Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: गृहमन्त्री रामबहादुर थापा नेकपाभित्र ‘तानातान’ मा परेका छन् । पार्टीमा रहेका विभिन्न गुटमध्ये ३४ केन्द्रीय सदस्यलाई आफ्नो पक्षमा राख्न सफल गृहमन्त्री थापा सरकारमा मात्र होइन, पार्टी राजनीतिमा पनि निर्णायक देखिएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् । पार्टीको सांगठनिक एकता प्रक्रियामा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधव नेपालबीच गुटगत प्रतिस्पर्धा चलिरहँदा उनी कतै खुलेका थिएनन् । तर सचिवालय बैठकमा थापा एक्लै भए पनि ‘निर्णायक’ पोजिसनमा छन् । त्यसैले थापा तानातानमा परेका हुन् । नेकपा सचिवालयभित्र वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको एउटा गुट छ ।…
ठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले एक वर्षमा गरेका कामप्रति असन्तुष्टि जनाउँदै सत्तापक्षकै नेताहरु प्रतिपक्षीको भूमिकामा देखिएका छन् । सत्तापक्षका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई यस्तो भूमिकामा देखिएका हुन् । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । पार्टी स्थायी कमिटी सदस्य रावलले युनिभर्सल पिस फेडेरेसन (युपिएस) को आयोजनामा सम्पन्न एसिया प्यासिफिक समिटमा सरकार र पार्टी नेताहरुको सहभागिताप्रति असन्तुष्टि प्रकट गरेका थिए । त्यस्तै पार्टी स्थायी कमिटी सदस्य भट्टराई दिगम्बर झाको नियुक्ति, मुस्लिम आयोगका अध्यक्षमा प्रस्तावित समीम मियाँ अन्सारी नियुक्ति प्रकरणमा पनि असन्तुष्ट देखिएका थिए । उनको भूमिका सत्तापक्षको नभई प्रतिपक्षको जस्तो छ…
काठमाडौँ: संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका दुई जहाज मर्मतसम्बन्धी ठेक्का प्रक्रियामा न्यून बोलकबोल गर्ने कम्पनीलाई छनोट गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले एयरबस ए ३३०–२०० र एयरबस ए ३२० मर्मतका लागि न्यून बोलकबोल गर्ने कम्पनीलाई नदिई बढी प्रस्ताव गर्नेलाई दिन लागिएको भन्दै त्यस्तो नगर्नसमेत निगमलाई निर्देशन दिएको हो । जर्मनीको लुफ्थान्सा कम्पनीले पेश गरेको न्यून शुल्कमा जहाज मर्मतसम्बन्धी प्रस्तावले जहाजको इञ्जिन मर्मतसम्बन्धी सेवा समेट्न नसकेको भनेर निगमले ‘एजे वाल्टेर युके’लाई सेवा प्रदान गर्ने कम्पनीका रुपमा छनोट गर्न सिफारिश गरेको थियो । उक्त कदमले निगमलाई ठूलो आर्थिक नोक्सानी पुग्ने देखिएको ठहर गरी समितिले त्यसअघिको न्यून बोलकबोल…
दमास्कस: इस्लामिक स्टेट (आईएस) लडाकूहरुको पकड रहेको मानिने क्षेत्रमा भएको हवाइ आक्रमणमा परी कम्तीमा ५० जना मारिएका छन् । सिरियाको राज्यद्वारा सञ्चालित समाचार संस्था सानाले जनाएअनुसार अमेरिकी नेतृत्वको सैन्य हवाई आक्रमणमा परी सोमबार मात्रै उनीहरु मारिएका हुन् । डेइर अल जौर प्रान्तमा पर्ने बाघौजमा रहेका आइएस लडाकूहरुलाई लक्षित गरी हवाई आक्रमण भएको जनाइएको छ । आक्रमणमा परी मारिएका मध्ये अधिकांश महिला र बालबालिका रहेको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकाको सहयोग रहेको सिरियन डेमोक्रयाटिक फोर्स (एसडीएफ)ले आइतबार नै आइएस लडाकू विरुद्ध देशको पूर्वी क्षेत्रमा आक्रमण गर्ने घोषणा गरेको थियो । आक्रमण गर्नुअघि एसडीएफले समयसिमा तोकेर आत्मसमपर्ण गर्न आइएस लडाकू र…
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानूनले तोकेभन्दा कम राजश्व लिई जग्गा पास गरेको अभियोगमा मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मालपोत कार्यालयका तत्कालीन अधिकृत पदमप्रसाद अर्याल, तत्कालीन नायब सुब्बाद्वय दयाराम खत्री र लेखनाथ भट्टराईलाई रु ५२ हजार ७१ बराबरको भ्रष्टाचार गरेको पाइएको आयोगले आरोप लगाएको छ । यस्तै जग्गाधनी शारदा देउजा र जग्गा खरीदकर्ता कौशलकिशोर श्रीवास्तवविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार हुने गरी कारवाहीको माग दाबी गरिएको छ । भक्तपुर चित्तपोल–४ बस्ने शारदा देउजाको नाममा रहेको जग्गामा बनेको घरको रु तीन लाख मात्रै मूल्य राखी कीर्ते कागजात बनाई घरजग्गा बेचबिखन गरेको आयोगको अनुसन्धानबाट खुलेको…
काठमाडौँ: मुलुकको आर्थिक समृद्धिका लागि छरिएर रहेको स्वदेशी पूँजी सङकलन गरी ठूला जलविद्युत् परियोजनामा लगानी गरिनुपर्नेमा जोड दिइएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) जे यहाँ आयोजना गरेको ‘समृद्ध नेपालका लागि जलविद्युत्’ विषयक अन्तरक्रियामा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले निश्चित ढाँचाका आधारमा मुनाफाको सुनिश्चित गरेर पूँजी सङ्कलन गरिनुपर्ने बताए । उनले भने, “स्वदेशी पूँजी लगानी नगरे समृद्धि हासिल गर्न कठिन हुन्छ, त्यसैले बाध्यकारी ऐन बनाएर विभिन्न क्षेत्रमा आबद्ध पेशाकर्मी तथा पहुँच भएका सर्वसाधारणसँग रकम सङ्कलन गरेर समृद्ध राष्ट्र निर्माणको महाअभियानमा आम जनतालाई सरिक गराउनुपर्छ ।” सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने…
ललितपुर: भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले छिट्टै ललितपुरदेखि मकवानपुर जोड्ने पुलको बोलपत्र आह्वान गरिने बताउनुभएको छ । गोदावरी नगरपालिकाले तेस्रो स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री महासेठले आगामी जेठ मसान्तसम्ममा कान्ति राजपथ निर्माणको अर्काे बोलपत्र पनि आह्वान गर्ने तयारी अघि बढेको जानकारी दिनुभयो । चालू आवमा बर्दिवासदेखि निजगढसम्म सडक निर्माण सम्पन्न गरिने बताउँदै उहाँले काठमाडौँ–केरुङमार्ग जोड्ने सडक निर्माणमा सरकार अघि बढेको जानकारी दिनुभयो । देशभर विकासको गति अघि बढाउन यस वर्षभित्र आठ लेन, चार लेन र दुई लेनका ६ हजारदेखि आठ हजार सडक तथा करीब ४०० पुल पनि बन्ने उहाँले बताउनुभयो । “सिङ्गापुर बन्न तीस वर्ष लाग्यो, नेपाल…
नेपालगञ्ज: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सैद्धान्तिक रुपमै मुलुकको राष्ट्रिय अखण्डता स्वीकार गरेर आउने जो कोहीलाई पनि स्वागत गर्नुपर्ने बताउनुभएको छ । राप्रपाको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भन्नुभयो, “सरकार र सिके राउतबीच भएको सहमति स्वागतयोग्य छ । सहमतिमा भएका कतिपय अस्पष्टतालाई सरकारले प्रष्ट पार्नुपर्छ ।’’ नेत्र विक्रम चन्दले नेतृत्व गरेको माओवादीको हिंसात्मक गतिविधितर्पm इङ्गित गर्दै अध्यक्ष थापाले भन्नुभयो, “दमनको नीतिले समाधानमा पुग्न सकिदैन् । सरकार यस विषयमा गम्भीर हुनैपर्छ ।” एक प्रश्नको जवाफमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओली सबल र सक्षम नेतृत्वकर्ता भए पनि सरकारको मार्गचित्र स्पष्ट नभएकाले…
रुपन्देही: श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले श्रमिक र रोजगारदाताको तनाव अन्त्यका लागि सरकारले सामाजिक सुरक्षा योजना ल्याएको बताएका छन् । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय, सामाजिक सुरक्षा कोष र रुपन्देही उद्योग सङ्घद्वारा आज रुपन्देहीको नयाँ मिलमा आयोजना गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री विष्टले योजनाले रोजगारदाता र श्रमिकबीच सन्तुलन पैदा गर्ने धारणा राखे । उद्योगी–व्यवसायीको जोखिम अन्त्य गर्न राज्यले योजना ल्याएकाले योजना कार्यान्वयनमा साथ दिन उनले आग्रह गरे । “सामाजिक सुरक्षा योजनाले श्रमिकमा काम गर्ने भावना पैदा गर्नेछ”, उनले भने, “श्रमिक खुशी भए मात्रै उद्योग–व्यवसाय फस्टाउँछ, त्यसैले सबैलाई सुरक्षा योजनाको दायरमा ल्याउँछौँ ।” रोजगारीका…
काठमाडौँ: सन् २०१९ को दुई महीनामै दुई लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार जनवरी र फेब्रुअरीमा गरी दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका हुन् । फेब्रुअरीमा मात्रै ९७ हजार ६९४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिमा ३३ प्रतिशतले बढी हो । सन् २०१८ को दुई महीनामा एक लाख ६३ हजार ६९४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्षको फेब्रुअरीमा ८९ हजार ५०७ विदेशी पर्यटक नेपाल आएका थिए । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको विवरणमा सन् २०१९ को जनवरी महीनामा ९१ हजार ७९३ जना…