Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँध शुक्रबार खोलिने भएको छ । एनएचपिसी लिमिटेड, धौलिगङ्गा पावर स्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार असार १३ गते राति १२ देखि १४ गते बेलुका ६ः३० बजेसम्म ‘सिफ्ट फ्लशिंग’, सरसफाइको कार्य हुने भएकाले महाकाली नदीमा जलस्तर बढ्ने भएकाले सतर्क रहन आग्रह गरिएको हो । बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले सिफ्ट फ्लशिंगको लागि बाँधको ढोका खोलिएपश्चात् महाकाली नदीमा पानीको सतह बढ्न जाँदा तटीय क्षेत्रमा जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मत घाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गर्दै…

Read More

काठमाडौं: भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने दाबी गरेका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले मन्त्रिमण्डल पुनर्गठन गर्ने वा नगर्ने भन्ने अधिकार प्रधानमन्त्रीको हातमा रहेको सुनाए । उनले भने,‘मन्त्रिमण्डल पुनर्गठन हुन्छ भनेर यो सरकार गठन भएदेखिनै हल्ला भएको हो । यसमा कुनै सत्यता छैन । यो त सरकारलाई कमजोर बनाउनको लागि चलाईएको अफवाह हो ।’ उनले तत्काल मन्त्रिमण्डल पुनर्गठन हुने सम्भावना नभएको स्पष्ट पारे । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि तत्काल मन्त्रिमण्डल हेरफेर हुन्छ भन्ने आशयले नबोलेको उनको दाबी छ । उनले भने,‘मन्त्रिमण्डल पुनगर्ठन भएपनि…

Read More

इलाम: स्थानीय सरकारले तोकेको न्यूनतम ज्याला दिन नसक्ने भन्दै यहाँस्थित सूर्योदय नगरपालिकाका उद्यमीले उद्योग बन्द गर्ने घोषणा गरेका छन् । न्यूनतम ज्याला कार्यान्वयन गर्दा चियाबाट आम्दानी लिन नसक्ने भन्दै उद्यमीले उद्योग बन्द गर्ने चेतावनी दिएका हुन् । उनीहरूले नयाँ श्रमजीवी ऐनअनुसार चिया श्रमिकलाई तलब भत्ता दिँदा उद्योग नै डुब्ने भन्दै उद्यमीले बिहीबारदेखि उद्योग बन्द गर्ने बताएका हुन् । सूर्योदय टी एशोशिएसनमा आबद्ध ६२ भन्दाबढी उद्योगले सरकारी पक्षबाट पनि चिया क्षेत्रीय सहयोग नपाएको र आफैं मात्रै लगानी गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । उनीहरूले सामूहिक विज्ञप्ति निकाल्दै भारतीय बजारमा बिक्री हुने चियाले लागत मूल्य धान्न नसकेको, तोकिएको…

Read More

काठमाडौं: उपराष्ट्रपतिको कार्यालय ग्रीन हाउस लैनचौरमा सरेको छ । उपराष्ट्रपतिको कार्यालय बुधबारबाट औपचारिक रुपमा बहादुर भवन, कान्तिपथबाट लैनरस्थित उपराष्ट्रपति भवनमा स्थानान्तरण भएको हो । उपराष्ट्रपतिको कार्यालयले बुधबार वक्तव्य प्रकाशित गरेर बुधबारबाट कार्यालय स्थानान्तरण भएको जानकारी गराएको छ । मन्त्रिपरिषदले लैनचौरस्थित समाज कल्याण परिषद्को कार्यालयलाई उपराष्ट्रपतिको निवास तथा उपराष्ट्रपतिको कार्यालय बनाउने निर्णय गरेपछि उक्त भवनको मर्मत सम्भार सुरु गरिएको थियो । उपराष्ट्रपतिको निवास उक्त भवनमा यसअघि नै स्थानान्तरण भई सके पनि मर्मत सम्भारको काम बाँकी रहेकाले उपराष्ट्रपतिको कार्यालय औपचारिक रुपमा बुधबार मात्रै स्थानान्तरण भएको जनाइएको छ । हरियाली भएको र थप वातावरणमैत्री बनाउनका लागि…

Read More

काठमाडौँ: कृषि विकास बैंकले कर्जाको व्याज दरमा परिमार्जन गरेको छ । बैकिङ्ग बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आईरहेको अवस्थामा ग्राहकहरुको चाहना तथा जनगुनासोलाई सम्बोधन हुने गरी साविक कर्जाको व्याजदरमा १ प्रतिशतले घटाएको बैंकद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ । बैंक संचालक समितिको असार पाँच गतेदेखि लागु हुने गरी कर्जाको व्याज दरमा परिमार्जन गरेको हो । त्यसैगरी निक्षेपको व्याजदरमा निक्षेप कर्ताहरु लाभान्वित हुने गरी साविकको व्याजदरमा १ प्रतिशत थप हुने गरी बृद्धि गरेको छ ।

