Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा.शेरबहादुर पुनलाई बिरामी जाँच्न भ्याइनभ्याइ छ । भन्छन्, ‘खाना खान पनि फुर्सद छैन ।’ उनी बिहान ९ बजे अस्पताल पुग्छन् । डेंगुको शंका गर्दै जाँच गर्न आएका बिरामीको लाइन हुन्छ । उपचारमा संलग्न चिकित्सक पानी पिउनै नपाई जाँच्न व्यस्त हुन्छन् । ‘बिरामीलाई सोध्ने र उनीहरूका जिज्ञासा समाधान गर्दा नै मुख प्याकप्याक हुन्छ’, अर्का चिकित्सक भन्छन् । भीडभाडले अस्पतालमा जात्रा लागेझैं देखिन्छ । ठेलमठेल हुन्छ । बिरामीको अनुहार निन्याउरो देखिन्छ । उनीहरूका आफन्त आक्रोशित भेटिन्छन् । अस्पतालनजिकै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिकट काउन्टरमा पनि यस्तै दृश्य देखिन्छ । डेंगुको आशंकामा रगत जँचाउने र रिपोर्ट…
इनरुवा : पर्सी भदौ २४ गते मङ्गलबार सुनसरीबाट शुरु हुने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको दोस्रो राष्ट्रिय जनजागरण अभियानको तयारी पूरा भएको छ । महामानव विपी कोइरालाको १०६औं जन्मजयन्तीका अवसर पारेर सुनसरीबाट शुरु हुने दोस्रो राष्ट्रिय जनजागरण अभियानको तयारी पूरा भएको पार्टीका सुनसरी सभापति तथा १ नं प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालले बताए । जागरण अभियानमा नेपाली काङ्ग्रेसका शीर्ष नेताहरु सुनसरी जाने तयारीमा छन । कार्यक्रमलाई सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, विजयकुमार गच्छदार, डा शेखर कोइराला, सुजाता कोइराला लगायतका शीर्ष नेताहरु सुनसरी जाने तयारी…
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा युद्धरत तालिबान र अफगानी नेताहरुसँग यसै सप्ताहान्तमा आयोजना गर्न खोजिएको गोप्य बैठक रद्द गरेका छन । राष्ट्रपति ट्रम्पले तालिबान समूहले गत साता काबुलमा गराएको कारबम आक्रमणबाट एक जना अमेरिकी सैनिक समेत १२ जनाको मृत्यु भएपछि वार्ता रद्द गरेको बताएका छन । शनिबार ट्वीट गर्दै उनले अफगानी विद्रोही समूह तालिबानसँगको शान्ति प्रक्रिया पनि स्थगन गरिएको घोषणा गरे । अमेरिका–तालिबानबीचको वार्ता समाप्त भएको हो वा स्थगित मात्र भएको हो भन्ने स्पष्ट भइसकेको छैन । राष्ट्रपति ट्रम्पको शनिबारको उक्त ट्वीट आश्चर्यजनक मानिएको छ । किनभने राष्ट्रपति स्वयम्ले अफगानी विद्रोही र अरु नेताहरुलाई…
चितवन : अफगानिस्तानको काबुलमा गत सोमबार भएको बम विस्फोटमा मारिएका नेपालीको शव ल्याउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गरेका छन । तीजकै दिन राति अफगानिस्तानको राजधानी काबुलस्थित ग्रिन भिलेज क्याम्पमा भएको आत्मघाती विस्फोटमा भरतपुर महानगरपालिका–२१ का कृष्णवहादुर थापा र रोल्पाका चन्द्र पुनको बम विस्फोटमा परी मृत्यु भएको थियो । मृतक थापाकी बहिनी सावित्री अधिकारीका अनुसार शुक्रवार पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भारतीय दूतावास र नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी ती शव नेपाल ल्याउनका लागि पहल गरिदिन आग्रह गरेका हुन । यस विषयमा दाहालले चासो दिएर नियमितरुपमा ती निकायमा सम्पर्क गरिरहेको उनले जानकारी दिए । उनको टेलिफोन लगत्तै शनिवार…
काठमाडौं : आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १६प्रतिशत लाभांश दिने भएको छ । आज आइतबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यसआधारमा कम्पनीले ३ करोड ८० लाख १० हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, ६ करोड ३३ लाख ५१ हजार रुपैयाँ नगद लाभांश बाँड्नेछ । अब नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ । अघिल्लो वर्ष आरएसडीसीले १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ६३ करोड…
