Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : मुलुककै जेठो पूर्वपश्चिम राजमार्गअन्तर्गत महेन्द्र राजमार्गको मर्मत कार्य शुरु भएको छ । कैलालीको चिसापानीदेखि अत्तरियासम्म ‘पाइलोट सडक मर्मत’ कार्यक्रमअन्तर्गत यो कामको थालनी भएको हो । डिभिजन सडक कार्यालयले राजमार्ग मर्मतका लागि रु २७ करोड ७३ लाख ७७ हजार बजेट उपलब्ध गराएकामा रु १७ करोड ९६ लाखमा मर्मत गर्ने गरी कालिका–जोशी जेभी निमार्ण कम्पन्नीसँग गत फागुनमा ठेक्का सम्झौता भएको थियो। उक्त कार्यालयका सूचना अधिकारी लक्ष्मीदत्त जोशीले कैलालीको चिसापानीदेखि अत्तरीया बजारसम्मको नियमित मर्मत सो कम्पनीले गर्ने जानकारी दिए । सो योजनाअन्तर्गत सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, पर्खाल बनाउने, नाला मर्मत, रेलिङ मर्मत, कल्भर्ड मर्मत र सडक बन्द भए अवरोध पनि…
काठमाडौं : सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चु केसी मृत भेटिएका छन्। कार्यालयको कोठामा मंगलबार बिहान उनी मृत भेटिएका हुन्। उनले विष सेवन गरी आत्महत्या गरेको शंका गरिएको छ। घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ। महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले शवको मुचुल्का उठाएको छ। वृत्तका डिएसपी कौशल बुढाथोकीको नेतृत्वमा रहेको टोली घटनास्थलमा छ। नासु केसी गएराति कार्यालयमै बसेको र उनले राति विष सेवन गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। १० बजेपछि कार्यालय पुगेका सहकर्मीले नासु केसीलाई मृत अवस्थामा देखेका थिए।
काठमाडौं : भक्तपुरको लोकन्थलीमा पानी ट्यांकी खन्दा पहिरो गएको छ । बाटोमै गएको पहिरोका कारण जोखिमयुक्त एक घर खाली गरिएको छ । अन्य चार घर पनि पहिरोकै जोखिममा छन । पहिरोका कारण पैदल यात्रीलाई समेत समस्या परेको छ । आज मंगलबार बिहान पौने २ बजेतिर पहिरो खसेको स्थानीयले बताए । पहिरोबारे यतिबेला जिल्ला सुरक्षा समितिमा छलफल चलिरहेको मध्यपुरठिमी नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुरज खड्काले जानकारी दिए । खानेपानीको समस्या भोग्दै आएका मध्यपुरठिमी नगरपालिकाको वडा नम्बर १, २ र ३ लक्षित पाँच लाख लिटर क्षमताको ट्यांकी बनाउने काम नसकिँदै पहिरो गएको हो । गत वैशाख महिनाबाट ट्यांकी खन्न…
काठमाडौं : टोखा नगरपालिका वडा नं ३ स्थित इन्द्रेणी (भूतखेल) चौरको सार्वजनिक जग्गा मिचेर गर्न लागिएको ३२ फिटको बाटो विस्तारमा राजनीतिक हस्तक्षेप बढेको छ । हालै गरिएको हालसाबीमा तोकिएको भन्दा बढी बाटो विस्तारका लागि इन्द्रेणी चौरको सार्वजनिक जग्गामा ठेकेदारको मनोमानी भइरहँदा स्थानीय निकायको असन्तोष बढ्दै गएको छ । टोखा मेनरोडदेखि हार्मिन हाउजिङ हुँदै कुइरे कम्पाउण्डका नामले परिचित टर्चासम्म डेढ किलोमिटर बाटो विस्तार गर्न ४ वर्षको आयोजना पुष्पाञ्जली कन्स्ट्रक्सनले ठेक्कामा पाएको छ । सो कन्स्ट्रक्सनले विस्तार गर्नुअघि गठन भएको स्थानीय बासिन्दा सम्मिलित समितीमा भएको निर्णयको अवज्ञा गर्दै सार्वजनिक जग्गा मिचेर पर्खाल समेत लगाइसकिएको छ । हालसाबीमा इन्द्रेणी चौरसंग जोडिएको बाटो…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन्। आज (मंगलबार) साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको उनले बताए। बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषयमा छलफल तथा आफ्नो उपचारका लागि पुनः सिंगापुर जाने कार्यक्रमबारे जानकारी गराउने अनुमान गरिएको छ। संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०, नेपाली कांग्रेस, समाजवादी र राजपा गरी ४ दल छन्।