Read More

काठमाडौं: स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापनसम्बन्धी सर्वोच्चमा पुगेको विवाद लम्बिएको छ । सर्वोच्चका न्यायाधीशहरु हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेशको छलफलका लागि संसदको राज्य व्यवस्था समितिलाई सूचना दिन आदेश दिएको दिएपनि सो सूचना समितिमा पुगिनसकेका कारण बुधबारकाे सुनुवाइ स्थगित भएको बताइएको छ । सर्वोच्चले लोकसेवा आयोगको विज्ञापन विवादमा परेको ४ वटा रीटलाई एकै इजलासमा राखेर सुनुवाई गरिरहेको छ । तर एउटा रीटमा राज्य व्यवस्था समितिलाई विपक्षी बनाइएको भएपनि समितिमा सूचना नै नपुगेकाले बुधबार सूचना दिन आदेश दिइएकाे हाे । स्थानीय तहका विभिन्न ९ हजार १ सय ६१ पदमा पदपूर्तिका लागि लोकसेवा…

Read More

काठमाडौँ: शेयर लगानीकर्ताहरुले अब ब्रोकर कार्यालयहरुबाटै कर्जा लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ६ वटा ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्नेगरी स्वीकृति दिएको हो । अन्य ५ वटा ब्रोकर कम्पनीहरुलाई पनि राष्ट्र बैंकले केहि दिनमै स्वीकृति दिने जनाएको छ । ६ वटा कम्पनीले भने राष्ट्र बैंकबाट बुधबार स्वीकृति पाएका हुन् । तिनीहरुलाई बिहीबार नेपाल स्टक एक्सचेञ्जले अनुमति दिने भएको छ । नेप्सेको अनुसार ब्रोकर नम्बर ५० श्वेता सेक्यूरिटिज, ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटिज, ब्रोकर नम्बर ३६ सेक्योर्ड सेक्यूरिटिज, ब्रोकर नम्बर २८ श्री कृष्ण सेक्यूरिटिज, ब्रोकर नम्बर १६ प्राईमो सेक्यूरिटिज र ब्रोकर नम्बर १४ नेपाल…

Read More

काठमाडौँ : संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कृषि बिकास बैंकले सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा नं. ३ मा रहेको श्री जनता माध्यमिक बिद्यालयलाई विभिन्न सामग्री सहयोग स्वरुप प्रदान गरेको छ । जनता माध्यमिक बिद्यालयको हिरक जयन्ती तथा अभिभावक दिवश २०७६को अवसरमा बैंकले बिभिन्न कक्षा कोठाहरुलाई शैक्षिक बाताबरण अनुकुल हुने गरी मर्मत तथा निर्माण, ६० जोडा डेस्क बेञ्च, १० वटा कक्षा कोठाको सिलिङ्ग लगाउने, २ वटा बाल मैत्रि कक्षा कोठामा कार्पेटिङ्ग गर्ने तथा २ वटा ४३ ईञ्चको एलईडि टेलिभिजन र ३० थान पंखा लगायतका बिद्युतिय सामाग्रीहरुका लागि ९,७५,००० रुपैयाँ बरावरको आर्थिक सहयोग गरेको हो । उक्त अवसरमा शैक्षिक बिकासमा महत्वपुर्ण…

Read More

काठमाडौँ: परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । कार्यालयले बुधबार परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउँदै उनले कुनै प्राविधिक त्रुटी नभए आज र प्राविधिक त्रुटी आए बिहीबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिए । कार्यालयले आज सार्वजानिक सूचना जारी गर्दै परीक्षाको नतिजा विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ । यस वर्षको…

Read More

काठमाडौँ: काठमाडौं महानगरपालिकाले सवारी साधनको पार्किङ शुल्क निर्धारण गरेको छ। महानगरको नगरसभाको ५ औं अधिवेशनले २०७६/०७७ को बजेटमा सवारी साधनको पार्किङ शुल्क निर्धारण गरेको हो। न्युरोड, धर्मपथ, कान्तिपथ, दरवारमार्ग लगायतका भित्री सहरी क्षेत्रमा सवारी साधन पार्किङ गरे बापत प्रतिघण्टा दुई पाङ्ग्रेका लागि २५ रूपैयाँ र चार पाङ्ग्रेका लागि ८० रूपैयाँ लाग्ने छ। त्यस्तै त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौरसम्को काठमाडौं मध्ये भागका सार्वजनिक बाटो लगायत तोकिएका स्थानहरूमा पनि सोही शुल्क लाग्ने महानगरले प्रस्तुत गरेको बजेटमा उल्लेख छ। प्रस्तुत बजेट अनुसार महानगर क्षेत्रभित्रका सार्वजनिक बाटो लगायत तोकिएका स्थानहरूमा सवारी साधन पार्किङ गरे बापत प्रति घण्टा दुई पाङ्ग्रेका लागि १५…

Read More