलाई कोरोना देखिएको चिनियाँ अधिकारीले जनाएका छन्, आज कुनै वस्तु नाकाबाट आएको छैन,’ भन्सार प्रमुख खत्रीले भने । नाका खुलाउने सहमति बमोजिम गत शुक्रबार नेपाली ल्याबमा गरिएको पीसीआर परीक्षणमा नेगेटिभ नतिजा आएका…
काठमाडौँ: नबिल बैंकले संचालक समितिका सदस्य उपेन्द्र पौड्याललाई अध्यक्ष नियुक्त गरेको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पौड्याललाई आगामी ३ वर्षका लागि अध्यक्ष नियुक्त गरेको हो । बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालको चार वर्षे कार्यकाल यही असोज १७ गते सकिएपछि बैंकले नयाँ अध्यक्ष चयन गरेको हो । बैंकका अनुसार सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका शम्भु प्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको पदावधि सकिएको छ । बैंकका नव नियुक्त अध्यक्ष पौड्याल तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका छन । उनी यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । सन्…
काठमाडौं: महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाड पर्व लक्षित विशेष अप्रेशन शुरु गरेको छ । चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुसँग मौकाको फाइदा उठाई बढी भाडा लिई टिकट काट्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारबाही अभियान चलाएको महाशाखाले जनाएको छ । कोटेश्वर एरियाको काउन्टरबाट बिमल खत्री र किरण पौडेल तथा बल्खुबाट जितेन्द्र शाह, मदन भुजेल र धर्मेन्द्र यादव पक्राउ परेका हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चाडपर्वलाई मध्यनजर गरी सादा पोशाकमा ट्राफिक प्रहरी खटाएर बढी भाडा लिने विरुद्ध कारवाही चलाएको जानकारी दिए । उनले…
काठमाडौँ: सत्याग्रह बसेको २३ दिनमा डा. गोविन्द केसीलाई भेट्न सरकारी टोली त्रिवि शिक्षण अस्पताल गएको छ। शिक्षासचिव गोपी मैनाली मंगलबार केसीलाई भेट्न शिक्षण अस्पताल गएका हुन्। केसीलाई भेटेर सचिव मैनालीले सत्याग्रह स्थगित गर्न अनुरोध गरेका थिए। तर, केसीले सत्याग्रह स्थगित नगर्ने अडान राखे। उनले सरकारका प्रवक्ताकै भनाइअनुसार नै अभिव्यक्ति आएको र त्यसका लागि दु:ख गरिरहन नपर्ने बताएका थिए। ‘शिक्षा सचिव र उहाँसँग अरू दुई जना आउनुभएको थियो, दस मिनेटजति बसेर फर्किनुभयो,’ केसीका सहयोगी डा. प्रितम सुवेदीले भने, ‘सरले औपचारिक रूपमा वार्ता समिति गठन गरेर कुरा गर्न आउन भन्नुभयो।’ केसीले विभिन्न ६ बुँदे माग राखेर जुम्लामा अनसन थालेका थिए। उनको स्वास्थ्य…
काठमाडौँ: काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण भएको बताए। प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ७८३, भक्तपुरमा ११६ र ललितपुरमा जनामा ११८ संक्रमण पुष्टि भएको हो।
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप १५५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ थियो । २४ घण्टामा थप २,३४० जना कोरोना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा थप २,३४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६७ हजार ५४२ पुगेको…
काठमाडौँ: प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी कायम गरिएको छ । आज मतदान मार्फत प्रदेशको राजधानीको नाम टुंगो लागेको हो । प्रदेश ५ को स्थायी राजधानीमा दाङको देउखुरीमा बनाउने प्रदेश सरकारको प्रस्ताव प्रदेश सभाबाट दुई तिहाईले पारित भएको हो । पक्षमा ६९ र विपक्षमा १३ मत ।
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो सोमबार गरेको पिसीआर परीक्षणमा पोजेटिभ देखिएको चौधरीले बताएकी छिन्। कोरोना भाइरसका कारण स्वास्थ्यमा सामान्य समस्या देखिएकोसमेत उनले बताएकी छिन्। आफूलाई कोरोना पोजेटिभ देखिएको बताउँदै उनले यसबीचमा आफ्नो सम्पर्कमा रहेकोहरुलाई सावधानी अपनाउन अनुरोध गरेकी छिन्।
दाङ : प्रदेश पाँचको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी प्रदेश राख्ने प्रदेश सरकारको प्रस्तावमा तीन जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्। नेपाली काँग्रेस सांसद रमा अर्याल र पुष्पा थरुनी तथा जनता समाजवादी पार्टी ९जसपा०का संसदीय दलका नेता सहषराम यादवले प्रदेश सभा सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेका हुन्। यादवले सरकारले प्रस्ताव गरेको लुम्बिनी प्रदेश नाम सच्याई थरुहट, मगरात र अवध नाम राखियोस् भन्ने संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले जानकारी दिए। उनीहरुले राजधानीका विषयमा भने संशोधन प्रस्ताव हालेका छैनन्। यस्तै, नेपाली काँग्रेसका सांसद अर्याल र थरुनीले बैकल्पिक…
