Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं:  गुल्मी सत्यवती गाँउपालिका(३ ठूलो लुम्पेकी १३ वर्षीया धनी तरामु र १० वर्षीया सरिस्मा तरामु अविरल वर्षाका कारण आएको पहिरोमा परे । बाजुरा गौमुल गाँउपालिका-६बसला शान्ती टोलमा वर्षाको पहिरोले घर भत्कँदा ९५ वर्षीय जंगे चदारा सहित ५ जना गम्भीर घाइते भए । वाग्लुङ तमानखोला गाँउपालिका(४ लाममेला शिवपुरीमा पहिरोमा पुरिएर ७ जना घाइते भए । रसुवा गोसाईकुण्ड गाँउपालिका(२ टिमुरे तातोपानी डाँडास्थित पासाङल्हामु राजमार्गमा पहिरोमा परी टिमुरेबाट काठमाडौं आउँदै गरेको ना।१ ज ७८२४ नम्बरको टाटासुमो जिप पुरिएर ७ जना गम्भीर घाइते भए । काठमाडौं बलम्बुमा बाढीबाट ३० वटा घर डुवानमा फसे । ती घरमा बस्ने २ जना घाइते भए भने २४ जना…

Read More

काठमाडौं :राष्ट्रिय सूचना आयोगले महामारीको रुप लिइरहेको डेंगु रोगबारे आमनागरिकलाई धेरै भन्दा धेरै जानकारी दिन सरकारलाई निर्देशन दिएको छ । आयोगले आज सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी डेंगु रोगबाट बच्ने उपायबारे नागरिकलाई जानकार बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा आदेश जारी गरेको हो। डेंगू रोग लाग्न नदिन, लागे त्यसबाट बच्ने उपायहरुबारे आम नागरिकलाई उचित सूचना प्रवाह हुनेगरी आवश्यक व्यवस्था देशभर मिलाउन सरकारलाई आदेश दिइएको आयोगकी प्रवक्ता यशोदादेवी तिम्सिनाले जानकारी दिइन्। आयोगले हिजो आईतबार स्वास्थ्य मन्त्रालयका पदाधिकारी र चिकित्सकहरुको टोलीसँग परामर्श गरेपछि सो रोगबाट बच्न आम नागरिकलाई आवश्यक सूचना प्रवाह गर्न सरकारको नाममा आदेश दिएको हो। आयोगको…

Read More

काठमाडौँ : जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले कुवेतसँग खेल्ने भएको छ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपालले आज राति कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । साफ यू–१५ च्याम्पियनसिपमा उपविजेता बनेर फर्केको नेपाली फुटबल टोली दुई सातापछि जोर्डन पुगेको हो । नेपाली टोलीले शुरुआतमा कमजोर खेल प्रदर्शन गरेको थियो । भदौ २८ गते पहिलो खेलमा नेपाल आयोजक जोर्डनसँग ७–० गोलले पराजित भएको थियो । कुवेतले पहिलो खेलमा श्रीलङ्कालाई २–० गोलले हराएको थियो । सन् २०२० मा आयोजना हुने एएफसी यू–१६ च्याम्पियनसिपअन्तर्गत नेपाल समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा आयोजक जोर्डनसहित कुवेत, ताजकिस्तान र श्रीलङ्का छन् । प्रतियोगितामा तीन…

Read More

काठमाडौँ : नेवारी समुदायको ठूलो जात्रा इन्द्रजात्रा अझै जारी छ । रथयात्रा, लाखेनाचहरु चलिरहेको छ । इन्द्रजात्रा शुरु भएदेखि नसकिँदासम्म विभिन्न देवीदेवता तथा भैरवको मूर्ति बाहिर निकालिएको छ । जात्रा भरका लागि मूलघरवाट बाहिर निकालिएको मूर्तिलाई दैनिक पूजापाठ गरिन्छ । वसन्तपुर वरपर सजाएर राखिएको मूर्तिमध्ये आकाश भैरव पनि एक हो इन्द्रचोकमा सजाएर राखिएको आकाश भैरवलाई किराँत वंशी प्रथम राजा यलम्बरको अवशेषका रूपमा मानिन्छ । नौ दिनसम्म भैरवको मूर्तिलाई बाहिर राखिन्छ । एकादशीको दिन आकाशभैरवको मूर्ति राखिने खट तयार गरेर द्वादशीको दिनमा भैरवको मूर्ति सफा गरी बाहिर निकालिन्छ । द्वादशीको दिनदेखि बाहिर निकालिएको भैरवको…

