Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: सरकार र प्रधानमन्त्रीविरुद्ध सार्वजनिक कार्यक्रमहरुमा जथाभावी बोल्दै हिंडेको आरोप लागेका एक पूर्व सैनिक अधिकृतको पेन्सन रोक्नेबारे छलफल भएको छ । सेनाका अवकासप्राप्त केही उच्च अधिकारी सरकार र प्रधानमन्त्रीको विरुद्धमा गाली गलौचमा उत्रेपछि सरकारले उनिहरुको पेन्सन रोक्ने तयारी गरेको हो । उच्च स्रोतले दिएको जानकारीअनुसार यसबारेमा गत साता बसेको मन्त्रिपरिषदको वैठकमा समेत गम्भिर रुपमा छलफल भएको छ । सेनाका अवकासप्राप्त सहायकरथी प्रेमसिंह बस्न्यातले प्रधानमन्त्री र सरकारका विरुद्ध गाली गलौचमा उत्रेको भन्दै उनलाई कारवाही गर्नुपर्ने आवाज उठेको हो । वैठकमा मन्त्रीहरुले सेनाका अवकासप्राप्त केही उच्च अधिकारीहरु र केही निजामति कर्मचारीहरुले निरन्तर रुपमा सरकार र प्रधानमन्त्रीलाई गाली गलौच गरेको…

Read More

काठमाडौँ: चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम,…

Read More

काठमाडौं: ऋणमा डुबेको एयरलाइन्स जेट एयरवेज कम्पनी आफ्ना १६ हजार कर्मचारीलाई मार्च महिनाको तलब दिन नसक्ने भएको छ । कम्पनी लगातार यो स्थितिको समाधान गर्ने प्रयासमा लागिपरेको छ । नागरिक उड्डयान मन्त्री सुरेश प्रभुले भनेका छन्, ‘यो मामिला बैंक तथा व्यवस्थापनबीचको हो । मन्त्रालयले यो विषयमा कुनै पनि किसिमको कुनै डिल गर्नेछैन् ।’ जेट एयरवेजका अधिकारी राहुल तनेजाले भनेका छन्, ‘जेट एयरवेज व्यवस्थापन कम्पनीको राम्रो सञ्चालन तथा स्थिर भविष्यका लागि काम गरिरहेको छ । यसका लागि काम गरिरहेको छ । यसका लागि केही संस्थान तथा कर्जा दिनेसँग पनि सम्पर्क गरिरहेका छौँ । यद्यपि यस किसिमको समस्याको हल गर्नका…

Read More

काठमाडौं: कांग्रेस जिल्ला सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध देशव्यापी अभियानमा उत्रने चेतावनी दिएका छन् । केन्द्रीय समितिको आगामी बैठकबाट विधान परिमार्जन नगरिए देउवाविरुद्ध हस्ताक्षर अभियानमा जुट्ने निष्कर्ष जिल्ला सभापतिहरुले निकालेका हुन् । केन्द्रीय समिति शनिबार बस्दैछ । केन्द्रीय समितिले बहुमतका आधारमा कन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्थासहितको विधान पारित गरेपछि जिल्ला सभापतिहरु असन्तुष्ट छन् । यो समाचार नवीन झाले अन्नपूर्णमा लेखेका छन् ।

Read More

काठमाडौँ: काठमाडौँलगायत मुलुकका धेरैजसो ठाउँमा शुक्रबार र शनिबार बदली हुने सम्भावना रहेको छ । पश्चिम पहाडका केही ठाउँमा शुक्रबार र मध्य क्षेत्रका केही ठाउँमा शनिबार हावाहुरीसहित बदली हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशको पूर्वी, मध्य र पश्चिमी पहाडी क्षेत्रका केही भागमा बदली हुनेछ । देशको पूर्वी, मध्य र पश्चिमी क्षेत्रका केही भाग मेघ गर्जनसहित वर्षाको सम्भावना छ । उच्च हिमाली भागमा हल्का हिमपातको सम्भावना छ । शनिबार पनि देशको अधिकांश भागमा मेघ गर्जनसहित सामान्यदेखि पूर्ण बदली र हिमाली भेगमा हिमपात हुने सम्भावना छ । तराईका सीमावर्ती जिल्लामा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको…

