Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले मेलम्ची आयोजनालाई फास्ट ट्र्याक प्रणालीबाट निर्माण गर्ने प्रस्ताव खानेपानी तथा सरसफाइ मन्त्रालयमा पेश गरेको छ । यो समाचार आजके नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् । समितिको गत बुधबार बसेको बोर्ड बैंठकले मेलम्ची आयोजनालाई तत्कालै अघि बढाउन फास्ट ट्र्याक प्रणालीबाट अघि बढाउनुपर्ने निर्णय गरेर विभागीय मन्त्री बिना मगरलाई पेश गरेको हो । खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माको अध्यक्षतामा बसेको बोर्ड बैठकले फास्ट ट्र्याक प्रणालीबाट मेलम्चीको गतिरोध अन्त्य गर्नुपर्ने निर्णय गरेको मेलम्ची खानेपानी आयोजनाका प्रमुख कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए ।
काठमाडौं: सम्बद्ध सूचनाहरुलाई केलाउँदा पक्राउ परेका विमानस्थलका क्याफे संचालक सुबास श्रेष्ठले आफ्नो कान्तिपुर क्याफेबाट वास्तबमै मःम:, चाउमिन बेच्थेकी अन्य अवैध धन्दा गर्थे भन्ने कुरा यतिबेला शंका विषय भएको छ। सूचना अधिकारी हरुका अनुसार श्रेष्ठद्वारा संचालालित एक कान्तिपुर क्याफे र अर्को ड्राइ फुड मात्रै बेच्ने विमानस्थलको प्रस्थान कक्षको स्टेरीलाईज्ड हलमा उनको कफी सप छ। जहाँ उनले कफी सपमा पहिले नै विदेश लैजानका लागि डलर तयारी अवस्थामा राखेका थिए । डलर लिएर विमानतर्फ जाँदै गर्दा उनलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध डलरसहित पक्राउ परेका व्यापारी श्रेष्ठलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गर्ने निर्णय…
काठमाडौँ: शुद्ध प्रशोधित भन्दै विभिन्न ब्राण्ड दिएर विक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएका छन् । कोलिफर्म दिसामा पाइने जीवाणु हो । खाद्य, प्रविधि तथा गुणनियन्त्रण विभागले शुद्ध पिउने पानीको ब्राण्ड दिएर विक्री वितरण गर्दै आएका प्रशोधित पानीको गुणस्तर परीक्षण गर्दा यस्तो पाइएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन्।. विभागले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा विभाग र मातहतका कार्यालयमा आएका उजुरीका आधारमा विभिन्न नौवटा उद्योगले विक्री गर्ने पानीको नमूना सङ्कलन गरी गुणस्तर परीक्षण गर्दा कोलिफर्मको जीवाणु पाइएको छ । कोलिफर्म भेटिएका पानी उद्योगविरूद्ध सम्बन्धित् जिल्लाकै अदालतमा मुद्दा दर्ता भइसकेको भन्दै विभागका…
काठमाडौँ: तारागाउँ विकास समितिको रिजेन्सी होटल्स लिमिटेडलाई घाटामा गएको देखाएर होटल र समितिका पदाधिकारीले गरकानुनी रुपमा आफूलाई लाभ पुर्याएको संसदीय समितिले आशंका गरेको छ । नेपाल सरकारको शेयर स्वामित्व भएको होटल घाटामा गएको देखाई उनीहरुले अनुचित लाभ लिएको संसदको अन्तराष्ट्रिय सम्बन्ध समिति अन्तर्गत गठित उपसमितिले निश्कर्ष निकालेको हो । तारागाउँ रिजेन्सी होटल्समा सुरुमा सरकारको ३९.७७ प्रतिशत सेयर रहेको थियो । तर, आर्थिक वर्ष २०७१/०७२ मा उक्त होटलको खुद सम्पति १९१ करोडमध्ये तारागाउँ विकास समितिको शेयर लगानी ९.०१ प्रतिशत वा १७.२३ करोड मात्र देखिएको उपसमितिले जनाएको छ । उपसमितिले आइतबार मूल समितिमा पेश गरेको प्रतिवेदनको ५.१.२ मा उल्लेख…
काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा दिल्ली क्यापिटलले सहज जित निकालेको छ। टस जितेर फिल्ड रोजेको दिल्लीले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चार विकेटको जित निकालेको हो। पहिलो ब्याटिङ गरेको बैंग्लोरले ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो। १५० रनको लक्ष्य पछ्याएको दिल्लीले ७ बाँकी हुँदा जित दर्ता गरेको हो। दिल्लीका लागि श्रीयश ऐरले ५० बलमा दुई छक्का र ८ चौकाको मद्दतामा सर्वाधिक ६७ रन बनाए। दिल्लीका लागि पृथ्वी शाले २२ बलमा २८ रन बनाए। कोलिन इनग्रामले २१ बलमा २२ रन बनाए भने ऋषव पन्तले १४ बलमा १८ रन बनाए। आइतबारको खेलमा दिल्लीको जितसँगै…
