Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नेपाल प्रहरीका भर्खरै बढुवा भएका २६ जना प्रहरी उपरिक्षक (एसपी) हरुको पदस्थापना र ४० जनाको सरुवा गरेको छ । प्र हरी प्रधान कार्यालयले उनीहरुलाई विभिन्न स्थानमा पदस्थापना र सरुवा गरेको हो । गृहमन्त्रालयको सचिवस्तरीय निर्णयबाट बढुवा भएका उनीहरुलाई पदस्थापना गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Read More

इन्द्रदह (काठमाडौँ): चन्द्रागिरि–१ दहचोकस्थित काजी कालु पाँडेको समाधीस्थलमा पुष्पगुच्छा अर्पण गर्दा निकै गम्भीर देखिनुभएका प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो इन्द्रदह पर्यटन उत्सवको उद्घाटनका क्रममा भने हर्षित हुनुहुन्थ्यो । उत्सवको उद्घाटनका लागि दहचोकको डाँडामा पुग्नुभएका प्रधानमन्त्री ओलीलाई आयोजकका तर्फबाट स्वयम्सेवकले ढाकाको टोपी उपहार दिए । लगत्तै उहाँले शिरमा रहेको भादगाउँले टोपी झिक्नुभयो र ढाकाको टोपी लगाउनुभयो । अनि मञ्चाशीन व्यक्तितर्फ फर्केर भन्नुभयो, “राम्रो देखिएको छ ?” त्यसपछि प्रधानमन्त्रीले पनि कार्यक्रमका अध्यक्ष हरिशरण थापालाई खादा लगाइदिनुभयो । प्रधानमन्त्री ओली २०७३ फागुन ९ गते निजी भ्रमणका क्रममा चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित कालु पाँडेको समाधिस्थलमा पुग्नुभएको थियो । सोही समयमै उहाँले प्रत्येक फागुन ९ गते…

Read More

काठमाडौँ: अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले तत्कालका लागि मूल्य वृद्धि नगर्ने स्पष्ट पारेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार इण्डियन आयल कर्पोरेसनले यही फागुन ४ गते पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ७७ पैसा र डिजलमा प्रतिलिटर एक रुपैयाँ ८४ पैसा मूल्य बढेर आएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि हुने क्रम जारी रहेको जनाएको छ । सर्वसाधारणको हितलाई ध्यानमा राखी निगमले हाललाई पेट्रोलियम पदार्थको साबिककै बिक्री मूल्यलाई यथावत् राखेको जनाएको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर रु ११० र डिजल तथा मट्टितेलको मूल्य रु ९७ छ । इण्डियन आयल कर्पोरेसनले…

Read More

काठमाडौँ: सरकारले हालै कार्यान्वयमा ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र श्रम ऐनको कार्यान्वयनका बारेमा जानकारी दिने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ एक कार्यशालाको आयोजना गरेको छ । नेपालमा ती दुई ऐनको निर्माणका लागि महासङ्घले पनि लामो समयदेखि पहल गरेकाले तिनको कार्यान्वयन बारे सरोकारवाला एवम् नेपालका उद्योगी–व्यवसायीलाई जानकारी दिन सो कार्यशालाको आयोजना गरिएको हो । कार्यशालाको उद्घाटन गर्दै महासङ्घका अध्यक्ष भवानी राणाले उद्योगी–व्यवसायी तथा श्रमिकसँग जोडिएका विषय भएकाले ती कानूनको कार्यान्वयनलाई सहजीकरण गर्न महासङ्घको भूमिका महत्वपूर्ण हुने बताइन । उनले ती कानूनको महत्व र आवश्यकतामाथि जोड दिँदै उद्योगमैत्री वातावरणका लागि उद्योगी र व्यवसायीबीच मैत्री सम्बन्ध हुनुपर्नेमा जोड दिइन…

Read More

काठमाडौँ: सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको छ ? वा रमाइलो त हो नि भन्दै विद्युतीय माध्यममा कोही कसैको अपमान त गर्नुभएको छैन ? यदि त्यसो गर्नुभएको छ भने अब तपाइँलाई कडा कारवाही हुन सक्छ । रमाइलोको लागि त हो नि, त्यो मेरै मान्छे हो भन्दै हेलचेक्रयाइँसमेत गर्न नपाइने व्यवस्था गरिएको छ । सरकारले सङ्घीय संसद्मा पेश गरेको र बुधबारदेखि छलफलसमेत शुरु भएको ‘सूचना प्रविधिसम्बन्धी विधेयक २०७५’ विधेयकले त्यस्तो कार्यलाई दण्डनीय अपराधका रुपमा व्याख्या गरेको छ । विद्युतीय माध्यमलाई सभ्य, मर्यादित एवं व्यवस्थित बनाउने लक्ष्यका साथ सरकारले उक्त विधेयक सङ्घीय संसद्मा प्रस्तुत गरेको…

