Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

डोल्पा : हुरीले आर्दश माध्यामिक विद्यालयको छाना उडाएको छ। बाल विकास केन्द्रको कक्षा १ देखि १० सम्मको ११ कोठाको जस्तापाता हावाले उडाएपछि पढाइ प्रभावित भएको छ । दिउँसो २ बजेपछि आएको हुरीले बालवालिका पढिरहेकै बेलो छाना उडाएको हो। हुरीले छाना उडाउँदा विद्यार्थीको भागाभाग भएको थियो। हुरीले छाना उडाए पनि बालवालिका सुरक्षित छन्। कुनै मानवीय क्षति नभएको प्रधानाध्यापक पूर्णबहादुर डाँगीले जानकारी दिए। उनका अनुसार करिब ५ सय ७१ विद्यार्थी रहेको विद्यालयमा घाम लागे मात्रै पढाउन सकिने अवस्था छ। छाना उडाएपछि विद्यालयको १५ लाख भन्दा धेरै क्षति भएको अनुमान गरिएको छ। हावाहुरीले १० गते विद्यामन्दिर माध्यामिक विद्यालयको छाना पनि…

Read More

भक्तपुर : नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। जसअनुसार विद्युत चुहावट अहिलेसम्मकै न्यून विन्दुमा झरेको हो। केन्द्रका अनुसार गएको आर्थिक वर्षमा १८.५८ प्रतिशत रहेको विद्युत चुहावट चालू आर्थिक वर्षको चैत महिनामा अहिलेसम्मकै न्यून ८.४६ प्रतिशतमा झरेको हो। केन्द्रका प्रमुख प्रज्ज्वलमान श्रेष्ठले चालू आर्थिक वर्षको चैत महिनाको विद्युत चुहावट ८.४६ प्रतिशत अहिलेसम्मकै न्यून चुहावट भएको दावी गरे। ‘गएको फागुन महिनासम्मै ११.८८ प्रतिशत रहेको चुहावट चैतमा आउँदा ८.४६ प्रतिशतमा झार्न सफल भएका हौं’, उनले भने। गत वर्षको चैत महिनामै विद्युत चुहावट १५.२९ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०७२/७३ मा ३७.०३…

Read More

सुर्खेतः तीन सातामा १० जनाको ज्यान जानेगरी हुम्लाको ताँजाकोटमा फैलिएको मौसमी फ्लु विस्तारै नियन्त्रणमा आउन थालेको छ। संक्रमण सुरु भएको तीन सातापछि चिकित्सकहरु पुगे पनि उपचारमा विशेष ध्यान दिँदा दुई दिनमै फ्लू नियन्त्रणमा आउन थालेको चिकित्सकले बताएका छन्। आइतबार पुगेका चिकित्सकहरुले शिविर संचालन गरेर बिरामीहरुको जाँच सुरु गरेका थिए। शनिबारसम्म नौ जनाको मृत्यु भएकोमा पुनः आइतबार राती थप एक जनाको मृत्यु भएको थियो। पहिल्यैदेखि शिरियस भएका बिरामीको ज्यान गए पनि अब गम्भीर प्रकृतिका बिरामीहरु नभएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्। सोमबार बिहान आठ बजेदेखि संचालन गरिएको शिविरमा आउने अधिकांशमा सामान्य रुघाखोकी, ज्वरो र झाडापखालाको संक्रण देखिएको चिकित्सक…

Read More

काठमाडाैं: समाज कल्याण परिषदले भृकुटीमण्डपमा सञ्चालित फनपार्क र टुकुचामा सञ्चालित तरकारी बजारको भाडा सम्झौता रद्द गरेको छ । परिषदका सूचना अधिकृत दुर्गाप्रसाद भट्टराईले भृकुटीमण्डपको फनपार्क र टुकुचाको तरकारी बजारको भाडा सम्झौता खारेज गरिएको बताए । भृकुटीमण्डपस्थित ८३ रोपनी जग्गामा पूर्वश्रमराज्यमन्त्री टेकबहादुर गुरुङले फनपार्क र ल्यामापुचःले मनोरञ्जन स्टल सञ्चालन गर्दै आएका थिए । टुकुचाको ८.५ रोपनी जग्गामा हरितकृषि सहकारीले तरकारी बजार सञ्चालन गर्दै आएको थियो । ‘भृकुटीमण्डपमा दुईवटा कम्पनीले छुट्टाछुट्टै तवरले मनोरञ्जनका स्टल सञ्चालन गर्दै आएका थिए । त्यस्तै, टुकुचामा तरकारी बजार सञ्चालन हुँदै आएको थियो,’ सूचना अधिकृत भट्टराईले भने, ‘अब उल्लेखित दुवै ठाउँमा परिषदकाे अर्को आदेशविना फनपार्क…

Read More

काठमाडौं:लगानीयोग्य रकम (तरलता)को अभाव हुँदाहुँदै पनि बैंकहरुले नाफा बढाएका छन्। तरलताको असर बैंकको नाफामा खासै नपरेको उनीहरुको तेस्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ। बैंकहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन्। उनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा नाफा बढेको देखिएको छ। सोमबारसम्म सात वाणिज्य बैंकले चालु वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन। तीमध्ये नेपाल बैंकको नाफामात्र घटेको छ। अन्य बाँकी ६ बैंकको नाफा बढेको छ। चैत मसान्तसम्म एभरेस्ट बैंकले दुई अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको छ। पोहोरभन्दा यस वर्षको नौ महिनामा यसले ३४ करोड रुपैयाँले नाफा बढाएको छ। गत वर्ष एभरेस्ट बैंकले सो अवधिमा…

