Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीमबहादुर रावलले पार्टीले सरकार र पार्टीको दुवै काम प्रभावकारी होस् भनेर एक व्यक्ति एक पदको अवधारणा पार्टीले अघि सारेको बताउनुभएको छ । आज आयोजित साक्षात्कारमा उहाँले प्रधानमन्त्रीले पार्टी अध्यक्षको काम छाडेमा सरकारी काम थप प्रभावकारी हुने बताउनुभयो । उहाँले नेकपा एमाले र माओवादी केन्दबीचको एकीकरण लम्ब्याएर पार्टीलाई ठूलो क्षति भएको उल्लेख गर्दै पार्टी एकीकरणको बाँकी काम छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले पोलिटब्यूरोको गठनमा ढिलाइ भइरहेकाले यो काम चाँडो गर्नेतर्फ नेताहरुको ध्यान जानुपर्ने चर्चा गर्नुभयो । नेता रावलले माथिल्लो कर्णाली आयोजनाको सम्झौता खारेज गर्न माग गर्नुभयो । राज्य व्यवस्था समितिमा विचाराधीन रहेको नागरिकता…
मोरङ: प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राईले बजेट कार्यान्वय कार्यविधि दशैँ अगावै बनाइसक्ने बताउनुभएको छ । विराटनगरमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशसभा सदस्यहरुसँग आयोजना गरेको ‘प्रदेश सरकारको बजेट तथा कार्यक्रम कार्ययोजना’ कार्यक्रममा उहाँले बजेट कार्यान्वयनका क्रममा विगतमा भएका कमजोरी सच्याउँदै १५ दिनभित्रै कार्यविधि बनाएर काम शुरु गरिने बताउनुभएको छ । उहाँले परम्परागत शैलीमा बजेट बनाउने र विकास बजेट खर्चहँुदा खर्च अनुसारको प्रतिफल नआएकाले योजना छनोटदेखि कार्यविधि बनाउने र कार्यन्वयनसम्मनै सुधार गरिँदै जाने बताउनुभयो । एउटै काममा पटक–पटक बजेट जाने तर काम नहुने प्रवृतिले जनता निराश भएकाले यसपटक जनताले विकासको अनुभूति गर्न पाउने उल्लेख गदै मुख्मन्त्री राईले भन्नुभयो, “प्रदेशले…
काठमाडौँ: नागरिक लगानी कोषले आफ्ना शेयरधनीलाई २२ प्रतिशत शेयर लाभांश र कर प्रयोजनको लागि एक दशमलव १६ प्रतिशत नगद लाभांश दिने भएको छ । कोषको आज यहाँ सम्पन्न २४औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । साधारणभाले आर्थिक वर्ष २०७४÷७५ को आयव्ययसमेत पारित गरेको छ । साधारणसभामा कोष सञ्चालक समितिका अध्यक्ष प्रा डा रामचन्द्र भट्टराईले आव २०७४÷७५ को प्रतिवेदन पेश गर्नुभयो । कोषले हालसम्म प्राप्त गरेका उपलब्धि र भावी योजनामा समावेश गरिएका कार्यक्रमको बारेमा जानकारी दिँदै उहाँले कोषको बचत परिचालन, लगानी व्यवस्थापन, पूँजी बजार सेवा, बँैक तथा वित्तीय संस्थामा रहेको निक्षेप असूली, लगानी नीति २०७५ को बारेमा बताउनुभएको…
काठमाडौँ: नेपालले देशभित्र भएका उत्तर कोरियाको लगानी हटाउने भएको छ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले आफ्ना सदस्य राष्ट्रहरुलाई उत्तर कोरियाली लगानी हटाउने निर्णय पारित गरेपछि नेपालले पनि उत्तर कोरियाली नागरिक संलग्न औद्योगिक तथा व्यावसायिक लगानी हटाउने भएको हो। राष्ट्रसंघले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ। सोही कारण उत्तर कोरिया वा उसका नागरिकसँग व्यापारिक तथा व्यावसायिक सम्बन्ध लगाउन सदस्य राष्ट्रले नपाउने भएका कारण नेपालले पनि हटाउने पहल सुरु गरेको हो। परराष्ट्र मन्त्रालयले गत असार ३ गते उद्योग मन्त्रालय हुँदै उद्योग विभागमा नेपालमा रहेको लगानी हटाउन पत्राचार गरेको थियो। सोहीअनुसार गत साउन २४ गते उद्योग विभागले सरकारले असोज २८ गतेभित्र आफ्नोे लगानीमा…
काठमाडौं: गुल्मी सत्यवती गाँउपालिका(३ ठूलो लुम्पेकी १३ वर्षीया धनी तरामु र १० वर्षीया सरिस्मा तरामु अविरल वर्षाका कारण आएको पहिरोमा परे । बाजुरा गौमुल गाँउपालिका-६बसला शान्ती टोलमा वर्षाको पहिरोले घर भत्कँदा ९५ वर्षीय जंगे चदारा सहित ५ जना गम्भीर घाइते भए । वाग्लुङ तमानखोला गाँउपालिका(४ लाममेला शिवपुरीमा पहिरोमा पुरिएर ७ जना घाइते भए । रसुवा गोसाईकुण्ड गाँउपालिका(२ टिमुरे तातोपानी डाँडास्थित पासाङल्हामु राजमार्गमा पहिरोमा परी टिमुरेबाट काठमाडौं आउँदै गरेको ना।१ ज ७८२४ नम्बरको टाटासुमो जिप पुरिएर ७ जना गम्भीर घाइते भए । काठमाडौं बलम्बुमा बाढीबाट ३० वटा घर डुवानमा फसे । ती घरमा बस्ने २ जना घाइते भए भने २४ जना…
