Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

सुर्खेत: कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्ष २०७५÷०७६ को बजेट खर्च गर्नै सकेन । चालु आवको चैत मसान्तसम्म जम्मा सरकारले करिव १२ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले पत्रकार सम्मेलन गर्दै कूल बजेटको १०.२७ प्रतिशत पुँजीगत र १६.४८ प्रतिशत चालु खर्च र समग्रतामा ११.९४ प्रतिशत खर्च भएको जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट खर्च गर्ने कानुनहरु नबनेको, संरचनाहरु तयार नभएको, दक्ष कर्मचारीहरु आउन नसक्दा चालु आवको बजेट खर्च गर्न नसकिएको बताए । प्रदेश सरकारले चालु आवमा २८ अर्ब २८ करोड, २८ लाख, २८ हजारको बजेट…

Read More

नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुदअन्तर्गतको पौडी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी गौरिका सिंहले एकै दिन दुई कीर्तिमानसहित दुईवटा स्वर्ण पदक जितेकी छन्। उनले महिला ५० मिटर ब्याकस्ट्रोक र महिला आठ सय मिटर फ्रिस्टाइल स्पर्धामा स्वर्ण पदक जितेकी हुन्। नेपालगन्ज रंगशाला परिसरको पौडी पोखरीको निर्माण सम्पन्न नभएका कारण सुर्खेत रोडस्थित होटेल सिग्नेट इन् कृष्णामा आइतबार आयोजना गरिएको पौडी प्रतियोगितामा गौरिकाले महिला ५० मिटर ब्याकस्ट्रोकको आफ्नै नाममा रहेको कीर्तिमान तोडेकी हुन्। उनले आइतबार निर्धारित दूरी ३०.८५ सेकेन्डमा पूरा गरिन्। यसअघि सन् २०१८ मा काठमाडौंमा आयोजना गरिएको २२औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा उनले निर्धारित दूरी ३१.२२ सेकेन्डमा पार गर्दै उक्त कीर्तिमान आफ्नो…

Read More

काठमाडौं : गृह मन्त्रालयमा ९० जना अधिकृतस्तरका कर्मचारी छन्। तर उनीहरूको प्रयोजनका लागि ल्याइएका गाडी भने १ सय ७४ वटा छन्। यसअनुसार कर्मचारी र सवारीसाधनको अनुपात १ः१.९३ हुन्छ। अर्थात् एक अधिकृतको भागमा औसतमा दुई सवारी पर्छन्। संघीय सरकारअन्तर्गत २२ मन्त्रालय छन्। तिनमा १ हजार ५ सय ७७ सवारीसाधन चालू अवस्थामा छन्। अधिकृतस्तरका कर्मचारी भने १ हजार ३ सय २३ छन्। सवारीसाधन र अधिकृतस्तरका कर्मचारीबीचको अनुपात १ः१.१९ हुन्छ। सबैभन्दा बढी सवारी हुने मन्त्रालय हो, गृह। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भने अन्यको तुलनामा कम सवारी छन्। यसमा ७१ अधिकृतस्तरका कर्मचारीलाई ४६ वटा मात्र सवारी छन्। यसको अनुपात १ः०.६५ मात्र रहेको…

Read More

काठमाडौँ: श्रीलंकाको चर्च र होटलहरुमा भएको श्रृङ्खलावद्ध बिस्फोटमा परी कम्तीमा २०७ जनाको मृत्यु भएको छ । ५०० भन्दा बढी घाइते भएका छन् । ईसाई धर्मावलम्बीहरुले ‘इस्टर सन्डे’ पर्व मनाइरहेका बेला चर्च तथा होटलमा बिस्फोट भएको थियो । यसपालिको वैशाख ८ गते (आइतबार) क्रिश्चियन धर्मालम्वीको विशेष दिन हो। इस्टर सन्डे भनिन यो दिनलाई उनीहरू धुमधामसँग मनाउँछन्। श्रीलंकाको क्रिश्चियन धर्मालम्वीहरू पनि बिहान सबेरै आइतबारको प्रार्थना गर्न चर्चमा गएका थिए। तर उनीहरूले भव्य रूपमा इस्टर सन्डे मनाउन पाएनन्। स्थानीय समयअनुसार बिहान पौने ९ बजे राजधानी कोलोम्बो र आसपासका तीन चर्चमा एकैसाथ बिस्फोट भए। विदेशी पर्यटक बस्ने राजधानीका पाँचतारे होटलमा बम…

