Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह
- लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
- १०९ विद्यालयमा साढे ६ अर्ब लगानी, के के मा हुनेछ खर्च?
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा निर्माण शुरु गरेको दीर्घकालीन फोहर सङ्कलनस्थल निर्माणको काम दुई सातादेखि रोकिएको छ । बञ्चरेडाँडा जाने बाटो सिसडोलमा पहिरो गएपछि नुवाकोट र धादिङको सिमानामा निर्माण भइरहेको दीर्घकालीन फोहर व्यवस्थापनको काममा समस्या आएको मन्त्रालयले जनाएको छ । लगातारको वर्षाका कारण निर्माणस्थलसम्म जाने बाटोमा पहिरो गएपछि निर्माणको काममा समस्या आएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ । उक्त काम सकेपछि निर्माणको काम अघि बढ्नेछ । डिजाइन र माटो परीक्षणको कामसँगै क्षेत्र निरीक्षणको काम सकी दुई साताअघि निर्माणकार्यअन्तर्गत माटो मिलाउने काम भइरहेको थियो । हाल निर्माण भइरहेको दीर्घकालीन फोहर…
काठमाडौं : विमानस्थलभरि नेपाली ध्वजावाहक जहाज देखेपछि एकपटक प्रधानमन्त्रीले सहयात्री साथीलाई सोधेछन्, ‘नेपाल वायुसेवा निगमसँग निकै धेरै जहाज पो रहेछन्।’ ती साथीले भनेछन्, ‘ठीक भन्नुभयो प्रधानमन्त्रीज्यू, जहाज थुप्रै छन्। उड्दैनन् र यहाँ धेरै देखिएका छन्। मैदानभरि छन्। वाइडबडी पनि छन्। तर, जमिनमा छन्। आकाशमा छैनन्।’ प्रधानमन्त्री केपी शर्मा ओलीले निगम दिवसमा यो प्रसंग सुनाउँदा त्यही संस्थाका कर्मचारीले परर्र ताली बजाए। जुलाई १ मा त्यसो भनेको तीन महिना बित्न लाग्यो, थन्किएका जहाज उडेनन्। बरु उडिरहेका थप थन्किए। सुन्दै अचम्म ! निगमसँग १४ जहाज छन्, उड्छन् ६ वटा। बाँकी सबै प्रधानमन्त्रीले भनेजस्तै ‘जमिनमा छन्।’ प्रायः ग्राउन्डेड बेलामा मर्मत नगरी ठूलो समस्या निम्त्याएर…
वीरगञ्ज: बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न प्रदेश नं. २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले सवारीसाधनलाई प्रदेश नं २ को ८ जिल्ला छिचोल्न पाँच घण्टा २५ मिनेटको समयसीमा तोकेको छ । आर्थिक वर्ष २०७६÷०७७ को साउन महीनामा मात्र ९२ वटा सवारी दुर्घटना भएकोमा ४५ जनाले ज्यान गुमाएपछि प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले यस्तो समयसीमा तोकी ‘टाइमकार्ड’ लागू गरेको ट्राफिक प्रहरी निरीक्षक राजकुमार सिंहले बताउनुभयो । समयसीमा तोकिएपछि पश्चिमबाट पूर्वतर्फ जाने तथा पूर्वबाट पश्चिमतर्फ आउने सवारीसाधनले प्रदेश नं २ को ८ जिल्लाको २२५ किलोमिटरको बाटो पाँच घण्टा २५ मिनेटभित्र पार गरी सक्नुपर्ने नियम लागू भएको छ । प्रदेश नं २ को…
खोटाङ: नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालको संविधानमाथि आक्रमण हुने खतरा रहेको बताउनुभएको छ । खोटाङको दिक्तेलमा आज आयोजित पार्टीको दोस्रो चरणको राष्ट्रिय जनजागरणसभा समापन कार्यक्रममा उहाँले संविधानमाथि आक्रमण हुने सम्भावना देखिएकाले सबै मिलेर संविधानलाई जोगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “यो सरकारले कुनै माखो मार्नेवाला छैन । आजका मितिसम्म विकासको कुनै योजना तर्जुमा गर्न सकेको छैन । अब नेपाली जनताले सोच्ने र प्रतिकार गर्ने बेला आएको छ ।” उहाँले काङ्ग्रेसलाई कसैले हराउन नसक्ने भए पनि गुट–उपगुटले आफैँ ध्वस्त भएको बताउनुभयो । “काङ्ग्रेसको विचार र इतिहास सुन्दर छ । तर, पार्टीलाई गुट–उपगुटले ध्वस्त पारेको छ”, उहाँले भन्नुभयो, “एउटाले…
काठमाडौँ: केन्द्रीय बैंकका अनुसार उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा बढी रहेको पाइएको छ । उपत्यकामा ८.६३ प्रतिशतले उपभोक्ता मुद्रास्फीति रहेको पाइएको हो । यस्तै तराईमा ६.४६ प्रतिशत, पहाडमा ५.९२ र हिमालमा ५.५७ प्रतिशत मुद्रास्फीति रहेको छ । अघिल्लो साउनमा काठमाडौँ उपत्यकामा ३.४९, तराईमा ४.१४, पहाडमा ५.२६ र हिमालमा २.७४ प्रतिशतले मुद्रास्फीति रहेको थियो । २०७६ साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.९५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.१२ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य…
काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो महीनामा विप्रेषण आप्रवाह रु ७५ अर्ब ४० करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ नामक प्रतिवेदनमा विप्रेषण आप्रवाह दुई प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले वृद्धि भएको छ । बैंकका अनुसार अघिल्लो वर्ष यस्तो आप्रवाह २४ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा खुद ‘ट्रान्सफर’ प्राप्ति ०.२ प्रतिशतले वृद्धि भई रु ८४ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो प्राप्ति ३५.३ प्रतिशतले बढेको…
काठमाडौँ: नेपाल राष्ट्र बैंकले नयाँ साज–सज्जासहित सय रुपैयाँको नयाँ नोट आजदेखि प्रयोगमा ल्याएको छ । केन्द्रीय बैंकले चलनचल्तीमा ल्याएको नयाँ नोटमा फरक विशेषता समावेश गरिएको छ । उक्त नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ । यस्तै मध्य भागमा नेपालको नक्सा, अशोकस्तम्भको चित्रका साथै, ‘लुुम्बिनी भगवान् गौतमबुद्धको जन्मस्थल’ लेखिएको छ । यस्तै अशोकस्तम्भ सँगै दृष्टिविहीनका लागि नोट पहिचानका लागि छामेर थाहा पाउने कालो थोप्लासमेत समावेश गरिएको छ । बैंकका अनुसार अशोकस्तम्भको बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र राखिएको छ । दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । कूल दुई मिलिमिटर चौडा भएको रङ परिवर्तन हुने नोटलाई सिधा हेर्दा रातो…
काठमाडौँ: सोमबार सामान्य अङ्कले बढेको धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.४२ विन्दुले घटेर एक हजार १३४.५६ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.४० विन्दुले घटेर २४८.४१ विन्दुमा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोवार रकममा समेत गिरावट आएको छ । कूल १७१ कम्पनीको आठ लाख ७३ हजार ७९ कित्ता शेयर रु २१ करोड ८२ लाख ७८ हजार ४४९ मूल्यमा खरिद बिक्री भए । स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ ।…
बाजुरा : जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका– ५ मिगुङ्मा भाइरल ज्वरोको प्रकोप देखिएको छ । भाइरल ज्वरोले पूरै गाउँमा सन्त्रास फैलिएको छ । गाउँपालिकाको केन्द्रदेखि करीब चार घण्टाको पैदलदूरीमा पर्ने उक्त गाउँमा भाइरल ज्वरोले बालबालिका, बूढाबूढी थला पर्दा गाउँ नै सुनसान बनेको वडा सदस्य सिंहबहादुर महताराले बताउनुभयोे । सामुदायिक स्वास्थ्य एकाइ केन्द्रमा औषधि भए पनि औषधि खादा काम नगरेको उहाँको भनाइ छ । स्वास्थ्य एकाइ केन्द्रमा दैनिक १० देखि १५ सम्म भाइरल ज्वरोका बिरामी औषधि उपचारका लागि आउने गरेका अहेव कमल कट्टेलले बताउनुभयो । मिगु गाउँमा बसोबास गरिरहेका ७० परिवारमा भाइरलको सङ्क्रमण फैलिँदा त्रास बढिरहेको छ । भाइरलले स्थानीयवासीको घारायसी कामदेखि…
काठमाडौँ: लगानी बोर्डले निजगढ अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माणका लागि जुरिच इन्टरनेसनल एयरपोर्ट (एजी)सँग विस्तृत प्रतिवेदन माग गरेको छ। लगानी सम्मेलनका क्रममा निजगढमा अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माणका लागि ७ वटा प्रस्ताव परेका थिए। लगानी बोर्डले सातमध्ये ६ वटा प्रस्तावकले मापदण्ड नपुर्याएको ठहर गरेको हो। लगानी बोर्डको बैठकपछि प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जुरिच इन्टरनेसनल एयरपोर्ट (एजी)को मात्र मापदण्ड पुगेको जानकारी दिए। जुरिच स्विटजरल्याण्डको कम्पनी हो। त्यस्तै, लगानी बोर्डले काठमाडौं उपत्यकामा बाहिरी चक्रपथ निर्माणका लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीसँग विस्तृत प्रतिवेदन माग गरेको छ। चार वटा प्रस्ताव परेकोमा तीन वटा प्रस्तावकले मापदण्ड पूरा नगरेको अधिकारीले बताए। लगानी बोर्डले तल्लो अरुण हाइड्रोपावर निर्माणका लागि तीन…