Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: गत जेठ ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ आरुबोटेमा भएको ९ जनाको सामूहिक हत्या एकै जनाले गरेको प्रहरीले प्रारम्भिक निश्कर्ष निकालेको छ । घटनाको अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार दुई परिवारको ९ सदस्यको हत्या मानबहादुर माखिम एक्लैले गरेर आत्हत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ । घटना भएलगत्तै घटनाको अनुसन्धान गर्न पाँचथर पुगेका ब्यूरोका एसपी उमा चतुर्वेदीले भने, ‘घटनामा अन्यको संलग्नता रहेको कुनै संकेत भेटिएन । प्रहरीको प्रारम्भिक निष्कर्षमा एउटै व्यक्तिले हत्या गरेको पाइएको छ ।’ हाल एसपी चर्तुदेवी ब्युरोबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय सिरहा पुगेका छन् । अनुसन्धान…

Read More

काठमाडौं : ‘सिन्डिकेट’ भन्दै श्रम मन्त्रालयले एक वर्षदेखि मलेसिया रोजगारी रोकेको छ। त्यसको समाधान ननिस्कँदै मन्त्रालयकै सहमतिमा कतार रोजगारीमा एक्लो सिन्डिकेट सुरु भएको छ। ‘कतार भिसा सेन्टर’ नाममा सम्पूर्ण काम बिनाप्रतिस्पर्धा एउटा मात्रै संस्थालाई दिइएको छ। अब कतार जाने कामदारका लागि भिसा र त्यसअघिका प्रक्रियामा १४ हजार रुपैयाँ थप आर्थिक भार पर्न सक्ने देखिएको छ। त्यो कसले तिर्ने भन्ने अन्योल छ। कतार भिसा सेन्टरले थम्ब प्रिन्ट, बायोमेट्रिक डाटा, स्वास्थ्य परीक्षण, करार प्रमाणीकरण, भिसा प्रोसेस सबै काम गर्नेछ। मलेसियाका हकमा यस्तै काम गर्दै आएका संस्थालाई गत वर्षको सुरुमा सरकारले धरपकड गरी मुद्दा चलाएको थियो। तिनको मुद्दा प्रायः खारेज हुँदै गएको…

Read More

काठमाडौँ: सत्तारुढ नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच केन्द्रीय सदस्यको जिम्मेवारीमा फेरि विवाद देखिएको छ । ओली–नेपाल असमझदारी प्रदेश पदाधिकारी चयनमा पनि देखिएको थियो । ७७ जिल्लाका इन्चार्ज/सहइन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यलाई नै दिन लागिएको विषयमा उनीहरुबीच विवाद देखापरेको हो । नेकपाले भूगोलका ७७ वटै जिल्लाको इन्चार्ज–सहइन्चार्ज चयन गर्ने गरी प्रस्तावमाथि सचिवालय बैठकमा छलफल गरेको थियो । प्रस्तावमा वरिष्ठ नेता नेपालसँग अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले छलफल गरे पनि समझदारी बनेको थिएन । दिउँसो बसेको सचिवालय बैठकमा पनि अध्यक्षद्वयले विहान नेपालसँग गरेको छलफलमा प्रस्तुत प्रस्ताव ‘जस्ताको त्यस्तै’ राखेपछि बरिष्ठ नेता नेपालले कार्य…

Read More

काठमाडौँ: आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेको अचेत आमाको पीडा हेर्ने गर्छन् । आमाको जलेको खुट्टा पनि अशक्त अवस्था देख्दा उनी भक्कानिन्छन् । तत्कालीन माओवादी द्वन्द्वमा घरपरिवार त्यागेर पूर्वलडाकु ३२ वर्षीया निर्मला विक ‘साधना’ तीन वर्षदेखि अचेत छिन् । उनी बेलुका अध्याँरो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सुताइन्छिन् । अनि बिहान तिनै घरपालुवा पशुपन्छिसँगै बाहिर सारिन्छिन् । त्रिवेणाी ५ जगार जबरबोटकी निर्मला आठ वर्षअगाडि रोगले थलिएकी हुन् । छिटो ठूलो हुन पाए आमाको उपचार गर्न सकिन्थ्यो कि भन्ने जीवनलाई परेको छ । आमाको दैनिकीले उनलाई असाध्यै पीडा हुन्छ तर बाल्यावस्थाका उनी निरीह छन्…

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारको आर्थिक वर्ष २०७६÷७७ को बजेटको स्वागत गरेको छ । मुलुकभित्र स्वदेशी उद्योग क्षेत्रकोे प्रवद्र्धनमा जोड दिंदै दुई दर्जन जति औद्योगिक वस्तुहरुमा आत्मनिर्भर हुने गरी स्वदेशी उद्योगहरुको विकास, विस्तार र आधुनिकीकरणका लागि प्रोत्साहन गरिने कुरा आर्थिक वर्ष २०७६÷७७ को बजेटमा उल्लेख छ, जुन अत्यन्तै सकारात्मक छ । सार्वजनिक सेवामा उपलब्ध भएसम्म स्वदेशी वस्तु तथा सेवा उपयोग गर्नु पर्ने प्रावधान कडाइका साथ कार्यान्वयन गरिने कुरा स्वागतयोग्य भएको महासंघले जनाएको छ । स्वदेशी उत्पादनको अनिवार्य प्रयोगका विषयमा विगतमा पनि पटकपटक नीति नवनेका होइनन तर त्यसको कार्यान्वयन पक्ष अत्यन्त फितलो भएको हु“दा अपेक्षित लाभ…