काठमाडौं :राष्ट्रिय सूचना आयोगले महामारीको रुप लिइरहेको डेंगु रोगबारे आमनागरिकलाई धेरै भन्दा धेरै जानकारी दिन सरकारलाई निर्देशन दिएको छ । आयोगले आज सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी डेंगु रोगबाट बच्ने उपायबारे नागरिकलाई जानकार बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा आदेश जारी गरेको हो। डेंगू रोग लाग्न नदिन, लागे त्यसबाट बच्ने उपायहरुबारे आम नागरिकलाई उचित सूचना प्रवाह हुनेगरी आवश्यक व्यवस्था देशभर मिलाउन सरकारलाई आदेश दिइएको आयोगकी प्रवक्ता यशोदादेवी तिम्सिनाले जानकारी दिइन्। आयोगले हिजो आईतबार स्वास्थ्य मन्त्रालयका पदाधिकारी र चिकित्सकहरुको टोलीसँग परामर्श गरेपछि सो रोगबाट बच्न आम नागरिकलाई आवश्यक सूचना प्रवाह गर्न सरकारको नाममा आदेश दिएको हो। आयोगको…
काठमाडौँ : जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले कुवेतसँग खेल्ने भएको छ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपालले आज राति कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । साफ यू–१५ च्याम्पियनसिपमा उपविजेता बनेर फर्केको नेपाली फुटबल टोली दुई सातापछि जोर्डन पुगेको हो । नेपाली टोलीले शुरुआतमा कमजोर खेल प्रदर्शन गरेको थियो । भदौ २८ गते पहिलो खेलमा नेपाल आयोजक जोर्डनसँग ७–० गोलले पराजित भएको थियो । कुवेतले पहिलो खेलमा श्रीलङ्कालाई २–० गोलले हराएको थियो । सन् २०२० मा आयोजना हुने एएफसी यू–१६ च्याम्पियनसिपअन्तर्गत नेपाल समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा आयोजक जोर्डनसहित कुवेत, ताजकिस्तान र श्रीलङ्का छन् । प्रतियोगितामा तीन…
काठमाडौँ : नेवारी समुदायको ठूलो जात्रा इन्द्रजात्रा अझै जारी छ । रथयात्रा, लाखेनाचहरु चलिरहेको छ । इन्द्रजात्रा शुरु भएदेखि नसकिँदासम्म विभिन्न देवीदेवता तथा भैरवको मूर्ति बाहिर निकालिएको छ । जात्रा भरका लागि मूलघरवाट बाहिर निकालिएको मूर्तिलाई दैनिक पूजापाठ गरिन्छ । वसन्तपुर वरपर सजाएर राखिएको मूर्तिमध्ये आकाश भैरव पनि एक हो इन्द्रचोकमा सजाएर राखिएको आकाश भैरवलाई किराँत वंशी प्रथम राजा यलम्बरको अवशेषका रूपमा मानिन्छ । नौ दिनसम्म भैरवको मूर्तिलाई बाहिर राखिन्छ । एकादशीको दिन आकाशभैरवको मूर्ति राखिने खट तयार गरेर द्वादशीको दिनमा भैरवको मूर्ति सफा गरी बाहिर निकालिन्छ । द्वादशीको दिनदेखि बाहिर निकालिएको भैरवको…
काठमाडौँ : राष्ट्रियसभाको आजको दोस्रो बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम प्रस्तुत गरिएको नियम निलम्बनको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सांसद खिमलाल भट्टराईले राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम नियम निलम्बनको प्रस्ताव प्रस्तुत गरेका थिए भने उक्त प्रस्तावलाई सांसदहरु प्रमिला कुमारी र कोमल ओलीले समर्थन गरेका थिए । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले ‘भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक २०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गरेका थिए । बैठकले औद्योगिक व्यवसाय विधेयकलाई स्वीकृत गरेको छ । बैठकमा उद्योगमन्त्री मातृका यादवका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त औद्योगिक व्यवसायी विधेयक,…
काठमाडौं : प्राइम लाइफ इन्सुरेन्स र सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आज प्राइम लाइफ इन्सुरेन्सको शेयरधनी बन्नेले १२.५% बोनस सेयर पाउनेछन । असोज ७ गते विशेष साधारण सभा बोलाएको कम्पनीले मंगलबार (भदौ ३१ गते) बुक क्लोज गर्दैछ । यस इन्सुरेन्सले २२ करोड ३१ लाख ४ हजार ३७५ रुपैयाँ बरारबरको बोनस वितरण गर्नेछ । बोनसमा लाग्ने कर प्रयोजनका लागि १ करोड १७ लाख ४२ हजार ३३६ रुपैयाँ नगद लाभांश पनि बाँड्नेछ । नियामकीय प्रावधान अनुसार चुक्ता पुँजी पुर्याउन कम्पनीले हतारमा विशेष सभामार्फत लाभांश अनुमोदन गर्न खोजेको देखिन्छ । यो लाभांश नियामक बिमा समिति र…