Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

महोत्तरी: विद्यालयको कक्षाकोठाभित्र आवश्यक मात्रामा बेन्च–डेक्सको व्यवस्था नभएको र चिसो बढ्दै गएकोले महोत्तरीको गौशाला नगरपालिकाका दुई विद्यालयका विद्यार्थी बोरा भुइँमा बिछ्याएर पढ्नुपर्ने बाध्यता रहेको छ । गौशाला नगरपालिका–६ फुलकाहाको जनता आधारभूत विद्यालयका बालकक्षादेखि कक्षा २ सम्मका विद्यार्थी र गौशाला नगरपालिका–७ मनहर्वामा रहेको नेपाल राष्ट्रिय जनजाति प्राथामिक विद्यालयका शिशुकक्षादेखि कक्षा १ सम्मका विद्यार्थी भुइँमा बसी पढ्न बाध्य भएका छन । जनता अधारभूत विद्यालयका ५८ विद्यार्थीले आ–आफ्ना घरबाटै बोरा ल्याएर पढ्दै आएका छन् । कार्पेटका लागि बारम्बार नगरपालिकामा गएर जानकारी गराउँदासमेत कहीँकतैबाट समाधानका लागि पहल नभएको विद्यालयका प्रधानाध्यापक विश्वेश्वरप्रसाद साहले गुनासो गरे । प्रधानाध्यापक साहका अनुसार तत्काल बेन्च–डेक्सको व्यवस्था नभएसम्मका…

Read More

काठमाडौं : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २५औँ सम्मेलन ९कोप–२५०मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति स्पेन प्रस्थान गरेका छन । स्पेनको म्याड्रिडमा भइरहेको कोप–२५ को विशेष सभालाई मन्त्री बस्नेतले पर्सी बुधबार सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । म्याड्रिड प्रस्थानअघि मन्त्री बस्नेतले हिमालयहरुमा हिउँ पग्लने क्रम तीव्र रुपमा बढेकाले विश्व तापमानमा प्रत्यक्ष नकारात्मक प्रभाव पारेकोतर्फ नेपालले सभाको ध्यानाकर्षण गराउने बताए । साथै उनले त्यसबाट उत्पन्न विषम परिस्थितिको सामना गर्ने सम्बन्धमा योजना तय गर्ने प्रस्ताव अघि सार्ने पनि जानकारी गराए । सम्मेलनमा नेपालले अधिक कार्बन उत्सर्जन गरिरहेका विकसित…

Read More

काठमाडौँ: नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महाँसंघको अल्पकालिन,मध्यकालीन तथा दीर्घकालिक रणनीतिक कार्ययोजना निर्माण को लागि कार्यशाला गोष्ठी सहित केन्द्रीय समितिको पाँचौ पुर्ण बैठक सम्पन्न भएको छ । मंसीर २० र २१ गते लुम्बिनी मा सम्पन्न बैठकले व्यवसायीका व्यवसायजन्य सीप र दक्षता अभिबृधी संवन्धी अभियान चलाउने,परिवर्तित पाठ्यक्रम अनुसार छपाइ हुने पाठ्यपुस्तकको रजिस्ट्रेशन समयावधि तथा मुल्य निर्धारण सम्वन्धमा नेपाल सरकारको शिक्षा बिभाग एवं पाठ्यक्रम बिकास केन्द्र तथा सरोकारवाला निकायसंग छलफल गर्ने निर्णय गरेको सचिव शिव सागर शर्माले बताए । त्यसैगरी आसन्न शैक्षिक सत्र मा समयमै पाठ्यपुस्तकहरुको उपलब्ध गराउन पहल गर्ने त्यसका लागी पाठ्यक्रम बिकास केन्द्र तथा सरोकारवाला निकायसंग समयमा नै छलफल गर्ने…

Read More

कोहलपुर : बाँकेस्थित कोहलपुर नगरपालिका–११ की १२ वर्षीया प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि घटनाको विरोध स्वरुप आज सोमबार कोहलपुरका सबै विद्यालय बन्द छन् । प्रहरी र विद्यार्थी बीच झडप हुँदा हिजो ४० भन्दा बढी घाइते भएपछि प्रशासनले कर्फ्यू नै लगाउनुपरेको थियो । अहिले भने अवस्था सामान्य रहेको छ । यद्यपि जिल्ला प्रशासन कार्यालय बाँकेले आक्रोशित समूहबाट विरोध प्रदर्शन हुने आशंका गर्दै त्यहाँ निषेधित क्षेत्र कायमै राखेको छ । तथापि फेरि पनि प्रदर्शन भए कर्फ्यू लाग्न सक्ने बताइएको छ । कोहलपुरका विद्यालयहरुले संयुक्त विज्ञप्ती जारी गर्दै आज सोमबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । श्री…

