Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
- नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह
- लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यही मङ्सिर २६ गते पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा उपनिर्वाचनको समीक्षा, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिनुभयो । बैठकले पार्टीका केन्द्रीय विभाग गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाका बारेमा समेत छलफल गरी आवश्यक निर्णय गर्ने जनाइएको छ । यही मङ्सिर १४ गते एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्षसहित जम्मा ५२ स्थानमा उपनिर्वाचन भएको थियो । काँग्रेसले उपनिर्वाचनले पार्टीको साङ्गठनिक…
काठमाडौँ: नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ । जसअन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा डाटासेवा साथीभाइ वा आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिन्छ । यो सेवा उपयोग गर्नका लागि सर्वप्रथम नेपाल टेलिकमको एप आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्दछ । एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्ले स्टोरमा र आइफोन प्रयोगकर्ताले एप स्टोरमा गई नेपाल टेलिकमको लोगो अङ्कित एप डाउनलोड गर्न सकिने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए। डाउनलोड गरेपछि ‘रजिष्टर’मा क्लिक गर्नुपर्दछ । उनले भने,“एपमा मागिएबमोजिम प्रयोगकर्ताको नाम, मोबाइल नम्बर, पासवर्डलगायत विवरण राखेपछि लग इन हुन्छ । यसपश्चात मोबाइलमा तत्कालै…
काठमाडौँ: तेस्रो पटक नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत आज भएको खो खोमा नेपालको महिला टोलीले रजत पदक जितेको छ । कीर्तिपुरस्थित नयाँ बजारको कभर्डहलमा भएको फाइनल खेलमा भारतसँग नेपाल १७–५ ले पराजित हँुदै रजत पदक जितेको हो । नेपाल पहिलो इनिङमा १६–३ ले पछि परेको थियो । महिला खो खोमा नेपालले जितेको सबैभन्दा ठूलो पदक नै यही हो । लिग कम नकआउटका आधारमा भएको प्रतियोगितामा नेपाल समूह एको विजेताका रुपमा फाइनलमा पुगेको थियो । नेपालले श्रीलङ्कालाई पराजित गर्दै फाइनमा पुगेको हो । सोही स्पर्धामा बङ्गलादेशले कास्य पदक जित्यो । त्यस्तै पुरुषतर्फको खो खोमा भने नेपालले कास्य पदक जितेको…
विराटनगर: आन्तरिक राजश्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु एक अर्ब ९८ करोड १९ लाख ५६ हजार राजश्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा रु ७६ करोड ६४ लाख ४८ हजार कम हो । उक्त अवधिका लागि कार्यालयलाई रु दुई अर्ब ७४ करोड ८४ लाख चार हजार राजश्व सङ्कलन गर्ने लक्ष्य तोकिएको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए । उनले अन्तःशुल्क घटेकै कारणले लक्ष्य अनुसारको राजश्व सङ्कलन नभएको बताए । यसैगरी अन्तःशुल्कतर्फ रु एक अर्ब ४४ करोड १४ लाख ५७ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य तोकिएकोमा उक्त अवधिमा रु ६१ करोड ४८ लाख ७४ हजार मात्र…
धनगढी: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तर्राष्ट्रियकरण गरेर भएपनि भारतले मिचेको नेपाली भूमि फिर्ता लिनुपर्ने बताएका छन्। आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भारतले मिचेको नेपाली भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने र फिर्ता नभए यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ भने । पूर्वउपप्रधान मन्त्रीसमेत रहेका अध्यक्ष केसीले भने, “मिचिएको भूमि फिर्ता गराउन सरकारले जुन रुपमा कूटनीतिक पहल गर्नुपर्ने थियो, त्यो गर्न सकेको छैन ।” मिचिएको भूमि फिर्ता गराउन दबाब सिर्जना गर्नका लागि ‘कालापानी अभियान‘ अन्तर्गत मोटरसाइकल ¥यालीका साथै विभिन्न १२ ठाउँमा सभा गरिएको सो पार्टीले जनाएको छ ।
