Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

कञ्चनपुर: जङ्गली हात्तीको बथानले मानवीय क्षति पु¥याउन थालेपछि कञ्चनपुरका स्थानीय बासिन्दा सुरक्षाको उपायको खोजीमा छन् । हात्तीको आनीबानीबारे जानकारी नहँुदा स्थानीय बासिन्दा आक्रमणमा पर्न थालेका हुन् । दुई महिनाको अवधिमै हात्तीको बथानले तीन जनामाथि आक्रमण गरी ज्यान लिनुका साथै पाँचजनालाई घाइते बनाएपछि यहाँको जनजीवन त्रसित बनेको छ । घरमै आएर हात्तीले आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा हात्तीबाट जोगिने उपायको खोजीमा लागेका छन् । हात्तीबाट स्थानीय बासिन्दाले जोगिने एक मात्रै उपाय सावधानी अपनाउनु रहेको छ । हात्ती धपाउनका लागि कञ्चनपुरका स्थानीय किसान रातभर जाग्राम बसेर आगो बाल्ने, होहल्ला गर्ने र पटका पड्काउने गरे पनि यी क्रियाकलापबाट हात्तीको बथानले डराउन…

Read More

काठमाडौँ: नेपाल प्रहरीले १५ वर्षअगाडि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विस २०६१ वैशाखमा नुवाकोटको तारकेश्वर गाउँपालिकाका १५ वर्षीय लैलु लामाको हत्यामा सङ्लग्न सन्तबहादुर तामाङ र केशव लामालाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले फ्याङ्बो तामाङको घरमा घेवा हेर्न गएको अवस्थामा एकापसमा झगडा हुँदा लामाको हत्या गरिएको जानकारी दिए । “एक आपसमा झगडा गर्दा गम्भीर घाइते भएका लामाको उपचारका क्रममा त्रिशूली अस्पतालमा मृत्यु भएको र पीडितको परिवारको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरेका हौँ”, उनले भने । पक्राउ परेका दुवैजनालाई…

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा यतिखेर पार्टीको १४औँ महाधिवेशनको बहसले प्राथमिकता पाएको छ । पछिल्लो समय यही विषयले पार्टीको केन्द्रीय कार्यसमिति बैठकसमेत प्रभावित हँुदै आएको छ । यही मङ्सिर २६ गतेको केन्द्रीय समिति बैठकमा १४औँ महाधिवेशनको कार्यतालिका पेश गर्नुपर्ने आफ्नो माग पूरा नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु बैठकमा उपस्थित भएनन् । सोही विषयमा सहमतिका लागि छलफल गर्न सभापति शेरबहादुर देउवा शनिबार वरिष्ठ नेता पौडेल निवास बोहराटार पुगेका थियो । पार्टी उपसभापति विमलेन्द्र निधि सम्मिलित छलफल करिब एक घण्टा चले पनि उहाँहरुबीच सहमति जुट्न सकेन । भेटमा वरिष्ठ नेता पौडेलले पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका तत्काल…

Read More

काठमाडौं : एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को स्थायी कमिटी बैठक बसेको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको छ । पार्टी विधानअनुसार स्थायी समिति बैठक तीनतीन महिनामा बस्नुपर्छ। यसअघि विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन। पहिलो पटक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा स्थायी कमिटीको बैठक बसेको हो । बैठकमा अर्का अध्यक्ष केपी ओली भने सहभागी भएका छैनन् । ओली अनुपस्थित भएपछि उनको कुर्सीलाई खाली राखेर बैठक शुरु गरिएको छ । सचिवालयका नेताहरु स्थायी कमिटी सदस्य तर्फ फर्कने गरी मेचहरु राखिएको छ । पार्टीका वरिष्ठ नेता झलनाथ खनाल पनि बैठक शुरु भएपछि मात्र पुगेका थिए । ओली…

Read More

काठमाडौं : कर्मचारी समायोजनको विरोध गर्दै आएका कर्मचारीले आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गरेका छन् । ब्याट ३०, ३१, ३२ र ३३ का अधिकृतहरुले मन्त्रालय अगाडि केहीबेर उभिएर विरोध जनाएका हुन् । विरोध प्रदर्शनलगत्तै उनीहरुले प्रशासन महाशाखा प्रमुख एवम् मन्त्रालयका सहसचिव बाबुराम अधिकारीलाई भेटेर विरोध पत्र बुझाए । केही समय अघिमात्रै लोक सेवा आयोगले संघमा नयाँ अधिकृत भर्ना आह्वान गरेकोमा उनीहरुको असन्तुष्टि जनाउँदै आएका छन । ‘संघमा दरबन्दी नभएको भनेर हामीलाई समायोजन गरिएको ९ महिना नबित्दै लोक सेवा आयोगमार्फत् गत मंसिर २५ गते ठूलो संख्यामा शाखा अधिकृतको विज्ञापन गरेपछि उनीहरु विरोध प्रर्दशनमा उत्रिएका हुन । असन्तुष्ट…

Read More

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक आज (आइतबार) बस्दैछ । अस्ति शुक्रबार बोलाइएको बैठकमा रामचन्द्र पौडेल पक्षधर नेताहरु अनुपस्थित भएपनि बैठक आजलाई सारिएको थियो । आजको बैठकमा पनि बरिष्ठ नेता पौडेल पक्षधर केन्द्रीय सदस्य बैठकमा सहभागी नहुने भएका छन् । आफ्ना मागहरु सभापतिले सम्बोधन गर्ने दिशामा अघि नबढेको तथा पार्टीलाई एकलौटी ढंगले अघि बढाउन खोजेको भन्दै बरिष्ठ नेता पौडलले नेतृत्वको आलोचना गर्दै आएका छन् । उनलाई मनाउन शेरबहादुर देउवा पनि लागि परेका छन् । देउवा हिजो (शनिबार) दिउँसो पौडेल निवास बोहराटार पुगेका थिए । उपसभापति बिमलेन्द्र निधिसहितका नेताहरु बोहराटारमा एकघण्टा भन्दाढी समय बसेर छलफल गरेपनि सहमति जुटेको छैन्…

Read More

चितवन : चितवन मेडिकल कलेज (सिएमसी) ले सबै सङ्कायको शुल्क समायोजन गर्ने भएको छ । कलेजले शनिबार विज्ञप्ति जारी गर्दै शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई परीक्षामा सामेल हुन आग्रह गरेको छ । सरकारसँग दुईबुँदे सहमति गरे पनि आफ्नो कलेजले अन्य शैक्षिक कार्यक्रमको शुल्कसमेत समायोजन गर्न लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सिएमसी प्रशासनले छ बुँदे प्रतिबद्धतासहित विद्यार्थी तथा अभिभावकलाई समायोजित शुल्कको जानकारी लिन कलेजको कैलाशनगरस्थित लेखा शाखामा एक साताभित्र सम्पर्क गर्न अनुरोध गरेको छ । यही मङ्सिर १० मा सरकार र मेडिकल सञ्चालकबीच दुईबुँदे सहमति भएको थियो । सहमतिमा एमबिबिएस र बिडिएसका पछिल्ला दुई शैक्षिक सत्रमा लिएको अतिरिक्त शुल्क मङ्सिर…

Read More

काठमाडौं : सुन र चाँदीको भाउ आज आइतबार फेरि बढेको छ। अघिल्लो दिन तोलामा ४०० रुपैयाँले घटेको सुनको भाउ आइतबार फेरि बढेको हो। यस दिन सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७१ हजार ३०० रुपैयाँ र तेजाब सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला ७१ हजार २०० र तेजाबी सुन प्रतितोला ७० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुनसँगै चाँदीको भाउ पनि बढेको छ। यस दिन चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन शुक्रबार चाँदी प्रतितोला…

Read More

काठमाडौं : एनएमबि लघुवित्त र लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन हो । कात्तिक २४ गतेदेखि निष्कासन गरेको हकप्रद शेयरमा आजसम्म आवेदन दिन सकिनेछ । एमएमबि लघुवित्तले चुक्ता पूँजी वृद्धि गर्न १० बराबर १५ कित्ता शेयरको अनुपातमा हकप्रद निष्काशन गरेको हो। हकप्रद निष्काशनका लागि लघुवित्तले कार्तिक ७ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेकाले कात्तिक ६ गते सम्म कायम रहेका लघुवित्त कम्पनीका शेयरधनीहरुले मात्र लघुवित्तको हकप्रद पाउनेछन्। लघुवित्तको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। हकप्रदमा बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी, सनराइज बैंकको शाखा कार्यालयहरु, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो…

Read More

वालिङ: यहाँको गह्रौँ घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गरिएको छ । वालिङ नगर कार्यपालिकाको यही मङ्सिर २४ गते बसेको बोर्ड बैठकले वालिङ–९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ श्ययाको अस्पताल बनाउने निर्णय गरेको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । ‘गह्रौँ घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्र’को स्तरोन्नतिसँगै ‘गह्रौँ प्राथमिक अस्पताल’ नामकरण गरिएको नगरप्रमुख खाँणले बताए । “प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालमा स्तरोन्नति भएसँगै यहाँबाट प्रदान गरिने सेवा पनि विस्तार भएको छ भने आवश्यक दक्ष जनशक्तिको पनि व्यवस्थापन भएको छ”, नगरप्रमुख खाँणले भने, “अब भौतिक पूर्वाधार तथा औजारको व्यवस्थापन गरेर शल्यक्रिया सेवा यहीँबाट शुरु गर्छौैँ, अब बिरामीले अन्यत्र जानुपर्ने बाध्यता…

Read More