Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

नयाँ दिल्र्ली: भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजको मङ्गलबार राति निधन भएको छ । उहाँ ६७ बर्षको हुनुहुन्थ्यो । स्वराजको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि मङ्गलबार नै अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरिएको थियो । स्वराजलाई संघीय स्वास्थ्य मन्त्री हर्ष बर्धनसहितका आफन्तजनले अस्पतालमा पु¥याउनुभएको थियो । उहाँले मङ्गलबार साँझ नौ बजेसम्म टेलिभिजन हेरिरहनुभएको बताइएको छ । स्वराजको निधनको खबरपछि संघीय मन्त्रीहरू प्रल्हाद पटेल, राजनाथ सिंह, पियुष गोयल र नीतिश गोडकरीसहितका भाजपा नेताहरू तत्काल अस्पताल पुग्नुभएको थियो । भारतीय जनता पार्टीका वरिष्ठ नेता स्वराजले आज दिउसो संविधानको धारा ३७० खारेज गर्ने साहसिक कदमको…

Read More

कंगो : अफ्रिकी मुलुक कंगोमा प्राणघातक इबोलाको संक्रमण बढ्दै गएको संकेत देखिएसँगै रुवान्डाले कंगोसँगको सीमा बन्द गरेको छ । छिमेकी मुलुक रुवान्डाले कंगोको सीमावर्ती शहर गोमामा तीन व्यक्तिमा इबोलाको संक्रमण देखिएपछि रुवान्डाले सीमा बन्द गरेको हो । कंगोका राष्ट्रपतिको कार्यालयले जारी गरेको पछिल्लो विज्ञप्तिमा रुवान्डाले एकपक्षीय रुपमा नाका बन्द गरेको उल्लेख छ । त्यहाँ दैनिक जीवनयापनका लागि स्थानीय मानिसहरु सीमावर्ती शहरमा ओहोरदोहोर गर्ने प्रचलन छ । कंगोले मानिसको दैनिक जीवनमै असर पार्ने गरी सीमा बन्द गरेको भन्दै आपत्ति जनाएको छ । रुवान्डाको पछिल्लो कदमबाट करिब २० लाख जनसंख्या बसोबास गर्ने गोमा शहर र रुवान्डाको करिब ८५…

Read More

काठमाडौं : यस वर्षको अन्तरराष्ट्रिय युवा दिवस साताव्यापी रुपमा मनाइने भएको छ । आगामी २७ गते मनाउन लागिएको दिवस युवा तथा खेलकूद मन्त्रालय तथा राष्ट्रिय युवा परिषद्को संयुक्तरुपमा मनाइन थालिएको हो । यस वर्ष दिवसको अन्तरराष्ट्रिय नारा ‘शिक्षामा रुपान्तरण’ र नेपालको नारा ‘शिक्षामा रुपान्तरण ः उद्यमशीलता र नवप्रवर्तन’ रहेको छ । गुणस्तरीय र व्यावसायिक शिक्षाका माध्यमबाट शिक्षामा रुपान्तरण गर्ने र सोको प्रतिफलस्वरुप युवामा उद्यमशीलताको विकास, स्वरोजगार र नवप्रवर्तनमा टेवा पु¥याएर राष्ट्रिय लक्ष्यसँग जोड्ने अभिप्रायका साथ नेपालको नारा तय गरिएको परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले जानकारी दिनुभयो । उहाँका अनुसार दिवसका अवसरमा मन्त्रालय र परिषद्को आयोजनामा विभिन्न युवा लक्षित…

Read More

काठमाडौं ः सरकारले एक दर्जन वस्तुको अधिकतम खुद्रा मूल्य तोक्ने भएको छ। विदेशवाट आयात गरिएका वस्तुहरुको मूल्यमा उपभोक्ता ठगिने गुनासो बढेपछि भन्सार बिन्दु मै त्यसको मूल्य तोकिने भएको हो । भन्सार विभागले ती मूल्यहरुको सूची भन्सार विभागको बेभसाइटमै राख्ने भएको छ । यो व्यवस्थापछि व्यवसायीले भन्सार विन्दुमा घोषणा गरेको मूल्यभन्दा धेरैमा उपभोक्तालाई वस्तु तथा सामान बिक्री गर्न पाउने छैनन्। यदि बिक्री गरे कालो बजारी भएको ठहरिने छ । सरकारले अधिकतम मूल्य तोक्न लागिएको वस्तुको नाम :

