काठमाडौँ: नेपाल राष्ट्र बैंकले सोमबार पुनः ४ अर्ब २६ करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट उक्त ट्रेजरी बिक्री गर्न लागेको हो।
ट्रेजरीको बोलकबोल सोमबार हुने भए पनि मंगलबार मात्रै जारी हुनेछ। राष्ट्र बैंकले ९१ दिने २ अर्ब २६ करोडको र एक वर्ष अवधिको २ अर्बको ट्रेजरी बिक्री गर्न लागेको हो।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
Facebook Comments Box