Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं ः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सोमबार साँझसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले बैशाखमा संचालित परीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको हो । नतिजा प्रकाशनको तयारीमा कुनै प्राविधिक कठिनाई नआए बोर्डको बैठक बसेर प्रकाशित गर्ने छ। बोर्डको बैठक अज सोमबार दिउँसो ४ बजेलाई डाँकिएको छ । परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागी थिए ।

Read More

काठमार्डौँ: लामो दूरीका गन्तव्यमा उडान भरी व्यावसायिक फड्को मार्ने उद्देश्यसहित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अघिल्लो वर्ष दुई नयाँ वाइडबडी विमान भित्र्यायो । कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषको ऋणमार्फत करीब रु २४ अर्बमा खरीद गरिएका विमान गन्तव्य नपाएर थन्किरहेका बेला निगम व्यवस्थापन भने गन्तव्य सेवा विस्तारको धमाधम तयारीमा छ । त्यसो त, निगमभित्रको बेथिति, आर्थिक अराजकता, संस्थाभित्रको विकृतिलगायत विषय पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा ‘हेडलाइन’ बनिरहेका छन् । कहिले वाइडबडीको किस्ता तिर्न नसकेको, कहिले चिनियाँ विमान ‘ग्राउण्डेड’ (भूमिस्थ) भएको, विमानचालक पाइलटका विचित्रका गतिविधि तथा व्यवस्थापनमा रहेका पदाधिकारीबीच नै असामञ्जस्यता आदिले राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको साखमाथि नै प्रश्नचिह्न…

Read More

काठमाडौँ: काठमाडौँको माछापोखरीस्थित एक सपिङसेन्टरको आठौँतलाबाट खसेर आज एक जनाको मृत्यु भएको छ । माछापोखरी सपिङसेन्टरको आठौँतलाबाट खसेर काठमाडौँ महानगरपालिका–१६ निवासी ५७ वर्षीय युक्तप्रसाद श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । आज दिउँसो भएको उक्त घटनापछि गम्भीर घाइते श्रेष्ठको पिपुल्स अस्पताल नयाँ बजारमा उपचारको क्रममा ज्यान गएको हो । घटनाको कारण भने खुलेको छैन । श्रेष्ठ मालपोत कार्यालयको नायब सुब्बाबाट अवकासप्राप्त कर्मचारी भएको प्रहरीले जनाएको छ । उनी आफैँ खसेका हुन् या कसैले खसालेको हो भन्ने बारेमा भने अनुसन्धान भइरहेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

Read More

काठमाडौँ: गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले कस्ता आयोजनालाई कतिको सङ्ख्यामा कति समयका लागि सुरक्षा जनशक्ति खटाउने भन्नेबारे स्पष्ट नीतिगत निर्णयको आवश्यकता खड्किएको बताउनुभएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मै सुरक्षा जनशक्तिको सङ्ख्या किटान गर्न लगाएर त्यसका आधारमा सुरक्षा कर लिने व्यवस्था गर्न जरुरी छ भन्नुभयो । सचिव राईले भन्नुभयो, “समान्य बाहिरी सुरक्षा दिने हो वा भित्र सम्पूर्ण सुरक्षा प्रदान गर्ने हो, त्यो डिपिआरमा पूर्णरुपमा उल्लेख हुनुपर्छ, अहिले कतिपय आयोजनामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैको ठूलो जनशक्ति खटिएको अवस्था छ, सरकारी आयोजनामा त जीनतिन राखौँला,…

Read More

काठमाडौँ: कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालले क्वारेन्टाइनमा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग समन्वय गरेर थप सहजीकरण गरिने बताउनुभएको छ । देशभरका मन्त्रालय मातहतका पशु, प्लान्ट र खाद्य क्वारेन्टाइन प्रमुखसँग आज भएको छलफलमा मन्त्री खनालले क्वारेन्टाइनमा रहेका समस्या समाधानका लागि अन्तर सरकारी निकायबीच समन्वय गरेर समस्या समाधान गरिने बताउनुभयो । अर्थ मन्त्रालय र भन्सार विभागसँग समन्वय गरेर क्वारेन्टाइनलाई थप व्यवस्थित बनाउन मन्त्रालयको तर्फबाट पहल हुने मन्त्री खनालको भनाइ थियो । क्वारेन्टाइनमा दरबन्दी अनुसारको कम कर्मचारी, भौतिक संरचना र सेवा सुविधासमेत कम भएको भन्ने सन्दर्भमा मन्त्री खनालले ती विषयलाई समेत समाधान गरिने बताउनुभयो । भन्सार कार्यालयमा रहेका क्वारेन्टाइनमा…

