Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: नेकपा महासचिव विष्णु पौडेलले आफू र छोरा नवीन पौडेलको नाममा रहेको बालुवाटारको जग्गाबारे भ्रम सिर्जना गर्न खोजिएको दाबी गरेका छन् । कित्ता नं. ३०९ को क्षेत्रफल ०–०–१–१ र कित्ता नं. ३१५ को क्षेत्रफल ०–७–२–३ (कूल आठ आना) जग्गाका सम्बन्धमा वास्तबिकता ओझेल पर्नेगरी समाचारहरू प्रकाशित भएको उनले दाबी गरेका छन् । ‘सरकारी जग्गा हडप्ने दुषित मनसायले कागज श्रेस्ता मिलाई किर्ते, जालसाजी वा गैरकानुनी कार्य गरी जग्गा दर्ता गर्ने वा गराउने कुनै कार्यमा म र मेरो परिवारका कुनै पनि सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको र कहिल्यै नरहने पनि अवगत गराउन चाहन्छु ’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,…
काठमाडौँ: देव: विकास बैंकले गत आर्थिक बर्षको नाफाबाट ५.५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ। बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्त पुँजीको ५.५% बोनस शेयर दिने निर्णय गरेको हो । बैंकले बोनसमा लाग्ने कर तिर्न भने कुनै पनि नगद लाभांश दिएको छैन । यसर्थ, बोनसको कर सेयरधनी आफैले तिर्नुपर्ने भएको छ । बैंकले प्रस्तावित बोनस शेयर नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गर्ने जनाएको छ । हाल यसको चुक्ता पुँजी २ अर्ब ५३ करोड ३६ लाख ८० हजार ३४८.३२ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि पुँजी २ अर्ब…
काठमाडौं: हिमाल र पहाडबाट बगिरहेको पानी अन्तर्राष्ट्रिय बजारमा निर्यात गरी बिक्री गर्ने योजना बनाउँदै खानेपानी मन्त्रालयले आज शुक्रबार बृहत अन्तक्र्रिया गरेको छ । नेपालको अन्य देशहरुसँग बढिरहेको व्यापार घाटा कम गर्ने र नेपालको पहिचान विश्व बजारमा फैलाउने उद्देश्यले मन्त्रालयले हिमालबाट बगेर आएको ग्लेशियर र स्प्रिङ वाटर निर्यात गर्ने विषयमा बृहत छलफल गरेको हो । कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले सन् २०३० सम्ममा सबै नेपालीलाई शत प्रतिशत प्रशोधन सहितको खानेपानीको पहुँच पु-याउने र खेर गैरहेको पानीलाई प्रशोधन गरी विदेश निर्यात गर्ने योजना बनिरहेको बताउनुभयो । मन्त्री मगरले विश्व बजारमा नेपालको ग्लेशियर र स्प्रिङ वाटरलाई निर्यात गर्ने सम्भावनाको खोजी भईरहेको…
काठमाडौँ: सर्वोच्च अदालतले पब्जीमाथि सरकारले लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारले लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए। अधिवक्ता प्रवीण सुवेदीले पब्जीमाथिको प्रतिबन्ध गैरकानुनी भन्दै सर्वोच्चमा रिट दिएका थिए। यसअघि गत चैत २८ मा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी खेलमा प्रतिबन्ध लगाउन इन्टरनेट प्रदायकलाई निर्देशन दिएको थियो। अभिव्यक्तिको स्वतन्त्रता, प्रेश स्वतन्त्रतालगायतका संविधानप्रदत्त मौलिकहकको दृष्टीले हेर्दा पब्जी जस्ता सामाग्रीमा रोक लगाउँने कानुन उचित र तर्क संगत हुनुपर्ने सर्वोच्चको आदेशमा उल्लेख छ।
काठमाडौँ: नेपाली सेनाका प्रधानसेनापति तथा महारथी पूर्णचन्द्र थापाले सेनाभित्र बढ्दो आचार संहिता क्षयीकरणले सेनामा अनावश्यक र अनपेक्षित हस्तक्षेप बढ्न गई ‘माइक्रो-म्यानेज्ड’ हुन सक्ने अवस्था सिर्जना हुने तर्फ इङ्गित गरेका छन् । “सेनाभित्र अनुशासन र आचरण सम्बन्धि विषयले छुट हुने अवस्थाले संस्थाको छवि क्रमस क्षयीकरण हुँदै जाने र यसले दीर्घकालमा राष्ट्रिय सुरक्षामा प्रतिकूल असर पर्ने बारे हामी सबै सजग हुने पर्दछ, साथै यसले सेनामा अनावश्यक र अनपेक्षित हस्तक्षेप एबम ‘माइक्रो-म्यानेज्ड’ हुन सक्ने अवस्था सिर्जना हुन सक्छ,” उनले भने। सो धारणा आज प्रधानसेनापति थापाले ‘सैनिक आचरण संहिता संग्रह-२०७६ लागु गर्दै जंगी अड्डामा आयोजित कार्यक्रममा सो कुरा बताएका हुन्। उत्कृष्ठ…
