Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीकैरुपमा आफ्ना अनुसन्धान अधिकृत परिचालन गर्नेक्रम शुरु गरेको छ । आयोगले आयोजना गरेको तीन दिने पत्रकारिता तालीमको आज समापन गर्दै प्रमुख आयुक्त नविनकुमार घिमिरेले भन्नुभयो, “हरेक दुई दिनमा सेवाग्राहीकैरुपमा आयोगका कर्मचारी सेवाग्राही बढी हुने सरकारी कार्यालयमा परिचालित भएका छन् ।” विशेष गरी यातायात व्यवस्था विभाग, नापी, मालपोत कार्यालय, नेपाल विद्युत् प्राधिकरण, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, विभिन्न सरकारी अस्पतालमा आयोगका अनुसन्धान अधिकृतलगायतका कर्मचारी परिचालित भएका छन् । सेवाग्राहीको चाप बढिरहेका कार्यालयमा विचौलिया र कर्मचारीको मिलेमतोमा भ्रष्टाचार र अनियमितता हुने गरेको भन्ने जानकारी अत्यधिकमात्रामा आएपछि आयोगले सेवा सुधार गर्दै कर्मचारीलाई सदाचारी…

Read More

काठमाडौँ: सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधि आपराधिक भएको ठहर गर्दै त्यसलाई नियन्त्रण गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रामबहादुर थापाले चन्द समूहका गतिविधि आपराधिक भएकाले नियन्त्रण गर्नुपर्ने ठाडो प्रस्ताव लगेका थिए । उक्त समूह राजनीतिक उद्देश्यभन्दा हिंसात्मक र आपराधिक ढंगले अघि बढेकाले कानूनी प्रक्रियाबाट नियन्त्रण गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ । ‘वार्तामा आउन पटक पटक आग्रह गर्‍यौं तर वार्तालाई वास्ता गरेन, उल्टो हिंसात्मक गतिविधि गर्दै गयो,’ एक मन्त्रीले भने, ‘चन्द समूहको राजनीतिक उद्देश्य पनि देखिएन, आपराधिक खालको गतिविधिमा मात्र संलगन रह्यो । त्यसैले त्यस्ता गतिविधि रोक्ने निष्कर्षमा सरकार पुगेको हो ।’ अब प्रहरीले चन्द…

Read More

रुपन्देही: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले सिके राउतसँग गरेको सहमति अपरिपक्व निर्णय भएको टिप्पणी गर्नुभएको छ । नेपाल प्रेस युनियन रुपन्देहीले आज आयोजना गरेको पत्रकार भेटघाटमा नेता पौडेलले पृथकतावादी गतिविधि गरेको समूहलाई सहमतिमा ल्याउनु राम्रो भए पनि यसले अनेक आशङ्का पैदा गरेको बताउनुभयो । “ सहमतिमा कालान्तरमा जनमत सङ्ग्रहको कुरा आएको छ, राष्ट्रको स्वाभिमान र अखण्डताका लागि जनमत सङ्ग्रह मान्य हँुदैन ।” नेता पौडेलले सहमति पछि विभिन्न कुरा आएकोले सरकारले छिटो शङ्काको निवारण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सिके राउतले जनमत सङ्ग्रहका लागि सरकार तयार रहेको भन्दै हिँडेका छन्, यो आपत्तिजनक छ ।” सहमतिले फसाउने आशङ्का राष्ट्रिय प्रजातन्त्र…

Read More

काठमाडौँ: नागरिकको सेवाका लागि भनेर शपथ खाएका सरकारी कर्मचारीले मृतकको नाममा आफ्नै औँठाछापको प्रयोग गरी राज्य कोषको रकम दुरुपयोग गरेको फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दर्ता गरेको एक मुद्दामा त्यस्तो कुराको खुलासा भएको हो । दैलेखको साविक द्वारी गाउँविकास समितिका सहलेखापाल छविराम शर्माले मृतकका नाममा सामाजिक सुरक्षाभत्ता आफ्नै औँठाछाप प्रयोग गरी हिनामिना गरेको अभियोग लागेपछि छानबिन गर्दा उक्त खुलासा भएको हो । आयोगले दैलेखका तत्कालीन गाविस सचिव टीकाराम रेग्मीले आर्थिक वर्ष २०६९÷०७० को दोस्रो र तेस्रो किस्ता तथा आव २०७०÷७१ को प्रथम, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ताका लागि उपलब्ध भएको रु तीन लाख…

Read More

काठमाडौँ : नागढुङ्गाबाट सिस्नेखोलासम्मको नेपालकै पहिलो सुरुङ मार्गको प्राविधिक प्रस्ताव स्वीकृत भई आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया शुरु भएको छ । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले विसं २०६७ माघ २३ गते पदबहाली गरेको दिन सो सुरुङमार्ग निर्माण गर्ने निर्णय गरेका थिए । प्राप्त भएका छ वटा प्राविधिक प्रस्तावमध्येबाट स्वीकृत गरी आर्थिक प्रस्ताव खोल्ने गरी प्रक्रिया अघि बढाइएको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ । मार्ग निर्माणका लागि एक जापानी र पाँच चिनियाँ कम्पनीले प्राविधिक प्रस्ताव पेश गरेको आयोजना निर्देशक श्यामप्रसाद खरेलले जानकारी दिए । प्राविधिक प्रस्ताव स्वीकृत भएका कम्पनीको मात्र आर्थिक प्रस्ताव खोलिने उनले बताए । आर्थिक प्रस्तावको सबै प्रक्रिया पूरा…

