Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि बुधबार अबेर सुरु भएको मतदान स्थगित भएको थियो भोटिङ मेसिन बिग्रिएपछि मतदान स्थगित भएको हो। गैर आवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको चुनावको मतदान ‘प्रविधिमा आएको समस्याको कारण असोज ३० गते (बिहीबार) बिहान १० बजेसम्मका लागि स्थगित भएको’ निर्वाचन समितिले सूचना निकालेर जनाएको छ। बुधबार राति ९ बजे निर्वाचन समितिले जारी गरेको सूचना ‘उम्मेदवार तथा मतदातामा पर्न गएको असुविधा प्रति निर्वाचन समिति क्षमाप्रार्थी छ’, सूचनामा भनिएको छ। मतदान बिहीबार बिहान १० बजे पुनः सुरु हुनेछ।
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासङ्घको विधान संशोधनमा विवाद भएको छ । मुलुकको परिवर्तित संरचनाअनुसार प्रादेशिक प्रतिनिधित्वसहित, संशोधनको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने व्यवस्थाको अन्त्य गर्नुपर्ने, कार्यकाल, वस्तुगत क्षेत्रको मतभार सङ्ख्या, नयाँ बनेका जिल्ला नगर सङ्घ, तिनलाई सदस्यता दिन मापदण्ड परिमार्जन गर्नुपर्नेलगायत ३५ बुँदाका मस्यौदामा व्यवसायीले संशोधन माग गरेका छन् । महासङ्घको आगामी कात्तिक २७ गते बस्ने साधारणसभामा यस विषयमा छलफल गरी बहुमत सदस्यको भावनालाई सम्मान गरी विधान संशोधनको प्रक्रिया अगाडि बढाइने महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो । मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका तथा सरकारलाई आवश्यक परेका बेलामा आर्थिक सुझाव दिने निकायका रुपमा महासङ्घले…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङ विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।सांसद पार्वत गुरुङलाई जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ । उनलाई ज्यान मार्ने उद्योगमा जारी पक्राउ पूर्जी जारी गरिएको हो । जिल्ला प्रहरी कार्यालय दोलखाले पूर्जी तामेल गरेको छ । २०७४ बैशाखमा वीरध्वज खड्कामाथि काठमाडौंमा आक्रमण भएको थियो । खड्काले सांसद गुरुङबिरुद्ध काठमाडौं प्रहरीमा उजुरी दिएका थिए ।
काठमाडौँ: मिर्गौला किनबेच तथा विक्री वितरणमा संलग्न भएको आरोपमा प्रहरीले ललितपुरको निदान अस्पतालका सिइओ, डाक्टरसहित पाँच जनालाई पक्राउ गरेको छ। पुल्चोकस्थित उक्त अस्पतालले एक व्यक्तिको नामम अर्कैको मृगौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले अस्पतालका सीईओ विपेन्द्र प्रधान,अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, मृगौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको हो । बुधबार पत्रकार सम्मेलन गरी ब्युरोले घटनाबारे जानकारी गराएको हो। भट्टराई निदान अस्पतालका कानुनी सल्लाहकार र आले जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत हुन्। उनीहरूको मिलेमतोमा एक बिरामीको शंकरलाल लामालाई मिर्गौला विक्री…
काठमाडौँ: विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा सांसद प्रमोद साहको सांसदले हैसियतमा काम गर्न नपाउने भएका छन् । संसद सचिवालयले बुधबार प्रतिनिधिसभा नियमावलीको नियम २४४ को ३ अनुसार सूचना जारी गरी साहले हिरासतमा रहेको अवस्थामा सांसदको हैसियतले कुनै कार्य गर्न र उन्मुक्ति प्राप्त नहुने उल्लेख गरेको छ । सांसद साहले हिरासतमा रहेको अवधिको पारिश्रमिक, सेवा र सुविधा पनि नपाउने नियमावलीमा व्यवस्था छ । जनकपुर विमानस्थलको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा अपराध अनुसन्धान महाशाखाले साहलाई काठमाडौंबाट पक्राउ गरेको थियो । अदालतले साहलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्नसमेत आदेश दिइसकेको छ ।
