Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ :मनसुन पुनः सक्रिय भएकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेका कारण मनसुनी गतिविधि केही सक्रिय भएको मौसमविद् शान्ति कँडेलले बताए । “अझै तीन दिन देशभर हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको र सो अवधिभर वर्षा अविरल नभई केही समय बलदी हुने केही समय वर्षा हुने क्रम निरन्तर भइरहनेछ”, उनले भने । हाल देशभर आंशिकदेखि सामान्य बदली भई मध्यको पहाडी भेगलगायत पूर्वी तथा पश्चिमी भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाले आगामी २४ घण्टाको मौसम…
काठमाडौं : दशैंको पूर्वसन्ध्यामा महानगरीय प्रहरीले आउने सातादेखि राजधानी लक्षित विशेष सुरक्षा योजना लागू गर्ने भएको छ । चाडपर्व लक्षित आपराधिक गतिविधि हुन नदिन महानगरीय प्रहरी आयुक्तको कार्यालयले आउने असोज ४ गतेदेखि सुरक्षा योजना कार्यान्वयन गर्न लागेको हो । महानगरीय पहरी आयुक्तको कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले हिन्दु धर्मावलम्बीहरुको तीन ठूला चाडपर्वहरु दशैं, तिहार र छठ पर्व सम्मका लागि यो सुरक्षा योजना लागू हुने बताएका छन । उनले भने, “असोज ३ गते मनाइने संविधान दिवसको तयारीमा हामी यतिबेला खटिएका छौं, त्यसको भोलीपल्टदेखि नै यो विशेष सुरक्षा योजना अन्तर्गतका कार्यक्रमहरु ल्याइनेछन । ”…
काठमाडौँ : आजदेखि दुई लाखभन्दा बढीको भुक्तानीमा चेक काट्नु नपर्ने नियम कार्यान्वयनमा आएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस) ले तपाईंलाई चेक काट्ने तथा अन्य व्यावहारिक समस्यालाई समेत समाधान गरिदिने भएको छ । बैंकका अनुसार दुई लाखभन्दा बढीको भुक्तानीमा चेक काट्नु नपर्ने भएको हो । यस्तै बैंक तथा वित्तीय संस्थाले एकापसमा गर्ने भुक्तानीमा समेत सोही प्रणाली लागू भएकाले चेक काट्नुपर्ने अवस्थाको अन्त्य भएको हो । यसबाट चेक बोक्नुपर्ने बाध्यताको समेत अन्त्य भएको छ । आफ्नो खाता भएको बैंकमा गएर कसलाई भुक्तानी दिनुपर्ने हो, त्यसको सूचना दिएपछि बैंकका कर्मचारीले चेक नकाटी भुक्तानी…
मकवानपुर : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अझै पनि हजारौँ बालबालिका विद्यालयबाहिर रहेका र तिनले जोखिमयुक्त श्रम गर्न बाध्य हुनु परेको बताएका छन । राष्ट्रिय बाल दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले उनीहरुलाई त्यस अवस्थाबाट बाहिर ल्याउन प्रदेश सरकार ठोस नीति तथा कार्यक्रमसहित अघि बढ्न लागेको बताए । ‘सुनिश्चित बाल अधिकार ः समृद्ध नेपालको आधार’ भन्ने नारा साथ मनाउन लागिएको बाल दिवस, २०७६ का अवसरमा बालबालिकामाथि हुने सबै प्रकारका हिंसा, श्रमशोषण र दुव्र्यवहार अन्त्य गर्दै उनीहरुको सर्वाङ्गीण विकासका लागि सबै सचेत र जागरुक रहनुपर्ने जारी सन्देशमा उल्लेख थियो । विद्यालय भर्ना अभियान, अनाथ…
पोखरा : आश्विन कृष्णपक्ष (पितृपक्ष)का अवसरमा हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ जाने तीर्थयात्रीहरूका कारण पोखरादेखि मुक्तिनाथसम्म चहलपहल बढेको छ । प्रत्येक वर्ष पितृपक्षका अवसरमा मुस्ताङको कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेमा पितृको उद्धार हुने विश्वासका कारण देशका विभिन्न भागका दर्शनार्थी मुक्तिनाथ पुग्ने गरेका हुन् । मुक्तिनाथ जाने प्रमुख नाका पोखरा भएकाले यहाँबाट पर्वत, म्याग्दी हुँदै स्थलमार्गबाट एक दिनको यात्रामा मुक्तिनाथ पुग्न सकिन्छ भने हवाई मार्गबाट आधा घण्टाको उडानमा जोमसोम विमानस्थल हुँदै पनि जान सकिन्छ । पोखरा विमानस्थलबाट जोमसोमसम्म समिट र तारा एयरलायन्सले दैनिक उडान गरिरहेकामा सोह्र श्राद्धको समयमा केही उडान थप गर्ने गरेको पोखरा विमानस्थल…
हेटौँडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिबन्धित लागुऔषध चरेस पाँच किलोसहित तीन जना भारतीय नागरिक तथा साढे १२ किलो गाँजासहित दुई जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका पाँचै जनालाई प्रहरीले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । प्रहरीले शनिबार दिउँसो हेटौँडा, रातोमाटे चेकपोष्टबाट बी।आर।०१पीएफ ७९९८ नंको भारतीय कारमा अगाडिपट्टिको एसीमा फल्स बटम बनाई चार किलो ९०० ग्राम चरेस लुकाई हेटौँडातर्फ ल्याउँदै गर्दा उक्त परिमाणको चरेससहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । पक्राउ पर्नेमा भारत विहारका २८ वर्षीय शिवराज सिंह, सोही ठाउँका २४ वर्षीय ज्ञानीकुमार पासवान र अर्का सोही…
डोटी : तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्लाका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । लगातारको वर्षापछि जिल्लाका विभिन्न स्थानमा रहेका ग्रामीण सडकहरुमा पहिरो खस्दा यातायात आवागमनमा कठिनाइ भएको शैलेश्वरी यातायात व्यवसायी समिति दिपायल डोटीले जनाएको छ । ग्रामीण सडकमा पहिरो आउँदा उक्त सडकमा चल्ने सार्वजनिक यातायातका यात्रुले कष्टकर यात्रा गर्न बाध्य भएका छन् । पहिरोका कारण केआइसिंह गाउँपालिकाबाट बोगटान फुड्सिलसम्म जाने कच्ची मार्गमा समेत दुई दिनदेखि यातायात सञ्चालन हुननसकेको स्थानीयवासी सुमन भट्टले बताए । त्यस्तै जिल्लाको मौवा मेल्लेक सडकखण्डका विभिन्न ठाउँहरुमा पनि वर्षाले पहिरो आउँदा यातायातका साधन चलाउन समस्या भएको शैलेश्वरी यातायात समितिका रुट इन्चार्ज प्रेमबहादुर रावलले बताए ।…
विराटनगर : डेंगुको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको छ । शुक्रबार शिक्षादीपमा अध्ययनरत विद्यार्थीको डेंगुबाट मृत्यु भएपछि विराटनगर महानगरपालिकाले यो कार्र्यक्रम ल्याएको हो । हिजो शनिबारबाट विद्यालय र सरकारी कार्यालयमा लामखुट्टेलाई नियन्त्रण गर्न ‘फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी भएको छ । महानगरपालिका प्रमुख भीम पराजुलीले नगरस्थित आदर्श माध्यमिक विद्यालयमा फगिङ गर्दै यस कार्यको थालनी गरेका छन । यसभन्दा अगाडि बस्तीहरुमा मात्र फगिङ गरिएको थियो । लामखुट्टे धेरै हुने ठाउँको खोजी र तिनलाई मार्ने अभियान पटक–पटक गर्दै आएको महानगरले यसपटक भने विद्यालय र सरकारी कार्यालय हाताभित्र फगर मेसिनबाट यो…
भक्तपुर : जिब्रो छेड्ने व्यक्ति तयार नभएपछि यस वर्ष फेरि यो जात्रा रोकिएको छ । जिब्रो छेडाउने व्यक्ति मध्यपुरथिमिका श्रेष्ठ थरकै हुनुपर्ने प्रचलनअनुसार चेंया पुन्हिया मेय प्वाः खनेगु जात्रा व्यव्स्थापन समितिको संयोजनमा जात्रा मनाए पनि समितिले समेत यस वर्ष अर्को व्यक्ति तयार गर्न नसक्दा जात्रा रोकिएको हो । गत वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाको दिन राति ८ बजे मध्यपुरथिमि नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा मध्यपुरथिमि–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडेका थिए । विसं २०६३ देखि रोकिएर यो जात्राले गत वर्ष पुनर्जीवन पाएपछि अब हरेक वर्ष निरन्तर जात्रा सञ्चालन होला भन्ने आशा यस वर्ष फेरि म¥यो ।…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकामाथि हुने हिंसा कसैलाई सैह्य नहुने बताएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘ ‘बालबालिकामाथि हुने हिंसा सैह्य छैन, बालबालिकाले सडकमा जीवन गुजार्नु नपरोस् भन्ने उद्देश्यले सडक बालबालिकाको व्यवस्थापन, बालश्रम निमूर्लन र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको जीवनमा परिवर्तन गर्न सरकारले विशेष पहल थालेको छ ।’ ‘समृद्ध नेपाल, सुखी नेपाली’ दीर्घकालीन राष्ट्रिय अभिष्ट भएकाले यसलाई हासिल गर्न योग्य, सक्षम, सुशिक्षित, गुणवान नागरिक निर्माणतर्फ लाग्न उनले सबैमा आग्रह गरेका छन् । ‘आजैदेखि हाम्रा बालबालिकालाई पोषणयुक्त खाना, उचित व्यायाम, स्वस्थ मनोरञ्जन, आवश्यक आरामको अवसर, जीवनपयोगी…