Read More

काठमाडौं: सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मुस्लिम समुदायको दोश्रो ठुलो महान पर्व इद उल फित्रको मुख्य दिन बुधबार परेकोले भोलि संघीय सरकारले सबै सरकारी कार्यालय, स्कुल, संघ संस्थामा बिदा दिने घोषणा गरेको आज साँझ गृह मन्त्रालयद्वारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ।

Read More

काठमाडौं: साउनदेखि इन्टरनेटको मूल्य बढ्ने भएको छ । इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुले २० प्रतिशत मूल्य बढाउने घोषणा गरेका हुन् । गत वर्ष बढेको मूल्य घटाउने क्रममा सरकारसँग भएको सहमति कार्यान्वयन नभएको उनीहरुको गुनासो छ । सरकारले गत वर्ष थप १३ प्रतिशत दूसञ्चार सेवा शुल्क लगाएको थियो। त्यसआधारमा व्यवसायीहरुले मूल्य बढाएका थिए तर, सरकारले विभिन्न सहुलियत दिने आवश्वासन दिएपछि मूल्य बृद्धिको निर्णय फिर्ता लिए । त्यसबेला सञ्चारमन्त्री गोकुल बास्कोटाले कानून संशोधन गरेर इन्टरनेट सेवा प्रदायकलाई रहात दिने प्रतिवद्धता जनाएका थिए । तर, एक वर्षसम्म पनि प्रतिवद्धता कार्यान्वयन नभएको भन्दै इन्टरनेट सेवा प्रदायकहरुले साउनदेखि २० प्रतिशत मूल्य बढाउने…

Read More

काठमाडौँ: रोयल इनफिल्ड क्लासिक–३५० सीसी गनमेटल ग्रे बजारमा आएको छ । रोयल इनफिल्डको नेपालका लागि आधिकारीक बिक्रेता प्रतिष्ठीत औद्योगिक तथा व्यवशायिक घरना एभ.भी.दुगड ग्रुपको विवेक अटोमोबाइल्सले रोयल इनफिल्डको क्लासीक ३५० सी.सी.गनमेटल ग्रे नेपाली बजारमा सार्वजनिक गरेको हो । रोयल इनफिल्डको Royal Enfield 350cc Gunmetal Grey, Sporty Look,Mat Finish, Rear Disc Brake  सहित विशेषता उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ । विवेक अटोमोबाइल्स प्रा.लि.ले आफ्ना १९ वटा शाखा एवं डिलहरु मार्फत विक्रीवितरण शुरु गरेको छ । नयाँ मोडलको मूल्य ५ लाख १५ हजार रुपैयाँ तोकिएको छ । यो रकम केही समयका लागि मात्रै भएको एम.भि. दुगड ग्रुपका उपाध्यक्ष…

Read More

काठमाडौं: शेयर बजारमा करेक्सन हुने क्रमले मंगलबार पनि जारी रहेको छ । नेप्से परिसूचक घटेपनि मौकामा शेयर किन्नेहरु उत्साहित भएका छन् । खरिदबिक्री रकम औसतमा निकै राम्रो छ । नेप्से सूचक मंगलबार ३.५६ अंकले घटेर १२८९.२८ विन्दुमा अडिएको छ । बजार ०.२८ प्रतिशतले घटेको हो । १७१ कम्पनीको ७१ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । २२ लाख ५२ हजार ५४६ कित्ता शेयर खरिदबिक्री भएका छन् । १२ वटा समूहको कारोबार भएकामा ४ वटा समूह माथि लागेका छन् । बाँकीमा ह्रास आएको छ । उत्पादनमूलक सबैभन्दा बढी ४१.०२ अंकले बढेको छ ।

Read More

काठमाडौँ: नेपाल टेलिकमले रसुवा, ताप्लेजुङ, डोल्पा र मुस्ताङका विभिन्न दूर्गम र विकट भेगहरुमा मोवाइल सेवा शुभारम्भ गरेको छ । हालसम्म मोबाइल तथा टेलिफोन जस्ता सञ्चार सेवाबाट वञ्चित भौगोलिक रुपले अति विकट यी स्थानहरुमा हालै कम्पनीले सञ्चार सेवा पुर्याउन सफल भएको हो । कम्पनीले ४२९० मिटर उचाईमा अवस्थित रसुवाको पाङसाङ डाँडामा बीटीएस राखेर सेवा प्रदान गरेको छ । यसबाट लाङटाङ ट्रेकिङ रुट, गोसाइकुन्ड ट्रेकिङ रुटको केही भाग, ठूलो स्याफ्रु, भिम्सा, सिंगवा, नागथली, ग्यात्लाङ, शेर्पा गाउँ, लामा होटल, घोडा तबेला, मुन्टु, सिङडुङ, खाङजिम आदि स्थानमा मोवाइल सेवा उपलब्ध हुनेछ । यसबाट सो क्षेत्रका ५ सय घरधुरीका करिब २ हजार जनसंख्यालाई सेवा…

Read More