Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले मेरो सरकार भनेकोमा गम्भीर आपत्ति जनाएको छ । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा सुरु भएको छलफलमा भाग लिँदै विपक्षी दलका नेता शेरबहादुर देउवाले मेरो सरकार भन्नु बेलायती महारानीको शैली भएको बताए । सरकारले राष्ट्रपतिको संस्थालाई पटक पटक विवादमा तानेको भन्दै कांग्रेस सभापति देउवाले भने, ‘बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाएर थप विवादमा पारेको छ । यो लोकतान्त्रिक गणतन्त्रका लागि शुभसंकेत होइन ।’ सांसद मिनेन्द्र रिजालले हिजो राजाले मेरो सरकार भनेर सम्बोधन गर्ने र अन्त्यमा पशुपतिनाथले कल्याण गुरुन् जयनेपाल भनेर टुंग्याउने गरेको स्मरण गरे । ‘त्यो प्रवृत्तिमा सरकार हिँड्दैछ,’ उनले अघि…
ललितपुर: पुर्वसभासद् गायत्री साह र उनका श्रीमान राजेश महतो पक्राउ परेका छन्। साह दम्पत्तीलाई प्रहरीले आइतबार दिउँसो ललितपुरको मेडिसिटी अस्पतालबाट पक्राउ गरेको हो। ‘फौजदारी अभियोगमा उहाँहरुलाई पक्राउ गरिएको हो’, महानगरीय प्रहरी परिसर जावलाखेलका डीएसपी नारायण चिमोरियाले भने, ‘ललिपुरको १८ बाट पक्राउ गरेका छौँ ।’ अस्पताल परिसरबाटै उनीहरुलाई प्रहरीले घिसार्दै पक्राउ गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । प्रहरीले गायत्रीलाई सातदोबाटोमा राखेको छ भने राजेशलाई जावलाखेलमा राखिएको छ । वैशाख १३ गते मेडिसिटी अस्पतालले दिएको उजुरीका आधारमा साह दम्पत्ती पक्राउ परेको चिमोरियाले जानकारी दिए। मेडिसिटी अस्पतालले दिएको उजुरीमा आफ्नो सन्तान अस्पतालमै छोड्नु गैरकानुनी भएको उल्लेख गरिएको छ। …
काठमाडौँ: सुन तस्करीविरुद्ध सरकार सक्रिय भएपछि तस्करले नयाँ-नयाँ उपाय प्रयोग गर्न थालेका छन्। पछिल्लोपटक काठमाडौंमा सर्टका टाँक बनाएर ल्याइएकाे सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। त्रिभुवन अन्तराष्ट्रय विमानस्थलबाट ८ सय १५ ग्राम सुनसहित भारतीय नागरिक सतिशकुमार अरोरालाई प्रहरीले शनिबार पक्राउ गरिएको, विमानस्थल भन्सार कार्यालयका प्रमुख कर्ण प्रसाद तिमिल्सिनाले जानकारी दिए । थाई लायन एयरलाइन्सबाट आएका सतिशले सुनलाई सर्टका टाँक बनाएर ल्याएका थिए। उनले लुगा सिलाउन प्रयाेग हुने सामाग्री ल्याएका थिए। प्रहरी र भन्सारकाे टाेलीले शंका लागेर जाच्दा सुन भएकाे पत्ता लागेकाे हाे। भन्सार, विमानस्थल प्रहरी र अपराध महाशाखाकाे संयुक्त टाेलीले उनलाइ पक्राउ गरेकाे हाे। थप अनुसन्धान भइरहेकाे…
काठमाडौं: मुद्दा मिलाइदिने बहानामा घुस माग्ने एक नायव सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायव सुब्बा कृष्ण कुमार पाठकलाई तीन लाख घुससहित अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनलाई चारबाहीनी चोकस्थित श्री लयर्स च्याम्बरबाट शनिबार नियन्त्रणमा लिइएको बुटवलस्थित सम्पर्क कार्यालयका कार्यालय प्रमुख उपसचिव गणेश गैरेले जानकारी दिए । अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस माग गरेका थिए । बाँकेको जानकी गाउँपालिका वडा नम्बर एकका स्थायी बासिन्दा पाठकमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
काठमाण्डौं: डेनिस ब्राण्ड टुबोर्गले आफ्नो सफल सांगीतिक अभियान ‘टुबोर्ग ओपन’ यो वर्ष पनि सुरु गर्ने घोषणा गरेको छ । यस पटकको सांगितिक ट्रयाकको लागि ग्रामी अवार्ड विजेता ‘क्लिन व्यान्डिट’ र ‘नितेश जंग कुंवर’ले सांगीतिक सहकार्य गर्नेछन् । ‘क्लिन ब्यान्डिट’ मा ग्रेस च्याटो र प्याटेरसन दाजु–भाई लुक र ज्याक प्याटेरसन रहेका छन् । क्लिन ब्यान्डिटलाई क्लासिकल्, पप र ईलेक्ट्रो जस्ता विभिन्न सांगीतिक शैली मिलाई प्रस्तुति दिने सांगीतिक समूहको रुपमा चिनिन्छ । डेमी लोभाटो र सिन पल जस्ता कलाकारहरुसँग निकै लोकप्रिय रहेको ‘सोलो’ र ‘रकबाई’ गीतमा काम गरिसकेका क्लिन ब्यान्डिटले विश्वभर आप्mना गीतहरुको ४ करोड भन्दा बढी कपीहरु विक्रि गर्न…