Read More

काठमाडौं : वर्षा कम हुन थालेपछि आगामी ३ दिनसम्म देशका प्रमुख तथा मझौला नदीमा जोखिम कम हुँदै गएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्य सन्चालन केन्द्रले ती नदीहरुमा बहाव कम हुने भएकाले खतरा नहुने जनाएको छ । आज ताप्लेजुङ, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, रसुवा, धादिङ, गोरखा, लमजुङ, कास्की, रुकुम, डोल्पा, जाजरकोट, दैलेख, मुगु, जुम्ला, बाजुरा, हुम्ला, बझाङ तथा बैतडीबाट बहने केही खहरे खोलामा पानीको सतह बढन सक्ने भन्दै सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।

Read More

टोकियो :  जापानमा आज आइतबार ६ दशमलब ५ रेक्टर स्केलको भूकम्प आएको छ । देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३।३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ । जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएका कारण सुनामीको खतरा नरहेको सम्भावना स्पष्ट गरेको छ । क्षतिबारे जानकारी आउन भने बाँकी छ ।

Read More

काठमाडौं ःएनएमबि म्युचुअल फण्डले आज आइतबार लाभांश घोषणा भएको छ। एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डको आज आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५र०७६ बाट इकाईधनीलाई कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। आजको यो प्रस्तावमा आफूले सञ्चालन गर्ने दुबै सामूहिक लगानी कोषहरु एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ र एनएमबि हाइब्रिड फण्ड एल १ का लगानीकर्ताले पनि लाभांश पाउनेछन । यसैगरि एनएमबि हाइब्रिड फण्ड एल १ को पनि आइतबार सम्पन्न सञ्चालक समिति बैठकले इकाईधनीलाई आर्थिक वर्ष २०७५र०७६ बाट कर सहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। एनएमबि सुलभ…

Read More

काठमाडौं ः स्कूल विभागमा कुरा नमिल्दा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक फेरि सरेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच छलफलपछि पनि विवाद टुंग्याउने सम्भावना क्षिण बनेपछि आज आइतबार बस्ने भनिएको बैठक भोली सारिएको छ । स्कूल विभाग प्रमुख कसलाई बनाउने भन्ने विवाद निस्केपछि नेकपाको सचिवालय बैठक पटकपटक स्थगित भइरहेको छ । स्कूल विभाग प्रमुख ईश्वर पोखरेललाई स्वीकार नगर्ने पूर्वमाओवादी पक्षको अडानका कारण सहमति हुनसकेको छैन । पूर्वमाओवादी पक्षले नारायणकाजी श्रेष्ठलाई स्कूल विभाग प्रमुखमा प्रस्ताव गरेको छ । दुई पक्षबाट भिन्नाभिन्नै प्रस्ताव आएपछि निष्कर्षमा पुग्न समस्या भएको एक नेताले बताए ।

Read More

खलङ्गा : कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । कालीकोट खण्डको कालेखोला नजिकै आज बिहान पहिरो जाँदा सडक नै भासिएकाले छिटो खुलाउन नसकिने प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार ४० मिटर लामो सडकमा पहिरो गएको छ । “यसअघि सानातिना दर्जनभन्दा बढी पहिरो जाँदा समयमै खुलाउन सकिएको थियो”, प्रजिअ कार्कीले भन्नुभयो, “ पहिरोको प्रकृति हेर्दा तुरुन्तै पहिरो खुलाउन सहज छैन, पहिरो पन्छाउनका लागि निकै समय लाग्ने अवस्था छ ।” पहिरोको स्थिति बुझ्न प्रजिअ कार्कीसहितको टोली र सडक डिभिजन कार्यालयबाट इञ्जिनीयरसहितको टोली त्यसतर्फ गएको छ । कर्णाली राजमार्गअन्तर्गतको कालेखोलामा माथिबाट झरेको…

Read More