Read More

काठमाडौं : सरकारले चिनी आयातमा लगाएको परिमाणात्मक प्रतिबन्द तीन महिना थप गरेकोे छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् कार्यालयले चिनी आयातमा लगाइएको प्रतिबन्धलाई निरन्तरता दिएको हो। यसअघि मन्त्रिपरिषद् बैठकले गत भदौ ३१ गते एक वर्षमा ९४ हजार ९ सय मेट्रिक टन मात्रै आयात गर्न पाउने कोटा निर्धारण गरेको थियो। यो अवधि चैतमा सकिएपछि सरकारले पुनः वैशाखदेखि असारमसान्त लागू हुने गरी राजपत्रमा सूचना प्रकाशन गरी प्रतिबन्द लगाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सह प्रबक्ता उर्मिला केसीले जानकारी दिइन्। गत चैत २५ गते नेपाल उद्योग परिसंघको वार्षिकोत्सवमा चिनी व्यापारीले झुक्याएर आफूमार्फत आयातमा अंकुश लगाउन लगाएको प्रधानमन्त्री केपी ओलीले…

Read More

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खुलामञ्च अतिक्रमणबारे अनुसन्धान थालेको छ। उजुरी परेपछि अतिक्रमण सम्बन्धमा छानबिन थालिएको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए। ‘उजुरी पनि आएको छ, छानबिन सुरु गरेका छौं,’ उनले भने, ‘सञ्चारमाध्यममा आएका विषयमा अनुसन्धान गर्छौं।’ अख्तियार स्रोतका अनुसार काठमाडौं महानगरपालिकाका सम्झौता गर्ने कर्मचारी र ठेकेदार कम्पनीमाथि अनुसन्धान भइरहेको छ। तत्कालीन प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङ, प्रशासकिय अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीलगायत कर्मचारी अख्तियारको अनुसन्धान घेरामा छन्। निर्माण कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोज भेटवालमाथि अख्तियारले अनुसन्धान थालेको छ। २०७३ जेठ २० मा काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सबीच ३ वर्ष खुलामञ्च…

Read More

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच आज ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठक सम्पन्न भएको छ । उक्त अवसरमा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको बताइएको छ । आफूले चीनको राजकीय भ्रमणको आरम्भ सियानबाट गरेको र उक्त नगरको प्रगतिबाट आफू प्रभावित भएको बताउँदै राष्ट्रपति भण्डारीले भ्रमणका क्रममा आफू र आफ्ना दलका सदस्यलाई दिइएको आतिथ्यताका लागि धन्यवाद व्यक्त गरिन् । चिनियाँ राष्ट्रपति सीले अन्तरराष्ट्रिय सहयोगका लागि ‘दोस्रो क्षेत्र र मार्ग मञ्च’मा समकक्षी भण्डारीले राम्रो विचार व्यक्त गरेको उल्लेख गर्दै नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइ दिन आफू तयार रहेको बताइन् ।…

Read More

पाल्पा : पाल्पामा बेहुली लिएर फर्किर्दै गरेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। भिरपानीमा विवाह सकेर बेहुली लिएर फर्किर्दै गरेको लु १ ज १९४१ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै पाँच जनाको मृत्यु भएको हो। पाल्पाको निस्दी गाउँपालिका ७ हुवासबाट जन्ती लिएर जिप भिरपानी पुगेको थियो। मृत्यु हुनेमा निस्दी ७ का ४५ वर्षीय खड्गबहादुर सोमै, सोही स्थानका ५५ वर्षीय देवीलाल खन्गाह, ४५ वर्षीय लालबहादुर सारु, ५७ वर्षीय सन्तबहादुर सारु र चालक बुद्धिबल सोती रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक भूपालसिंह रानाले जानकारी दिए। जिप अनियन्त्रित भइ सडकबाट करिब चार सय मिटर तल खसेको प्रहरीको भनाइ…

Read More

काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देखाउन मिल्ने गरी सरकारले एउटा पनि काम गर्न नसकेको आरोप लगाएका छन् । सोमबारबाट सुरु भएको संघीय संसदको बर्खे अधिवेशनलाई सम्बोधन गर्दै नेता देउवाले प्रधानमन्त्रीको समृद्धि गफ र नारामै सीमित भएको आरोप लगाए । प्रधानमन्त्री काम गरेर देखाउने ऐतिहासिक अवसरबाट चुकेको पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाको दाबी छ । ‘सरकारले १४ महिनामा जनतामा आशा जोगाउने एउटा पनि काम गरेको छैन’, देउवाले भने, ‘जताततै निराशामात्र छ । प्रधानमन्त्रीले घोषणा गरेको समृद्धि गफ र नारामै सीमित भएको छ ।’ उनले कुहिरोभित्र हराएको कागको नियतिबाट बाहिर निक्लिएर सही बाटोमा हिँड्न सरकारलाई सुझाव दिए…

Read More