काठमाडौँ: पछिल्लो दुई दिन स्थिर रहेको सुनको मूल्य तोलाको रु ८०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार २०० निर्धारण गरेको छ । आइतबार प्रतितोला रु ७१ हजार ६०० मा खरिदबिक्री भएको सुन सोमबार र मङ्गलबार रु ७१ हजार ४०० मा कारोवार भएको थियो । महासङ्घले तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ९०० निर्धारण गरेको छ । आइतबार रु ७१ हजार ३०० मा खरिदबिक्री भएको तेजाबी सुन सोमबार र मङ्गलबार प्रतितोला रु ७१ हजार १०० मा खरिदबिक्री भएको थियो । स्थानीय बजारमा सुनसँगै चाँदीको मूल्य पनि…
भीमदत्तनगर: कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेटीका ज्ञानेन्द्र बोहरा दैनिक छ किलोमिटर हिँडेर विद्यालय जान्छन् । बस्तीमा रहेको विद्यालय माविस्तरको नहुँदा उनीजस्तै त्यहाँका अन्य विद्यार्थी पनि दैनिक छ किलोमिटर हिँडेर विद्यालय जान बाध्य छन् । भौगोलिक रुपले विकट मानिएको खल्ला मसेटीमा सार्वजनिक सवारीसाधनको पहुँच नहुँदा त्यहाँका विद्यार्थीले दैनिक छ किलोमिटर हिँडेर विद्यालय जानुपरेको बोहराले बताए । कक्षा ९ मा अध्ययनरत ज्ञानेन्द्र बोहराले थपे, “आफूहरु चुरेफेदको डरलाग्दो बाटोबाट जोखिम मोलेर भएपनि अध्ययनका लागि दैनिक छ किलोमिटर हिँडेर ब्रह्मदेवस्थित सिद्धनाथ मावि जाने गर्छै ।” “जङ्गलको बाटो, माथि भीर तल महाकाली हिँड्नै गाह्रो हुन्छ”, उनले दुखेसो पोख्दै भने, “ खल्ला मसेटी गाउँमा…
पोखरा: रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) पोखराको आयोजनामा यही पुस १२ देखि १६ गते (डिसेम्बर २८ देखि जनवरी १ तारेख)सम्म २१ औँ संस्करणको पोखरा सडक महोत्सव हुने भएको छ । ‘सडकमै खाऔँ, सडक रमाऔँ’ भन्ने नाराका साथ प्रत्येक अङ्ग्रेजी नयाँ वर्षका अवसरमा गरिँदै आइएको महोत्सवलाई यस वर्ष पनि भव्यताका साथ सम्पन्न गर्ने गरी तयारी गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा रेवानका उपाध्यक्ष एवं महोत्सव व्यवस्थापन मूल समितिका संयोजक लक्ष्मण बरालले जानकारी दिए । पोखराको पर्यटकीय गतिविधिलाई चलायमान बनाउन महोत्सव बहुउपयोगी बन्दै गएको बताउँदै उनले अधिकतम सङ्ख्यामा स्वदेशी एवं विदेशी पर्यटक भित्र्यााउन महोत्सव प्रभावकारी माध्यम बनेको बताए…
बेझाड: पाल्पा जिल्लामै पहिलोपटक रामपुरमा उत्पादन भएको साइलेज (घाँसलाई गुन्द्रक बनाउने) को माग बढ्दो छ । यहाँ उत्पादन भएको साइलेज अहिले विभिन्न जिल्लामा खपत हुने गरेको छ । साइलेज भन्नाले पोषणतत्व कायमै रहने गरी हरियो घाँसलाई सुकाएर राख्ने प्रविधि हो । यो प्रविधिले बाह्रैमास हरियो घाँस पशुलाई उपलब्ध गराउन सहयोग पुग्नेछ । पशु आहारका लागि राम्रो मानिने साइलेज जिल्लाको रामपुर नगरपालिकामा उद्योग नै सञ्चालन गरी उत्पादन थालिएको हो । प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको रु २५ लाख र कामधेनु गाई फार्मको रु २५ लाखको सहकार्यमा साइलेज उत्पादन शुरु गरिएको…
काठमाडौँ : प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै निर्वाचन आयोग अहिले राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति सङ्घीय संसद्बाट आयोगलाई अनुरोध पत्र प्राप्त भइसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनान्नसाठी सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदैछ । रिक्त सदस्यको पदपूर्ति गर्नका निम्ति सङ्घीय संसद्बाट पत्र प्राप्त गरिसकेपछि आयोगले आन्तरिक छलफल गर्दै तयारीको काम आरम्भ गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, “हामीले आगामी माघको १५ गतेभित्रै राष्ट्रियसभाको निर्वाचन सक्नु पर्नेछ ।” राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५…