Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार काठमाडौं आउने भएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको आगामी नेपाल भ्रमणका र राजनीतिक सम्बन्ध विस्तार विभिन्न एजेन्डामा छलफल गर्न विदेशमन्त्री वाङ नेपाल आउन लागेका हुन्। नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा भएको सम्झौताको म्याद सकिँदै छ। २०७४ वैशाख २९ मा भएको सम्झौताको म्याद तीन वर्षसम्म मात्र छ। अहिलेसम्म सम्झौताअनुसारका कुनै पनि चिनियाँ परियोजना अघि बढेको छैन। विदेशमन्त्री वाङको भ्रमणलाई बीआरआईको प्रस्तावित परियोजना कार्यान्वयनसँग हेर्न सकिने परराष्ट्र अधिकारीले बताएका छन्। परराष्ट्र सचिव शंकरदास बैरागीले विदेशमन्त्री वाङको भ्रमणको तिथिबारे अहिल्यै केही बताउन नसकिने बताए। उनले भने, ‘परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको चीन भ्रमणमै…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले एटीएम लुट प्रकरणको अनुसन्धानपछि आधिकारिक धारणा बाहिर ल्याएको छ। राष्ट्र बैंकको प्रतिवेदनमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) र अमेरिकाको भिसा सिस्टमको बिचमा बेग्लै सर्भर बनाएर ह्याकरहरु एटीएमबाट पैसा निकाल्न सफल भएको खुलासा गरिएको छ। ह्याकरहरुले नेप्समा आवद्ध भएका बैंकहरुको एटीएम कार्ड प्रयोग गरि नेप्समा आवद्ध नभएका बैंकहरुको एटीएमबाट पैसा झिकिएको राष्ट्र बैंकको प्रतिवेदनमा छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको नेतृत्वमा गठन भएको अनुसन्धान टोलीले शनिबार काठमाडौंमा भएको एटीएम लुट प्रकरणको प्रारम्भिक अनुसन्धान प्रतिवेदन बुधबार गर्भनर डा. चिरन्जीवी नेपाललाई बुझाएको हो। राष्ट्र बैंकको अनुसन्धानमा काठमाडौंका एटीएममा प्रयोग भएका नक्कली कार्डले अमेरिकामा रहेको…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी प्रमुख नारायणकाजी श्रेष्ठ र उपप्रमुख सूर्य थापालाई हस्तान्तरण गरिएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा तत्कालीन नेकपा (एमाले) का प्रचार प्रमुख योगेश भट्टराई र नेकपा (माओवादी केन्द्र) का प्रचार प्रमुख पम्फा भुसालले प्रमुख र उपप्रमुखलाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यतिबेला स्वतन्त्रता र अनुशासन तथा लोकतन्त्रबीच सन्तुलित सम्बन्ध र व्यवहार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले पार्टीको योजनाबद्ध प्रचार कार्य व्यवस्थित गर्नुपर्ने आवश्यक रहेको भन्दै नयाँ जिम्मेवारी सफलतासाथ बहन गर्न शुभकामनासमेत दिनुभएको उपप्रमुख थापाले जानकारी…

Read More

काठमाडौँ: मेलम्चीका भेण्डर तथा सप्लायर्स कम्पनीहरुले दाबी गरेको रकमका सम्बन्धमा मन्त्रालयबाट प्राविधिक समिति गठन काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम छाडेर हिंडेको ठेकेदार कम्पनी सिएमसी दि रेभेनाबाट भुक्तानी रकम दाबी गरेका भेण्डर तथा स्थानीय सप्लायर्सहरुको मागका सम्बन्धमा अध्ययन प्रतिवेदन पेश गर्न खानेपानी मन्त्रालयका खानेपानी महाशाखा प्रमुखको संयोजकत्वमा छ सदस्यीय प्राविधिक समिति गठन भएको छ । मन्त्रालयका महाशाखा प्रमुखको नेतृत्वमा बनेको समितिले सिएमसी कम्पनीबाट बाँकी भुक्तानी पाउन स्थानीय भेण्डर तथा सप्लायर्स कम्पनीहरुले दाबी गरेको रकमका सम्बन्धमा आवश्यक अध्ययन गर्नेछ । सिएमसी कम्पनीबाट पाउनुपर्ने बाँकी रकम नपाइएको भन्दै श्रमिक र भेण्डरहरुले सरकारसँग माग गरिरहेका छन् । पीडित श्रमिकहरुको तलब…

