Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले केपी शर्मा ओलीको सहमतिमै भारतले नयाँ नक्सा सार्वजनिक गरेको भन्ने पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको अभिव्यक्ति लज्जाजनक भन्दै खेद प्रकट गरेका छन्। बाँस्कोटाले देउवाको अभिव्यक्ति चुनावी मसला भएको र उनले नेपाली जनतालाई विभाजन गर्ने कोसिस गरेको आरोप पनि लगाएका छन्। बाँस्कोटाले अन्तरराष्ट्रिय मान्यताका आधारमा छिमेकी भारतसँगको सिमाना विवाद कूटनीतिक र राजनीतिक प्रयासबाट समाधान गरिने बताएका छन । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीका साथै सुस्तालगायत नेपालको भूमि रक्षाका लागि सरकारले दृढता र इमान्दारीसाथ पहल गरिरहेको उल्लेख गर्दै सरकारले…

Read More

रौतहट : सिमावर्ती भारतीय बजार बैरगनियादेखी रौतहट सदरमुकाम गौरसम्म सञ्चालनमा रहेका भारतीय नम्बर प्लेटको तीन पाँग्रे सवारी साधन टेम्पोलाई रोक लगाउन उच्च अदालतले आदेश जारी गरेको छ । भन्सार नियम अनुसार कुनै पनि यात्रुबाहक भाडा उठाउने सवारी साधन भन्सार अनुमति नलिएर एक देशबाट अर्को देशमा गुड्न पाउँदैन । तर कानून र नियमलाई लत्याउँदै एक पैसा पनि भन्सार नतिर्ने तर दैनिक रुपमा नेपालमै गुड्ने हजारौं सवारी साधनलाई ट्राफिक प्रहरी, भन्सार तथा राजश्व कार्यालय समेतले कारबाही गर्न नसकेपछि नेपाली व्यवसायीहरुले उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगञ्जमा दायर गरेको निषेधाज्ञा युक्त परमादेश मुद्दाको सुनवाइ गर्दै अदालतले अवैध भारतीय टेम्पुहरुलाई गुड्न बन्देज…

Read More

काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आम्दानी ४.९ प्रतिशतले कमी आई रु.२३० अर्ब २४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आम्दानी ३७.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४.६ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २४.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति ३.७ प्रतिशतले कमी आई रु.२६० अर्ब ७७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ३३.४ प्रतिशतले बढेको थियो । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले घटेको…

Read More

धादिङ: पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् । नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा२ख ६२६८ नंको जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा दुर्घटना भएको थियो । दुर्घटनामा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नं ५ की १४ वर्षीया डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताउनुभयो । दुर्घटनामा घाइते भएका ४० जनामध्ये १७ जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टर पठाइएको छ भने २३ जनाको बैरेनी र गल्छीमा रहेको स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ…

Read More

काठमाडौँ: कृषिमा निर्भर नेपालको ग्रामीण अर्थतन्त्र क्रमशः ओरालोतर्फ झरेकाले कृषिजन्य उत्पादनको आयातमा तत्काल कमी आउने सङ्केत देखिँदैन । हिजो गाउँमा बसोबास गर्ने अधिकांश ग्रामीण जनता केही वर्षदेखि नजिकको शहरमा बसोबास गर्न थालेका छन् । शहर केन्द्रीकृत हुन थालेपछि गाउँको जग्गा बाँझो हुने क्रम तीव्र गतिले बढेको छ । सरकारी पुरानो तथ्याङ्कले हाल १० लाख ३० हजार हेक्टर जमीन बाँझो देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागले २०६८ सालमा गरेको कृषि गणनाको तथ्याङ्कअनुसार नेपालमा ३० लाख ९१ हजार हेक्टरमा खेती गरिएको उल्लेख छ । आठ वर्ष पहिले कृषि गणना हुँदा कूल खेतीयोग्य जमीनमध्ये ३३ दशमलव तीन दुई प्रतिशत बाँझो थियो । अहिले…

Read More

काठमाडौं : समाजवादी पार्टी नेपालले सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग वार्ताका लागि समिति गठन गरेको छ । शनिवार बसेको समाजवादी पार्टीको पदाधिकारी वैठकले प्रधानमन्त्रीद्वारा समाजवादी पार्टीसँग कुनै परामर्श नगरी मन्त्रीमण्डल पुनर्गठन गरेको र यो संयुक्त सरकारको राजनीतिक मूल्य, मान्यता र संस्कृति प्रतिकूल भएकोले गम्भीर असहमति प्रकट गरेको छ । असहमत भएका विषय र सरकारमा सहभागी हुने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग भएको दुई बुँदे सहमतिको कार्यान्वयनका सन्दर्भमा सरकार र सरकारसम्बद्ध पार्टी नेकपासँग वार्ता गर्न वार्ता समिति निर्माण गरेको पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए । वार्ता समितिमा…

