Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
- नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह
- लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
डोटी: जिल्ला कारागार डोटीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या भन्ने चर्चा चलिरहेका बेला यहाँको जिल्ला सदरमुकाम सिलगढीस्थित बालसुधार गृहमा क्षमताभन्दा बढी बालकहरु राखिँदा झन् समस्या हुँदै आएको छ । विसं २०७५ भदौ महिनामा सुदूरपश्चिम प्रदेशभरिका लागि स्थापना गरिएको बालसुधार गृहमा कूल २५ बालक बस्न मिल्ने क्षमताको भए पनि हाल ४८ जना बालक बस्दै आएका छन् । क्षमताभन्दा दोब्बर बालक राखिएका कारण उनीहरुलाई दैनिक कार्यमा समस्या हुँदै आएको छ । बालसुधार गृहमा क्षमताभन्दा बढी बालक बस्ने गर्दा व्यवस्थापनलगायतका अन्य सेवा सुविधा लुगा, कपडा, खान–बस्नमा पनि समस्या हुने गरेको बालसुधार गृह व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण…
बाँके: स्कुले छात्रालाई ट्रकको ठक्कर दिएपछि उत्पन्न तनावका बिच जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा कर्फ्यू आदेश जारी गरेको छ। स्कुले छात्रालाई ठक्कर दिने ट्रकमा आगजनी गर्ने भीडलाई नियन्त्रणमा लिन खोज्दा उत्पन्न तनावपूर्ण अवस्थाका बारेमा केहीबेरअघि बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा कफ्र्यू लगाउने निर्णय गरेको छ । आज दिउँसो तीन बजेदेखि कर्फ्यू लगाउने निर्णय भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए। उनका अनुसार ट्रकको ठक्करबाट घाइते छात्रालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ। आज विहान कोहलपुरस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने प्रगती चन्दलाई ना २ ख ९४५९ नम्बर ट्रकले विद्यालयकै अगाडि ठक्कर दिएको…
पोखरा ः १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तरगत महिला टि–२० क्रिकेटको उपाधि बंगलादेश जितेको छ । पोखराको मैदानमा भएको फाइनल खेलमा श्रीलंकालाई हराउँदै बंगलादेशले २ रनकोे जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रनमा समेटिएको थियो । बंगलादेशका लागि निगर सुल्तानाले २८ बलमा सर्वाधिक २९ रन बनाइन् । श्रीलंकाकी बलर उमेशा थिमासिनीले एक्लै चार विकेट लिइन् । ९२ रनको लक्ष्य पछ्याउन आएको श्रीलंकालाई अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको थियो । हातमा दुई विकेट मात्र थिए । तर, बंगलादेशले ४ रन मात्र जोड्न सक्यो । अन्तिमका दुवै…
कावासोती: नवलपरासीपूर्व नवलपुरमा थारु समुदायले सञ्चालन गरेको घरबास पर्यटनको प्रमुख आकर्षण लाठीनाच(लठ्ठीनाच) हुने गरेको छ । लठ्ठीलाई एकार्कामा जुधाएर र घुमाएर नाचिने यो नाच यहाँ आउने पर्यटकका लागि आकर्षण बन्ने गरेको छ । यहाँका अमलटारी घरबास, बोटे घरबास, पिप्रहर घरबासलगायतका घरबास पर्यटन चलेको छ । थारु, बोटे, माझी र मुसहर समुदायले सञ्चालन गरेका ती घरबासमा आउने पर्यटकलाई यहाँ प्रस्तुत गरिने लाठीनाच आकर्षण बन्ने गरेको छ । यहाँ सञ्चालित घरबासमा १५÷२० जनाको लाठीनाच देखाउने युवाको समूह नै छ । प्रायःजसो घरबासमा आउने पाहुनालाई युवाको समूहले लाठी नाच देखाउने गर्छ । समुदायमा हराउँदै जान थालेका विभिन्न परम्परागत कलासंस्कृतिको संरक्षणमा समेत…
घोराही ः भक्तपुरमा राजा जितामित्र मल्लका पालामा निर्मित ५५ झ्याले दरबारलाई सम्झाउने दाङको घोराहीमा पनि अर्को ‘दरबार’ छ । दाङ जिल्लाको लमही नगरपालिकाबाट दक्षिणमा पर्ने गढवा गाउँपालिका वडा नं ३ मा अवस्थित गोबरडिहाको चारैतिर प्राकृतिक मनोरम दृश्यबीच राप्ती नदी छेउको विशाल भवनलाई जिल्लाबासीले ५५ झ्याले दरबार भनेर चिन्ने गर्छन् । एक सय ५० वर्षअघि भारतबाट सिकर्मी लिएर सो भवन तयार पारिएको थियो । भारतको गोरखपुरदेखि कोइलाबास नाकाको तुलसीपुर नजीकै बालारामपुरबाट समेत कालिगढ आएर बनाएको स्थानीयवासी ज्येष्ठ नागरिक बताउँछन् । काठ, इँटा र प्लाष्टर सामग्री स्थानीय नै प्रयोग भए पनि आधुनिक तवरले निर्माण गरिएको हुँदा कालिगढ भने भारतबाट झिकाइएको थियो ।…
