Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई एउटा मुख्य जिम्मेवारी रोज्न लिखित प्रस्ताव गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले नेकपाको पछिल्लो सचिवालय बैठकको निर्णयमा सातबुँदे ‘असहमतिपत्र’ जाहेर गर्दै ओलीलाई अध्यक्ष र प्रधानमन्त्री पदमध्ये एउटा रोज्न माग गरेका हुन्। पार्टी अध्यक्षदेखि सबै नेतामा एक व्यक्ति एक प्रमुख जिम्मेवारीको वैधानिक व्यवस्था लागू गर्नुपर्ने माग उनको छ। नेता नेपालले पार्टी विधानको धारा ४६ (क) बमोजिम स्थानीय तहदेखि संघीय सरकारसम्मका कार्यकारी जिम्मेवारी वहन गरेका नेतालाई दोहोरो मुख्य जिम्मेवारी दिन नहुने अडान राख्दै आएका छन्। उनले पार्टी अध्यक्षदेखि नै त्यो विधि कार्यान्वयन गर्न माग गरेका हुन्। नेकपामा नेताबीचमा देखिएको…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले एक हजार ५०० भ्रष्टाचारका आरोपका घटनामा विस्तृत अनुसन्धान गरिरहेको छ । ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालले आज आयोजना गरेको ‘सुशासन र राजनीतिक सदाचार’ कार्यक्रममा आयोगका अध्यक्ष नवीनकुमार घिमिरेले आयोगले अहिले ती विषयमा अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । आयोगले गत आवमा आयोगकै इतिहासमा अहिलेसम्म सबैभन्दा बढी ३५१ मुद्दा विशेष अदालतमा दायर गरेको प्रमुख घिमिरेले बताउनुभयो । ती मुद्दामध्ये ८८ प्रतिशतमा नतिजा सकारात्मक आइरहेको उहाँको भनाइ छ । झण्डै २०० अनुसन्धानको दायरामा आएको उहाँले बताउनुभयो । आयोगको हिरासत खचाखच भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई अहिले हिरासत व्यवस्थापान गर्न कठिन भएको छ ।” आयोगले नमूनाका…

Read More

काठमाडौं: ठेकदार भागेपछि ठप्प रहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले पाउने भएको छ । यो कम्पनी हाल माथिल्लो तामाकोशीको प्रमुख ठेकदार हो । सिनोले कुलेखानी तेस्रोमा काम गरेको थियो भने निर्माणाधीन तनहुँ जलविद्युत आयोजनामा यही कम्पनीले काम पाएको छ । मेलम्ची खानेपानी आयोजनाले मुख्य कामलाई दुई वटा प्याकेजमा विभिजन गरेर ठेक्का लगाएको थियो । तर, दुबै ठेक्का सिनोले नै पाउने भएको हो । दुबै ठेक्कामा सबैभन्दा कम रकम कबोल गरेकाले सिनोले ठेक्का पाउने भएको मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्य कडेँलले बताए । सुरुङ र हेडवक्र्सका कामका लागि फरक-फरक ठेक्कामा सिनो छानिएको उनले जानकारी…

Read More

काठमाडौँ: खानेपानीमन्त्री बीना मगरले देशभरका प्रत्येक नागरिकमा स्वच्छ र शुद्ध खानेपानी पु¥याउन सरकार लागिरहेको बताउनुभएको छ । देशभरका सबै प्रदेशका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यअनुसार खानेपानी विभागले उपलब्ध गराएको ‘खानेपानी गुणस्तर परीक्षण मोबाइल भ्यान’को आज शुभारम्भ गर्दै उहाँले सबै जनतामा स्वच्छ र शुद्ध खानेपानी पु¥याउन सरकार लागिरहेको बताउनुभएको हो । “संविधानले नै हरेक नागरिकलाई स्वच्छ र शुद्ध खानेपानी पिउने अधिकारको ‘ग्यारेन्टी’ गरेको छ, त्यसलाई परिपूर्ति गर्न सरकार गम्भीर ढङ्गले लागेको छ”, उहाँले भन्नुभयो । पानी र ढलका सम्बन्धमा सरकार योजना बनाएर अगाडि बढेको उहाँको भनाइ थियो । मन्त्री मगरले विपद्का बेला कतिपय जनताले स्वच्छ र शुद्ध खानेपानी पिउन नपाएर…

Read More

काठमाडौं: स्वास्थ्य उपचारका लागि सिंगापुर जना लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको त्यहाँ डेढ साता बस्ने कार्यक्रम तय भएको छ । उनी स्वास्थ्य उपचारका लागि विहिबार सिगापुर जाँदैछन् । मंगलबार बालुवाटारमा बसेको प्रमुख चार दलको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे जानकारी दिएका हुन् । ‘म स्वस्थ्य छु, बाहिर हल्ला गरे जस्तो केही भएको छैन’ प्रधानमन्त्रीको भनाइ उधृत गर्दै राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले भने, ‘८/१० दिनलाई फेरि जाँदैछु भन्नुभयो ।’ यसअघि प्रधानमन्त्री ओली साउन १८ गते उपचारका लागि सिंगापुर गई साउन २७ गते फर्किएका थिए । उपचार गरेर फर्किएको दुई झण्डै एक सातापछि उनी फेरि…