काठमाडौं: सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीको आइपीओ बिक्री आजबाट खुला भएको । दुवै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले आइपीओ बिक्री गरेका हुन् । न्यूनतम १ हजार रुपैयाँमा १० कित्ताकै लागि आवेदन दिन पाइनेछ । सान्जेनले कुल ५४ लाख ७५ हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । यसमध्ये ४% (२ लाख १९ हजार कित्ता) कम्पनीका कर्मचारी र ५% (२ लाख ७३ हजार ७५० कित्ता) म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी ४९ लाख ८२ हजार २५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यता, रसुवागढी हाइड्रोपावरले कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता सेयर निष्कासन गर्न लागेको…
भक्तपुर: भक्तपुरमा गएराति बिस्केट जात्राको रथ तान्ने क्रममा ढुंगा हानाहान हुँदा ९ जना घाइते भएका छन् । गहिटीबाट रथ अघि बढाउने क्रममा तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाबीच विवाद भएपछि ढुंगा हानाहान भएको हो । गःहिटीबाट तल्लो र माथिल्लो बासिन्दाले तान्न शुरु गरेको रथलाई माथिका बासिन्दाले वंशगोपाल पुर्याएर एउटा घरमा रथ ठोक्किएपछि तनावको स्थिति उत्पन्न भएको भक्तपुर प्रहरीले जनाएको छ । ढुंगा हानाहानमा भक्तपुरका माइला दुवाल, रोजेश शिलाकार, अशिष शिलाकार, रौतहटका उमेश कुमार, काभ्रे मण्डन देऊपुरका विकास तामाङ घाइते भएका छन् । त्यस्तै, मनीष कासुला र रिमेश शाही पनि घाइते छन् । घाइते सबैको भक्तपुर अस्पतालमा उपचार गरिएको छ ।
काठमाडौँ: नेपाल राष्ट्र बैंकले आज शुक्रबार ५ अर्ब रुपैयाँको रिपो जारी गरेको छ । दुई हप्तामा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिपो जारी गरेको हो । बैंक तथा वित्तीय संस्थामा तरलता अवस्था असहज भएर अन्तर बैंक कारोबारको ब्याजदर पाँच प्रतिशत भन्दा बढी पुगे पछि राष्ट्र बैंकले आज वित्तीय बजारमा ५ अर्ब रुपैयाँ पठाउने भएको हो । तर ब्याजदर करिडोर सम्बन्धी कार्यविधिमा गरिएको व्यवस्था अनुसार अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा बढी भएमा राष्ट्र बैंकले बजारमा रिपो उपकरण मार्फत रकम प्रवाह गर्नुपर्ने हुन्छ । एक साताको लागि उक्त रिपो जारी गर्न लागेको राष्ट्र बैंकले जसको ब्याजदर पाँच प्रतिशत…
काठमाडौं: पोखरा विश्वविद्यालयका ४२ आंगिक कलेजका तीन सय ९१ विद्यार्थीले परीक्षा दिन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन्। ती कलेजले ग्रेडिङसम्बन्धी मापदण्ड मिचेर भर्ना लिएका विद्यार्थीहरूको विश्वविद्यालयको रजिस्ट्रेसन नभएपछि उनीहरू परीक्षा दिनबाट वञ्चित बनेका थिए। विश्वविद्यालयले व्यवस्थापन संकायका नियमित विद्यार्थीहरूको वैशाख ६ गते देखि सञ्चालन हुने पुनः परीक्षासँगै आफूहरूको पनि परीक्षा हुनुपर्ने भन्दै पीडित विद्यार्थीहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए। त्यसक्रममा उनीहरूले विश्वविद्यालयले मान्यता दिएको निजी कलेजमा शुल्क तिरेर पढेको र कलेजहरूले परीक्षामा सहभागिता गराउने प्रतिबद्धतासाथ भर्ना गरेको भन्दै परीक्षा दिने अधिकार सुरक्षित गरिनुपर्ने आवाज उठाए।
काठमाडौं: काठमाडौं–दिल्ली उडानको हवाई भाडा तीन गुणा बढेको छ। भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपाल उडान स्थगित गरेपछि यो रुटमा हवाई भाडा चर्को वृद्धि भएको हो। काठमाडौं–दिल्लीका यात्रुलाई हवाई टिकट पाउन गाह्रो भएको ट्राभल एजेन्सीले जनाएका छन्। जेटले हरेक उडानमा एक सय ६८ यात्रुलाई सेवा दिँदै आएको थियो। अहिले दैनिक करिब पाँच सय यात्रुको चाप अन्य वायुसेवामा परेको छ। काठमाडौं–दिल्ली वायुसेवा कम्पनीका निम्ति लाभदायक गन्तव्य हो। काठमाडौं–दिल्लीको दुईतर्फी उडान गर्ने अन्य वायुसेवाले पनि पर्याप्त मात्रामा उडान थप गर्न सकेका छैन। कम्तीमा एक साता अगाडिको टिकट पाउन गाह्रो पर्ने एरोलिना टुर्स एन्ड ट्राभलका प्रबन्ध निर्देशक यमबहादुर खड्काले बताए। उनका…