Read More

काठमाडौँ: सरकारले समाजकल्याण परिषद्का पदाधिकारीलाई पदमुक्त गरेको छ । परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्य इन्द्रबहादुर झा, गोकर्णप्रसाद भट्ट र सदस्य सचिव डिल्लीप्रसाद भट्टले बदनियतपूर्वक र कानून विपरीत कार्यसमेत गरी परिषदलाई हानि पु¥याएको भनी निजहरुलाई पदमुक्त गरिएको छ । परिषद्मा भएका आर्थिक, प्रशासनिकलगायत अनियमितताका सम्बन्धमा प्रचलित कानूनबमोजिम थप अनुसन्धान गरी कानूनी कारवाही गर्न उक्त प्रतिवेदनको प्रतिलिपि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय सरकारले गरेको छ । त्यसैगरी प्रत्येक वर्ष फागुन १ गतेलाई रोजगार दिवसका रुपमा मनाउने निर्णय भएको छ । यही फागुन ३ र ६ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा…

Read More

लमही: दाङको बबई गाउँपालिका–६ पञ्चकुलेमा रहेको कुसुम–हापुरे १३२ केभी प्रसारण लाइनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उक्त प्रसारण लाइनको आज उद्घाटन गरेका हुन् । सो अवसरमा उनले दाङमा अब विद्युत्को कम भोल्टेजको समस्या नरहने बताए । “दाङबाट लो भोल्टेज भयो भनेर पटक–पटक गुनासो आउने गथ्र्यो,” उनले भने, “अब भने त्यस्तो समस्या रहँदैन ।” दाङमा यसअघि लमहीबाट घोराही हुँदै तुलसीपुर ३३ केभीको प्रसारणलाइन मात्रै हुँदा कम भाल्टेजको समस्या रहेकाले अब भने हापुरेको सबस्टेसन सञ्चालन भएपछि दुई सय केभी विद्युत् प्रसारण हुने उनले बताए । सो दुई सय केभी विद्युत्लाई प्रयोगमा ल्याउनसमेत उनले आग्रह गरे । “पहिले…

Read More

काठमाडौँ: देशभरका झण्डै ८० हजार किलो मिटर सडकको निर्माण, स्तरोन्नति र सुधारको काम कसले गर्ने भन्ने टुङ्गो लागेको छैन । देश नयाँ संरचनामा गएपछि कुनकुन र कस्ता सडक कसले जिम्मेवारी लिने भन्ने टुङ्गो लागि नसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएको छ । पहिले अधिकांश सडकको जिम्मेवारी सङ्घको भए पनि देशको नयाँ संरचनाअनुसार सडक निर्माण र सुधार प्रदेश र स्थानीय तहको समेत जिम्मेवारी भएको मन्त्रालयका प्रवक्ता शिवहरी सापकोटाले बताए । उनका अनुसार कुनकुन सरकारले कस्ता सडक निर्माण गर्ने भन्ने निर्धारण गर्नका लागि छलफल शुरु भएको छ । राष्ट्रिय गौरवका आयोजनाका सडक निर्माणको ठेक्का सम्झौता सङ्घले नै गरेको उनले बताए ।…

Read More

काठमाडौँ : पोखरा महानगरपालिका–२३ घाँटीछिनादेखि पर्वतको कुश्मा नगरपालिका–१४ र मोदी गाउँपालिका–८ मा पर्ने पञ्चासे तालसम्मको ८.५ किलोमिटर दूरीको केबलकार निर्माण चरणमा प्रवेश गरेको छ । पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडले आज यहाँ पत्रकार सम्मेलन गरी पोखरादेखि पर्वतसम्मको सो दूरीको केबलकारको सम्पूर्ण गृहकार्य सकेर निर्माणको चरणमा प्रवेश गरेको जानकारी गराएको छ । पञ्चासे क्षेत्रलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यले सो केबलकार रु ११ अर्ब ३८ करोड ५० लाखको लागतमा निर्माण गर्न लागिएको हो । उक्त केबलकार नेपालकै सबैभन्दा ठूलो र लामो हुने कम्पनीले जनाएको छ । ‘मोनोकेबल डिटाचेबल प्यासेञ्जर’ केबलकार निर्माणका लागि सरकारसँग करीब तीन हजार रोपनी जग्गा…

Read More

काठमाडौँ: राष्ट्रिय परिचयपत्र गैरआवासीय नेपाली र विदेशीलाई वितरण गर्न नहुनेमा सुझाव दिइएको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले आज यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणका सम्बन्धमा व्यवस्थित गर्न बनेको विधेयकमाथि छलफलमा सहभागी सांसदले उक्त परिचयपत्र नेपाली नागरिक तथा नागरिकता प्राप्त गर्न योग्य नेपालीलाई मात्र वितरणको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । छलफलका क्रममा गृहमन्त्री रामबहादुर थापाले गैर आवासीय नेपालीको नागरिकताको विषय छलफलमा रहेका कारण उनीहरुलाई स्वदेशमा लगानी गर्ने तथा पहिचान हुने व्यवस्था गर्नुपर्ने भए पनि परिचयपत्र उपलब्ध नगराइने जानकारी गराए । सांसद विजय सुब्बाले गैर आवासीय नेपाली तथा विदेशीलाई सामाजिक सुरक्षा कार्डको व्यवस्था गर्न सकिने बताउँदै उनीहरुलाई…

Read More