Read More

काठमाडौं: नेपाल आयत निगमले यो वर्ष कर्मचारीका लागि पौने पाँच करोड रुपैयाँभन्दा बढी बोनसको व्यवस्था गरेको छ । पेट्रोलियम पदार्थ कारोबारमा एकाधिकार रहेको निगमले आर्थिक वर्ष ०७४ ०७५ मा गरेको खुद नाफाको एक प्रतिशतले हुन आउने चार करोड ७९ लाख ६३ हजार आठ सय ४५ रुपैयाँ विनियोजन गरेको हो । निगम सञ्चालक समितिको अध्यक्ष तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा बिहीबार सम्पन्न ३७ औँ वार्षिक साधारणसभाले प्रतिवेदन पारित गरेको ेछ । आर्थिक वर्ष ०७५ ७५ सहित नेपाल आयल निगमको कर्मचारी बोनस खातामा तीन अर्ब १८ करोड २३ लाख १३ हजार रुपैयाँ जम्मा भएको छ…

Read More

काठमाडौं: सन् २०२२ बाट सीडीएमए नेटवर्क बन्द हुने भएको छ। रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले सन् २०२२ बाट सीडीएमए सेवा बन्द गर्ने निर्णय गरेको हो। नेपाल दूरसञ्चार प्राधिकरण व्यवस्थापनले गत फागुन १४ गते निर्णयका लागि समितिमा सिफारिस गरेको थियो। उक्त सिफारिसको आधारमा समितिले निर्णय गरेको जनाइएको छ। समितिले हाल सीडीएमएका लागि प्रयोगमा आएको ८०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सीलाई रिफर्मिङ गर्न सन् २०२२ बाट सीडीएमए नेटवर्क बन्द गर्ने निर्णय गरेको उल्लेख छ। ‘यो नितिगत निर्णय हो’, प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले भने, ‘सन् २०२२ बाट सीडीएमए सेवा बन्द गर्न त्यसका लागि हाल प्रयोगमा रहेको ८०० मेगाहर्जको फ्रिक्वेन्सीलाई रिफर्मिङ गर्ने कुरा अघि बढेको…

Read More

महोत्तरी: प्रश्नपत्र बाहिरिएपछि स्थगित भएको प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा २२ गते शुक्रवार बिहान ८ बजेदेखि हुँदैछ । एसईईमा केन्द्राध्यक्ष बाहेक सबैलाई मोवाइल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ । परीक्षालाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण बनाउन भन्दै केन्द्राध्यक्ष बाहेक अरुलाई मोवाइल प्रयोग गर्न नदिने निर्णय गरिएको शिक्षा विकास निर्देशनालय, प्रदेश २ का निर्देशक रमाकान्त शर्माले जानकारी दिए । बिहीबार बिहान बसेको बैठकले परीक्षामा खटिने सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहयोगीको मोवाइल अफ गरी केन्द्राध्यक्षको नियन्त्रणमा राख्ने निर्णय गरिएको निर्देशक शर्माले बताए ।अनुगमनका क्रममा मोवाइलको दुरुपयोग भएको पाइएकोले यस्तो निर्णय गरिएको उनको भनाइ छ ।

Read More

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो सुनसहित पाँच जना भारतीय नागरिक पक्राउ परेका छन्। हाल उनीहरुको परिचय खुलाइएको छैन । थाइ एयरवेजबाट आएका ती नागरिकबाट ६ किलो भन्दा बढी सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ ।‘थाइ एयरवेजबाट आएका पाँच जना भारतीयबाट ६ किलो सुन बरामद भएको छ। उनीहरुको बारेमा अनुसन्धान भइरहेको प्रहरीले भनाइ छ ।’

Read More

काठमाडौँ: अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजार विस्तार र खुलापनमा दक्षिण एशियाली राष्ट्रहरु पछि परेको बताएका छन् । बिहीबारबाट काठमाडौंमा सुरु भएको दक्षिण एशीयाली लेखा व्यवसायी महासंघको सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले पुँजी बजार विस्तार खुलापनमा दक्षिण एशिया पछि परेको बताएका हुन् । यद्यपि नेपाल सरकार भने पूँजी बजारमा पनि विदेशी लगाउने भित्र्याउने पक्षमा रहेको उनले बताए । अर्थमन्त्री खतिवडाले वित्तीय र मौद्रिक उपकरणको विस्तारका लागि पनि पूँजी बजारमा विदेशी लगानी भित्र्याउन लागिएको बताए । ‘पुँजी बजारको विस्तार र यसको खुलापनको लागि दक्षिण एशीयाली राष्ट्र अलि पछि परेको छ’ अर्थमन्त्री खतिवडाले भने, ‘पुँजी बजारमा विदेशी लगानी आवश्यक छ, यसले बजारको…

Read More