Read More

काठमाडौँ: पुनर्गठनको छैटौँ वर्षगाँठ मनाइरहँदासम्म विप्लवले पार्टीको राजनीतिक कार्यदिशाका विषयमा आफ्नै पार्टीका नेताहरुलाइ समेत विश्वस्त बनाउन सकिरहेको नदेखिएको छ । कतिपय सन्दर्भमा पार्टी नेताहरु स्वयम् पनि कार्यदिशामा अलमलिइरहेका देखिन्छन् । खासगरी एकीकृत जनक्रान्तिको फौजी कार्यदिशाको बुझाइमा नेताबीच नै अन्यौल छ । दीर्घकालीन छापामार युद्ध कि मध्यम वर्गलाई पनि साथमा लिएर सशस्त्र जनविद्रोह भन्नेमा मतऐक्यता छैन । कतिपय नेताले पछिल्लो पटक कार्यदिशामै अलमल देखिएको भन्दै पार्टीसमेत छाडेका छन् ।  यो समाचार अन्नपुर्ण पोस्टमा रहेको छ । प्रहरीको तथ्याङ्क अनुसार ०७५ साल फागुन २८ गते प्रतिबन्ध लागेपछिको ८ महिनामा केन्द्रदेखि जिल्ला स्तरीय पदाधिकारी तहका ७२ सहित १ हजार १ सय ५०…

Read More

काठमाडौं : सवारी साधनको ठक्करबाट नयाँबानेश्वरमा एक जनाको मृत्यु भएको छ । संसद भवनको दक्षिण गेट अगाडि सिभिल अस्पतालमा कार्यरत् चिकित्सक प्रभु जोशीको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाइते भएका जोशीलाई नजिकै रहेको उनी कार्यरत् अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषित गरेका थिए । ठक्कर दिने सवारी साधनको पहिचान भएको छैन । ‘बिहान पौने ६ बजेको घटना भएकाले गाडी स्पष्टसँग देखिएको रहेनछ’, महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले भने, ‘सीसी टीभी फुटेजको विश्लेषणबाट पत्ता लगाउने कोशिश गरिरहेका छौं ।’ मृतकको टाउकोमा गम्भीर चोट देखिएको बानेश्वर प्रहरी वृत्तका डीएसपी दुर्गाराज रेग्मीले बताए । यसैबीच चितवनको…

Read More

तनहुँ– चितुवा नियन्त्रणका लागि तनहुँ जिल्लाको भानु नगरपालिकाका विभिन्न सामुदायिक वनमा काठको खोर राखिएपछि आज बिहान एउटा चितुवा खोरमा परेर नियन्त्रणमा आएको छ । दिनप्रतिदिन चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि चितुवा नियन्त्रणका लागि भानु नगरपालिका–२ स्थित मजुवा ओख्ले सामुदायिक वनमा राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो । डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत बाबुराम उप्रेतीले खोरमा परेर पोथी चितुवा नियन्त्रणमा आएको जानकारी दिए । उक्त चितुवालाई बुटवलको मणिमुकुन्द सेन पार्कमा रहेको मिनी चिडियाखानामा स्थानान्तरण गरिएको छ । सहायक वन अधिकृत उप्रेतीका अनुसार उक्त चितुवा अन्दाजी ८र९ वर्षको रहेको छ । “उक्त चिडियाखानमा…

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि ढाँचा तयार गरेको छ । झण्डै पाँच वर्षदेखि सार्वजनिक शौचालय निर्माण गर्ने तयारीमा जुटेको कामपाले यस चालू आर्थिक वर्षमा भने निर्माणको काम थाल्ने जानकारी गराएको छ । कामपा शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले २० प्रकारको ढाँचा तयार भएको र तयारीमध्ये आवश्यक स्थान र बजेटको आधारमा निर्माणको काम शुरु गर्ने तयारी रहेको छ । उपाध्यक्ष बस्नेतले भन्नुभयो, “यसरी बनाइएका ढाँचामा एक पटकमा एक जनाका लागि मात्र उपयुक्त हुनेदेखि एकैपटक तीन जनासम्मले प्रयोग गर्न सक्ने खालका, शौच कार्यका साथै नुहाउन मिल्ने खालका पनि छन्”, यिनीहरु सबैको पहुँचयुक्त हुन्छन् ।” उहाँका अनुसार यसरी बनाइएका…

Read More