Read More

काठमाडौँ: सरकारले रु २५ अर्बमाथि लगानीका आयोजनालाई प्रतिस्पर्धाका आधारमा अगाडि बढाउने गरी नयाँ कानूनको प्रस्ताव गरेको छ । सङ्घीय संसद्मा आज दर्ता भएको ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रूततर निर्माण तथा विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा ५० किलोमिटर लम्बाइ भएका दुई लेनको सडक, कम्तीमा २५ किलोमिटर लम्बाइ भएको कम्तीमा चार लेनको सडक र कम्तीमा दुई किलोमिटर सुरुङमार्ग भएको सडकलाई करार सम्झौता वा सीमित प्रतिस्पर्धा गरेर दिनसक्ने व्यवस्था उक्त विधेयकमा गरिएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सेवा प्रदान गर्ने विमानस्थल, कम्तीमा २०० मेगावाट जडित क्षमताको विद्युत् ऊर्जा उत्पादन गर्ने विद्युत्गृह, २२० केभी वा सोभन्दा बढी क्षमताको विद्युत् प्रसारण लाइन र…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाबाट आतङ्क मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको टोलीसँगको आजको भेटघाटमा उनले बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पारे । “कतिपयले वार्ता गर्नुप¥यो भन्छन् तर केका लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतङ्कित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन् ”, उनले भने, “जहाँजहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहीँ बम हान्नेहरुसँग केको वार्ता ? उनीहरुलाई कानूनबमोजिम नियन्त्रणमा लिइन्छ ।” प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्युनिष्टका नाममा आतङ्कित पार्ने काम गरिरहेको उल्लेख गदै भने,…

Read More

काठमाडौं : सार्वजनिक–निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि अर्थ समितिमा छलफल सकिएको छ । विधेयकमाथिको संशोधन दर्ता गरेका सांसदहरुसँग छलफल गरी अर्थ समितिले मंगलवार एकैदिनमा दफावार समेत छलफल सिध्याएर पारित गरेको हो । विधेयकमाथि ४६ सांसदले २३ वटा संशोधन दर्ता गरेका थिए । प्रतिनिधिसभाको बुधबार मध्यान्ह १२ बजे बस्ने बैठकबाट यो विधेयक पारित गर्ने तयारी छ । यही चैत १५–१६ गते गर्न लागेको ‘नेपाल लगानी सम्मेलन’लाई लक्षित गरेर सरकारले ल्याएको विधेयक फागुन १४ गते संसदमा दर्ता भएको थियो ।

Read More

दाङ:  महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले उच्च सरकारी वकिल कार्यालय पीडितको अड्डा भएकाले पीडितलाई न्याय र पीडकलाई कानूनी दायरामा ल्याउने कार्यमा थप प्रभावकारी रुपमा काम गर्नेुपर्ने बताउनुभएको छ । उच्च सरकारी वकिल कार्यालय तुलसीपुरको नयाँ कार्यालय भवनको आज उद्घाटन गर्दै उहाँले पीडितलाई न्याय दिलाउन मुद्दा गम्भीर भएर अभियोजन, अनुसन्धान भए मात्र अदालतले पीडितका पक्षमा फैसला गर्ने भएकाले तीनवटै निकायबीच प्रभावकारी समन्वय हुनुपर्ने बताउनुभयो । अर्काे प्रसङ्गमा महान्यायाधिवक्ता खरेलले अविभाज्य तथा अखण्ड नेपाललाई कसैले टुक्र्याउन खोजे कानूनी दायरामा ल्याइने बताउनुभयो । उहाँले भन्नुभयो, “ यदि अखण्ड नेपाललाई कसैले टुक्र्याउन खोज्छ भने राज्य र अदालतले कानूनी दायरामा ल्याउँछ ।” कानून उल्लङ्घन गरे फेरि पनि…

Read More

काठमाडौँ: पछिल्लो समय सहकारीको सङ्ख्या अत्यन्त धेरै रहेकाले राष्ट्रिय सहकारी महासङ्घले यसलाई घटाउन सुझाव दिएको छ । नेपाल सहकारी पत्रकार समाजले आज यहाँ आयोजना गरेको सहकारी एकीकरण विषयक छलफलमा राष्ट्रिय सहकारी महासङ्घका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले सङ्ख्यात्मक रुपमा वृद्धि गर्नुभन्दा गुणात्मकतातर्फ ध्यान दिनुपर्ने बताउनुभयो । सहकारी विभागका रजिष्ट्रार शिवकुमार कार्कीले सहकारी एकीकरण गर्नु चुनौती र आवश्यकता दुवै रहेकाले सञ्चालक सदस्यको खुशीमा प्रक्रिया अघि बढाउनुपर्ने धारणा राख्नुभयो । “विभागले निकट भविष्यमानै बढी सहकारी भएको ३५ जिल्लामा एकीकरणको सकारात्मक पक्षसहितको विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ”, उहाँले भन्नुभयो । कामपा सहकारी विभागका प्रमुख नमराज ढकालले महानगरमा रहेका एक हजार ८०० सहकारीलाई…

Read More