Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: चौकुने सिमेन्ट आयोजनाको भविष्य अन्यौलमा परेको छ । इजाजत अनुमतिपत्र पाएको एक दशक बित्दासम्म चुनढुङ्गा उत्खनन कार्य शुरु नभएपछि सो आयोजना अगाडि बढ्न नसकेको हो । पश्चिम सुर्खेतको चौकुने क्षेत्रका चुनढुङ्गा उत्खनन गरी गुटुमा सिमेन्ट कारखाना सञ्चालन गर्ने उद्देश्यले मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिज प्रालिले इजाजत लिएको थियो । गुटुदेखि चौकुने डाँडासम्म सडक निर्माण गरी कम्पनीले ०७३ पुस २८ गते नमूनाका रुपमा चुनढुङ्गा उत्खनन समेत शुरुआत गरेको थियो । पछिल्लो समय कम्पनीले काम अघि नबढाइ पटक–पटक म्याद मात्र थप्दै आएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् । कम्पनीले यसअघि सशस्त्र द्वन्द्वलगायत विभिन्न समस्या देखाउँदै उद्योग सञ्चालनमा बेवास्ता गर्दै आएको थियो…

Read More

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचका थाती रहेका द्धिपक्षीय विषय कूटनीतिक संवादबाट टुङ्गो लगाउने समय आएको बताएका छन । विराटनगरस्थित एकीकृत भन्सारचौकीको आज भारतीय समकक्षी नरेन्द्र मोदीसँगै भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आपसी सम्बन्ध नयाँ उचाइमा पुगेकाले यसका आधारमा आपसी सहमति र साझेदारीका विषयलाई ‘एक्सन’मा उतार्ने समय आएको स्पष्ट पारे । सोका लागि सम्बन्धित मन्त्री र मन्त्रालयले कार्यसूची तय गर्ने जनाउँदै प्रधानमन्त्री ओलीले नेपाल र भारत इतिहास, भूगोल र संस्कृतिका हिसाबले नजिकका छिमेकी भएका नाताले आपसी सहकार्यलाई वृद्धि गर्नुपर्नेमा जोड दिए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपालले लिएको ‘समृद्ध…

Read More

काठमाडौं : सुन र चाँदीको भाउ आज मंगलबार फेरि बढेको छ । प्रतितोला ३०० रुपैयाँले सुनको भाउ बढेको हो । यस दिन सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७५ हजार ३०० रुपैयाँ र तेजाब सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ७५ हजार र तेजाबी सुन प्रतितोला ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार सुनसँगै चाँदीको भाउ पनि बढेको छ। यस दिन चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन सोमबार…

Read More

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट संसद अग्नि सापकोटाले सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा सापकोटाले आज मंगलबार मध्यान्ह सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन्। कांग्रेस संसदीय दलले नेकपाको स्पष्ट बहुमत रहेका कारण सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको छ। नेकपाले भने सभामुखको समर्थनका लागि संसदमा प्रतिनिधित्व गर्ने सबैदललाई आह्वान गरे पनि राजपा मात्रै आएको सांसद कृष्णभक्त पोखरेलले जनाकारी दिए। सभामुखमा हाम्रो दाबेदारी छैन : कांग्रेस यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको रिक्त सभामुख पदमा उम्मेदवारी नदिने निर्णय…

Read More

मकवानपुर : दामनस्थित एक रिसोर्टमा आज मंगलबार बिहान ८ भारतीय नागरिकको मृत्यु भएको छ। थाहा नगरपालिका ४, दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा ती ८ भारतीय नागरिक आज मंगलबार विहान अचेत भेटिएका थिए । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरु सबैजनाको मृत्यु भइसकेको जनाएको छ। मृत्यु हुनेमा भारत केरला बस्ने वर्ष ३८ का रन्जित कप, सोही ठाउँकी ३४ वर्षीया ईन्द्र, वर्ष ३७ का प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय बालक अभि, ७ वर्षीया बालिका अर्चना, ५ वर्षका बालक बैशनव र ९ वर्षीया बन्द्रा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए। बिहानै बेहोस भेटिएका उनीहरूलाई…

Read More

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको रिक्त सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। आज मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो। संसदीय दलले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको सचेतक पुष्पा भुसालले बताइन्। ‘नेकपाको बहुमत रहेको र सभामुख पद तटस्थ भएका कारण कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको छ’, नेपालखबरसँग कुरा गर्दै सचेतक भुसालले भनिन। सत्तारुढ दल नेकपाले सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। संसदमा नेकपाको एकल बहुमत रहेका कारण सापकोटा सभमुख बन्ने निश्चितजस्तै छ। सभामुखमा उम्मेदवारी दर्ताका लागि विहान ११ देखि २ बजेसम्मको समय तोकिएको छ। सभामुखका लागि…