काठमाडौं : डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए कात्तिक १३ गतेबाट अनसन बस्ने चेतावनी दिएका छन्। उनले माग पूरा गर्न सरकारलाई कात्तिक ८ गतेसम्म अल्टिमेटम समेत दिएका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. केसीले हालसम्मको आन्दोलनको उपलब्धी संस्थागत गर्न सत्याग्रहसहित आन्दोलनको विकल्प नभएको बताएका छन्। डा. केसीले चिकित्सा शिक्षामा सुधारको माग राखेर आन्दोलन गर्न थालेको सात वर्ष भएको छ। चारबुँदे माग राखेर ०६९ असार २१ मा उनी पहिलो पटक अनशन सुरु गरेका थिए। पछिल्लो पटक उनले १६ औं चरणको अनशन इलाममा बसेका थिए। अवकाश पाएपछि पनि डा. केसीले चिकित्सा शिक्षा सुधारको आन्दोलनलाई जारी…
काठमाडौँ: कंलकी, थानकोट, नागढुङ्गा – नौबिसे सडकखण्डमा आजदेखि एकतर्फी मात्र सवारी सञ्चालन हुने भएको छ । सडक विभागद्धारा सडक मर्मत कार्य गर्ने हुनाले उक्त सडक खण्डमा एकतर्फी मात्र सवारी सञ्चालन हुने ट्राफिक प्रहरी माहासाखले जनाएको छ । महाशाखाले उक्त सडकखण्डमा जथाभावी ओभरटेक नगरी लेन अनुशासन पालना गरी सवारी व्यवस्थापन कार्यमा सहयोग गर्न सवारी चालकलाई अनुरोध गरेको छ । कंलकी – थानकोट सडकखण्ड (ढुङ्गेअड्डामा) बिहान नौ बजेदेखि र नागढुङ्गा – नौबिसे सडकखण्डमा दिउसॊ एक बजेदेखि एकतर्फी मात्र सवारी सञ्चालन हुने जनाएको छ ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । केन्द्रीय बैंकले १ हजार रुपैयाँ दरको ३१ करोड थान नोट छाप्ने जिम्मा ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशन’ लाई दिएको हो । नयाँ नोट डिजाइन, छपाई तथा आपूर्तिको काम उक्त चिनियाँ कम्पनीले गर्नेछ । कम्पनीले ९१ लाख ९० हजार अमेरिकी डलरमा नोट छापाई तथा डिजाइन गरी नेपाल पठाउनेछ ।
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृतवका लागि आज काठमाडौंको हायात होटलमा मतदान हुँदैछ । संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ४२ जना पदाधिकारीको निर्वाचन हुन लागेको हो । गैर आवासीय नेपाली संघ ८० भन्दा बढी मुलुकमा फैलिएको दावी गरिए पनि ४९ देशबाट आएका झण्डै २६ सय प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनका लागि मतदानमा भाग लिँदैछन् । निर्वाचन समितिले मतदाताहरुको अन्तिम नामावली पनि आजै प्रकाशित गर्ने जनाएको छ । साँझ ५ बजे देखि राति १० सम्म एनआरएनए महाधिवेशन प्रतिनिधिहरुले विद्युतीय मतदान गर्नेछन् । मतदान सम्पन्न भएको एक घण्टाभित्रमा नै मतगणना सुरु हुने निर्वाचन समितिले जानकारी गराएको…
काठमाडौँ: लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा बुधबार विज्ञापन खुलाएको छ। निजामति सेवाको प्रशासनतर्फ एक सय ८१ सहसचिव र तीन सय ९३ उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ उपसचिवका लागि विज्ञापन गरिएको हो। स्वास्थ्य सेवामा नवौं र एघारौं तहमा विज्ञापन खुलेका हुन्। आयोगले प्राविधिक र अप्राविधिक पदका लागि एकैपटक ठूलो संख्यामा विज्ञापन गरेको छ। योग्यता पुगेकाहरूले मंसीर ३ गतेसम्म दरखास्त दिन सक्ने आयोगले निकालेको सूचनामा उल्लेख छ। दरखास्त फारम आयोगको वेवसाइट http://psc.gov.np बाट डाउनलोड गर्न सकिन्छ। दरखास्त काठमाडौंस्थित केन्द्रीय कार्यालय र उपत्यका बाहिरका आयोगका कार्यालयमा पेश गर्न सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ। दरखास्त शुल्क प्रथम…