Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सरकारले दशैँअघि सार्वजनिक सवारीसाधनको भाडा नबढाउने निर्णय गरेको छ । भाडा समायोजन नियमित गर्नुपर्ने भए पनि दशैँ अगाडि भाडाका विषयमा कुनै निर्णय नहुने यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवसायीसँग अग्रिम टिकटका लागि बैठक भइरहँदा पनि भाडा समायोजन तत्काल गर्ने गरी छलफल नभएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । उहाँका अनुसार यस वर्ष बजेटमा नै भाडा समायोजनका लागि समेत कार्यक्रम छुट्याइएको छ । दशैँ, तिहार, छठलगायतका चाडपर्व सकिएपछि त्यसमा अध्ययन भएर मात्रै समायोजन हुने उहाँको भनाइ छ । सरकारले ३५ प्रतिशत पेट्रोलियम पदार्थको मूल्यका आधारमा र ६५ प्रतिशत सवारीसाधनका ‘पार्टपूर्जा’, जनशक्तिलाई लाग्ने खर्चलगायतलाई आधार बनाएर भाडादर निर्धारण…

Read More

काठमाडौँ: देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले माथिल्लो कर्णाली परियोजनासम्बन्धी सम्झौता खारेज गर्न माग गरेको छ । विभिन्न १० राजनीतिक दलले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले रु ७० अर्बमा पूरा हुने परियोजना लागत खर्च दोब्बरभन्दा बढी बढाएर रु एक खर्ब ६४ अर्ब पु¥याएकोमा आपत्ति जनाउनुभयो । भारतको जीएमआर कम्पनीसँग नेपाल सरकारले सो सम्झौता गरेको छ । बङ्गलादेशसम्म विद्युत् पु¥याई बिक्री गर्ने चाँजो मिलाउन कम्पनीलाई अघि सारेर म्याद थप्ने जुन षड्यन्त्र भइरहेको छ, त्यसको हामी घोर भत्र्सना गर्दछौँ”, गजुरेलले भन्नुभयो । उहाँले सो कम्पनीले १२ वर्षको बीचमा पनि परियोजना पूरा गर्नेतर्फ काम कारवाही अगाडि नबढाएको भन्दै उहाँले सो…

Read More

बुटवल: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीन र भारत नेपालका विश्वाशिला विकास साझेदार बन्दै गएको बताउनुभएको छ । प्रेस सङ्गठन नेपालले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले नेपालसँग अन्तरदेशीय सम्बन्ध सुमधुर बन्दै जाँदा दुबै छिमेकी देशको नेपालप्रतिको रुचि र आकर्षण पनि बढ्दै गएको बताउनुभयो । यसैसाता नेपाल र भारतका प्रधानमन्त्रीबाट संयुक्त रुपमा भएको पेट्रोलियम पाइपलाइनको उद्घाटन, केही दिनअघि चिनियाँ विदेशमन्त्री र भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका कारण चीन र भारतसँगको सम्बन्ध सुमधुर बनेको मन्त्री ज्ञवालीले बताउनुभयो । उहाँले चिनियाँ समकक्षीको नेपाल भ्रमणका बेला भएको छलफलमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण उपयुक्त रहेको र नेपाली जनता चिनियाँ राष्ट्रपतिको स्वागत गर्न उत्सुक रहेको बताउनुभयो ।…

Read More

काठमाडौँ: धादिङ आधारक्षेत्र बनाएर आपराधिक गतिविधिमा संलग्न गुन्डा नाइके साजन गुरुङलाई पक्रन प्रहरीले गोली चलाएको छ। महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार तारकेश्वर नगरपालिका गोलढुंगास्थित फूलबारी रेस्टुरेन्टमा गोली हानी साजनलाई पक्राउ गरिएको हो। साजनलाई दुबै खुट्टामा दुई गोली लागेको अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताए। साजनलाई उपचारको लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको छ। साजनको साथबाट एक नाल कटुवा पेस्तोल बरामद भएको थापाले बताए। धादिङ आधारक्षेत्र बनाएर आपराधिक गतिविधि गर्दै आएका साजनलाई पक्रन साँझ पाँच बजे प्रहरी रेस्टुरेन्ट पुगेको थियो। ‘प्रहरीलाई देखेपछि पेस्तोल देखाएका हुनाले पक्राउ गर्न गोली हान्नुपरेको हो,’ थापाले सेतोपाटीसँग भने। थापाका अनुसार साजन धादिङ तथा काठमाडौं…

