Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

पोखरा : १३ औं दक्षिण एसियाली खेदकुद (साग)मा माल्दिभ्समाथि १० विकेटको शानदार जित हात पारेको छ । पोखरामा टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन बनायो । जसलाई नेपालले पहिलो ओभरमै पुरा गर्‍यो । अन्जली चन्दको कीर्तिमानी बलिङका कारण नेपालको जीत सहज भएको हो । यसमा काजल श्रेष्ठले तीन चौकाको मद्दतमा १३ रन बनाइन् भने ४ अतिरिक्त रन रहृयो । यसैबीच आजको महिला क्रिकेटमा अञ्जली चन्दले कीर्तिमानी बलिङ गरेकी छन । खेलको छैटौं ओभरमा बलिङ गर्न आएकी उनले एक रन पनि नदिई तीन विकेट लिइन् । नवौं ओभरमा पनि दुई…

Read More

मध्यपुरथिमि : मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा टिप्परले ठक्कर दिँदा पैदल यात्री उदयपुर चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षीय समीर विकको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले टिप्परले ठक्कर दिई घाइते विकलाई तत्कालै उपचारका लागि इवामुरा मेमोरियल अस्पताल लगिएकामा मृत्यु भएको बताए । ठक्कर दिई फरार रहेको सवारी साधनलाई सिसी टिभीबाट प्राविधिक अनुसन्धान तथा विभिन्न स्थानमा प्रहरी टोली खटिई खोजी गर्ने क्रममा काठमाडाँै कोटेश्वर तीनकुनेबाट बा।३ख। २५३१ नंको टिप्पर र चालक काभ्रे महाभारत गापा–८ घर भई हाल काभ्रे साँगा बस्ने ३० वर्षीय सिद्धिमान तामाङलाई पक्राउ गरिएको छ ।

Read More

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा नेपालले अर्को पदक जितेको छ । १८ देखि २३ वर्षमुनिको प्रतिस्पर्धामा नेपालकी सीना मादेनले स्वर्ण पदक जितेकी हुन् । उनले ८.१५० अंकका साथ यो पदक जितेकी हुन् । यो सागमा नेपालको पाँचौं स्वर्ण हो ।

Read More

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराते पुरुष टिम कातामा पनि नेपालले स्वर्ण जितेको छ । गत सोमबार भएको खेलमा मन्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धर र महसुस तामाङको टिमले स्वर्ण जितेको हो । मण्डेकाजीले पुरुष एकल कातामा पनि नेपाललाई स्वर्ण दिलाएका थिए ।

Read More

भोजपुर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बालागुरु षडानन्द अधिकारीलाई राष्ट्रिय विभूति घोषणा गरिने बताएका छन । बालागुरुको १८५ औं जन्मजयन्ती मनाउन आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले षडानन्दको योगदानलाई कदर गर्दै राज्यले राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने धारणा राखे । षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्न प्रदेश १ सरकारबाट निर्णय गरेर केन्द्र पठाउने समेत बताउँदै मुख्यमन्त्री राईले भने “उनको योगदानको सम्मानका लागि राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ तर यसमा ढिला भइररहेको छ, म प्रदेश सरकारबाट निर्णय गरेर तत्काल केन्द्र सरकारमा पठाउँछु ।’’ सो अवसरमा उनले प्रदेश १ सरकारको करिब १३ लाख लागतमा बन्ने षडानन्द बहुउद्देश्यीय धर्मशालाको शिलान्यास…

Read More

काठमाडौँ : सामुदायिक विद्यालयमा कोरियाली धारका इसाईहरू प्रवेश गरी हप्तामा एक दिन सबै विद्यार्थी राखेर प्रार्थना गर्ने वातावरण मिलाइदिए छात्रावाससहित भौतिक संरचना निर्माण गरिदिने वचन दिन थालेका छन् । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीस्थित भूमिस्थली भन्ने स्थानमा रहेको बालसुधार माध्यमिक विद्यालयमा प्रवेश गरी एकान्तकुनाबाट आएको भन्दै यस्तो प्रलोभन देखाएको प्रधानाध्यापक विन्दुराज खनालले जानकारी दिए । प्रस्ताव स्वीकार गरे सबै कुरा थाहा पाइन्छ भन्दै त्यो समूहले संस्था र त्यसमा संलग्न व्यक्तिको नामसमेत बताउन चाहेन । बरु प्रभु येशुको प्रार्थना गरे सबै ठीक हुने दाबी गरेको थियो । “हामी वैदिक सनातन हिन्दू धर्मावलम्बी भए पनि विद्यालयमा सरस्वती वन्दनाबाहेक कुनै पनि धार्मिक क्रियाकलाप गर्दैनौँ, इसाई…

Read More

काठमाडौं : फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले ४५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको हिजो आइतबार बसेको सञ्चालक समिति बैठकले यो निर्णय गरेको हो । कम्पनीले गत वर्षको कमाईबाट ३२.५०प्रतिशत बोनस र १२.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । फरवार्डले १२ करोड २७ लाख ४३ हजार रुपैयाँ बोनस वितरणमा र ४ करोड ७२ लाख ९ हजार रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ । प्रस्तावित लाभांश अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने कम्पनीले जनाएको छ । गत वर्ष पनि फरवार्डले २५ प्रतिशत बोनस र २० प्रतिशत नगद गरी कुल…

Read More

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले नेपाललाई स्वर्ण दिलाएको हो । नेपालको स्कोर २४.८८ रह्यो । रजतमा चित्त बुझाएको पाकिस्तानको २३.३ अंक छ । त्यस्तै ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । यो नेपालको दोस्रो स्वर्णपदक हो । सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी छिन् ।

Read More

सुनसरी–धरान उपहानगरपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा नेकपाले जीत हात पारेको छ । गत शनिवार भएको उपचुनावमा नेकपाका जीवन सुवेदीले एक भोटको अन्तरले चुनाव जीतेका हुन् । नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार सुवर्ण पालिखेले ६२१ मत पाए । वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन् ।

Read More

काठमाडौं: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आर्थिक विकासका आधार लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घन र विकास सरकारको प्राथमिकता दृढ भएर लाग्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघहरुको संयुक्त प्रतिनिधि मण्डलसँग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले भने – ‘लघु, घरेलु तथा साना उद्योगहरुसँग सिँगो राष्ट्रको राष्ट्रिय हित जोडिएको छ । यो क्षेत्रलाई अगाडि बढाउने कुरामा म दृढ छु ।’ उद्योग मन्त्रालयसँग लघु, घरेलु तथा साना उद्योगहरुको प्रत्यक्ष सम्बन्ध रहेको भन्दै उनले भने– ‘तपाईहरुको सफलतासँगै मेरो सफलता पनि जोडिएको छ, मेरो सफलतासँग तपाइहरुको सफलता पनि जोडिएको छ ।’ समस्याका साथै समाधानका…

Read More