Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : राजधानी काठमाडौंमा १८ सय रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको छ। पैसा र शक्तिको प्रयोग गर्दै पाँच हजार जनाले पोखरी, मन्दिर, गुम्बा, खोला, कुवा, ढुंगेधारा, गुठीको जग्गा र घर, पेटी, बाटो मिचेका छन्। त्यति धेरै जग्गा मिचेको प्रतिवेदन सरकारले २५ वर्षअघि नै पाए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन। अतिक्रमणमा मुलुकका ठूलठूला मानिस जोडिएकाले कार्यान्वयन हुन नसकेको जिम्मेवार अधिकारी नै स्वीकार्छन्। सूचनाको हक प्रयोग गरेर लिइएको १३५० पेज लामो रावल आयोग प्रतिवेदनमा सरकारी र सार्वजनिक जग्गा मिच्ने भनेर आयोगले किटान गरेका पाँच हजारको नाम, ठेगाना, मिचिएको क्षेत्रफल र कित्ता नम्बर उल्लेख छ। सरकारी र सार्वजनिक जग्गा मिचिएको…

Read More

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापाले आफूहरुले अघि सारेका २२ सुत्रीय मागबारे सरकार गम्भीर नभएको आरोप लगाएका छन् । बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने, ‘हामीले उठाएका मागबारे सरकार गम्भीर भएन । हामीले फागुन मसान्तभित्र हाम्रा माग सम्बोधन गर्न आग्रह गरेका थियौं । तर, सरकारले अहिलेसम्म हाम्रा मागलाई सकारात्मक रुपमा लिनु त परैको कुरा भयो, पूर्ण रुपमा उपेक्षा गरेको छ ।’ आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले सरकारले आफूहरुको मागलाई उपेक्षा गरेकै कारण जनदबाब सिर्जना गर्न बाध्य भएको स्पष्ट पारे । उनले भने, ‘हालै हामीले सशक्त जनदबाब सिर्जना गर्ने उद्देश्यले गरेको मेची–महाकाली यात्रा भव्यताका…

Read More

काठमाडौँ: संसदीय सुनुवाइ समितिले न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस गरेका पाँच जना न्यायाधीशलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। न्यायाधीशमा सिफारिस प्रकाश ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र मनोजकुमार शर्माको बिहीबार सुनुवाइ भएको थियो। सुनुवाइ समितिले पाँचै जनाले सर्वसम्मत रूपमा अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। उनीहरूले अब सपथ लिएपछि कार्यभार सम्हाल्नेछन्।

Read More

काठमाडौं:सरकारले ट्राफिक प्रहरी भत्ता व्यवस्थापन निर्देशिका २०७५ स्वीकृत गरेको छ । गत बैशाख २ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको निर्देशिकामा ट्राफिक प्रहरीको भत्ता तलब अनुसार ४० प्रतिशतसम्म वृद्धिको व्यवस्था गरिएको छ । ट्राफिक प्रहरी जवान र हवल्दारलाई ४० प्रतिशत, असई र सईलाई २० प्रतिशत, इन्सपेक्टर र डिएसपीलाइ १० प्रतिशत भत्ता वृद्धि हुने भएको हो ।

