Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
- नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह
- लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: भारत जाने, त्यहि पढ्ने अनि केही कमाएर पठाउने । यहि आसमा माल परिवारले ६ वर्षअघि छोरालाई विदाई गरेको थियो । जसै छोरा फर्किए, अहिले परिवारको होसवास उडेको छ । गाउँले अचम्भित छन् । कृष्णपुर नगरपालीका–१, दोमिल्लाका सुरेन्द्र माल पहिले जस्तो रहेनन् । नाम फेरीएको छ– प्रियंका । हाउभाउ, चालचलन र पहिरन दुरुस्तै छोरी मान्छेको । लिंगसमेत काटिएको छ । भारत पस्दा १८ वर्षका थिए । त्यहि दुई वर्षअघि जबर्जस्ती उनको लिंग काटिएको हो । तेस्रोलिंगीहरुको समुहले लिंग काटिदिएको सुरेन्द्रले बताए । त्यसपछि उनलाई केटीको पहिरनमा विभिन्न नाचगान र शुभकार्यमा ताली बजाउन, नाच्न लगाइयो । …
काठमाडौँ: युद्ध ग्रस्त लिबियाको त्रिपोलीमा बुधबार अपरान्ह एक नेपालीको गोलि लागि मृत्यु भएको समाचार आएको छ। मृत्यु हुनेमा सन्तोष श्रेष्ठ रहेको इजिप्टको कायरोस्थित चार्ज डी एफियर्स सुजन बिदारीले जानकारी दिएका छन् । लिबियामा रहेको आप्रबासी संगठन (आइओएम) सो घटनाको पुष्टी गरेको हो। घटना पूर्वी लिबियाको राजधानी त्रिपोलीको ताजौरा बन्दि गृह केन्द्रमा भएको हो। घटना अन्य थुप्रै आप्रबासीहरुको मृत्यु भएको समाचार छ। यस्तै, कायरोको नेपाल कार्यालय बुधबार नै अन्य ८ नेपाली नागरिकलाई टर्की हुँदै नेपाल ५ बजे पठाइएको जनाएको छ। दुई दिन अघिमात्रै लिबियाको आइओएमले मृतक श्रेष्ठको ट्राभल डकुमेन्ट मागेको थियो। दुई महिना अघि मात्रै…
काठमाडौँ: आयोजक इंग्ल्याण्ड जारी विश्वकप क्रिकेटको सेमिफाइनलमा १९९२ पछि पुग्न सफल भएको छ। घरेलु मैदान चेस्टर-लि स्ट्रिटमा भएको ४१ औं खेलमा आयोजक इंग्ल्याण्डले किवी नामले चिनिने न्यूजिल्याण्डलाई ११९ रनले पराजित गरेको हो। ४५ ओभरमा १८६ रन बनाउंदै सबै खेलाडी गुमाएको किवीले इंग्ल्याण्डको कसिलो बलिङ्गसामु टिक्न नसक्दा हारको बाटो समात्नु पर्यो। इंग्ल्याण्डका जेमी ब्रेस्टो म्यान अफ दी म्याच बने। उनले १०६ रनको योगदान गरे। न्यूजिल्याण्डको सेमिफाइनल खेल खेल्ने सम्भावन भने अझै सकिएको छैन किनभने शुक्रबार हुने पाकिस्तान र बंगलादेशबीचको खेलले उसको भाग्यको फैसला गर्नेछ। न्यूजिल्याण्ड सेमिफाइनल नपुग्न पाकिस्तानेल बंगलादेशलाई ३१६ रन अन्तरले हराउनु पर्ने हुन्छ…
काठमाडौँ: ‘आइफा अवार्डबारे विवाद चलिरहँदा मंगलबार एकाएक एउटा सम्झौताको पत्र भाहिरियो जसले आज बुधबार सरकारलाई अवार्ड नहुने तर्फा पक्का पक्कि बनायो। अवार्डको मुख्य विवाद यसमा सरकारले पैसा हाल्ने हो कि होइन? यो विषयमा के भएको हो?’ भन्दा सरकारका प्रबक्ताले समेत यसमा नेपाल सरकारको एक सुका खर्च नहुने जानकरी गएको क्याबिनेट बैठक जिकिर गरेका थिए। यस्तै प्रधानमन्त्रीले पनि मंगलबारको नेकपाको बैठकमा भनेका थिए, ‘आइफाका लागि सरकारले एक रुपैयाँ पनि खर्च गर्ने छैन। त्यसमा निजी क्षेत्रले लगानी गर्ने हो। त्यो आयोजना गर्ने रकम विज्ञापनबाट उठ्छ।’ प्रधानमन्त्री ओली मात्र होइन सरकारका बरिष्ठ मन्त्रीहरुले समेत आइफाका लागि सरकारले पैसा…
काठमाडौँ: नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले कृषि विकास बैंक लिमिटेडको किर्ते अग्रिम्म भुक्तानी जमानत (एडभान्स पेमेन्ट ग्यारेन्टी) बनाई पेश गरी बैंकलाई एक करोड १० भन्दाबढी हानिनोक्सानी गराउने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। यस कार्यमा बैंककै तत्कालिन रत्नपार्क शाखामा शाखा अधिकृत पदमा कार्यरत छविलाल ढकाल र र M/S.M.K.-Y.P. J/V बबरमहल काठमाण्डौंका आधिकारिक प्रतिनिधीहरु रणधिर तुम्बा र देवजंग शाही समेतको मिलेमतोमा रहेको आरोपमा ब्युरोले उनीहरुलाई असार १५ गते विभिन्न स्थानबाट पक्राउ गरिएको, ब्युरोका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए। रणधिर तुम्बा र देवजंग शाही समेतको मिलेमतोमा बैंकलाई हानि नोकसानी पु-याउने बदनियत राखी १० जुन २०१६ मा BB 095/055/4912/15…
काठमाडौँ: अझै मनसुन सक्रिय हुन नसकेका कारण राम्रोसँग पानी पर्न नसकेको मौसमविद्ले बताएका छन्। वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठका अनुसार पर्याप्त वर्षा हुनाका लागि न्युन चापीय रेखा आउनुपर्छ, त्यो अहिले मध्य भारतमा छ। ‘यो रेखा बिस्तारै मास्तिर (नेपालतर्फ) सर्ने क्रममा छ, त्यो नेपाल आइसकेपछि मात्र लगातार झरी सुरु हुन्छ,’ उनले भने, ‘यो आउन अझै केही दिन लाग्ने देखिन्छ।’ आज (बुधबार) पनि खासै वर्षा हुने सम्भावना नरहेको मौसमविद् श्रेष्ठले बताए। उनका अनुसार आज अपराह्न पश्चिमका केही स्थानमा वर्षा हुने सम्भावना छ। काठमाडौं उपत्यकासहित देशका अन्य स्थानमा भने अपराह्न वा साँझपख क्षणिक वर्षा हुने सम्भावना रहेको उनको…
काठमाडौं: यू-१९ एसिया कप क्रिकेटको छनोट खेलमा नेपालले चीनलाई १० विकेटले हराएको छ । ५४ रनको लक्ष्य नेपालले पाँच ओभरमा नै पूरा गरेको हो । मलेसियामा भएको खेलमा टस जितेर फिल्डिङ गरेको नेपालले चीनलाई २३.१ ओभरमा ५३ रन बनाउँदा अल आउट गरेको थियो । जवाफी ब्याटिङमा आएको नेपालका लागि पवन सर्राफले २१ बलमा ४६ रन साथै रित गौतमले १० बलमा १० रन बनाउँदै जित दिलाएका हुन् । आक्रामक ब्याटिङ गरेका पवनले ६ चौका र ३ छक्का हाने । कसिलो बलिङ गर्ने क्रममा नेपालका सागर ढकालले ६ विकेट लिए । ९ ओभर १ बल गरेका…
काठमाडौँ: प्रदेश ३ सरकारले १८ वर्ष पुगेपछि मात्र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) दिने कानुन बनाएको छ । हालको कानुनअनुसार १६ वर्ष पुगेपछि दुईपांग्रे सवारीको लाइसेन्स लिन सकिन्छ । नयाँ व्यवस्थासहितको ‘प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०७५’ १८ माघमै राजपत्रमा प्रकाशित भइसकेको छ । नयाँ प्रावधान लागू गर्न प्रदेश सरकारले केन्द्रीय सरकारलाई आग्रह गरेको छ । यातायात व्यवस्था कार्यालय ठूलो भर्याङकी प्रमुख कमला थापा खत्रीले केन्द्रीय सिस्टमअनुसार नै काम हुने भएकाले नयाँ कानुन लागू हुन नसकेको बताइन् । यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने प्रदेश सरकारले बनाएको कानुन लागू नहुने सम्भावना रहेको बताए…
काठमाडौँ: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एकै व्यक्तिलाई १२ वटा विषयमा नम्बर थपेर ३ वटा डिग्री (स्नातकोत्तर)को प्रमाणपत्र दिएको पाइएको छ । अख्तियारको नियन्त्रणमा रहेका अधिवक्ता सुरेन्द्र कुमार कोइरालालाई पनिकाले मानविकी संकायको अर्थशास्त्र, समाजशास्त्र र ग्रामीण विकास विभाग अन्तर्गतका विषयमाहरुमा नम्बर थपेर प्रमाणपत्र जारी गरेको हो । जथाभावी नम्बर थपेको आरोपमा पनिका मानविकी संकायका गोप्य शाखाका अधिकृत रामु कर्माचार्यसमेत अख्तियार छानबिनमा छन् । त्रिविले गरेको छानबिनमा कर्माचार्यले कोइरालालाई अर्थशास्त्र, समाजशास्त्र र ग्रामीण विकास विभागअन्तर्गतका १२ विषयमा नम्बर थपिदिएको पाइएको हो । कोइरालाले पनिकाबाट डिग्रीका ४ प्रमाणपत्र लिएका थिए । तीमध्ये ३ वटामा नम्बर…
काठमाडौँ: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफैं घर बनाउने भूकम्पपीडितलाई एकमुष्ट ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्राधिकरण कार्यकारी समितिको मंगलबार बसेको बैठकले प्राविधिक खटिनुपूर्व नै बनेका घरलाई निजी आवास पुनर्निर्माण अनुदान रकम उपलब्ध गराउनेसम्बन्धी कार्यविधि पारित गरेको छ । अब प्राविधिक खटिनुपूर्व नै बनेका निजी आवासलाई तीन लाख रुपैयाँ अनुदान उपलब्ध गराउने बाटो खुलेको हो । समितिको निर्णय अनुसार अब भने द्रूत गतिमा अनुदान वितरण हुने प्राधिकरणले जानकारी दिएको छ । अनुदान प्राप्त गर्न प्राधिकरणले प्राविधिक परिचालन गर्नुपूर्व नै उक्त घर पुनर्निर्माण भएको र लाभग्राही बसिरहेको भनी स्थानीय तहबाट प्रमाणित हुनुपर्नेछ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील…