Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजनमा परेका कर्मचारीले श्रीमान्–श्रीमती एकै ठाउँमा नपरेको जनाउँदै समायोजन संशोधन गर्न माग गरेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गुनासो सम्बोधन सहयोगी कक्षमा समायोजन भएका कर्मचारीले श्रीमान्–श्रीमती एकै ठाउँमा नपरेकादेखि समायोजन गर्दा स्तरोन्नति नभएको भनेर संशोधनका लागि निवेदन दर्ता गराएका छन् । मन्त्रालयले समायोजनमा परेका कर्मचारीका गुनासो सम्बोधन गर्न स्थापना गरेको ‘गुनासो सहयोगी कक्ष’मा समायोजन संशोधनको माग गर्दै कर्मचारीको गुनासोको चाङ लागेको छ । मन्त्रालयले समायोजन भएका कर्मचारीलाई गुनासो सम्बोधनका लागि सहयोगी कक्ष बनाएपछि त्यस्ता गुनासा दैनिक दुई सय दर्ता हुने गरेका छन् । गुनासो सुनवाइ समितिका संयोजक तथा मन्त्रालयका सहसचिव रुपनारायण…
काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्र र प्रदेशका सरकार गठन भएको एक वर्ष पूरा भएकाले यसबीचका कामको समीक्षा गरेर मन्त्रिमण्डलमा हेरफेर गर्नुपर्ने बताएका छन् । ¬क्याक्स्टन मिडिया प्रालिले सञ्चालनमा ल्याएको ‘पब्लिक न्यूज एजेन्सी¬’ को शुभारम्भ कार्यक्रमपछि सञ्चारर्कीको जिज्ञाशामा नेता नेपालले भने, “यसबीचको कामको मुल्याङ्न गर्ने समय आएको छ । एक वर्ष बितेकाले अब मन्त्रिमण्डलमा पुनः गठन हुनु उपयुक्त छ । प्रदेशका हकमा पनि यो कुरा लागू हुन्छ तर यसबारे मलाई अरु जानकारी छैन ।” केन्द्र सरकार र प्रदेश नं. २ मा बाहेक छ वटा प्रदेशमा नेकपाले नेतउत्व गरिरहेको छ । नेता नेपालले पार्टी…
विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी मन्त्रिपरिषद् विस्तारमा दलितको सहभागिता गराइने बताएका छन् । मानव अधिकारका लागि स्रोत विकास मञ्चद्वारा ५४औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसका उपलक्ष्यमा आज यहाँ आयोजित ‘सङ्घीयतामा दलितको अधिकार’ प्रदेशस्तरीय विचार गाष्ठीमा उहाँले मितव्ययिता अपनाउन विगतमा प्रदेश सरकारले सानो मन्त्रिमण्डल गठन गरेको प्रस्ट पारे । उनले प्रदेशमा बसोबास गर्ने दलित समुदायको अवस्था, माग र चाहना, शिक्षा तथा आवासको समाधानका लागि संविधानको भावनाअनुसार आगामी वर्षको नीति तथा कार्यक्रममा बजेट विनियोजन गर्न सुझाव सङ्कलन गर्ने कार्य केही दिनभित्र गरिने बताए । मुख्यमन्त्री राईले दलित समुदायका अधिकार संविधानमा समावेश भएको र अब त्यसलाई ऐन, नियम र…
काठमाडौँ: पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा बदली रही पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । प्रिमनसुनको समय भएकाले अपराह्नपछि पहाडी भू–भागको मौसम प्रभावित भई मेघ गर्जनसहित हल्का वर्षा हुने महाशाखाका मौसमविद् विभुती पोखरेले बताए । उनका अनुसार प्रिमनसुनको विशेषता छोटो समय वर्षा हुने र उपत्यकाकै पनि एक ठाउँमा वर्षा हुने अर्काे ठाउँमा नहुने हुन्छ । भारी वर्षा भने नहुने बताइएको छ । बुधबार देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी तथा मध्य पूर्वी क्षेत्र र पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित छिटफुटदेखि हल्का वर्षाको सम्भावना…
काठमाडौँ : ‘गोरखा भूकम्प’, नाकामा भएको अवरोध तथा अन्य विभिन्न समस्याका कारण समस्या झेल्दै आएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाले आगामी वैशाख १७ गतेदेखि विद्युत् उत्पादन शुरु गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार रुग्ण आयोजनाको रुपमा रहेको उक्त परियोजनाको पछिल्लो दिनमा निर्माण कार्यलाई तिव्र पारेका कारण सम्पन्न हुने चरणमा पुगेको हो । प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आगामी वैशाख १७ गतेदेखि पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादन गर्ने गरी कार्यतालिका तय गरिएको छ । रसुवा र नुवाकोटको सिमानामा निर्माण भइरहेको सो आयोजना लामो समयदेखि समस्यामा फसेकेका थियो । सबै समस्याबाट पार पाएपछि आयोजनाले गति मात्रै लिएको…
काठमाडौँ: : सोमबार जस्तै आज पनि धितोपत्र बजारमा शेयरको मूल्यमा ६.८३ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार घटेर एक हजार १४७.१५ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५७ विन्दुले घटेर २४३.९७ विन्दुमा पुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोवार रकममा समेत कमी आएको छ । कूल १५८ कम्पनीको पाँच लाख ३४ हजार ९९५ कित्ता शेयर रु १४ करोड ८६ लाख ३३ हजार २४५ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल ११ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर घटेको छ । बैंकिङ ६.७५, व्यापार २.८७, होटल उपसमूहको शेयर कारोवार भएन ।…
काठमाडौँ: रङ्गको पर्व होलीलाई संस्कृतिअनुसार आपसी शुभकामना साटासाट गरेर शान्तिपूर्ण बनाउनका लागि नेपाल प्रहरीले विशेष प्रचारात्मक अभियान चलाएको छ । काठमाडौँ उपत्यकामा विगत तीन दिनदेखि नै हरेक प्रहरी इकाइमार्फत समुदायसँग मिलेर प्रचारप्रसार अभियान चलाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी र समुदायले संयुक्त अभियानमार्फत प्रचारात्मक ¥यालीसहित माइकिङ, मोबाइलगस्ती गरेर सचेतना जगाइएको छ । तर उच्छृङखल देखियो भने कारवाही हुने उनले चेतावनी दिए । यो वर्ष काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रमा चैत ६ गते र तराईमा चैत ७ गते होली मनाइन्छ । भित्री मधेशका कतिपय जिल्लामा भने होली दुबै दिन मनाउने…
काठमाडौँ: नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भइरहेपनि सर्वसाधारणको हितलाई ध्यानमा राख्दै हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । यही चैत दुई गते ‘इण्डियन आयल कर्पोरेशन (आइओसी)’बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ नौ पैसा वृद्धि र डिजेलमा प्रतिलिटर १२ पैसा घटेर आएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । अहिले काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर रु ११० तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु ९७ छ । निगममा नयाँ नेतृत्व आएसँगै खरीद मूल्य बढे पनि इन्धनको मूल्य वृद्धि भएको छैन । निगमले पछिल्लो पटक गत माघ १९ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुई वृद्धि…
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले आगामी शुक्रबारदेखि नयाँ बु्रमर(यान्त्रिक कुचो) मार्फत सडक सफा गर्ने भएको छ । अघिल्लो सोमबार इटलीबाट काठमाडौँ आइपुगेको सफा गर्ने उक्त यन्त्र पहिलो पटक रत्नपार्कमा प्रयोग गर्न लागिएको कामपाले जनाएको छ । अहिले ती ब्रुमर सञ्चालन गर्न चालक र सहचालकलाई तालीम दिने कामसँगै पाटपुर्जा जडानका क्रममा रहेको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । उनका अनुसार बिहीबारसम्म सञ्चालनको तयारीको सबै काम सकी प्रयोगमा ल्याइने छ । नियमित रुममा कुन कुन सडकमा उक्त यन्त्रले सफा गर्ने भन्ने विषयमा कामपा प्रमुखसँग छलफल भएको प्रवक्ता डङ्गोलले बताए । कानूनी रुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र कामपाकोे जिम्मेवारीमा पर्छ । अबको केही…
काठमाडौँ:निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो १२औँ जहाज ‘एटीआर ७२–५००’ भित्र्याएको छ । फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीबाट खरीद गरिएको नाइन एन एएमवाई कलसाइन रहेको उक्त जहाज गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । थपिएको जहाजसहित बुद्धका १० एटीआर जहाज भएका छन् । सात एटीआर ७२–५००, तीन एटीआर ४२–३२० र दुई बीचक्राफ्ट १९०० डी रहेको छ । नयाँ जहाजको रङ्गरोगन तथा प्राविधिक कार्यपश्चात अर्को महीनादेखि उडान भर्ने कम्पनीका बजार निर्देशक रुपेश जोशीले बताउनुभयो । थपिएको जहाजले नियमित मर्मत सम्भार तथा उडान वृद्धि गर्न सहयोग पु¥याउने उहाँको भनाइ छ । जहाज थपिएसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान वृद्धि गर्ने…