Read More

काठमाडौं : भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले पछिल्लो समय नेपाल–भारतसम्बन्धमा अभुतपूर्व प्रगति देख्न पाइएको बताएका छन्। आज मंगलबार भिडियो कन्फ्रेन्समार्फत् संयुक्त रुपमा एकिृत जाँच चौकी उद्घाटनका क्रममा उनले प्रधानमन्त्री ओलीको सहयोगका लागि धन्यवाद दिँदै यस्तो बताएका हुन । प्रधानमन्त्री केपी शर्मा ओलीको सहयोगका कारण त्यो सम्भव भएको भन्दै मोदीले भने, ‘तपाईंको सहयोगमा बितेका केही वर्षमा भारत–नेपालसम्बन्धमा अभुतपूर्व प्रगति देख्न पाइयो। हाम्रो सहयोग र विकासमा साझेदारी तीव्र रुपमा बढेको छ। मोदीले नयाँ वर्षमा दुई देशको सम्बन्ध थप उचाइमा पुर्‍याउने बताए। ‘नयाँ वर्षमा हाम्रो सम्बन्धलाई थप उचाइमा लग्ने छौं,’ उनले भने, ‘यो देशक नेपाल –भारत सम्बन्धका लागि स्वर्णिम दशक…

Read More

काठमाडौं : नेपाल इन्भेष्टमेण्ट बैंकका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा भएको छ । बैंकको पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत भएको ८ दशमलव ५ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा भएको हो । पुस २४ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा जम्मा भएको र सो मितिपछि र्बैंक खातामा अद्यावधिक गराएका शेयरधनीको पनि बैंक खातामा जम्मा गरिदिने बैंकले जानकारी गराएको छ । हालसम्म पनि शेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका शेयरधनीले यथाशिघ्र डिम्याट खाता खोलेको सम्बन्धीत निक्षेप सदस्यमा सम्पर्क गरी शेयर प्रमाणपत्र अभौतिकीकरण गरी नेपाल क्लियरीङ्ग हाउस अन्तर्गत आईपीएस सदस्यता प्राप्त कुनै…

Read More

काठमाडौँ : देशकै प्रमुख तथा केन्द्रीय बसपार्कका रूपमा रहेको गोङ्गबुँस्थित नयाँ बसपार्कमा शुद्धीकरण अभियान सञ्चालन गरिएको छ । देशका अधिकांश जिल्लाका मानिस राजधानी भित्रिएपछि पहिलोपटक पुग्ने स्थानका रूपमा रहेको नयाँ बसपार्क क्षेत्रमा हुने विकृति, विसङ्गति र लुटपाटको अन्त्यका लागि शुद्धीकरण अभियान सञ्चालन गरिएको हो । होटल मिलाइदिने भन्दै यात्रुलाई जबर्जस्ती तानेर दुःख दिने बिचौलिया, क्याबिन रेष्टुरेन्टमा बढी रकम लिएर ठगी गर्ने, दोहोरी साँझ सञ्चालनको नाममा सुतेका व्यक्तिलाई ‘डिस्टर्व’ गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्न थालेको छ । प्रहरीले हिजो सोमबार मात्र होटल तथा रेष्टुरेन्ट सञ्चालक र बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मित्रनगर देउराली खाजाघरका सञ्चालक जितेन्द्रप्रसाद…

Read More

काठमाडौं :नेपाल–भारत सीमा क्षेत्रमा अवस्थित एकीकृत भन्सार जाँच चौकी (इन्टिग्रेटेट चेक प्वाइन्ट, आइसीपी)को उद्घाटन भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आज मंगलबार भिडियो कन्फेरेन्समार्फत संयुक्त रुपमा जाँच चौकीको उद्घाटन गरेका हुन्। मोदीले दिल्लीस्थित हैदरावाद हाउस र प्रधानमन्त्री ओलीले काठमाडौंबाट आईसीपीको उद्घाटन गरेका हुन्। यो चौकी संरचनालाई नेपाली र भारत भन्सारले सञ्चालन गर्नेछ। आजदेखि सञ्चालनमा आएको भन्सार चौकीले आयात निर्यातमा सहयोग गर्ने अपेक्षा गरिएको छ। दुईतर्फी जाँच हुनेमा अब एकै स्थानमा हुने भएकाले भन्सारमा आयातनिर्यात प्रक्रियामा सहज हुनेछ। जोगबनी र भन्सार क्षेत्रमा लाग्ने घण्टौंको भीड अन्त्य हुने बताइएको छ।…

Read More