Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
सिरहा:सिरहाको कल्याणपुर नगरपालिका ८ मा जलिरहेको अवस्थामा भेटिएकी २० वर्षीया कञ्चन मण्डलको मृत्यु भएको छ । मण्डलको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो । कञ्चन कल्याणपुर नगरपालिकाको अरङ मण्डल टोलमा आफ्नै घरको आँगनमा जल्दै गरेको अवस्थामा भेटिएकी थिइन् । बिहिबार बिहान करिब ९ बजे आँगनमा जल्दै गरेको अवस्थामा भेटिएकी उनको शरीरको करिब ७५ प्रतिशत भाग जलेको थियो । थप उपचारको लागि काठमाडौं लगिएकी उनको उपचारका क्रममा मृत्यु भएको हो । कञ्चनको मृत्यु भएलगत्तै उनकी सासु सुर्जीदेवी मण्डललाई मिर्चैया प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चन वृद्ध सासू सुरजीदेवी मण्डल र करिब दुई वर्षीया छोरी राधासँग घरमा बस्दै आएकी…
काठमाडौँ: रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत आयोजनामा आवदेन दिनेजति सबैले शेयर पाउने भएका छन्। रसुवागढी हाइड्रोपावरमा न्युनतम ३० कित्ता र अधिकतम ४० कित्ता शेयर पाउने छन्। सान्जेन जलविद्युतको आइपिओ न्युनतम १० कित्ता र अधिकतम २० कित्तासम्म पाउने भएका छन्। रसुवागढीको प्राथमिक शेयरमा तीन लाख दुई हजार ५८१ जनाले एक करोड ७१ लाख कित्ताको लागि आवेदन दिएका छन्। कम्पनीले सर्वसाधारणको लागि ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर निष्काशन गरेको थियो। आवेदन दिने जति सबैले ३० कित्ता पाए पछि बाँकी दुई लाख ६२ हजार कित्ता शेयर बाँकी रहन्छ। बाँकी रहेको उक्त २६ हजार २०३ जनाले थप १०…
काठमाडौँ: केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा ६.८१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ। योसँगै नेपालको अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब पुगेको छ। भुँइचालो पछि आर्थिक वर्ष २०७३/७४ मा ७.७४ प्रतिशतले बढेको थियो। त्यसपछिको वर्ष २०७४/७५ मा ६.३ प्रतिशतले बढेको अर्थतन्त्र यो वर्ष ६.८१ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। नेपालको आर्थिक बृद्धिदरको इतिहासमा पहिलोपटक लगातार तीन वर्ष ६ प्रतिशत माथिको बृद्धि भएको हो। चालु वर्षको नौ महिना भित्र देशको आर्थिक गतिविधिका आधारमा आर्थिक बृद्धिदरको प्रक्षेपण विभागले गरेको हो। अर्थतन्त्रको संरचनामा कृषि तथा वन, माछा तथा खानी उत्खनन् क्षेत्रको हिस्सा २७.५९ प्रतिशत रहेको छ। यो…
काठमाडौँ: सिराहाको कल्याणपुर नगरपालिकाकी २१ वर्षीया कञ्चन मण्डललाई पतिले आगो लगाएर हत्या गर्ने कोशिश गरेका छन्। उनका पति बेचन मण्डल खत्वेले २१ वर्षीया श्रीमती कञ्चन मण्डलको शरीरमा बिहीबार आगो लगाइदिएको प्रहरीले जनाएको छ । आगोले कञ्चनको शरीरको ८० प्रतिशत भाग जलेको छ । तत्कालै उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइए पनि त्यहाँ उपचार सम्भव नहुँदा थप उपचारका लागि काठमाडौं रिफर गरिएको सिरहा प्रहरीले जनाएको छ । बिहीबार बिहान भान्छामा काम गरिरहेकी कञ्चनलाई आगो लगाएर उनी फरार भएको अनुमान प्रहरीले गरेको छ। नलाई आगो लगाएर मार्ने कोशिश गरेको भन्दै प्रहरीले सासू सुर्जी खत्वेलाई पक्राउ…
काठमाडौँ: काठमाडौँ उपत्त्यकामा खसीको मासुको मूल्य आकाशिएको छ । १५ दिन अघिसम्म एक हजार रुपैयाँदेखि एक हजार ५० रुपैयाँसम्ममा विक्री हुने खसीको मासु अहिले प्रतिकेजी एक हजार २०० भन्दा बढीमा विक्री वितरण भइरहेको छ । सरकारले नेपाल भारत सिमानाकामा चौपाया निकासीमामा कडाई गर्न थालेपछि भारतीय खसी आयातमा कमि हुँदा नेपालमा खसीको मासुको मूल्य बढेको खसी व्यापारी दिपक थापाले बताए । नेपाल भारत नाकामा भन्सार पास हुँदा चौपायाको स्वस्थ परिक्षणको प्रमाणपत्र अनिबार्य गरेपछि भारतीय व्यापारीले नेपालमा खसी निर्यात गर्न नसकेको उनले बताए । नाकामा कडाई भएपछि नाकाबाट लिगल रूपमा खसीबोका नआएको बताउदै खुला सिमाना भएकोले चोरि निकाशी भने…
काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट कच्चा तेल आयात गर्ने विषयमा कुनै पनि मुलुकलाई छुट नदिने फैसला गरिसकेका छन् । अमेरिकाको यो फैसलाले सर्वाधिक असर भारत र चीनलाई पर्ने देखिएको छ । यसले भारको कच्चा तेलको लागत ३ देखि ५ प्रतिशत बढ्ने आकलन गरिएको छ । यसले महँगी बढ्ने र रुपैयाँको मूल्यमा गिरावट आउनेछ । इरानी तेल रोक्नाले भारतमा कस्तो कस्तो असर पर्छ त ? निर्यात घट्ने कच्चा तेलको मूल्यमा ३ देखि ५ प्रतिशतसम्मको वृद्धिले भारतको निर्यात कारोबारमा कमी आउनेछ । भारतीय व्यापार प्रवद्र्धन परिषदको अध्यक्ष मोहित सिगंललालाई उद््धृत गर्दै समाचार एजेन्सी पीटीआईले भनेको छ, ‘निर्यात क्षेत्रमा प्रभाव पर्ने…
काठमाडौँ: नेपाल आयल निगमले ग्यास उद्योगी, ढुवानी कम्पनी तथा बिक्रेताको कमिसन वृद्धि गरे पनि व्यवसायीले भने अझै असन्तुष्टि जनाएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् । बास्तविक बजार भाउको बेवास्ता गरी एकतर्फी रूपमा अवैज्ञानिक तरिकारले झिनो वृद्धि गरिएको र यसबाट समस्याको समाधान हुन नसक्ने नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ । सङ्घले विरोधका लागि आगामी हप्ता व्यवसायीको राष्ट्रिय भेला आयोजना गर्न लागेको छ । सङ्घका अध्यक्ष गोकुल भण्डारी भन्छन्, बाह्य ढुवानी खर्च बढाएको छैन, यो छ वर्षअघि सिफारिस गरिएको मूल्य हो, अहिले बल्ल वृद्धि गर्नुको कुनै सान्दर्भिकता छैन, यसले समस्याको समाधान…
काठमाडौं: गरिब नेपालीलाई सेवा बेचेर वार्षिक अर्बौं रुपैयाँ कमाउँदै आएको निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलले खरिद–बिक्रीमा पुँजीगत लाभकर तिर्न आलटाल गरेपछि मुलुकभरबाट विरोध भएको छ। लाभकर तिर्न अटेरी गर्ने एनसेलको विरोधमा उसका सिम प्रयोग नगर्न विभिन्न विद्यार्थी संगठनले आह्वान गरेका छन्। निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी एनसेल २०७२ सालमा बिक्री हुँदा उसले एक खर्ब ४३ अर्ब रुपैयाँ नाफा गरेको सरकारको भनाइ छ। नाफाअनुसार कानुनले तोकेको पुँजीगत लाभकर नतिरेर एनसेलले लामो समयदेखि बहानाबाजी गरिरहेको छ। सरकारले निर्धारण गरेको लाभकर बढी भएको भन्दै एनसेलले फेरि सोमबार सर्वोच्च अदालतमा मुद्दा हालेको छ। ‘एनसेलले राज्यलाई तिर्नुपर्ने कर एनसेलले लाभकर तिर्न अनेक…
काठमाडौं : राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हाुन काठमाडौंवासीको लागि नौलो विषय होइन । सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदा आन्तरिक र अन्तराष्ट्रिय गरी करिब दुई सय उडान प्रभावित भएका छन् । राष्ट्रपतिको सवारीका लागि विमानस्थलमा ५७ मिनेट सबै उडान रोकिएको थियो । यसले उडान तालिका अस्तव्यस्त बन्यो भने यात्रुले घन्टौँसम्म विमानस्थलको कुर्नुप-यो । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।
काठमाडौँ: अखबारमा पहिलोपटक सर्वसाधारणको तस्बिर छापिएको ९२ वर्ष पुगेको छ । गोरखापत्रले १९८४ साल वैशाख १३ गते सोमबार वीरगन्जकी एक महिलाको तस्बिरलाई तेस्रो पृष्ठमा छापेको थियो । त्यसअघि तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराको तस्बिर १९८३ साल साउन १८ गते सोमबार छापिएको थियो । यो गोरखापत्र समाचार आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेका छन् । सर्वसाधारणको तस्बिर छापिएकोले राष्ट्रिय फोटो पत्रकार समूहको सक्रियतामा झण्डै दुई दशकदेखि हरेक वैशाख १३ गतेलाई राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाइँदैआएको छ । वि.सं. १९८४ वैशाख १३ गते गोरखापत्रमा ‘विविध विषय’ शीर्षकमा कपासको गुणका बारेमा एउटा आलेख छापिएको थियो । विविध विषयको ठिक मुनि…