काठमाडौँ: सरकारका तर्फबाट संघीय संसदमा पेस भएको वार्षिक नीति तथा कार्यक्रममा आजदेखि छलफल हुँदैछ। शुक्रबार पेस भएको कार्यक्रममा शनिबार संशोधनका लागि समय दिइएको थियो। मंगलबार यो प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत हुनेछ । यसमा कांग्रेसले संशोधन प्रस्ताव हालेको छ भने नेकपाभित्र पनि असन्तुष्टि छ । तथापि नेकपाका सांसउदहरु मन नलागी नलागी यसलाई पारित गर्नुपर्ने बाध्यतामा छन् । संशोधन दर्ता अवधिमा प्रमुख प्रतिपक्ष दलसहित ३ दलका ६ वटा संशोधन दर्ता भएका छन्।प्रमुख दलका शीर्ष नेताहरुबाट छलफलको प्रारम्भ गर्ने तयारी संसद् सचिवालयको छ। छलफलमा संशोधनकर्ताले प्राथमिकता पाउनेछन्। शनिबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा संसदीय दलका नेता एवं प्रधानमन्त्री…
काठमाडाैं: राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन् । तिमिल्सिनाले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको खुलेको हो । जब कि उनले संसद् सचिवालयबाट बेग्लै चालक प्रयोग गरिरहेका छन् । ‘अध्यक्षज्यूको गाडी अधिकांश समय संसद् सचिवालयकै चालक सलामसिंह लामाले चलाउँछन् । अध्यक्षकै सेवाका लागि भनेर लामालाई तोकिएको छ । तर, सचिवालयबाट हरेक महिना निजी सवारीचालक शीर्षकमा अध्यक्षकै खातामा रकम गइरहेको छ,’ संघीय संसद् सचिवालय स्रोतले भन्यो, ‘अध्यक्षज्यूले चारै जनाको पारिश्रमिक आफ्नै खातामा राखिदिन भनेकाले त्यसै गरेका हौँ । पुसदेखि…
काठमाडौँ: दुई दर्जनभन्दा धेरै नेपाली बालकमाथि यौन दुराचार गरेको अभियोगमा क्यानडा प्रहरीले युरोपियन युनियनका पूर्वकर्मचारी पाउल म्याकार्थीलाई पक्राउ गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् । नेपाल प्रहरीको उजुरीका आधारमा क्यानडा प्रहरीले दुई महिनाअघि उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार अनुसन्धानपछि उनले नेपालमा रहँदा नेपाली बालकहरुमाथि यौन दुराचार गरेको गोप्य भिडियो र फोटो फेला पारेको थियो । पाउल नेपालमा युरोपियन युनियनको भ्रष्टाचार नियन्त्रणसम्बन्धी कन्सल्ट्यान्सका रुपमा कार्यरत थिए ।
काठमाडौं: वायु सेवा निगमले १२ वर्षपछि चीनको सांंघाई हुँदै जापानको ओसाकासम्म व्यावसायिक उडान सुरु गर्ने भएको छ । यसअघि निगमले करिब १३ वर्ष काठमाडौं-ओसाका उडान गरेको थियो । निगमले मध्य असारदेखि वाइडबडी विमानमार्फत सातामा तीन दिन जापानमा सिधा उडान गर्ने जनाएको छ । ‘जापान उडान गर्ने अब निश्चित भयो,’ निगमका सहायक प्रवक्ता नवराज कोइरालले भने, ‘असार १९ गतेदेखि ओसाकामा नियमित उडान गर्छौँ ।’ उनका अनुसार आइतबारदेखि टिकट बिक्री खुला गरिनेछ । काठमाडौं-ओसाकाको एकतर्फी हवाई भाडा कम्तीमा ४५ हजार तथा दुईतर्फी ८० हजारसम्म कायम हुने कोइरालाले बताए । यो समाचार सुरज कुँवरले कान्तिपुरमा लेखेका छन् ।
पर्सा: ठोरीस्थित ठुटे खोलाको पुल ‘सेल्पी स्पट’ मा सीमित छ । सात करोड रुपैयाँ लागतमा बनेको पुल भारतीय अवरोधका कारण सञ्चालन हुन पाएको छैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा क्रान्ति शाहले लेखेका छन् । सवारीसाधन गुड्न नपाए पनि पुलमा आन्तरिक एवम् भारतीय पर्यटक सेल्फी र फोटो खिचेर रमाउने गरेका छन् । वीरगन्ज–ठोरी हुलाकी सडक खण्डमा पर्ने पुलले ठोरी गाउँपालिका २ र ३ लाई जोड्छ । यहाँ दैनिक पर्यटकको भीड हुन्छ । यो पुल पर्यटकका लागि सेल्फी लिने स्थल बनेको स्थानीय अम्बिका लामिछानेले बताइन् ।