Read More

काठमाडौँ: सरकारले बालुवाटारस्थित सरकारी स्वामित्वमा रहेको ललिता निवासको जग्गा विक्री गर्नेमाथि कडा कारबाही गर्ने स्पष्ट पारेको छ। संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ललिता निवासको सरकारी जग्गा लिने कुनै पनि ओहोदा, पदका व्यक्तिमाथि कारबाही हुने पनि दोहोर्‍याए। बिहीबार गत बैशाख २ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ललिता निवासको सो जग्गा विक्री वितरणमा रोक लगाइएको पनि स्मरण गराए। सरकार आफ्नो स्वामित्वमा रहेको कुनै पनि जमिन सुरक्षा गर्न सक्षम रहेको मन्त्री बाँस्कोटाको भनाई छ। फरक प्रसंगमा मन्त्री बाँस्कोटाले द्वन्द्वकालमा जघन्य अपराधमा संलग्नहरुलाई उन्मुक्ति दिने पक्षमा सरकार नरहेको पनि बताए। संयुक्त राष्ट्र…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमलाई दुईवटा ठूला जहाज (वाइडबडी) बिक्रीमा संलग्न रहेका पाँचवटा अन्तर्राष्ट्रिय कम्पनीका प्रतिनिधिलाई बोलाएको छ। दोस्रोपटक सूचना जारी गर्दै अख्तियारले आयरल्यान्डको हाईफ्लाई एक्स, अमेरिकन कम्पनी एएआर इन्टरनेशनल, जर्मन एभियन क्यापिटल जीएमबीएम र पोर्चुगलको हाईफ्लाई एयरलाइन्स,र जर्मनीको नर्टन रोज फुलब्राइट कम्पनीका प्रतिनिधिलाई बयानका लागि बोलाएको हो । बिहीबार सूचना जारी गर्दै अख्तियारले ७ दिनभित्र आफ्नो कार्यालयमा उपस्थित हुन भनेको छ । यदि तोकिएको समयसीमाभित्र बयानका लागि नआए कानूनी रुपमा नै प्रक्रिया अघि बढाइने अख्तियारले जनाएको छ । नेपाल वायुसेवा निगमले खरिद गरेको दुई वटा वाइडबडी विमानमा ४ अर्ब भ्रष्टाचार भएको लेखा समितिको…

Read More

काठमाडौँ: नेपाल टेलिकमको फोरजी/एलटीई सेवा विस्तारका लागि ६० प्रतिशत क्षेत्रमा सर्भे सकिएको छ । कोर नेटवर्कका लागि उपकरणको आयात पनि सुरु भएको छ । टेलिकमले आउँदो १० महिनामा मुलुकभर फोरजी सेवा विस्तार गर्ने जनाएको छ । फोरजी/एलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क र्‍यानको लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङले जिम्मा पाएका छन् । उनीहरुले फोरजी विस्तारका लागि हाल सर्वेक्षणको काम तीव्र पारेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।फोरजी एलटिइ संचालनकको लागि दुईवटा नेटवर्क बनाइएको टेलिकमले जनाएको छ। फोरजी एलटिइ आयोजनामार्फत मुलुकभर ६५ लाख जनाको पहुँचमा सजिलै पुग्ने टेलिकमले जनाएको छ।…

Read More

काठमाडौं : सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीको शुक्रबार (वैशाख ६ गते) देखि आइपीओ बिक्री खुला हुने भएको छ । दुवै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले आइपीओ बिक्री गर्न लागेका हुन् । न्यूनतम १ हजार रुपैयाँमा १० कित्ताकै लागि आवेदन दिन पाइनेछ । सान्जेनले कुल ५४ लाख ७५ हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । यसमध्ये ४% (२ लाख १९ हजार कित्ता) कम्पनीका कर्मचारी र ५% (२ लाख ७३ हजार ७५० कित्ता) म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी ४९ लाख ८२ हजार २५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यता, रसुवागढी हाइड्रोपावरले कुल १ करोड…

Read More

काठमाडौँ: चालू अर्थिक वर्षको पहिलो आठ महिनामा रेमिट्यान्स आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ८२ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २२.९ प्रतिशतले वृद्धि भई रु.६६२ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.७ प्रतिशतले घटेको थियो । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३८.३ प्रतिशतले घटेको छ…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका छन् । नेपालको आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाइएपछि उनले खुसी व्यक्त गर्दै नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका हुन् । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै स्याटलाइट निर्माणदेखि प्रक्षेपणको कार्यसम्म संलग्न सबै वैज्ञानिकहरुलाई बधाइ दिएका छन् । यसबाट नेपालको प्रतिष्ठा बढेको ओलीले बताएका छन् । सानै आकारको भए पनि नेपाली भू-उपग्रह अन्तरिक्षमा पठाइएपछि विश्वभर छरिएका नेपालीहरूले पनि खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमा आफ्ना धारणाहरु राखिरहेका छन् । बिहीबार बिहान २ः३१ बजे अमेरिकाको भर्जिनियाबाट नेपालको भूउपग्रह ‘नेपालीस्याट-१’ अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । यसको तौल झण्डै एक किलो छ । नेपाली…

Read More