Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुरा रुवेला रोग निवारण गर्न अगामी फागुन र चैत महिनामा पाँचाँै राष्ट्रिय दादुरा रुवेला खोप अभियान सञ्चालनको तयारी गरेको छ । अगामी फागुन १ देखि ३० गते र चैत १ देखि ३० गतेसम्म गरी दुई चरणमा सो अभियान सञ्चालन हुने छ । यसअघि मन्त्रालयले सन् २००४, २००८, २०१२ र २०१६ मा यस्ता अभियान सञ्चालन गरेको थियो । ५ वर्षमुनिका बालबालिकाको मृत्युको मुख्य कारकमध्ये दादुरा रोगलाई मानिन्छ । यस रोगलाई निवारण गर्न यस विरुद्धको खोप आवश्यक मानिन्छ । पहिलो चरणमा प्रदेश नं १, २, ५ र दोस्रो चरणमा प्रदेश नं ३, गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेशमा…

Read More

राँझा : सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको क१प १०६ नंको मोटरसाइकल गए राति बाँकेको चिसापानीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा जुम्ला तातोपानी गाउँपालिका–४ का मनिकेश गौतमको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिए । उनका अनुसार गए राति करीब ८ः०० बजेतिर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक गौतमको घटनास्थलमै मृत्यु भएको थियो । गौतम, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जुम्लाका स्थानीय नेता हुन ।

Read More

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावको प्रभावले आज देशभरको मौसममा बदली आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार आज मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने सुदूर–पश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । यसैगरी उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ । यस्तै मंगलबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने मौसमविदले जनाएका छन् । सुदूर–पश्चिमका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । राति पनि हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । त्यस्तै भोली मंसिर ११…

Read More

काठमाडौँ: स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए । परीक्षणका क्रममा परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएको अस्पतालले जनाएको छ । परीक्षणका क्रममा चिकित्सकले भर्ना भएर बस्न सल्लाह दिएपछि उनी भर्ना भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ओलीलाई एपेन्डिसाइटिस भएकोअस्पतालले उनको अपरेसनको तयारी गरेको छ ।

Read More

काठमाडौं : नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक आज मंगलबार राजधानीमा बसिरहेको छ । सन्धिको संशोधनमा थपिने बुँदाको मस्यौदालाई बैठकले अन्तिम रूप दिने गरी आज छलफल भइरहेको नेपाली टोलीको नेतृत्व गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए । यो बैठक, नेपाललाई तेस्रो मुलुकसँग व्यापारका लागि पहुँच विस्तार तथा नेपाल भारत व्यापार सहजीकरणमा महत्त्वपूर्ण मानिएको छ । यसअघि भारतले सहमति जनाएको जलमार्ग र थप नयाँ बन्दरगाह प्रयोगबारे सन्धिमा समावेश हुने विषयलाई समेत बैठकले अन्तिम रूप दिने सहसचिव ढकालले बताए । हल्दिया–साहिबगन्ज–कालुघाट जलमार्ग तथा गुजरातको मुन्द्रा र उडिसाको धाम्रा बन्दरगाह प्रयोगबारे पनि बैठकमा छलफल हुनेछ…

Read More

महोत्तरी: उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । आगामी शनिबार महोत्तरीका तीन स्थानीय तहका चार पदका लागि उपनिर्वाचन हुुँदैछ । जिल्ला प्रशासन कार्यालयको आग्रहमा भारतको मधुवनी र सीतामढी जिल्ला प्रशासन कार्यालयले नेपाली सुरक्षाकर्मीसँगै भारतीय सीमा सुरक्षा बलका जवानलाई गस्तीमा खटाएको छ । अहिले महोत्तरीको पूर्वीदक्षिणी सीमा मटिहानीदेखि पश्चिमीदक्षिणी सीमा खैरबनीसम्मको दशगजा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलका जवानले संयुक्त गस्ती गरिरहेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो । संयुक्त सुरक्षा गस्तीले उपनिर्वाचनका मुखमा सीमाक्षेत्रबाट हुने अवाञ्छित गतिविधि नियन्त्रणसँगै साना हतियारको ओसारपसार, लागुऔषध कारोवार र…