काठमाडौं : भोली बोलाइएको सचिवालय बैठकको एजेण्डा तय गर्न आज विहानदेखि नेकपाका नेताहरु छलफलमा जुटेका छन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोली सोमबार सचिवालय बैठक डाकेका छन । सचिवालय बैठकको तयारी गर्नका लागि बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल, स्कुल विभाग उपप्रमुख देवेन्द्र पौडेल प्रचण्डनिवास खुमलटार पुगेका छन । नेता देवेन्द्र पौडेलका अनुसार सोमबारको सचिवालय बैठकको एजेण्डामाथि नेताहरूबीच सामान्य छलफल भएको थियो। नेकपाका विभिन्न विभागहरूमा सदस्य नियुक्तिबारे पनि छलफल भएको उनले बताए। उनका अनुसार विभागका सदस्य नियुक्तीबारे अध्यक्ष र महासचिवबीच बृहत रुपमा छलफल भएको छ ।…
काठमाडौँ :बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाली पुरुष फुटबल टोली १३ औं दक्षिण एशियाली खेलकूद ९साग०को स्वर्ण दाबेदारका रुपमा फाइनलमा पुग्नेछ । यसअघि भएको खेलमा श्रीलङ्कासँग एक–एक गोलको बराबरीमा रोकिएपछि नेपालले फाइनल पुग्न बङ्गलादेशविरुद्ध जीत या बराबरीमा रोक्नुपर्ने हुन्छ । यता बङ्गलादेशलाई भने फाइनल पुग्न जीतको विकल्प छैन । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा लिग चरणको अन्तिम खेलमा नेपाल र बङ्गलादेश भिड्दैछन् । खेल आज साँझ ५ बजेपछि शुरु हुनेछ । भूटानविरुद्व ४–० को जीत निकालेको नेपालले श्रीलङ्कासँग दोस्रो खेल खेलेको थियो । खेलको निर्धारित समयसम्म १–० को अग्रता लिएको नेपालले अत्तिरिक्त समयलाई रोक्न नसक्दा खेल एक–एक गोलको बराबरीमा पुगेको थियो ।…
काठमाडौँ : नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर पाँच हजार व्यक्तिलाई पर्यटन लक्षित तालीम दिने भएको छ । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न बोर्डले पर्यटनसम्बन्धी विभिन्न क्षेत्रका पाँच हजार व्यक्तिलाई प्रशिक्षण दिन लागेको हो । बोर्डले ट्याक्सी तथा पर्यटकीय सवारी चालकलाई प्रशिक्षण, गाउँगाउँमा घरबास सञ्चालन तालीम, अध्यागमनसम्बन्धी सेवाप्रदान, नेचर गाईड, स्थानीय टुर्स, चिनियाँ र रुसी भाषा तालीम प्रदान गर्न लागेको छ । यसैगरी ट्रेकिङ गाईड र माउण्टेन लिडर तालीम, पर्यटकलाई प्राथमिक उपचार, नेपाली हस्तकलासम्बन्धी, सरसफाइ र स्वास्थ्यसम्बन्धी, क्षमता अभिवृद्धि, नयाँ पर्यटन व्यवसाय…
कोहलपुर ः बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक स्कुले बालिकाको मृत्यु भएपछि सो क्षेत्र यतिबेला तनावग्रस्त बनेको छ। आज आइतबार बिहान बाँकेको कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल चोकमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि अहिले सो क्षेत्र तनावग्रस्त बनेको हो। ती बालिकाको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। स्थानीय र विद्यार्थीहरुले बलिकालाई ठक्कर दिने ट्रकमाथि आगजनी गरेका छन् भने सडक अवरुद्ध समेत गरेका छन्। बालिकालाई ठक्कर दिने ट्रकका चालकलाई संरक्षण गरेको भन्दै स्थानीयले इलाका प्रहरी कार्यालय कोहलपुरमा ढुंगामुढा समेत गरेका छन्। ढुंगाुमुढा गर्नेमाथि प्रहरीले लाठीचार्ज गरेपछि स्थानीवासी थप आक्रोशित बनेको र सो क्षेत्र अहिले तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिन…
बेइजिङ: चीनको विदेशी मुद्रा सञ्चिती यसै वर्षको नोभेम्बर महिनाको अन्त्यसम्ममा ३० खर्ब ९५ अर्ब अमेरिकी डलर पुगेको छ । शनिबार सार्वजनिक गरिएको सरकारी तथ्याँकमा यसै वर्षको जनवरीदेखि यस्तो सञ्चितीमा २२ अर्ब ९० करोड डलरले वृद्धि भएको अर्थात् शून्य दशमलब ७ प्रतिशतले वृद्धि भएको जनाइएको छ । चिनियाँ विदेशी मुद्रा व्यवस्थापन विभाग (सेफ) का प्रवक्ता वाङ चुनयिङले विदेशी मुद्रा भण्डारमा विनिमय दर र सम्पत्तिको मूल्यमा हुने परिवर्तन समेतका कारणबाट प्रभावित हुने गर्दछ भन्नुभयो । विश्वको आर्थिक वृद्धि, मौद्रिक नीतिका प्रक्षेपण र विश्व व्यापार समेतका कारणले अमेरिकी डलरको सूचकाँकमा वृद्धि भएको तथा प्रमुख अर्थतन्त्र भएका मुलुकको बन्डको मूल्यमा गिरावट आएको उहाँले…