Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: चिनियाँ ह्याकरले बैंक तथा वित्तीय संस्थाको एटिएमबाट ठूलो परिमाणको रकम लुटपाट गरेपछि केन्द्रीय बैंकले कार्डबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको छ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै डेबिट कार्डबाट न्यूनतम प्रतिकरोवार रु पाँच हजारदेखि अधिकतम रु २० हजार मात्रै नगद झिक्न पाइने व्यवस्था गरिएको जनाएको छ । यस्तै प्रतिदिन अधिकतम रु ६० हजारभन्दा बढी नगद झिक्न नपाइने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले नगद व्यवस्थापन, भौगोलिक अवस्था, सुरक्षा व्यवस्था र विशेष परिस्थिति समेतलाई ध्यानमा राखी तोकिएको सीमा घटाउन यस व्यवस्थाले बाधा पु¥याएको नमानिने निर्देशनमा उल्लेख छ । बैंक…
काठमाडौँ: प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हालकै स्थानमा बनाउन सरकार दृढ देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरामा अब सरकार पछि नहट्ने बताउनुभएको छ । विभिन्न समयमा गरिएका अध्ययनले पनि प्रस्तावित निजगढ विमानस्थलको हालको स्थान उपयुक्त भएकाले अब त्यसमा दायाँबायाँ नहुने उहाँको भनाइ छ । हालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वार्षिक ८० लाख हवाई यात्रुले ओहोरदोहोर गर्ने गरेको र वार्षिक सात दशमलव पाँच प्रतिशतले वृद्धि हँुदै गएकाले अब यस विमानस्थले धेरै क्षमता धान्न सक्दैन । सन् २०२२ पछि योक्रम उच्चतम बिन्दुमा पुग्ने भएकाले अन्तर्राष्ट्रिय विमानस्थलका लागि अर्काे स्थानमा जानैपर्ने बाध्यता रहेको उल्लेख…
काठमाडौंँ : अदालतले घुसकाण्डमा दोषी ठहर्याएका पूर्वसभासद् डोलबहादुर (डिवी) कार्की जेल चलान भएका छन् । अदालतको फैसलापछि फरार हुँदै आएका स्याङ्जा घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज बिहान पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरेको थियो । अदालतको आदेशले कार्कीलाई आजै जेल चलान गरिएको ब्युरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो । उनलाई कारागार कार्यालय डिल्लीबजार पठाइएको छ । घुस काण्डमा सर्वोच्च अदालतको गत असार १७ गतेको फैसलाले रु एक लाख जरिवाना र छ महीना कैद हुने फैसला सुनाएको थियो । विसं २०६७ भदौ १४ गते…
काठमाडौँ : बैंक तथा वित्तीय संस्थाले आफ्नो एटिएममा जडित सिसिटिभीको नियमितरुपमा केन्द्रिकृत अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्ने भएको छ । चिनियाँ ह्याकले बैंक तथा वित्तीय संस्थाको सुरक्षा प्रणाली नै ह्याक गरी पैसा लुटपाट गरेपछि नेपाल राष्ट्र बैंकले यस्तो नियम ल्याएको हो । राष्ट्र बैंकले गठन गरेको छानबिन समितिले सिसीटिभीको अनुगमन शनिबारलगायत अन्य बिदाको दिनमा समेत नियमितरुपले गर्ने व्यवस्था मिलाउन आवश्यक निर्देशन दिएको छ । समितिले बैंक तथा वित्तीय संस्थाले जारी गरेको चिपरहित कार्डलाई तीन महिनाभित्र चिप बेस्ड कार्डद्वारा विस्थापन गर्ने व्यवस्था मिलाउन सुझाव दिएको छ । बैंक लुटपाट घटनाको अध्ययन गर्न केन्द्रीय बैंकले भुक्तानी विभागका कार्यकारी…
काठमाडौं : ऐतिहासिक सम्पदा रानीपोखरीको पुनःनिर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ । २०७२ साल बैशाख १२ गतेको भुकम्पले क्षतिग्रस्त भएको रानीपोखरीको पुनःनिर्माणको कार्यले अझै गति लिन सकेको छैन । पुनःनिर्माणको थालनी भएको ६ महिना वितिसक्दा पनि भर्खरै जग हाल्ने काम मात्रै भइरहेको छ । रानीपोखरीको माझैमा रहेको बालगोपालेश्वर महादेवको मन्दिरको पनि मर्मत सम्भार कार्य सुस्त गतिमा भइरहेको छ । रानीपोखरी पुनःनिर्माणमा संलग्न चोभारमा बस्ने ५४ वर्षीय देवरत्न महर्जनका अनुसार मन्दिरको काम सुरु भएको १५ दिन भयो । भाइटिकासम्म निर्माण कार्य सक्ने योजना बनाएर अगाडि बढेका छौ । महर्जनले भने, पहिलेकै बनावटमा मन्दिर बनाउनका लागि…
