Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
सिरहा: सल्हेस फूलबारीको मध्यभागमा हारमका दुइटा रूख छन्। यसमा रहेको चाँदीगाभा (सुनाखरी) वैशाख १ गते ढकमक्क फुल्छ। फूल हेर्न नयाँ वर्षमा घुइँचो लाग्छ। यो ठाउँ पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका–१२ भोटिया टोल चोकबाट डेढ किलोमिटर दक्षिणमा पर्छ। हारमका रूखनजिकै प्रतिमासहित मालिनी मन्दिर छ। त्यसको ५० मिटर दक्षिणमा सल्हेस मन्दिर छ। यहाँको कथा १४औं शताब्दीका राजा सल्हेस र उनका प्रेमिका मालिनीहरू (रेशमा, कुशमा र दौना) बीचको सम्बन्धसँग जोडिएको छ। त्यस बेला सिरहा सदरमुकामलाई महिसोथा गढ राज्य भनिन्थ्यो। यहींका राजा थिए, सल्हेस। किंवदन्तीअनुसार उनी मानिक दहमा स्नान गर्थे। फूलबारीमा फूल लिन्थे। सिल्हट अखडामा कुस्ती खेल्थे। सल्हेस गढमा गएर देवीदेवताको पूजा गर्थे। फूलबारी मालिनीहरूको…
काठमाडौँ: रक्षा मन्त्रालयको बेरुजु झण्डै दोब्बरले बढेको छ। गत बर्षको महालेखा परीक्षकको प्रतिवेदनमा ६ अर्ब ५१ करोड १० लाख ८५ हजार बेरुजु थियो। अहिले बढेर ११ अर्ब १४ करोड ७२ लाख ८८ हजार पुगेको छ। रक्षा मन्त्रालयमा बेरुजु देखिनुमा नेपाली सेनाको ठूलो भूमिका छ। किनभने बजेटको ठूलो हिस्सा सेनामा जान्छ। गएको बर्ष बेरुजु बढी हुने मन्त्रालयमा रक्षा मन्त्रालय पाँचौं नम्बरमा थियो भने अहिले तेस्रोमा उक्लिएको छ। बेरुजु बढी हुने मन्त्रालयको पहिलो सूचीमा अर्थ मन्त्रालय छ भने दोस्रोमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय छ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले फरक शारीरिक क्षमताका बालक आदित्य दाहालको प्रशंसा गर्दै उनले विज्ञानलाई नै चुनौती दिएको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबार राजधानीमा बालक आदित्य दाहालको पुस्तक ‘कलियुगको आदित्य एवं ज्योतिपथ’ को अंग्रेजी संस्करणको विमोचन गर्दै उनीबारे अध्ययन गरेर निश्कर्ष सुनाउन संसारका वैज्ञानिकलाई चुनौती दिएका हुन् । भविश्य बताउन सक्ने प्रचार गरिएका आदित्य दाहाललाई यतिबेला ‘बालगुरु’ समेत भन्न थालिएको छ । उनका बारेमा अध्ययन गर्न प्रधानमन्त्री ओली वैज्ञानिकहरुलाई आग्रह गरे पनि बालक आदित्यलाई धर्मगुरुजस्तो ठान्ने र शीर्षनेताहरुसमेत शीर झुकाउँदै शरण पर्ने गरेकाले उनलाई देवत्वकरण गर्न थालिएको प्रष्ट छ । र, यसमा प्रधानमन्त्री ओलीले समेत पुठ…
काठमाडौँ: अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ को बजेट तयारीको काम तीव्र रूपमा अगाडि बढाएको छ । संवैधानिक व्यवस्थाअनुसार सरकारले आगामी १५ जेठमा बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ । वित्तीय संघीयता कार्यान्वयनको पहिलो बजेट समीक्षासहित अहिले अर्थ मन्त्रालय आगामी आर्थिक वर्षको बजेट निर्माणको आन्तरिक गृहकार्यमा जुटेको छ । यसका लागि अर्थ मन्त्रालयले विज्ञहरूबाट आवश्यक सुझावसमेत माग गरेको छ । सरकारले आगामी आवका लागि ल्याउने बजेट राष्ट्रिय योजना आयोगको १५आंै पञ्चवर्षीय योजनाको आधारपत्रमा आधारित हुने मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले बताए । मन्त्रालयले विभिन्न क्षेत्रका सम्बन्धित विज्ञहरूसँग राय सुझाव मागिएको जनाएको छ । मन्त्रालयले मागेका सुझावमा राजस्व नीति, मूल्य अभिवृद्धि…
काठमाडौँ: हिन्दू धर्मालम्बीहरुले आज रामनवमी र चैतेदशैं पर्व मनाउँदै छन् । दशैं तथा रामनवमीको अवसरमा शनिबार बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । फरक–फरक दिनमा चैतेदशैं र रामनवमी पर्व पर्ने गरेको भए पनि यस वर्ष एकै दिन परेको पञ्चांग निर्णायक समितिले जनाएको छ । अष्टमीलाई पूर्वाह्न र नवमीलाई अपराह्नको समय लिनुपर्ने भएकाले एकैदिन दुवै पर्व परेको पञ्चांग निर्णायक समितिको भनाइ छ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुईपटक दशैं मनाउने गर्छन् । असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ । बडा दशैंमा जमरा र टीका…