काठमाडौँ: आइतबार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ७१ हजार ५ सयमा आइपुगेको छ । चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला ८८५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ । यसअघि निरन्तर भाउ बढेपछि सर्वसाधारणले सुनका गहना खरिद गर्न कठिन हुने अवस्था आइरहेको बेला भाउ घटेपछि थोरै भए पनि राहत पुग्ने देखिएको छ । निरन्तर भाउ बढेपछि सर्वसाधारणले आफूसँग भएको गहना बेच्न चाहे पनि सुनचाँदी व्यापारीले खरिद नगरेको गुनासो गरिरहेका छन् । भाउ महँगो भएपछि यतिबेला सुनचाँदीका पसल पनि सुनसान छन् । व्यापारीहरुले ग्राहकका पुराना गहना किन्न मानिरहेका छैनन् । अन्तर्राष्ट्रिय बजारमा सुनको…
बेनी: कालीगण्डकी प्रसारण करिडोरको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा टावर निर्माणको वैकल्पिक मार्गबारे अध्ययन शुरु गरिएको छ । पोखरेबगरमा स्थानीयवासीले टावर निर्माणमा अवरोध पु¥याएपछि सम्भावित टावर निर्माणको स्थानमा अध्ययन शुरु गरिएको हो । आयोजनाका तर्फबाट पाँच र प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका तर्फबाट पाँच जनाको टोली बनाएर पोखरेबगर र रातोपानी क्षेत्रमा टावर निर्माण र प्रसारण लाइनका लागि वैकल्पिक मार्गको अध्ययन थालिएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताउनुभयो । पोखरेबगरमा प्रस्तावित ठाउँमा टावर निर्माण गर्दा पाँच घरपरिवार विस्थापित हुनाका साथै गाउँपालिकाको भवन निर्माणस्थल र शिव मन्दिरसमेत प्रत्यक्षरूपमा प्रभावित हुने भएकाले वैकल्पिक ठाउँबाट लाइन लैजाने गरी…
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताएका छन । ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति भवन शीतलनिवासमा नेपाल विद्या भूषण पदक र नेपाल छात्रा विद्या पदक वितरणका लागि आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बदलिँदो परिस्थितिअनुरुप पाठ्यक्रम र अध्ययन अध्यापन प्रणालीमा सुधार गरी गुणस्तरीय शिक्षा प्राप्तिका लागि सरकारको पहल र लगानी उपलब्धिमूलक हुनुपर्ने बताइन । उनले भनिन, “सामाजिक, आर्थिक रुपान्तरण, रोजगार र प्रविधि, सदाचार र सत्चरित्रयुक्त अनुसन्धानमूलक शिक्षा अहिलेको आवश्यकता हो, यसका लागि आवश्यक केही नियम परिमार्जनको क्रममा रहेकाले आगामी…
काठमाडौं : सामाजिक सामुदायिक क्रियाकलापमा सक्रिय कृषि विकास बैंक लि.ले ललितपुरका स्थानीय गैरसरकारी संस्थालाई एक सय थान डस्टविन प्रदान गरेको छ । कृषि विकास बैंक लि.को क्षेत्रिय कार्यालय काठमाडौबाट आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले सो डस्टविन महिला वावावरण संरक्षण समिति र गणेश यूवाकल्ब ललितपुर–१ लाई प्रदान गरेका हुन । स्थानीय नागरीकहरुको बाक्लो उपस्थित रहेको सो समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले आफ्नो नगर÷टोल लाई सुरक्षित तथा सफा हराभरा बनाउने दायित्व स्वयं स्थानीयबासिन्दा पनि भएको उल्लेख गर्दै आफनो दायित्व पुरा गरी टोल, नगर सफा राख्न आग्रह गरे । …
काठमाडौँ: नेपाल राष्ट्र बैंकले सोमबार पुनः ४ अर्ब २६ करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट उक्त ट्रेजरी बिक्री गर्न लागेको हो। ट्रेजरीको बोलकबोल सोमबार हुने भए पनि मंगलबार मात्रै जारी हुनेछ। राष्ट्र बैंकले ९१ दिने २ अर्ब २६ करोडको र एक वर्ष अवधिको २ अर्बको ट्रेजरी बिक्री गर्न लागेको हो। ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।