Read More

काठमाडौँ: कृषि विकास बैंकले शंकरदेव क्याम्पसलाई ५० थान घडी सहयोग स्वरुप उपलब्ध गराएको छ । विधार्थी अल्मुनाईको आयोजनामा शंकरदेव क्याम्पसमा आयोजित स्टुडेन्ट क्यारियर काउन्सिलिङ एण्ड नेटवर्किङ विषयक कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत क्याम्पसका कक्षा कोठामा राख्न ५० थान भित्तेघडी क्याम्पस प्रमुख कृष्ण प्रसाद आचार्यलाई हस्तान्तरण गरेका हुन् । त्यसैगरी व्यवसाय प्रवद्र्धन कार्यक्रम अन्तर्गत शंकरदेव क्याम्पस विधार्थी अल्मुनाइ एसोसियसनलाई सहयोग स्वरुप रु ५० हजारको चेक अल्मुनाइका अध्यक्ष श्रीमती अमोदा श्रेष्ठलाई प्रदान गरे । उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले आफु पनि…

Read More

वीरगञ्ज: राजस्व अनुसन्धान विभागले १६ किलो सुनसहित पक्राउ परेका धनकमल गुरुङविरुद्ध रु ३५ करोडभन्दा बढी जरिवाना र छ वर्ष कैद मागदाबीसहित मुद्दा दायर गरेको छ । गएको साउन ९ गते पक्राउ परेका धार्चे गाउँपालिका–३ केरौँजाका गुरुङविरुद्ध विभागले रु ३५ करोड ६६ लाख ७२ हजार जरिवाना माग गरेको हो । विभागले आफ्नो अनुसन्धान पूरा गरी जिल्ला अदालत गोरखामा उक्त माग दाबीसहित मुद्दा दर्ता गरेको अदालतका स्रेस्तेदार विनोदप्रसाद अधिकारीले जानकारी दिनुभयो । विभागबाट सुन तस्करीसम्बन्धी अनुसन्धान सकेर मिसिल र अभियोगपत्र अदालतमा प्राप्त भएको उहाँले बताउनुभयो । “अहिलेसम्मको अनुसन्धानको सम्पूर्ण मिसिल र अभियोग पत्र प्राप्त भएको छ”, जिल्ला अदालतका स्रेस्तेदार अधिकारीले भन्नुभयोे, “प्रतिवादीविरुद्ध…

Read More

वीरगञ्ज: राजस्व अनुसन्धान विभागले १६ किलो सुनसहित पक्राउ परेका धनकमल गुरुङविरुद्ध रु ३५ करोडभन्दा बढी जरिवाना र छ वर्ष कैद मागदाबीसहित मुद्दा दायर गरेको छ । गएको साउन ९ गते पक्राउ परेका धार्चे गाउँपालिका–३ केरौँजाका गुरुङविरुद्ध विभागले रु ३५ करोड ६६ लाख ७२ हजार जरिवाना माग गरेको हो । विभागले आफ्नो अनुसन्धान पूरा गरी जिल्ला अदालत गोरखामा उक्त माग दाबीसहित मुद्दा दर्ता गरेको अदालतका स्रेस्तेदार विनोदप्रसाद अधिकारीले जानकारी दिनुभयो । विभागबाट सुन तस्करीसम्बन्धी अनुसन्धान सकेर मिसिल र अभियोगपत्र अदालतमा प्राप्त भएको उहाँले बताउनुभयो । “अहिलेसम्मको अनुसन्धानको सम्पूर्ण मिसिल र अभियोग पत्र प्राप्त भएको छ”, जिल्ला अदालतका स्रेस्तेदार अधिकारीले…