काठमाडौं : प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवामाथि सरकारविरुद्ध आन्दोलनको नेतृत्व लिन दबाब परेको छ। प्रमुख प्रतिपक्षी भएर पनि सरकारका गलत क्रियाकलापप्रति मौन रहेको भन्दै विभिन्न दलका नेताहरूले देउवालाई आन्दोलनको अगुवाइ गर्न आग्रह गरेका हुन्। देउवाले अगुवाइ गरेमा आफूहरूले साथ दिने प्रतिबद्धता नेताहरूले दिएका छन्। राजधानीमा शुक्रबार ११ विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा सहभागी दलका नेताले सरकारका गैरसंवैधानिक क्रियाकलापविरुद्ध सशक्त भूमिका निर्वाह गर्न देउवलाई सुझाव दिए। सरकारबाहिर रहेका नेकपा क्रान्तिकारी माओवादी, नेकपा माले, राजपा, नयाँ शक्ति पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रवादी केन्द्र नेपाललगायत दलहरू आन्दोलनको अगुवाइ कांग्रेसले गर्नुपर्ने पक्षमा छन्। ‘यो सरकारले प्रतिपक्षीको नेता पाएको छैन। प्रतिपक्षीको नेता…
काठमाडौँ: नेपाल वायुसेवा निगमको यही चैत १९ गते राती सवा नौ बजे काठमाडौं दुबई उडान रद्द गर्ने कर्मचारीलाई कारबाही सिफारिस भएको छ । निगमको उक्त उडान रद्द भएको विषयमा आवश्यक छानबिन गर्न बनेको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने संयोजकत्वको एक समितिले शुक्रबार प्रतिवेदन बुझाएको छ । पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको उक्त प्रतिवेदनमा सम्बन्धित निकायका छ जना कर्मचारीलाई विभागीय कारबाही गर्न समितिले किटानीसहित सिफारिस गरेको छ । निगको उक्त उडान रद्द हुनुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टावरमा उक्त समयमा ड्युटीमा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका दुइ जना जिम्मेवार कर्मचारी, उडान रद्द भएपनि उपयुक्त कदम नचाल्ने नेपाल वायुसेवा निगमका विमानस्थल…
काठमाडौं: कर्मचारी समायोजनपछि प्रदेश र स्थानीय तहमा करिब ३७ हजार कर्मचारी अपुग देखिएको छ । संघीय मामिला तथा मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले शुक्रबार बसेको संसद्को राज्य व्यवस्था समितिको बैठकलमा सो विषयमा जानकारी गराएको हुन् । कर्मचारी समायोजनमा देखिएका समस्याबारे छलफल गर्न बसेको बैठकमा समितिका सदस्यहरुले खटाइएको ठाउँमा जान इन्कार गर्दै मन्त्रालयमा निवेदन दिएका करिब १२ हजार असन्तुष्ट कर्मचारी विषयमा जिज्ञासा राखेका थिए । यस विषयमा केही सांसदले सरकारले खटाएको ठाउँमा कर्मचारी जानु पर्ने धारणा राखेका थिए भने कहीले संघबाट प्रदेश र स्थानीय तहमा कर्मचारी पठाउने व्यवस्था नै संघीयताविपरीत भएको बताएका थिए । यो समाचार भुवन शर्माले…
काठमाडौं: नेपालको इतिहासमै पहिलो पटक बारा र पर्सा जिल्लामा आएको ‘टोर्नाडो’ आगोको ज्वालासहित आएको पुष्टि विज्ञहरूले गरेका छन् । तराईको बारा, पर्सा क्षेत्रमा चैत १७ गते आएको टोर्नाडोको अध्ययन गर्न पुगेको टोलीमा सहभागी विज्ञहरूले यस्तो पुष्टि गरेका हुन् । टोर्नाडो पत्ता लगाउन मुख्य भूमिका खेल्नु भएका विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठले नेपालको टोर्नाडोले विश्वकै ध्यान खिँचेको जानकारी दिनुभयो । चट्याङसहितको बादलले पारेको असिनाले पनि टोर्नाडोको विकराल रूप देखाएको उहाँले बताउनुभयो । उहाँका अनुसार एउटा घरको भार १५ पाउण्ड रहँदा टोर्नाडोको क्षमता १३.८ पाउण्डको रहेको थियो । करिब दुई सय किलोमिटर प्रतिघण्टाको…
काठमाडौं: महालेखा परीक्षकको कार्यालयले ५६ औं प्रतिवेदन सार्वजनिक गरेको छ। महालेखाले आर्थिक वर्ष २०७४÷०७५ को लेखा परीक्षण गर्दै बेरुजु तथा अनियमिततको विवरण सार्वजनिक गरेको हो। संवैधानिक निकायको रुपमा रहेको महालेखाले उक्त प्रतिवेदन आजै राष्ट्रपतिसमक्ष र सातै प्रदेशका प्रदेश प्रमुख समक्ष पेस गरिसकेको छ। गएको वर्ष ६ हजार ६४४ निकायको आर्थिक कारोवारको लेखापरीक्षण गरिएको महालेखा परीक्षक टंकमणी शर्माले जानकारी दिए। संघीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्था, जिल्ला समन्वय समिति समेतको रु.५१ खर्ब ६० अर्ब ९२ करोडको लेखापरीक्षण सम्पन्न भएको शर्माले जानकारी दिए। लेखापरीक्षणको क्रममा विगतका अभ्यास र अन्तराष्ट्रिय प्रचलन, सर्वोच्च लेखापरीक्षण संस्थाहरुको अन्तराष्ट्रिय संगठन…