Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : हुम्लाको नाम्खा गाउँपालिका ५ स्थित पानी पाल्वाङ्गमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिल्सा नाकाबाट याल्वाङ्ग आउँदै गरेको बा५खा ५३४४ नम्बरको टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरूको सनाखत भइसकेको छैन । दुर्घटनामा थप दुई जना घाइते भएका छन । सञ्चारले राम्रो काम नगरेकोले विस्तृत जानकारी नआएको प्रहरीको भनाइ छ । हुम्लामा यसअघि पनि टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो ।

Read More

काठमाडौँ: शिक्षामा बढ्दो व्यापारिकरण रोक्न निजी विद्यालय क्रमशः बन्द गर्नुपर्ने सुझाव दिइए पनि ‘राष्ट्रिय शिक्षा नीति, २०७६’ ले निजी लगानीको संरक्षण गर्दै सेवामूलक बनाउने मध्यमार्गी नीति अँगालेको छ । प्रारम्भिक बालविकासदेखि उच्च शिक्षासम्मको संरचना र नीतिमा पुनरावलोकन गरिएको सङ्घीय व्यवस्थापछिको पहिलो राष्ट्रिय शिक्षा नीतिले सरकारी र निजी क्षेत्रको साझेदारीलाई प्राथमिकता दिएको छ । नेपाल सरकारबाट पारित शिक्षा नीतिमा भनिएको छ, “शिक्षामा निजी क्षेत्रको लगानीको सुरक्षा, संरक्षण र सम्वद्र्धन गर्दै यसलाई सेवामूलक बनाउने र निजीरूपमा लगानी गर्ने व्यक्ति, कम्पनी, कर्पोरेट हाउस, बैंक तथा वित्तीय संस्थालगायतका संस्थाले कर्पोरेट सार्वजनिक उत्तरदायित्व बहन गर्नुपर्ने व्यवस्था गरिनेछ ।” यो व्यवस्थाले निजी विद्यालयको लगानी खतरामा…

Read More

काठमाडौं : मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कूल ११.५५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो। फाइनान्सको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले ९.८० प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर सहित) र १.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकको स्वीकृतीपश्चात आगामी वार्षिक साधारण सभाबाट पारित गरी सो लाभांश वितरण गरिने कम्पनीले जनाएको छ। फाइनान्सले आर्थिक वर्ष २०७४र७५ को मुनाफाबाट २.९० प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो। गत आर्थिक वर्षको अन्त्यसम्ममा फाइनान्सले १० करोड ८४ लाख ५० हजार खुद नाफा आर्जन गरेको थियो। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १६…

Read More

काठमाडौं : सानिमा माई हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो लाभांश पारित गर्न हाइड्रोपावरले पुस २७ गते आठौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस ७ गते एक दिन बुकक्लोज गर्ने भएको छ। पुस ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्। आर्थिक वर्ष २०७४र७५…

Read More

काठमाडौँ: मुलुकमा उद्यमशीलताको विकास गर्ने उद्देश्यले यही मङ्सिर २९ गते ‘नव उद्यमी सम्मेलन’ गरिने भएको छ । उद्यमशील प्रवद्र्धनमा क्रियाशील संस्था ‘नेक्सट भेन्चर कोर्प’ले आयोजना गर्ने उक्त सम्मेलनमा देशभरका करीब ८०० उद्यमी सहभागी हुनेछन् । काठमाडौँको होटल सोल्टीमा हुने सम्मेलनमा भारत, चीन, बङ्गलादेशलगायत मुलुकबाट आउने स्थापित १० उद्यमीले प्राप्त गरेका व्यावसायिक सफलताबारे जानकारी गराउने, गुणस्तरीय वस्तु उत्पादनमा लागत कम गर्ने उपाय, व्यापार विस्तार, पूर्ण प्रतिस्पर्धात्मक बजारमा वस्तुको लागत निर्धारणका साथै प्रचारप्रसारका अत्याधुनिक विधिबारे सहभागीलाई प्रशिक्षणसमेत दिइने छ । नव उद्यमीले सञ्चालनमा ल्याएका व्यवसाय तथा तिनका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन छलफल तथा व्यापार विस्तारका लागि उनीहरुले गर्ने प्रस्तावमा स्वदेशी…

