काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि बुधबार अबेर सुरु भएको मतदान स्थगित भएको थियो भोटिङ मेसिन बिग्रिएपछि मतदान स्थगित भएको हो।
गैर आवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको चुनावको मतदान ‘प्रविधिमा आएको समस्याको कारण असोज ३० गते (बिहीबार) बिहान १० बजेसम्मका लागि स्थगित भएको’ निर्वाचन समितिले सूचना निकालेर जनाएको छ।
बुधबार राति ९ बजे निर्वाचन समितिले जारी गरेको सूचना
‘उम्मेदवार तथा मतदातामा पर्न गएको असुविधा प्रति निर्वाचन समिति क्षमाप्रार्थी छ’, सूचनामा भनिएको छ।
मतदान बिहीबार बिहान १० बजे पुनः सुरु हुनेछ।