कावासोती: कावासोती नगरपालिका–७ साँढ निवासी यमबहादुर नेपालीका दुई माछापोखरी छन् । उहाँले माछापोखरी बनाउनुभन्दा पहिले धानखेती लगाउँदै आउनुभएको थियो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको सिमानासँगै जोडिएको खेतमा धान लगाए पनि कहिल्लै पाकेर पूरै काट्न भने पाउनुभएन । वनबाट आउने गैँडा, बदेल, मयुरलगायतले बालीनास गर्न थालेपछि उहाँले विकल्प रोज्नुभयो ‘माछा पोखरी’ । वन्यजन्तुले क्षति नपु¥याउने भएकाले उहाँले माछापोखरी निर्माण गुर्नभयो । धान बेचेर मुस्किलले वार्षिक रु ३० हजारसम्म जोगाउने गर्नुभएको उहाँले अहिले माछा बेचेर भने मनग्य आम्दानी गर्न सफल हुुनुभएको छ । “धान लगायो कहिल्लै पाकेर पूरै भित्र्याउन पाइँदैन थियो, मुस्किलले रु ३० हजारसम्म हुन्थ्यो, अहिले…
काठमाडौँ: निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ५५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र वडाध्यक्ष ४१ समेत गरी ५० पदका लागि हुने उक्त निर्वाचनमा करीब पाँच लाख मतदातालाई मतदान गर्ने अधिकार हुनेछ । गत साउन १६ गते १८ वर्ष उमेर पुगेका तत् निर्वाचन केन्द्रमा मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिकले मतदानमा भाग लिन पाउनेछन् । करीब छ हजार ८०० जनशक्ति परिचालन गर्नुपर्ने अनुमान गरिएको उक्त निर्वाचनका लागि आयोगले…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको कार्यक्षमतामा समस्या देखिएपछि आउँदो शनिबार पुनः सिंगार जाँदै छन् । १२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको रगतमा ‘क्रिएटिनिन’को स्तर बढेको छ । ‘क्रिएटिनिन’ बढ्नुको अर्थ मिर्गौलाको कार्यक्षमतामा ह्रास आउनु हो । चिकित्षकका अनुसार रगतमा क्रिएटिनिनजी स्तर पहिले सिंगापुर जानुअघि र अहिले खासै घटेको छैन। सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षणपछि चिकित्सकको सुझावअनुसार थप फलोअपका लागि प्रधानमन्त्री ओली गत साउन १८ गते सिंगापुर गएका थिए । छाउनीमा प्रम ओलीको नियमित ल्याब परीक्षणसहित यूएसजी गाइडेड ‘रेनल बायोप्सी’ समेत गरिएको थियो। यो परीक्षण प्रत्यारोपण गरिएको मृगौलाको अवस्था मुल्यांकन गर्नसमेत गरिन्छ।…
काठमाडौँ: काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण र सञ्चालन गर्न विस्तृत सम्भाव्यता अध्ययन९डिपीआर०का लागि भारत र चिनियाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु भएको छ । लगानी बोर्डको आगामी बैठकमा दुईवटा कम्पनीको प्रस्ताव मूल्यांकन प्रतिवेदन पेस गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ । चारवटा प्रस्तावमध्ये दुईवटाको मुल्यांकन गर्दा उपयोगी देखिएकाले मुल्यांकन प्रतिवेदन बोर्डमा पेश गर्ने तयारी भएको लगानी बोर्डका एक अधिकारीले बताए । अहिले डिपीआरका लागि राइट्स(रेल इन्डिया टेक्निकल एनड सर्भिसेज) र चीनको संयुक्त कम्पनी चाइना रेलवे सियुवान सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडबीच तीब्र प्रतिस्पर्धा चलिरहेको छ । यो समाचार अन्नपूर्ण दैनिकमा पवन तिमिल्सिनाले लेखेका छन् ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि बिहीबार सिंगापुर जाने भएका छन्। यसअघि गत साउन १८ गते गएर २७ गते फर्किएका ओली ‘फलोअप’ का सिंगापुर उड्न लागेको उनको नीजि सचिवालयले पुष्टि गरेको छ। यसअघि ओली सिंगापुर जाने खबर विभिन्न सञ्चारमाध्यमहरुमार्फत् बाहिरिएतापनि ओलीको सचिवालयले भने इन्कार गर्दै आएको थियो। ‘यसपालीको उपचारमा प्रधानमन्त्रीलाई केही नयाँ औषधी चलाइएको थियो, त्यसको प्रभाव कस्तो छ भनेर जानुपर्ने थियो तर समय निश्चित थिएन। अब भने उहाँ पाँच गते सिंगापुर जाने टुंगो लागेको छ’, प्रधानमन्त्री निटक स्रोतले भन्यो। प्रधानमन्त्रीको यसपालीको बसाईं कति लामो हुन्छ भन्ने एकिन भने भइसकेको छैन। सिंगापुरको नेशलन युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका…