Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : नयाँ वर्षको दोस्रो दिनमा शेयर बजारमा दोहोरो अंकले बढेको छ । नेप्से सूचक हरियो बन्दा कारोबार रकम पनि सुधार आएको छ । नेप्से सूचक मंगलबार २३.३३ अंकले बढेर १२१२.०५ विन्दुमा आइपुगेको छ । कुल १७० कम्पनीको ७४ करोड २७ लाख १८ हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । आज ८ हजार ९७८ कारोवारमा २४ लाख ११ हजार ६५० कित्ता सेयर खरिदबिक्री भएका छन् । नयन वर्षको पहिलो दिन सोमबार नेप्से ४.७० अंकले बढेको थियो । आइतबारदेखि एकैपटकमा ५ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्रीमा प्यान लागू गरिएको छ । आजको कारोवारमा सबै सहूहको परिसूचक हरियो…
काठमाडौ: मुगु जिल्लाको तीन ठाउँंहरुमा रारा भिलेज रिसोर्ट प्रालि सञ्चालनमा ल्याइने भएको छ । मुगु जिल्लाको विमानस्थल ताल्चा, त्यस नजिकको सल्लेरी र मुर्मा गरी तीन ठाउँंहरुमा रिसोर्ट सञ्चालनमा ल्याइन लागेको हो । रिसोर्ट भबनको बैशाख ६ गते शुक्रबार शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ । पहिलो चरणमा ताल्चा र सल्लेरीमा भबन शिलान्यास गर्न लागेको जनाइएको छ । दोश्रो चरणमा मुर्मामा भबन निर्माणको शिलान्यास हुने जनाइएको छ । गोर्खा इको प्यानल (निर्माण सामाग्री) को प्रयोगबाट रिसोर्ट भबन निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । मुगुको सामाजिक आर्थिक विकासको एक मात्र आधार मानिएको रारा तालमा वर्षेनी हजारौं स्वदेशी तथा विदेशी…
काठमाडौँ: नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा ओमानलाई पराजित गरेको छ । सेलंगोर टर्फ क्लबमा भएको खेलमा ओमानलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको हो । नेपालले दिएको २३० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको ओमानले ४४.१ ओभरमा सबै विकेटको क्षतिमा ७९ रन मात्रै बनाउन सक्यो । ओमानका लागि दुई जना खेलाडीले मात्रै दोहोरो अंकको स्कोर छुन सके । अमानप्रित सिराहले १३ रन बनाए भने जिल तन्नाले १३ रन बनाए । ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका पवन सर्राफले तीन विकेट लिए । त्यस्तै, सूर्य तामाङ र प्रतिश जिसीले दुई विकेट लिए । टस हारेर पहिले…
काठमाडौं: नेपाली सेनाले विभिन्न पदमा ८ हजार एकसय २ जना कर्मचारी माग गरेको छ। नेपाली सेनाले देशभरिका २९ वटा भर्ती केन्द्र मार्फत लेखा जमदार कर्मचारी, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्य वादक, कुचिकार, सूचिकार, धोवी, सयस, सिकर्मी, माली, अमल्दार कर्मचारी, केशकर्तक, सहायक पण्डित लगायतका पदमा कर्मचारी माग गरेको हो। नेपाली सेनाले सैन्य सेवाका लागि मात्रै ७ हजार ६ सय ३५ जना कर्मचारी माग गरेको छ। योग्यता पुगेका नेपाली नागरिकले वैशाख तीन गतेदेखि जेठ एक गतेसम्म २९ वटा भर्ती केन्द्र मार्फत आवदेन दिन सकिने सेनाले जनाएको छ।
काठमाडौं : सहुलियत कर्जा प्रवाहलाई वार्षिक लक्ष्य निर्धारण गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ अनुरुपका कर्जा प्रवाहलाई थप प्रभावकारी बनाउन वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो । एकीकृत कार्यविधि, २०७५ अनुसार सहुलियत कर्जा अन्र्तगत व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा ५ करोड रुपैयाँसम्म, शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख रुपैयाँसम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाख रुपैयाँसम्म दिने व्यवस्था छ । साथै, महिला उद्यमशील कर्जा १५ लाख रुपैयाँसम्म, दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख रुपैयाँसम्म, उच्च र प्राविधिक तथा…
काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार छलफल भएको छ । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहको कमिटी टुंगो लगाउने विषयमा छलफल भए पनि सहमति जुटेन । वरिष्ठ नेता नेपालले मापदण्ड, विधि, प्रक्रिया र आधारका विषयमा नेतृत्व टुंगो लगाउनुपर्ने सुझाव दिएका छन् । तर, अध्यक्षद्वय ओली र दाहाल वैशाख पहिलो सातासम्ममा सहमति गर्ने, नभए ‘पेलेरै’ भए पनि नेतृत्वको घोषणा गर्ने निष्कर्षमा पुगेका छन् । अध्यक्ष ओली र दाहालबीच यस विषयमा पटक–पटक…
काठमाडौं: बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको अभियोगमा छानबिन सुरु भएपछि एकदर्जनभन्दा बढी आरोपित फरार भएका छन् । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् । ललितानिवास परिसरको सरकारी जग्गा हिनामिना गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेपछि डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी र भूमाफियाको समूह फरार भएका हुन् । सरकारले ५४ वर्षअघि मुआब्जा दिएर ललितानिवासको जग्गा अधिग्रहण गरेको थियो । राजनीतिक नेता, मन्त्रिपरिषद्का सदस्य, मन्त्रालयका सचिव, मालपोतका कर्मचारी, व्यापारी र भूमाफियाको मिलेमतोमा ललितानिवास र त्यसले चर्चेको करिब एक सय १४ रोपनी जग्गा हडपिएको हो । ब्युरो…
काठमाडौं : मलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्न दुई सय ९० स्वास्थ्य संस्था इच्छुक देखिएका छन्। उपत्यकाका साथै बाहिरका केही ठूला अस्पताल तथा मेडिकल कलेजले मलेसिया रोजगारको स्वास्थ्य परीक्षण गर्न इच्छुक देखिएका हुन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया स्वस्थ्य परीक्षणका लागि मापदण्डसहित आवेदन दिन १५ दिनअघि सम्पूर्ण स्वास्थ्य संस्थासँग आवेदन मागेको थियो। मन्त्रालयका अनुसार पहिले सुचीकृत भएका दुई २६ वटा स्वास्थ्य संस्थाले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक भएका छन्। त्यस्तै थप एक सय २६ वटा स्वास्थ्य संस्थाले समेत मलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्न रुची देखाएका छन्। श्रम मन्त्रालयका अनुसार विभिन्न देश जाने कामदारको…
काठमाडौं : नेपालमा विदेशी किन आउँछन् ? घुम्न, व्यापार गर्न वा कुनै गैरसरकारी निकायमा जागिर खान । धेरैको बुझाइ छ, नेपाल आउने सबै पर्यटक हुन् । हो, अधिकांश विदेशी घुम्नकै लागि आउँछन् । तर पछिल्लो समयमा विदेशीहरू आपराधिक मनस्थितिमा नेपाल आउन थालेका छन् । सरकारी तथ्यांकले नै भन्छ, विदेशीहरू घुम्नमात्र होइन अपराध गरेर लुक्न वा आपराधिक क्रियाकलापमा संलग्न हुन नेपाल आउने क्रम बढेको छ । पर्यटकका लागि अनअराइभल भिसा व्यवस्थाका कारण धेरै विदेशीलाई नेपाल आउन सजिलो भएको छ । केही विदेशीले त्यसको गलत प्रयोग गरिररहेका छन् । घुम्ने बहानामा आएका केही विदेशी अवैध हतियार प्रयोग तथा तस्करी, महिला…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपालले सोमबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा समता स्कुललाई हस्तान्तरण गरेको ‘वल्र्ड बुक अफ रेकर्ड’ (डब्लुबिआर) प्रमाणपत्र नक्कली रहेको पाइएको छ । सबैभन्दा सस्तो शुल्कमा शिक्षा प्रदान गरेबापत प्राप्त सो प्रमाणपत्रमा के लेखिएको छ भनेर हस्तान्तरण गर्नेहरुले ध्यान दिएको पाइएन । उनीहरुले हस्तान्तरण गरेको प्रमाणपत्र नक्कली थियो । यो समाचार आजको नागरिक दैनिकमा विकेनकुमार दवाडीले लेखेका छन् । प्रमाणपत्रमा सन्तोष शुक्ला नाम गरेका व्यक्तिले उक्त विश्व रेकर्डलाई प्रमाणीकरण गरेका छन् । उनलाई भारतको सर्वोच्च अदालतले वकिल भनेर उल्लेख गरिएको छ । तर गुगलमा उनका बारेमा सर्च गर्दा उनको…