Read More

काठमाडौँ: यस वर्ष इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका नगरका झण्डै ४८ जना पाहुना काठमाडौँ आउने भएका छन् । आगामी २७ गते पर्ने सो पर्वका अवसरमा छ देशका १३ नगरबाट पाँच प्रमुखसहित ४८ पाहुना आउने निश्चित भएको कामपाले जनाएको छ । महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयले महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई भेटेर सचिवालयको तयारीका विषयमा जानकारी दिएको छ । सचिवालयले गत सात महीना पहिलेदेखि इन्द्रजात्रा अवलोकनका लागि भगिनी सम्बन्ध भएका नगर प्रमुखहरुलाई निमन्त्रणा पठाउन थालेको थियो । यसै निमन्त्रणाका आधारमा अहिलेसम्म चीनको ल्हासाका प्रमुख गुहेओ गुहेओ, बङ्गलादेशको ढाका साउथ सिटी कर्पोरेशनका प्रमुख मोहम्मद सहिद खोकन, भूटानको थिम्पु नगरका…

Read More

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई हिरासतमै राखेर अनुसन्धान गर्न पुनः पाँच दिनको म्याद थपिएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजालासले लामिछानेसहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । पाँच दिन हिरासतमा राखेर सोधपुछ गरेपछि प्रहरीले लामिछानेसहित तीन जनालाई दोस्रो पटक म्याद थपका लागि आज अदालतमा उपस्थित गराएको थियो । वादीको तर्फबाट जिल्ला न्यायाधिवक्ता यदु शर्माले बहस गर्नुभएको थियो । प्रतिवादीका तर्फबाट अधिवक्ता सुनिल पोखरेल, सुशील पन्त र चूडामणि सापकोटाले बहस गर्नुभएको हो । आरोपी तीन जनालाई बिहान १० बजे नै…

Read More

काठमाडौँ: गृहकार्य नपुगेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगन भएको छ । बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगन भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । नेकपाले आज अपराह्न ३ बजेका लागि पार्टी सचिवालय बैठक बोलाएको थियो । बैठकमा पोलिटब्यूरो गठन, विभिन्न आयोग, निकाय, सल्लाहकार कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटीलगायतका साङ्गठनिक बाँडफाँटका विषयमा टुङ्गो लगाउने कार्यसूची रहेको थियो । तयारी नपुगेको भन्दै बैठक भोलिसम्मका लागि स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । यसैबीच, प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक केही बेर अघिदेखि शुरु भएको छ । बैठकमा राष्ट्रिय पार्टीको मान्यता प्राप्त दलका नेता सहभागी…

Read More

काठमाडौँ: नेपाल खाद्य सस्थान र नेशनल ट्रेडिङ लिमिटेड एक आपसमा गाभिई ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी’ नामक कम्पनी स्थापना भएको छ । यसअघि सरकारले ती दुई निकायलाई गाभ्ने निर्णय गरेको थियो । कम्पनीका विभागीय प्रमुख मोतीराज ज्ञवालीद्वारा जारी विज्ञप्तिका अनुसार सो कम्पनी साउन २८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको जनाइएको छ ।

Read More

काठमाडौँ ः भन्सार छलेर काठमाडौँ भित्रिएका राँगा, ज्योतिष पेशाका सञ्चालन अनुमतिपत्र र स्थानीय तहका लागि लोकसेवा आयोगले खोलेको विज्ञापनसम्बन्धी विषयले प्रतिनिधिसभाको आजको बैठकमा प्रवेश पाएको छ । बैठकको शून्य समयमा भाग लिँदै सांसद विरोध खतिवडाले भारतबाट लामो समयदेखि भन्सारमा नाका भएर राँगाभैँसी नेपाल नभित्रिए पनि काठमाडौँमा मम र छोयलाको अभाव नभएको देख्दा चोरी बाटो प्रयोग भएको हुन सक्नेप्रति सरकारको ध्यानाकर्षण गराए । उनले भने “वार्षिक रुपमा भारतबाट १० हजारको सङ्ख्यामा राँगा, भैँसी नेपाल भित्रिने गरेको छ, प्रतिराँगाभैँसी रु ८५६ राजश्व आउँथ्यो, त्यो गुमेको छ, त्यसतर्फ सरकारको ध्यान पुगोस् ।” सांसद विमला विश्वकर्माले चिकित्सक, वकिल, इञ्जिनीयर जस्तै ज्योतिषी पेशा सञ्चालनका…

Read More