Read More

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएपछि अर्थमन्त्री युवराज खतिवडाले आज मंगलबार १३औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने खेलाडीलाई सम्बोधन गर्दैछन । आज विहान प्रधानमन्त्री ओली अस्पताल भर्ना भइ एपेन्डिसाइटिसको अपरेसन हुने भएपछि अर्थमन्त्री खतिवडाले खेलाडीको नाममो सम्बोधन गर्ने तयारी भएको हो । यसअघि प्रधानमन्त्रीले साग खेल्ने खेलाडीलाई शुभकामना दिने र प्रोत्साहन तथा पुरस्कारको घोषणा गर्ने तयारी भएको जानकारी राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले बताए । उनले भने, ‘सागको मुखैमा देशकै कार्यकारीले सम्बोधन गर्दा खेलाडीहरुको मनोबल बढ्ने आशा गरिएको छ। तर प्रधानमन्त्री अस्वस्थ भएपछि अर्थमन्त्रीले सम्बोधन गर्नुहुने भएको छ।’ प्रधानमन्त्रीको सम्बोधनका लागि पोखरा तथा जनकपुर…

Read More

काठमाडौँ: वीर अस्पतालको गुठीको नाममा रहको दुई सय रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको ठहरसहित २०६७ सालमा तयार भएको प्रतिवेदन गुपचुप राखी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले अर्को समिति गठन गरेको छ। तत्कालीन सहसचिव दुर्गा मानन्धरको नेतृत्वमा गठित वीर अस्पताल गुठी जग्गा छानबिन समितिले बुझाएको प्रतिवेदनमा अस्पताल गुठीको नाममा मुलुकभर रहेको करिब १४ हजार रोपनीमध्ये काठमाडौं उपत्यकाभित्र महत्वपूर्ण स्थानमा रहेको जग्गा व्यक्तिको नाममा रहेको उल्लेख छ। न्याम्सले त्यो प्रतिवेदन कार्यान्वयनमा नलगी त्यही प्रकृतिको काम गर्न अर्को समिति गठन गरेको हो। न्याम्सका उपकुलपति डिएन साहले वीर अस्पताल गुठीको नाममा रहेको जग्गाको वास्तविक अवस्था बुझ्न रेक्टर सुबोध अधिकारीको संयोजकत्वमा छानबिन…

Read More

काठमाडौं:भूकम्पले भत्काएको धरहराको पुनर्निर्माणले तीव्रता पाएको छ। शिलान्यास भएको ११ महिनामा ३२ प्रतिशत पुनर्निर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सन् २०२० अक्टुबरसम्म धरहरा हस्तान्तरण गर्ने लक्ष्य छ। प्राधिकरणका सम्पदाविद् राजु मानन्धर धरहरा पुनर्निर्माण एक वर्षमा सकिने बताउँछन्। उनका अनुसार अब बन्ने धरहरा २२ तले हुनेछ, जुन २४५ फिट अग्लो हुनेछ। अबको १५ दिनमा धरहराको एक तला ढलान गर्ने प्राधिकरणको लक्ष्य छ। अहिले हुलाकको घर भत्काएर ३ तला अन्डरग्राउन्ड निर्माण भइरहेको छ। अब बन्ने धरहरा भूकम्प प्रतिरोधी हुने उनले बताए। धरहराको बेसमेन्टमा तीन तलाको सानो घर हुने छ। तीन तले पार्किङमा झण्डै एक हजार सवारीसाधन पार्किङ गर्न…

Read More

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन हुन ६ दिन बाँकी छ। प्रतियोगितामा भाग लिन विदेशी खेलाडी आउन थालिसकेका छन्। तर, साग आयोजक राष्ट्र नेपालका खेल पदाधिकारीलाई भौतिक संरचना निर्माणकै चटारो छ। प्रतियोगिता उद्घाटन मंसिर १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ। बंगलादेश, माल्दिभ्स र श्रीलंकाका भलिबल खेलाडी आइसकेका छन्। नेपालको हावापानीसँग घुलमिल हुन अन्य खेलका खेलाडी पनि आउन थालेका छन्। पाहुनाको सत्कारका लागि सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगन्तुक डेक्स राखिएको छ। १३औं सागको मुख्य स्थल दशरथ रंगशाला निर्माण कार्य अझै जारी छ। नेपाली खेलकुदको मुख्य निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारी पाहुनाको सत्कार गर्ने समयमा…

Read More