Read More

काठमाडौं ः नेपाली राष्ट्रिय क्रिकेट टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा कास्यमा चित्त बुझाएको छ । आज सोमबार माल्दिभ्सलाई ५ विकेटले हराउँदै कास्य जितेको हो । ९५ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालका आरिफ शेखले २८ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३२ रनको योगदान दिए । पवन सरार्फ १० र रोहित कुमार पौडेल १५ रनमा अविजित रहे । ओपनर पारस खड्कालाई दोस्रो ओभरको पाँचौ बलमा लिम सफिगले उमर एडमबाट ३ रनमा क्याच आउट गराए । ज्ञानेन्द्र मल्ललाई नवौं ओभरको चौथो बलमा ठूलो सट…

Read More

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज सचिवालय बैठक बस्दै छ । पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि उनले सचिवालय बैठक बोलाएका हुन । आज अपराह्न करीब १ बजे नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री ओली भने सहभागी हुने छैनन् । स्वास्थ्यका कारण धेरै दौडधूप गर्न नमिल्ने चिकित्सकको सल्लाहपछि ओलीसंगको परामर्शमा अध्यक्ष प्रचण्डले बैठक बोलाएको एक नेताले बताएका छन । कार्यकारी अधिकारसहितको अध्यक्ष भएपछि प्रचण्डले पहिलो बैठक पनि धुम्बाराहीमै राखेका थिए । त्यसबेला ओली अस्पतालमै थिए । नेकपा स्रोतका अनुसार, बैठकको अध्यक्षता गरे पनि प्रचण्डले एजेण्डाहरु ओलीलाई जानकारी गराएका छन्…

Read More

कैलाली: धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा मोटरसाइकलको ठक्करबाट आज बिहान एक महिलाको मृत्यु भएको छ । बैयाबेहडी–२ कै २१ वर्षीय गोविन्द सुनारले चलाएको से६प २३११ नंको मोटरसाइकलको ठक्करबाट स्थानीयवासी ५५ वर्षीया पैदल यात्री शान्तादेवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकी जोशीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रमा लिएको बताइएको छ ।

Read More

जलेश्वर: महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–२ मा अवस्थित डिभिजन वन कार्यालयको प्राङ्गणभित्र फेला परेको बम आज बिहान निस्क्रिय गरिएको छ । आइतबार साँझ वन कार्यालयको हाताभित्र पार्किङ गरी राखिएको चारपाङ्ग्रे गाडीमुनि झोलाभित्र फेला परेको प्रेसरकुकर बम बिहान साढे १० बजेतिर नेपाली सेनाको बम टोलीले निस्क्रिय गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । नेपाली सेनाको रणभीम गणको टोलीले चौरमा ल्याएर सो ठाउँमा खाल्डो खनेर, चारैतिरबाट बोरामा बालुवा राखी घेरेर सुरक्षितपूर्वक निस्क्रिय गरेको तथा कुनै पनि मानविय र भौतिक क्षति नभएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

Read More

रसुवा: रसुवागढी नाकाबाट गैरकानूनी तवरमा नेपाल भित्र्याई टिमुरेमा लुकाइराखिएका ठूलो परिमाणको सामग्री बरामद भएको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार बरामद भएका सामानमा तयारी कपडा, सिलाइ यन्त्र र सवारी साधनका पुर्जा छन् । टिमुरे क्षेत्रमा सुख्खा बन्दरगाह निर्माणका लागि सरकारले अधिग्रहण गरेका जग्गामा बनेका घरटहरा भत्काउने क्रममा त्यहाँ गैरकानूनी तवरले लुकाइछिपाई राखिएका सामान बरामद भएको बताइएको छ । उक्त सामान सशस्त्र प्रहरी बल भन्सार सुरक्षा तथा राजश्व गस्ती २१ नम्बर गुल्मले बरामद गरेको हो । सामान निकाल्ने काम अगाडि बढिसकेको सशस्त्रका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले जानकारी दिए । सामानको परिमाण र र…

Read More

खोटाङ: रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा गए राति आगलागी भएको छ । आगलागीका कारण सवारी जलेर ध्वस्तसमेत भएको छ । “म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो”, उनले बताए, “उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो ।” करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो । प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतम नेतृत्वको टोली घटनास्थलमा खटाइएको र आवश्यक अनुसन्धान शुरु गरिएको जानकारी दिए ।

Read More