काठमाडौं: गरिवी निवारण कोषभित्र चलेका सम्पूर्ण आर्थिक क्रियाकलापका अनुगमन र नियमन गर्न सरकारले सचिवको नेतृत्वमा ५-सदस्सीय समिति गठन गर्ने निर्णय गरेको छ। समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक जना सचिवको नेतृत्वमा गठन गर्ने निर्णय भएको आज बसेको गरिवी निवारण कोषको ७० औं बोर्ड बैठकले गरेको हो। बैठक कोषका अध्यक्ष तथा प्रधामन्त्री केपी शर्मा ओलीको अध्यक्षता बसेको थियो। बैठकमा ओलीले परिणाम देखिने गरी काम गर्न गरिबी निवारण कोषलाई निर्देशन दिएको, कोषका उपाध्यक्ष निर्मल कुमार भट्टराईले पहिलोक्लिक छन् । कोषको ७० औं संचालक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारको गन्ध कहिँकतै आएको पाइए सैहृय नहुने बताएका छन् ।…
काठमाडौं: काठमाडौं महानगरभित्र चल्ने सार्वजनिक बसहरु अब राति १० बजेसम्म अनिवार्य रुपले सञ्चालन हुनै पर्ने व्यवस्था लागु हुने भएको छ । काठमाडौं महानगरपालिकाले सवारी तथा यातायात व्यवस्थापन ऐन २०७५ जारी गरी महानगरभित्रका रुटमा सञ्चालन हुने बसले विहान ५ देखि राति १० बजेसम्म सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको हो । कात्तिकदेखि माघ मशान्तसम्म भने बसले विहान ५ देखि राति ९ बजेसम्म सेवा दिनुपर्नेछ । ऐनमा महानगरपालिकासँग स्वीकृति नलिई सवारी साधनमा कुनै विज्ञापन राख्न नपाइने, बसमा फोहोर फाल्ने भाँडा, अग्नि नियन्त्रक उपकरण, राख्नुपर्ने चालक र सहचालकलाई पोशाक उपलब्ध गराउने, यात्रुलाई गुनासो गर्ने व्यवस्था मिलाउने व्यवस्था गरिएको छ । …
काठमाडौं : नेपाल राष्ट्र बैंकले ८ अर्ब ८९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि भोली (सोमबार) मध्याह्न ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनको लागि १ अर्ब रुपैयाँको बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०७६ साल असार २४ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि १ अर्ब ८९ करोड ८६ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो २०७६ असोज २१ गते परिपक्क…
काठमाडौँ: संघीय सरकारको मन्त्रिपरिषदको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ। बैठक १० बजेदेखि चलेको हो। सिंहदरबारमा ११ बजेका लागि डाकिएको गरिवी निवारणको बैठक समेत नबसी अहिले क्याबिनेट बसिरहेको छ, सिंहदरबार स्रोतले बतायो। कोषको अध्यक्ष रहेका प्रम ओली र कोषका पदाधिकारीसमेतको उपस्थितितमा सिंहदरबारमा बैठक डाकिएको हो।
काठमाडौं: मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गामा भाटभटेनी सुपरमार्केट र गैरआवासीय नेपाली संघ (एनआरएनए) का भौतिक संरचना निर्माण गरिएको तथ्य खुलेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार डिल्लीबजार मालपोत कार्यालयका कर्मचारीसँग मिलेर ललितानिवासका तत्कालीन भोगाधिकारीले भूमाफिया र व्यापारीलाई अनधिकृत रूपमा बिक्री गरेको जग्गामा भाटभटेनी र एनआरएनएले भौतिक संरचना बनाएका हुन्। स्रोतका अनुसार ती दुवै संरचना र त्यससँग जोडिएको जग्गा पुनः सरकारका नाममा ल्याउने तयारी भइरहेको छ। भाटभटेनीका सञ्चालकले राणा परिवारबाट तथा एनआरएनएले जग्गा हडप्ने मुख्य योजनाकार (मतियार) मध्ये रामकुमार सुवेदी, शोभाकान्त ढकाल तथा उनका आफन्तबाट सो जग्गा खरिद…