Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
- १०९ विद्यालयमा साढे ६ अर्ब लगानी, के के मा हुनेछ खर्च?
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
भोजपुर: षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । षडानन्द नगरपालिका–१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कदै गरेकी वडा नं ३ बस्ने २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नं २ र ३ को सिमानामा पर्ने उपङ्खा भन्ने ठाउँमा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीको भनाइ छ । हाटबाट फर्किँदै गरेका कल्पना राई र घाइते १८ वर्षीया नवीना राईमाथि धारिलो हतियार प्रयोग भएको हो । मृतक कल्पनाको शरीरको विभिन्न भागमा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो भने घाइते नवीनाको चिउँडोमा चोट लागेको प्रहरीले जनाएको छ । घटनामा…
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा राजस्व असुली लक्ष्यको तुलनामा ५४ अर्ब रुपैयाँ कम छ। सरकारले पहिलो त्रैमासिक अवधि (साउन–असोज)मा दुई खर्ब ५२ अर्ब ३९ करोड रूपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा एक खर्ब ९८ अर्ब रुपैयाँमात्र संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ। आयातमा ह्रास र आर्थिक क्रियाकलाप सुस्त हुँदा राजस्वको लक्ष्य प्राप्त हुन नसकेको बताइएको छ। चालु वर्षमा आयातको वृद्धिदर सामान्य ऋणात्मक छ। कुल राजस्वको ४४ प्रतिशत भन्सारमा आधारित राजस्वबाट पूर्ति हुँदै आएको छ। आयातमा आधारित राजस्व प्रणालीका कारण विगतजस्तो आयातमा वृद्धि हुन नसक्दा राजस्वमा त्यसको प्रत्यक्ष प्रभाव परेको हो। सरकारले गैरकरतर्फ राजस्व असुलीमा भने लक्ष्य झन्डै भेटाएको छ।…
काठमाडौं : ऋणमा लगाम लागेपछि घरजग्गा व्यवसायमा कारोबार घट्यो। केही वर्षयता मूल्य भने स्थिर थियो। बैंक तथा वित्तीय संस्थाको ऋणको साँवाब्याज भुक्तानीमा घरजग्गा व्यवसायी दबाब झेलिरहेका छन्। उनीहरू बजार उठ्ने आसमा एउटा बैंकबाट ऋण लिएर अर्कोको भुक्तानी गर्दै छन्। राष्ट्र बैंकले व्यावसायिक कार्यदक्षता कर कार्यालयबाट परीक्षण गरेर मात्र ऋण दिन परिपत्र गरेको छ। त्यससँगै यस्ता ऋणहरू सदाबहार (इभर ग्रिनिङ) हुने सम्भावना टर्दै गएको छ। विश्वव्यापी रूपमै घरजग्गा कारोबार खुम्चिन थालेको छ। नेपालका पनि प्रमुख सहरमा घरजग्गाको मूल्य संतृप्ति (स्याचुरेसन)मा पुगेको विश्लेषक बताउँछन्। घरजग्गाको मूल्य सस्तिन सक्ने आईएमई समूहका बजार विश्लेषक प्रकाश तिवारी बताउँछन्। उनका अनुसार तीन वर्षदेखि चुलिएको ब्याजदर,…
काठमाडौँ: दशैँको लामो बिदापछि खुलेको शेयरबजार उतार चढावपूर्ण अवस्थामा नै रही बन्द भयो । चालू आर्थिक वर्षको पहिलो त्रैमासको अन्तिम सातासम्म आइपुग्दा बजारले ओरालोको यात्रा नै तय ग¥यो । धितोपत्र बजारमा यस साता कूल १६० कम्पनीको शेयर कारोवार भए । कूल ३२ लाख ८७ हजार ९६६ कित्ता शेयर रु ८० करोड ७५ लाख ५६ हजार ६१२ मूल्यमा खरीदबिक्री भए । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका कारण साताको पहिलो दिन आइतबार सरकारले सार्वजनिक बिदा दिएका कारण बजार बन्द भयो । सोमबारदेखि बिहीबारसम्म खुलेको बजार उकालो लाग्ने अपेक्षा रहे पनि लय समात्न सकेन । सोमबार नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो ।…
काठमाडौँ: चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित देःपखा भित्रका १११ घर÷जग्गाको धनी प्रमाणपत्र पूर्जा वितरण गरिएको छ । विसं २०२१ सालमा गरिएको नापीका क्रममा छुटेका बलम्बु गाउँ ब्लक एरियामा रहेका घर जग्गाको चारकिल्ला छुट्टयाइ सम्बन्धित जग्गा धनीलाई नगरपालिकाको पहलमा धनीपूर्जा वितरण गरिएको हो । नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख घनश्याम गिरी, नापी कार्यालयका प्रमुख सुरेश जोशी, वडा अध्यक्ष प्रकाश श्रेष्ठलगायतले नगरवासीलाई जग्गाधनी प्रमाणपत्र पूर्जा हस्तान्तरण गर्नुभयो । सो अवसरमा नगरप्रमुख गिरीले नगरवासीको चाहनालाई सम्बोधन गर्नेगरी कामकारबाही अगाडि बढाइरहेको बताउनुभयो । वडाध्यक्ष श्रेष्ठले स्थानीय तहको निर्वाचनका क्रममा घोषणापत्रमा उल्लेख गरिएअनुसार नै पूर्जा उपलब्ध गराइएको बताउनुभयो । नगरक्षेत्र भित्र रहेका अन्य…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले ठूला राष्ट्रको स्वार्थबाट आफुलाई जोगाइ राख्नुपर्ने चुनौति थपिएको बताएका छन् । हालै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि विश्वको ध्यान नेपालतिर आकर्षित भएको भन्दै सीले भ्रमणको सफलतासँगै खतरा पनि बढेको बताए । नेपालले शनिबारराजधानीमा गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै उनले सबै ठूला राष्ट्रका आ-आफ्ना किसिमका स्वार्थ हुने भएकाले ती स्वार्थ पुरा गर्ने माध्यम बन्नबाट आफूलाई जोगाईराख्नु मुख्य चुनौति भएको बताए । नेपालले पञ्चशिलताको सिद्धान्तको आधारमा स्वतन्त्रता, स्वभिमान, आन्तरिक मामिलामा अहस्तक्षेपको सुनिश्चिता गर्दै छिमेकी राष्ट्रसंगको सम्बन्ध कायम गर्नुपर्नेमा उनले जोड दिए । उनले गैर आवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि निर्वाचित…
काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट रौतहट -२ मा विजयी सांसद मोहम्मद अफताब आलममाथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धानमा सघाउने बताएका छन्। भक्तपुरको बोडेमा शुक्रबार भएको पार्टीको कार्यक्रममा सभापति देउवाले १२ वर्ष पूरानो घटनामा आलमलाई पक्राउ गरी सरकारले कांग्रेसविरूद्ध षड्यन्त्र गरेको बताएपछि उनको आलोचना भएको थियो। शनिबार विज्ञप्ति निकालेर देउवाले दिएको प्रष्टिकरणमा भनिएको छ, ‘कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्छ नै। १२ वर्ष पूरानो मुद्दामा मैले यही संकेत गरेको हुँ।’ उनले आफ्ना धारणाले उत्पन्न गरेको अन्यौल र अष्प्रष्टता चिर्न…
काठमाडौं: यस वर्षको तिहारमा सानाठूला गरी तीन लाख माला भारतबाट आयात हुने अनुमान गरिएको छ । राजधानीमा बसोबास गर्ने नेपालीका लागि वर्षैपिच्छे भारतबाट माला आयात हुने गरेको तथ्याङ्क छ । नेपालमा लगातार गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी भएको २३ वर्ष पुगेको छ । आयातमा भने कमी आएको छैन । विसं २०५३ देखि फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै आएको हो । राजधानीवासीका लागि भाइटीकाको दिन झण्डै २५ लाख मालाको आवश्यक पर्ने फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का महासचिव विश्वमणि पोखरेलले राससलाई जानकारी दिए । फ्यानका अध्यक्ष कुमार कसजुले गत वर्ष झन्डै रु २० करोडको विभिन्न जातका फूल आयात भएको बताए । फूलको माग…
काठमाडौँ: सरकारले शनिबार र आइतबार दुई दिन ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । प्रदेश तथा स्थानीय तहसँग मिलेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो । नजिकको खोप केन्द्र वा वडा कार्यालयमा स्वास्थ्य स्वयंसेविकाहरुले भिटामिन ए र जुकाको औषधि खुवाउँछन् । शनिबार खान छुटेकाहरुलाई आइतबार खुवाइने छ । स्वास्थ्य स्वयंसेविकाहरुले छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाको पोषण स्थिति जाँच गर्न ‘एमयूएसी’ टेपबाट पाखुराको नाप लिने छन् । स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखा पोषण शाखा प्रमुख केदार पराजुलीले पहिलो चरणअन्तर्गत ७५३…
बर्दिया: राजापुर नगरपालिका–५ का लक्ष्मण थारुले एक वर्षअघि स्थानीय एक सहकारीबाट ब्रोइलर कुखुरा पालन गर्ने भनी एक लाख ऋण लिए। त्यही पैसाले केही कुखुरा किनेर व्यवसाय पनि थाले। त्यत्तिकैमा भारतीय नेटवर्किङ बिजनेस कम्पनी ओरियन्सको एजेन्ट भएर काम गरेमा छोटो समयमै लाखौ रुपैयाँ कमाउन सकिने सपना उनलाई देखाइयो। उनी ओरियन्सको सदस्य बन्न ९६ हजार रुपैयाँ बोकेर भारतको लखिमपुर हानिए। कुखुरा पाल्न सहकारीबाट लिएको पैसा बुझाएर उनी ओरियन्सको सदस्य बने अनि त्यहाँबाट केही औषधि पनि ल्याए। चिकित्सकसँग सल्लाह लिँदा ती शक्तिवद्र्धक औषधि भएको खुल्यो। ‘छोटो समयमै धनी बन्ने सपना देखेर कुखुरा पालन व्यवसाय छाडेर ओरियन्सको सदस्य भएँ तर धनी बन्ने सपना देखाउने…