Read More

काठमाडौँ: प्रहरी र विद्यार्थीबीच झडप हुँदा आठ विद्यार्थी नेता घाइते भएका छन् । पक्राउ परेका विद्यार्थीलाई भेट्न जाने क्रममा प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब अगाडि साँझ ६ बजे झडप भएको थियो । झडपमा अनेरास्ववियुका संयोजक महर, नेता सुदेश पराजुली, समिक वडाल, सागर भट्ट, राजकुमार महतारासहित आठ जना घाइते भएको अनेरास्ववियूका सहसंयोजक रञ्जीत तामाङले जानकारी दिनुभयो । महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी नायक उपरीक्षक होविन्द्र बोगटीले पक्राउ परेका विद्यार्थी नेतालाई भेट्न जाँदा झडप हुँदा उहाँहरु घाइते हुनुभएको बताउनुभयो । “चिकित्सा शिक्षा अध्ययन संस्थानका आन्दोलनरत विद्यार्थीलाई पक्राउ गरेर पुलिस क्लबमा राखिएको थियो । उहाँहरु ती विद्यार्थी नेतालाई भेट्न आउनु भएको थियो”, उहाँले…

Read More

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आमसञ्चारसम्बन्धी विधेयकमा सञ्चार क्षेत्रलाई नियन्त्रण नभई स्वनियमनमा बढी जोड दिइने जनाउनुभएको छ । संविधानतः व्यवस्था गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थामाथि सरकारका तर्फबाट कुनै बन्देज, सेन्सर वा उल्झन नहुने स्पष्ट पार्दै उहाँले लोकतन्त्र र प्रेसलाई सँगसँगै हिँडाउने मान्यतालाई आत्मसात् गरी नयाँ कानून ल्याउन लागिएको बताउनुभएको हो । मन्त्री बाँस्कोटाका अनुसार नयाँ कानूनमा अनलाइन माध्यमलाई पनि मूलधारको माध्यमको मान्यता दिइने, पत्रकारको न्यूनतम पारिश्रमिक तोक्न हाल रहेको समितिको संरचनाको साटो पुनरवलोकनअघि कम्तीमा छ महीना पहिले ‘पे कमिसन’ गठन गरिने र स्वरोजगामूलक सञ्चारमाध्यमका हकमा थप सहुलियत दिइने उहाँले अवगत गराउनुभयो । विश्वविद्यालयको पढाइसँग तालमेल हुने गरी आमसञ्चार…

Read More

काठमाडौँ: बैंकिङ प्रणालीमाथि नै प्रश्न उब्जने गरी भदौ १४ मा काठमाडौँमा एटिएमको स्विच नै ‘ह्याक’ गरेर करोडौँ रकम निकालियो । यति ठूलो रकम निकालिए पनि घटनाबारे सम्बद्ध बैंक बेखबर रह्यो । एटिएम बुथमा चिनियाँ नागरिकको गतिविधि शङ्कास्पद लागेपछि सुरक्षा गार्डले दिएको सूचनाका आधारमा प्रहरीले अधिकांश ह्याकरलाई पक्राउ गरी ठूलो रकम फिर्ता ल्याउन सफल भए पनि बैंकिङ प्रणालीको सुरक्षामा चुनौती भने यथावत् छ । उक्त घटनामा पहिचान गरिएका आठ चिनियाँ नागरिकमध्ये छ जना पक्राउ परे । फरार दुई जनाका बारेमा प्रहरीले कुनै तथ्य पत्ता लगाउन सकेको छैन । प्राविधिक विषय भएकाले पनि अनुसन्धानमा ठूलो चुनौती खडा भएको छ । प्रहरीले…

Read More