Read More

लहान: मारुती सिमेन्ट उद्योग व्यवस्थापन पक्ष र आन्दोलनरत मजदूरबीच सहमति नहँुदा विगत तीन दिनदेखि गोलबजार नगरपालिका– ९ निवासी अनिता पासवानको शव लहानस्थित अस्पतालमा राखिएको छ । उद्योग व्यवस्थापनको लापरवाहीका कारण उद्योगमा मजदूरी गर्दै आएकी पासवानले आत्महत्या गरेको भन्दै मजदूरले आज तेस्रो दिन पनि बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुती सिमेन्ट उद्योग बन्द गराएका छन् । सिमेन्ट उद्योग व्यवस्थापन पक्षले कामबाट हटाएपछि पासवानले गत मङ्गलबार बिहान उद्योग नजिकैको फुलबारीमा आत्महत्या गरेको थियो । अखिल नेपाल औद्योगिक मजदूर सङ्गठनका सदस्यसमेत रहेकी पासवानले आत्महत्या गरेको थाहा पाएपछि भेला भएका मजदूरले काम बहिष्कार गरी आन्दोलन गर्दै आएका छन् । मजदूरहरुको माग सम्बोधन गरी समस्या…

Read More

आज मार्गशीर्ष शुक्ल पूर्णिमाको दिन हरेक सालझैँ धान्य पूर्णिमा, उधौली र योमरी पूर्णिमा मनाइँदै छ । उधौली पर्व अन्नबाली भित्र्याइएको खुशीयालीमा मनाइन्छ । उधौली पर्व प्रकृतिको सम्मान गर्ने पर्व हो आफुले लगाएको वाली राम्रो बनाइदिएको उपलक्ष्यमा भूमे देवतालाइ धन्यबाद ज्ञापन गरिन्छ आजको दिन । किराँतीहरुले आजको दिन परम्परागत पहिरनमा सजिएर साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा बजाउदै सामूहिक नृत्य तथा गीत प्रस्तुत गर्ने र चण्डीनाच गर्दछन । आफुले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई राईले उधौली सकेला र लिम्बुहरूले चासोक तङ्नाम भन्छन । यसैबीच नेवारी समुदायले आज मंसिर पुर्णिमाको दिन योमरि…

Read More

काठमाडौं : भूकम्पका कारण क्षतिग्रस्त नेपालमा ११ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासले इण्डियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (इन्ट्याक)सँग सम्झौता गरेको छ। बिहीबार भएको उक्त सम्झौतापत्रमा भारत सरकारको तर्फबाट काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमार तथा इन्ट्याककी सदस्यसचिव डा. सीटी मिश्राले हस्ताक्षर गरेका थिए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका वरिष्ठ अधिकारी तथा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी पनि कार्यक्रममा सहभागी थिए। इन्ट्याकले काठमाडौं, ललितपुर, भक्तपर र सोलुखुम्बु गरी चार जिल्लाका ११ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गर्नेछ। सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि…

Read More

काठमाडौं : नेपाल बंगलादेश बैंकको ५ प्रतिशन बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजनपछिको मूल्य नेप्सेले १९५ रुपैयाँ २४ पैसा तोकेको छ । आज बिहीबार यही मूल्यलाई आधार मानेर कारोबार खुल्नेछ । बैंकले पुस ७ गते हुने साधारण सभाको लागि आज (मंसिर २६ गते) बुक क्लोज गरेको छ । तर्सथ, मंसिर २५ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताले सभामा सहभागि र गत वर्षको नाफाबाट सञ्चलक समितिले प्रस्ताव गरेको लाभांश पाउने छन् । बैंकले गत आर्थिक वर्षको कमाईबाट ५ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश दिन लागेको छ । हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ८…

Read More

काठमाडौं : एनएमबि बैंकले ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २१प्रतिशत बोनस सेयर र १४प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । बैंकले २ अर्ब ४२ करोड १२ लाख ४५ हजार ७५९ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, १ अर्ब ६१ करोड ४१ लाख ६३ हजार ८३९ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । गत वर्ष एनएमबिले १०प्रतिशत बोनस सेयर र २०प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Read More