Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं :नेपाल बैंकले आफ्ना शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले २३ वर्षपछि लाभांश वितरण गर्न लागेको हो । बैंक सञ्चालक समिति बैठकले मंसिर १ गते सम्पन्न सञ्चालक समिति बैठकले उक्त लाभांश घोषणा गरेको हो। सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश घोषणा गरेको हो। बैठकले १५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो। बैंक सञ्चालक समितिको २४ औं बैठकले बैंकको एफपिओ बिक्रीपछि कायम भएको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँबाट १५ प्रतिशतका दरले एक…

Read More

बनियानी: झापाको बुद्धशान्ति गाउँपालिकामा गिटी–बालुवा कर उठाउने विषयमा भएको विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् । बुद्धशान्ति–५ टिमाई खोला नजिक मेचीनगर–९ र बुद्धशान्ति–५ को गिटी बालुवाको कर उठाउने क्रममा आइतबार विवाद भई झगडा हुँदा युवाको एक समूहले खुकुरी प्रहार गर्दा बुद्धशान्ति–५ का ३५ वर्षीय रामकुमार थारू चौधरी घाइते भएका हुन् । उनको बाँया हातमा चोट लागेको छ । मेचीनगर–९ का ३६ वर्षीय दीपक तामाङ र निखिल भन्ने सुरज तामाङलगायत ४÷५ जनाको समूहले चौधरीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । घाइते चौधरीलाई उपचारका लागि बीएण्डसी अस्पताल…

Read More

काठमाडौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलको लुकिङ ग्लास तोडमोड गर्ने या परिवर्तन गरेर राख्ने चालकलाई कारवाही थालेको छ । लुकिङ ग्लासको जथाभावी प्रयोग गर्ने, हटाउने तथा स्वरूप परिवर्तन गरेका कारण चालकले पछाडिको सवारी नदेख्दा दुर्घटना बढेको भन्दै महाशाखाले उक्त अभियान थालेको आज एक सूचना जारी गरी जनाएको छ । लुकिङ ग्लास फोल्ड गर्ने, नराख्ने तथा नदेखिने गरी राख्ने चालकमाथि शुरु भएको अभियानअन्तरगत शनिबार पहिलो दिन ३४५ चालकलाई कारवाही गरिएको महाशाखाले जनाएको छ । उनीहरुलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारवाही हुने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । महाशाखाले अन्य मापसे जाँच तथा ट्राफिक…

Read More

काठमाडौं : नेपाली भूमि अतिक्रमणका विरुद्धमा भारत विरोधी क्रियाकलाप बढेपछि पूर्व भारतीय राजदूत श्याम शरण नेपाल आएका छन। सिमा विवादबारे छलफल गर्न हिजो नेपाल आएको एक नेताले बताएका छन । उनले नेपालमा भारत र नेपालको सिमा विवादबारे प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको उच्च स्रोतले जनाएको छ । यसअघि भारतले राजनीतिक नक्शामा कालापानी क्षेत्रलाई समेत समेटेपछि सरकारले त्यसलाई अस्विकार गरेको छ भने जनस्तरबाट ब्यापक विरोध भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट भारतीय सेना फिर्ता लैजान सार्वजनिक अपिलसमेत गरेका छन्। काठमाडौँ बसाइका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेकपाका अध्यक्ष…

Read More

काठमाडौँ: सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीका लागि नयाँ तथा पूर्व पदाधिकारी गरी ६१ जना इच्छुकको नाम सिफारिस समितिले सार्वजनिक गरेको छ । सिफारिस समितिको आइतबार बसेको बैठकले आज अध्यक्ष तथा सदस्यको नाम सार्वजनिक गर्ने निर्णय गरेअनुसार आज नाम सार्वजनिक गरिएको समितिका सदस्य शर्मिला कार्कीले जानकारी दिनुभयो । सत्य निरुपण तथा मेलमिलापमा अध्यक्ष हुन चाहनेमा कमलनारायण दास र मधुप्रसाद रेग्मी रहनुभएको छ भने दुई आयोगका अध्यक्ष हुन चाहनेमा युवराज सुवेदीको नाम रहेको छ । त्यसैगरी दुवै आयोगका अध्यक्ष तथा सदस्य बन्ने इच्छुकमा दशजनाको नाम रहेको छ । ती नामहरुमा सलाहुद्दीन अख्तर सिद्दिकी, दुर्गाबन्दु पोखरेल, दुमनसिंह…

Read More

काठमाडौं:नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैद्धान्तिक सहमति दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको अधिकारको विषय भएको भन्दै पुनर्गठन गर्न सैद्धान्तिक सहमति दिएको हो। ‘सरकारको काम प्रभावकारी बनाउन प्रधानमन्त्रीले आफ्नो विशेष अधिकार प्रयोग गर्नुपर्छ। त्यसका लागि तपाईंलाई ढोका खुला छ तर छिटो गर्नुस्। बाहिर मन्त्रिपरिषद् पुनर्गठनको धेरै हल्ला भएको छ। यसले सरकारको कामलाई ढिलासुस्ती गराउँछ’, बैठकमा सचिवालय सदस्यहरुले प्रधानमन्त्रीलाई सुझाव दिएका थिए। एक सचिवालय सदस्यका अनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुर्नगठन गर्न ढिला नगर्ने बताएका थिए। ‘प्रधानमन्त्रीले ढिला नगर्ने भन्नुभएको छ। उहाँको विशेष अधिकार भएकाले जति बेला पनि मन्त्रिहरु…

Read More

काठमाडौँ नेपाल राष्ट्र बैंकले रु तीन अर्ब ८५ करोड ५० लाख (३८५.५० करोड) बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार सोमबार उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको हो । बैंकका अनुसार टे«जरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो । बैंकका अनुसार रु दुई अर्ब टे«जरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । आगामी फागुन ६ गते उक्त बिल परिपक्व हुनेछ । यस्तै रु एक अर्ब ८५ करोड बराबरको टे«जरी बिल १८२ दिने अवधिको छ । सो बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ । यसअघि बैंकले गत कात्तिक २५ गते पनि…

Read More

काठमाडौं : अतिक्रमित भूभाग फिर्ता गर्न नेपाल र भारतबीच कूटनीतिक तहमा वार्ता हुने भएको छ। राजनीतिक तहमा पुगेको विषय सचिवस्तरीय संयन्त्रमा लैजाने तयारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्रालयलाई समस्या समाधानका लागि कूटनीतिक वार्ता गर्न निर्देशन दिएका छन्। लगत्तै त्यसको पहल भएको हो। ‘काम भइरहेको छ। छलफल पनि भइरहेका छन्। हामी छिट्टै वार्ताको चरणमा प्रवेश गर्नेछौं’, परराष्ट्रसचिव शंकरदास वैरागीले भने, ‘यो विषयलाई किनारा लगाउनेतर्फ अग्रसर छौं। समस्यारहित सम्बन्ध सबैको चाहना हो। यसमा हामी लागेका छौं।’ कालापानी र सुस्ताबाहेक अन्य क्षेत्रमा दसगजा खाली गर्ने, सीमास्तम्भ राख्ने र मर्मत गर्ने काम भइरहेका छन्। अन्यत्रका काम टुंगिएकाले हस्ताक्षर गर्नुपर्ने र विवादित…

Read More

काठमाडौं : विदेशस्थित नेपाली कूटनीतिक नियोग तथा दूतावासले नेपाल आउने विदेशीलाई तीन किसिमका भिसा स्टिकर वितरण गर्छन्। त्यसबापत विदेशी मुद्रा आर्जन हुन्छ। तर, कति आम्दानी र खर्च हुन्छ भन्ने यकिन विवरण सरकारसँग छैन। यसबारे संसद्को सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेको छ। महालेखा परीक्षकको ५५ औं प्रतिवेदनले भिसा स्टिकरको आम्दानी र खर्चको यथार्थ विवरणमा प्रश्न उठाएपछि संसदीय समिति अगाडि बढेको हो। नेकपा सांसद विरोध खतिवडा संयोजकत्वको बेरुजु फछ्र्योट उपसमितिमा भिसा स्टिकरबारे गृहसचिव प्रेमकुमार राई र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले स्पष्ट जवाफ दिएनन्। परराष्ट्र मन्त्रालयसँग त्यसको विवरण हुन सक्ने भन्दै उनीहरू पन्छिन खोजेको उपसमिति सदस्य बताउँछन्। उपसमितिले सात दिनभित्र…

Read More

म्याग्दी: म्याग्दीस्थित संसारको सातौँ (८,१६७) मिटर अग्लो धौलागिरि हिमालको आधार शिविरमा पर्यटक सूचना केन्द्र सञ्चालनका लागि भवन निर्माण भएको छ । धौलागिरि गाउँपालिकाले पर्यटकको तथ्याङ्क र विवरण राख्न, आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन र सूचना उपलब्ध गराउने उद्देश्यले सूचना केन्द्र स्थापना गर्न लागेको हो । गण्डकी प्रदेशको उद्योग, वन तथा पर्यटन मन्त्रालयको रु ३१ लाखको सहयोगमा तीन कोठे भवन निर्माण भएको गाउँपालिकाका प्राविधिक बालकृष्ण पौडेलले बताउनुभयो । भवनमा रङरोगन र फर्निचर व्यवस्थापन गरेर आगामी यामदेखि सूचना केन्द्र सञ्चालन गर्ने तयारी गरेको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । सूचना केन्द्रबाट हिमाल आरोहण तथा पदयात्रामा आउने पर्यटकको तथ्याङ्क राख्ने, सूचना प्रदान…

Read More