काठमाडौं : आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १६प्रतिशत लाभांश दिने भएको छ ।
आज आइतबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
यसआधारमा कम्पनीले ३ करोड ८० लाख १० हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।
त्यस्तै, ६ करोड ३३ लाख ५१ हजार रुपैयाँ नगद लाभांश बाँड्नेछ ।
अब नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ ।
अघिल्लो वर्ष आरएसडीसीले १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
हाल कम्पनीको चुक्ता पुँजी ६३ करोड ३५ लाख १२ हजार रुपैयाँ रहेको छ ।
बोनस वितरण पश्चात आरएसडीसीको चुक्ता पुँजी ६७ करोड १५ लाख २२ हजार रुपैयाँ पुग्नेछ ।
असार मसान्त सम्ममा कम्पनीले ८ करोड ७ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको छ ।
आरएसडीसीको प्रतिसेयर आम्दानी १० रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ७१ पैसा छ ।