Read More

काठमाडौँ : राष्ट्रियसभाको आजको दोस्रो बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम प्रस्तुत गरिएको नियम निलम्बनको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सांसद खिमलाल भट्टराईले राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम नियम निलम्बनको प्रस्ताव प्रस्तुत गरेका थिए भने उक्त प्रस्तावलाई सांसदहरु प्रमिला कुमारी र कोमल ओलीले समर्थन गरेका थिए । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले ‘भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक २०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गरेका थिए । बैठकले औद्योगिक व्यवसाय विधेयकलाई स्वीकृत गरेको छ । बैठकमा उद्योगमन्त्री मातृका यादवका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त औद्योगिक व्यवसायी विधेयक,…

Read More

काठमाडौं : प्राइम लाइफ इन्सुरेन्स र सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आज प्राइम लाइफ इन्सुरेन्सको शेयरधनी बन्नेले १२.५% बोनस सेयर पाउनेछन । असोज ७ गते विशेष साधारण सभा बोलाएको कम्पनीले मंगलबार (भदौ ३१ गते) बुक क्लोज गर्दैछ । यस इन्सुरेन्सले २२ करोड ३१ लाख ४ हजार ३७५ रुपैयाँ बरारबरको बोनस वितरण गर्नेछ । बोनसमा लाग्ने कर प्रयोजनका लागि १ करोड १७ लाख ४२ हजार ३३६ रुपैयाँ नगद लाभांश पनि बाँड्नेछ । नियामकीय प्रावधान अनुसार चुक्ता पुँजी पुर्याउन कम्पनीले हतारमा विशेष सभामार्फत लाभांश अनुमोदन गर्न खोजेको देखिन्छ । यो लाभांश नियामक बिमा समिति र…

Read More

काठमाडौं : साउनमा आइपिओ निकालेको सबैको लघुवित्त वित्तीय संस्थाले एक महिनापछि नै १३% बोनस सेयरको घोषणा गरेको छ । कम्पनीको हिजो आइतबार बसेको सञ्चालक समिति बैठकले उक्त बोनस सेयर दिने निर्णय गरेको हो । यसैगरी, बोनसमा लाग्ने कर तिर्न ०.६८% नगद लाभांश पनि दिनेछ । सबैको लघुवित्तले गत साउनमा आइपीओ जारी गरेको थियो । आइपीओपछिको यो पहिलो लाभांश हो । यसर्थ, कम्पनीले २ करोड १४ लाख ५० करोड रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, ११ लाख २८ हजार ९४७ रुपैयाँ नगद बाँड्नेछ । सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने…

Read More

काठमाडौँ : अवरुद्ध राष्ट्रियसभाको बैठक आजबाट सञ्चालन भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले हिजोको राष्ट्रियसभाको बैठक बाँके जिल्लाको घटनालाई लिएर अवरुद्ध गरेको थियो । बैठकमा काङ्ग्रेसले बाँके जिल्लाका आफ्ना सभापति किरण कोइरालामाथि आक्रमण गर्ने दोषीउपर कारवाही नभएसम्म बैठक चल्न नदिने भन्दै बैठक अवरुद्ध गरेको थियो । सोही घटनालाई लिएर हिजोको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सदनमा जवाफसमेत दिएका थिए । तरकाङ्ग्रेस सांसदहरुले चित्त बुझ्दो जवाफ नआएको र दोषीउपर कारवाही नहुँदासम्म सदन चल्न नदिने भन्दै हिजै बसेको दोस्रो बैठकसमेत अवरुद्ध गरेका थिए । हिजै प्रहरीले सो घटनाका सम्बन्धमा जाहेरी दर्ता गरेकाले आजको बैठक भने काङ्ग्रेसले सञ्चालन…

Read More

काठमाडौं : नेपाली बजारमा आज सुन तोलामा एकै दिन एघार सय रुपैैयाँले बृद्धि भएको छ । योसंगै आज सुन प्रतितोला ७१ हजार तीन सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि बढेको सुनको मूल्य केही दिनदेखि निरन्तर ओरालो लागेको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढ्दै प्रतितोला आठ सय ६५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Read More

बाँके : बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेपछि यसले पर्यटकको संख्या पनि क्रमशः बढदै गएको छ । विसं २०६७ मा स्थापना भएपछि बाघलगायतका वन्यजन्तुको संरक्षण हुँदै आएको छ । सन् २०१३ मा बाघ गणना हँुदा बाँकेमा जम्मा चार वटा बाघ भेटिएकामा सन् २०१८ मा गणना हुँदा वयस्क बाघको सङ्ख्या २१ पुगेको हो । छोटो समयमै बाघ संरक्षणमा निकुञ्जले सफलता हात पारेको छ । निकुञ्जमा उचित सुरक्षा, बासस्थान, चित्तल, बँदेल, जरायो, लगुनालगायतका बाघका आहाराजन्य वन्यजन्तु वृद्धि भएसँगै बाघको सङ्ख्या पनि बढ्दै गएको हो । “निकुञ्ज घुम्न जाने पर्यटकमध्ये धेरैले बाघ देख्न पाएका छन् । बाघ देखिएका कारण…

Read More