Read More

काठमाडौँ: लामो कसरतपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘लामो समयदेखि सांगठनिक एकीकरणको प्रक्रिया टुंगिन नसकेकोमा आजको बैठकले ७७ जिल्लाको जिल्ला कमिटीहरूको अध्यक्ष र सचिवको बारेमा टुंगो लगाएको छ। त्यो भोलि सार्वजनिक गरिने छ,’ उनले भने, ‘र छिट्टै केही दिन भित्रैमा पोलिटब्यूरोको गठन गरी सबै केन्द्रीय समितिका सदस्यहरूको कार्यविभाजन हुनेछ।’ यस्तै आजको बैठकले २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा भोलि प्रज्ञा भवनमा विशेष…

Read More

बाग्लुङ: जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँमा आइतबार साँझ जन्ती बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । ताराखोला गाउँपालिका १ माझखर्कबाट जन्ती लिएर काठेखोला गाउँपालिका–८ लेखानी जाँदै गरेको ध १ ख ४६८ नम्बरको बस बिहुँको भ्युटावरनजिकै सडकबाट खस्दा काठेखोला ८ का ६४ बर्षका गंगाबहादुर बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि घाइतेलाई उपचारका लागि धौलागिरी अञ्चल अस्पताल ल्याइएको थियो । बस सडक भन्दा १० मिटर तल खसेको थियो ।

Read More

काठमाडौँ: सरकारले आयोजना गरेको लगानी सम्मेलनबाट ७७ परियोजनामध्ये ३१ परियोजनामा लगानी प्रतिबद्धता आएको छ। कूल २५ खर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको छ। २६ वटा परियोजना ‘शोकेश’ मा भएका र आह्वान नभएका थप पाँच गरी कूल ३१ परियोजनामा आवेदन परेको हो। पत्रकार सम्मेलन आयोजना गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले उत्साहजनक रुपमा प्रस्ताव आएको बताउँदै प्राप्त भएका प्रस्तावलाई मसिनोसँग अध्ययन गरेर आवश्यक निर्णय लिइने बताए। सम्मेलनका क्रममा सरकारीस्तरबाट ५० र निजी क्षेत्रले २५ आयोजनालाई ‘शोकेश’ मा राखेका थिए। शोकेशमा राखिएका आयोजनामध्ये धेरैले भौतिक पूर्वाधार, ऊर्जा, शहरी पूर्वाधारमा चासो व्यक्त गरेका छन्। बोर्डका अनुसार कृषि…

Read More

काठमाडौं: खानेपानी मन्त्री बिना मगरले काठमाडौंको बाग्मती गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको आकश्मिक निरीक्षण गर्नु भएको छ । खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले गुह्यश्वरीमा निर्माण गरिरहेको फोहोर पानी प्रशोधन केन्द्रको कार्य प्रगतिको अवलोकन गर्न मन्त्री मगरले निरीक्षण गर्नु भएको हो । दैनिक ३ करोड २४ लाख लिटर फोहोर पानीको प्रशोधन गरि शुद्धीकरण गर्ने उदेश्यले यो आयोजना अघि बढाइएको हो । खानेपानी मन्त्री मगरले काठमाडौं उपत्यकामा बनिरहेको यस किसिमको प्रशोधन केन्द्रले उपत्यकाको ढलको समस्या धेरै हल हुने बताउनुभयो । उहाँले आयोजनाको काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन समेत दिनु भएको छ । …

Read More

काठमाडौँ: नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता प्रक्रिया टुंगोमा पुगेको औपचारिक घोषणा सोमबार हुने बताए । उनले पार्टी एकता प्रक्रिया टुंगोमा पुग्दैन कि भनेर आशंका नगर्न समेत आग्रह गरेका छन् । उनका अनुसार आज साँझ ६ बजेका लागि सचिवालय बैठक डाकिएको छ। त्यसअघि साँझ ५ बजे दुई अध्यक्ष बसेर छलफल गर्ने दाहालले बताए। नेकपा स्थापनाको ७० औं दिवसको अवसरमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा प्रचण्डले दुई जना कमरेडलाई दिनभर तयारी बैठक गर्न निर्देशन दिइएको बताए। यसअघि आजै बिहान प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, दाहाल,बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच बालुवाटारमा छलफल भएको थियो।…

Read More

काठमाडौं: श्रीलंकामा भएका श्रृंखलावद्ध बम विष्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको छ । २ सय जनाभन्दा बढी घाइते भएका छन् । इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला चर्च र होटलहरुमा श्रृंखलावद्ध विस्फोट भएको थियो । कम्तीमा ६ स्थानमा विष्फोट भएको अधिकारीहरुले जनाएका छन् । राजधानी कोलम्बोका तीनवटा चर्च र तीन वटा होटलमा आक्रमण भएको थियो । कोलम्बोको सेन्ट एन्थोनी, कतुवपितिया र बाटिकालोआ चर्चमा विष्फोट भएको छ । सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा पनि विष्फोट भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

Read More