Read More

विराटनगर : मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एक बालकको आज मृत्यु भएको छ । प्रदेश नं एक प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार पदमबहादुर राईका १५ वर्षीय छोरा सौजन राईको आज बिहानपख ओछ्यानमा चार्जमा राखेको मोबाइलमा गेम खेल्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं :  यूरोपेली एनआरएनएले आगामी ३ र ४ तारिखमा इटालीको रोममा १२ औँ यूरोपेली बैठकको आयोजना गर्दैछ । एनआरएनए यूरोपको उद्देश्य भनेको नेपालमा पर्यटन र लगानी प्रबर्धन भन्ने विषयमा एनआरएनएले बैठकको आयोजना गर्न लागेको हो । नेपालमा लगानीका लागि उपयुक्त वातावरणको सिर्जना भएको संदेशका साथै नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० को प्रचारप्रसार गर्नु नै यस बठैकको प्रमुख उद्देश्य रहेको एनआरएनएले जारी बिज्ञप्तिमा उल्लेख छ । बठैकमा गरैआवासीय नेपाली नागरिकताको बिषयमा रहेका द्विविधा, यूरोपेली क्षेत्रमा रहेका गैरआवासीय नेपाली समुदायले भोग्नु परेको समस्या र त्यसको समाधान, नेपालमा लगानीका लागि नेपालको मौजुदा नियम र कानूनबारे जानकारी, युरोप…

Read More

ललितपुर : ललितपुर महानगरपालिकाको बागमती गाउँपालिकास्थित गिम्दी, नागटार, हुचीटार लगायत हिलटारका स्थानीय बासिन्दा पहिरो खसेर बाटो बन्द हुँदा मारमा परेका छन । गिम्दीका ५० वर्षीय भक्तबहादुर कालीकोटेका अनुसार स्थानीय तरकारीहरु बजारसम्म पुर्याउन नसक्दा गाउँमै कुहिँदै छन । हिडडुल गर्न त समस्या छँदै छ तर तरकारी तथा फलफूल नै कुहिने अवस्था आउँदा स्थानीयको आम्दानी घटदै गएको कालीकोटेको गुनासो छ । यसैगरी स्थानीय व्यापारी ज्ञानेन्द्र प्रसाद दाहालले बाटो नै पहिरोले पुरिएपछि आफैले बोकाएर खुवा बजारसम्म पुर्याइने गरिएको बताए । यतिमात्रै होइन काठमाडौंबाट गाउँसम्म विभिन्न खाद्य सामग्री पुर्याउन समेत समस्या परेको स्थानीयहरु बताउँछन ।

Read More

काठमाडौं : अन्य मुलुकको तुलनामा नेपालमा थोरै मात्रामा विषादीको प्रयोग भएता पनि यसको मानव स्वास्थ्यमा गम्भीर असर देखिएको छ । आमनागरिक तथा किसानहरुमा विषादीको उचित रुपमा प्रयोग गर्न नजानेकै कारण थोरै मात्रा विषादीको प्रयोग भएपनि मानव स्वास्थ्यमा यसको गम्भीर असर पर्ने गरेको विशेषज्ञहरुले बताएका छन । प्रथमिक स्वास्थ्य सेवा श्रोत केन्द (रेस्फेक) संस्थाले आयोजना गरेको नेपालमा विषादीको प्रयोग र यसको स्वास्थ्यमा असर विषयक राष्ट्रियस्तरको गोष्ठीमा बोल्दै विषादीको उचित र प्रभावकारी प्रयोग गर्न नजान्नु नै ठुलो चुनौती भएको विशेषज्ञहरुले बताए । नेपाली किसानहरु प्रायजसो विषादी प्रयोग गर्दा नांगो हातैले प्रयोग गर्ने, नाक मुख नढाक्ने, खुटामा बुट नलगाउने जस्ता आचरणले…

Read More

भक्तपुर : भक्तपुरमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । चाँगुनारायण नगरपालिका–८ चरेलीमा गएराति कमलविनायकबाट नगरकोटतर्फ जाँदै गरेको बा १० च ४०२६ नंको बोलेरो गाडी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । गाडी सडकबाट करीब पाँच मिटर तल खस्दा गाडीमा सवार चाँगुनाराण–८ कलमसी बस्ने ३२ वर्षीय कान्छा राईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । घाइते गाडी चालक दोलखा मेलुङ गाउँपालिका–१ घर भई हाल जिल्ला चाँगुनारायण–७ बागेश्वरी बस्ने २० वर्षीय प्रदीप राउतको भने भक्तपुर…

Read More

काठमाडौँ ः मुलुकका विभिन्न जिल्लामा रहेको झण्डै दुई दर्जन टेलिफोन सेवा प्रदायक कम्पनी (एनसेल) र नेपाल टेलिकमको टावरमा नेत्रविक्रम चन्द विप्लब समूहले आगजनी गरी क्षति पु¥याएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार २२ वटा एनसेल टावर र एउटा नेपाल टेलिकमको टावरमा यसरी आगजनी भएको हो । बुधबार साँझदेखि आज बिहान ११ बजेसम्मको विवरणअनुसार धेरै स्थानमा जुटको बोरामा आगो सल्काएर आगजनी गरेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले विप्लब समूहले नै आगजनी र तोडफोड गराएको जानकारी दिँदै अर्घाखाँचीको घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको बताउनुभयो । प्रहरीले दिएको जानकारीअनुसार…

Read More