काठमाडौं : कृषिमन्त्री चक्रपाणी खनाललाई डेंगु संक्रमण भएपछि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले उनको रगत परीक्षणपछि डेंगुको संक्रमण देखिएको हिजो बुधबार पुष्टि गरेको हो । मन्त्रीका प्रेस सल्लाहकार बोमलाल गिरीका अनुसार खनालको स्वास्थ्य आज सुधारोन्मुख रहेको छ । केहीदिनदेखि मन्त्री खनाललाई टाउको दुख्ने र उच्च ज्वरो आउने समस्या देखिएपछि सो को शंका गरी उनको रगतको नमूना परीक्षणका लागि पठाइएको थियो । यसैबीच ककाठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यका भित्र ढल, कुलो कुलेसोको सरसफाइ अभियान थाल्ने जनाएको छ । टेकु अस्पतालमा मात्रै अहिले २२ भन्दा बढी डेंगु संक्रमणका विरामी छन । यस अस्पतालमा सात जना…
काठमाडौं : मनकामना केबलकार आगामी पाँच दिनका लागि बन्द हुँदैछ । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको मनकामनास्थित केबलकार भदौ २२ देखि २७ सम्म बन्द हुन लागेको हो । प्रालिले आज एक सूचना जारी गरी प्राबिधिक मर्मतका लागि केवलकार बन्द गर्न लागिएको जनाएको छ । मुलह्विल लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मत हुन लागेको हो । केवलकार २० वर्षअघि अस्ट्रियाको डोप्पलमेरले बनाएको थियो । उसले निश्चित अवधिमा आफूले बनाएका केवलकार अवस्थाबारे अनुगमन गर्ने गरेको छ । यहीअनुरूप त्यहाँबाट प्राविधिक टोली आएको र उसकै निगरानीमा मर्मत सम्भार हुन लागेको प्रालिले जनाएको छ ।
काठमाडौं: झन्डै ५०० बचतकर्ताहरुको पाँच करोड रकम ठगी गरी दिव्यमन्त्र बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरु फरार भएका छन । मध्यबानेश्वरस्थित कात्यायणी चोकमा मुख्य कार्यालय रहेको यस संस्था, ५ करोड रकम घोटाला गरी एक महिनादेखि सम्पर्कविहीन छ । सहकारीको सञ्चालक समितिमा अध्यक्ष राजन पुतुवार (गोलढुंगा), उपाध्यक्ष किशोर बहादुर खत्री, सचिव डिल्ली बहादुर खत्री ( ओखलढुंगा), कोषाध्यक्ष मधुसुदन श्रेष्ठ, सदस्यहरु ओम कुमार खत्री( ओखलढुंगा), सांगे डोल्मा लामा र प्रेम महर्जन छन । यस सहकारीमा करीब ३५ लाख बचत गरेका एक पीडितका अनुसार संस्थाको सञ्चालक समितिका सातै जना सदस्य सम्पर्कविहिन छन भने मुख्य तथा ठमेलस्थित शाखा कार्यालयमा समेत ताला…
काठमाडौँ: फर्जी बैंक ग्यारेन्टी गर्दा जमानी बसेको अभियोग लागेका कर्णाली प्रदेशका पूर्वमन्त्री खड्गबहादुर खत्रीसँग उच्च अदालत पाटनले पाँच लाख धरौटी मागेको छ। बुधबार अदालतमा उपस्थित हुन आएका खत्रीको थुनछेक बयान र बहस पछि मुख्यन्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले उनीसँग पाँचलाख धरौटी मागेको हो। उनले बुझाएको धरौटी स्वरूप बैंक ग्यारेण्टी बुझ्ने प्रकृयामा रहेको प्रवक्ता मोहन सुवेदीले बताए। कृषि विकास बैंक रत्नपार्कको जाहेरीमा नेपाल सरकारले नै उनीविरूद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा लगाएको थियो। मन्त्री खत्री आफैं ठेकेदार हुन्। मन्त्री खत्रीको केएसके नामक कन्स्ट्रक्सन कम्पनी सुर्खेतमा छ। ५५–५५ लाख रुपैयाँका दुई वटा ठेक्काको बैंक ग्यारेन्टी फर्जी बनाउँदा उनी साक्षी…
काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बहुराष्ट्रिय तथा वैदेशिक लगानीका कम्पनीलाई भनेअनुसार चन्दा नदिए आक्रमणको धम्की दिएको छ। उक्त दलले बहुराष्ट्रिय कम्पनीलाई धम्कीयुक्त पत्र पठाएर चन्दा मागेको हो। पार्टी प्रवक्ता प्रकाण्डले केही समयअघि कात्तिक महिनासम्म चल्ने चन्दा संकलन अभियान सघाउन भन्दै विज्ञप्तिमार्फत सार्वजनिक अपिल गरेका थिए। चाडपर्व नजिकिँदै जाँदा चन्दा अभियानले तीव्रता पाएको र चेतावनीयुक्त सन्देश आउन थालेको व्यवसायी बताउँछन्। ‘राष्ट्रिय पुँजी तथा उद्यमी–व्यवसायीहरू एकाधिकार पुँजी, दलाल पुँजीपतिवर्ग र भ्रष्टहरूको निशानामा रहेको’ भन्दै चन्द नेतृत्वको नेकपाले चन्दाको दबाब बढाएको छ। ‘उक्त दलका कार्यकर्ताले तारन्तार धम्कीयुक्त सन्देश पठाइरहेका छन्,’ एक बहुराष्ट्रिय कम्पनीका प्रबन्ध निर्देशकले भने।…