Read More

काठमाडौँ। शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। सुनको मूल्य प्रति तोला दुई सय रुपैयाँ घटेको छ भने चाँदीको मूल्य प्रति तोला पाँच रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार प्रतितोला सुनको मूल्य ७० हजार ६ सय रुपैयाँमा ओर्लिएको छ। बिहीबारको तुलनामा सुनको मूल्य प्रति तोला दुई सय रुपैयाँले घटेको हो। बिहीबार सुनको मूल्य ७० हजार आठ सय रुपैयाँ रहेको थियो। चाँदीको मूल्य आठ सय ७० रुपैयाँमा ओर्लिएको छ।

Read More

बेझाड : सिद्धबाबा राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा नजिकै पहिरो खसेर चालकको मृत्यु भएको छ । आज बिहान १०ः३० बजे बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज २६१७ नंको जिपलाई माथिबाट खसेको पहिरोले पुर्दा गुल्मी छापचौर बस्ने चालक कमल सुनारको घटनास्थलमै मृत्यु भएको छ । यसैगरी पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ५९३८ नम्बरको स्कारपियो पनि पहिरोले पुरिएको जिल्ला प्रही कार्यालय पाल्पाले जनाएको छ । ढुङ्गासहितको पहिरो खसेपछि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अहिले एकतर्फी सञ्चालन भइरहेको छ । सडकमाथिबाट खसेको ढुंगाले लागेर सोही जीपमा सवार ४ जना घाइते भएका छन् । उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ । घाइते चारै जनालाई उद्धार गरेर प्रहरीले…

Read More

मुग्लिन: मर्मतसम्भारका लागि गत भदौ २२ गतेदेखि बन्द गरिएको मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गरेको केबलकार मूलह्वील लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि भदौ २२ देखि २६ गतेसम्म पाँच दिन बन्द गरिएको थियो । आज बिहानदेखि पुनः नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डीएन कायस्थले जानकारी दिनुभयो । केबलकार २० वर्षअघि अष्ट्रियाको डोप्पलमेरले बनाएको थियो । उसले निश्चित अवधिमा आफूले बनाएका केबलकारको अवस्थाबारे अनुगमन गर्ने गरेको छ । यहीअनुरूप त्यहाँबाट प्राविधिक टोली आएर उसकै निगरानीमा मर्मतसम्भार गरिएको कायस्थले बताउनुभयो । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनटार…

Read More

काठमाडौँ: प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप–२०७६ राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा आर्मीले ढोरपाटन ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै सेमिफाइनलमा पुगेको हो । समूह ‘क’ मा रहेको आर्मीले अपराजित रहँदै शीर्ष स्थानमा रहेर सेमिफाइनलको यात्रा तय गरेको हो । त्यस्तै यस समूहबाट एपिएफ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । आर्मीले ढोरपाटनलाई पहिलो सेट २५–१४ ले पाखा लगायो भने दोस्रो सेट २५–१९ र तेस्रो तथा अन्तिम सेट २५–२२ को सेटमा पराजित ग¥यो ।…

Read More

काठमाडौँ: दशैं तिहारलाई लक्षित गरि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ मार्फत २० हजार टन चिनी ल्याउने तयारी गरेको छ । अर्थ मन्त्रालयले मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई १०/१० हजार टन चिनी खरिदको स्वीकृति दिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले बताए । यधपी दुबै कम्पनीले चिनी खरिद प्रक्रिया मन्त्रिपरिषदको निर्णय पछिमात्र शुरु हुने उनको भनाइ छ । सरकारले आउदै गरेको दशैं तथा तिहारलाई लक्षित गरि दुई सरकारी कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा चिनी खरिद गर्न अधिकार दिन लागेको उनको भनाई छ । हाल चिनी आयातमा ४० प्रतिशत भन्सार शुल्क…

Read More

काठमाडौँ: हिन्दूहरूको महान् चाड दशैंको अवसरमा आगामी ५ असोजबाट बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । सरकार र व्यवसायीबीच बिहीबार भएको वार्तामा ५ असोजदेखि दशैंको लागि टिकट खुला गर्ने सहमति भएको हो । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारसँगको छलफलबाट आगामी ५ असोजबाट टिकट खुला गर्ने निर्णय भएको बताए । दशैंमा टिकट भाडादर भने नबढ्ने भएको छ । यातायात व्यवसायीले पार्टपुर्जा र कर्मचारीको तलब धेरै बढेको तथा उपत्यकाबाट यात्रु लिएर जाने र उपत्यका भित्रिँदा खाली आउनुपर्ने अवस्था रहेकाले भाडाको विषयमा समस्या बुझिदिन सरकारसँग आग्रह गरेका थिए ।

Read More