Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
- त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
- भदौमा एलपी ग्यासको आयात र बिक्री हालसम्मकै उच्च, झन्डै ६० हजार टन आयात
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: अष्ट्रियाका विदेशमन्त्री करिन किनाइसल नेपालको तीन दिने औपचारिक भ्रमणमा आज अपराह्न राजधानी आई पुग्नुभयो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा आउनुभएका उहाँले आफ्ना नेपाली समकक्षी ज्ञवालीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । विदेशमन्त्री करिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अष्ट्रियाका लागि नेपालका राजदूत प्रकाशकुमार सुवेदी र परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारीले स्वागत गर्नुभएको थियो ।
काठमाडौँ: बुधबार दोहोरो अङ्कले घटेको शेयर बजार आज भने झिनो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ८४ बिन्दुले बढेर एक हजार ११३ दशमलव ०७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २७ बिन्दुले बढेर २३६ दशमलव ६० बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १५५ कम्पनीको चार लाख ७५ हजार ७६६ कित्ता शेयर रु १६ करोड ४४ लाख ७८ हजार ६८८ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका १० उपसमूहमध्ये आज तीन उपसमूहको शेयर घटेका छन् भने सात उपसमूहको शेयर वृद्धि भएको छ…
काठमाडौँ : स्थानीय तहअन्तर्गत वडाध्यक्षभन्दा तलका पदमा कानूनी व्यवस्था नभएकाले कानून संशोधन नगरी उपनिर्वाचन गर्न समस्या देखिएको छ । निर्वाचन आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार वडाध्यक्षभन्दा माथिको उपनिर्वाचनका लागि कानूनमा स्पष्ट व्यवस्था भए पनि तल्लो पदका विषयमा कुनै उल्लेख नभएकाले संशोधनका लागि प्रस्ताव पेश गरिएको र कानून बनेर आएपछि मात्रै उपनिर्वाचन हुनेछ । सरकार र निर्वाचन आयोगको समन्वयमा मिति तय भएपछि मात्रै उपनिर्वाचन हुने जानकारी दिँदै उहाँले आयोग जुनसुकै बेला उपनिर्वाचन गर्न तयारी अवस्थामा रहेको बताए । हालसम्म प्रदेशसभा र स्थानीय तहमा गरेर कूल ९४२ पद रिक्त छ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवका अनुसार प्रदेशसभा सदस्य दुई, स्थानीय तहअन्तर्गत…
चितवन: नेपाली काङ्ग्रेस चितवनले भरतपुर महानगरपालिकाकी उपप्रमुख तथा नेपाली काङ्ग्रेसकी नेतृ पार्वती शाह ठकुरीलाई ज्यान मार्ने धम्की आएको भन्दै आपत्ति जनाएको छ । नेपाली काङ्ग्रेस चितवनका सचिव उत्तम जोशीद्वारा बुधबार जारी विज्ञप्तिमा जनप्रतिनिधिका रूपमा सामाजिक काम गर्दैगर्दा सामाजिक सञ्जालमार्फत धम्की दिने प्रवृत्तिले मनोबल गिराउने काम भएको भन्दै ध्यानाकर्षण भएको जनाइएको छ । कुनै पनि बहानामा यस्ता धम्की तथा मनोबल गिराउने काम नगर्न÷नगराउनसमेत पार्टीले विज्ञप्तिमार्फत जनाएको छ । यस्ता गतिविधि गर्नेमाथि कारवाही गर्नसमेत सम्बन्धित निकायसँग माग गरिएको छ । आउँदा दिनमा यस्ता घटना नदोहो¥याउनसमेत विज्ञप्तिमा चेतावनी दिइएको छ । उपप्रमुख ठकुरीलाई एक विद्यार्थी नेताले सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण सन्देश पठाएको उनले बताएका…
काठमाडौँ : वर्तमान सरकारको एक वर्षको अवधिमा शिक्षा क्षेत्रमा नयाँ कानूनी प्रबन्धका साथै समाजवादोन्मुख शिक्षाको खाकाका लागि नीतिगत दस्तावेज तयार भएको छ । सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका कार्यक्रम र स्वीकृत कार्ययोजनाका आधारमा सरकारको एक वर्षको अवधिमा शिक्षा क्षेत्रमा कानूनी र नीतिगत सुधारका सङ्केत देखिएका हुन् । नेपाल सरकारबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा २०७५ असार ३२ गते गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले प्रारम्भिक बालविकासदेखि उच्चशिक्षासम्मको समग्र विकासको नीतिगत सुधारसहितको प्रतिवेदन तयार गरी गत माघ १ गते प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन हालसम्म औपचारिकरूपमा सार्वजनिक नभए पनि प्रतिवेदनका सिफारिसहरू कार्यान्वयनमा…
काठमाडौँ : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टोली थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गर्दै नेपालले सुखद शुरुआत गरिसकेको छ । तर, बलियो थाइल्याण्डविरुद्ध जित निकाल्न नेपालले कठिन चुनौती छ । थाइल्याण्डले गत महिना महिला टि–२० स्म्यास प्रतियोगितामा नेपाललाई नौ विकेटले पराजित गर्दै उपाधि उचालेको थियो । यस्तै थाइल्याण्ड पनि दोस्रो जितको खोजीमा रहेको छ । थाइल्याण्डले पहिलो खेलमा चीनलाई छ विकेटले पराजित गरेको थियो । दुई खेलमा दुई जितका साथ युएई अङ्क तालिकाको पहिलो स्थानमा…
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली नोट छाप्ने दुई जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरको टोलीले हेटौँडा नगरपालिका– ९ का ३३ वर्षीय प्रेमबहादुर तामाङ र सोही नगरपालिका– १ की २५ वर्षीया सरस्वती बलामीलाई सोमबार पक्राउ गरेको हो । उनीहरुलाई पोखरा महानगरपालिका वडा नं ५ पस्र्याङस्थित डेराबाट नक्कली नोट छाप्दाछाप्दै पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्रमान गुरुङ जानकारी दिए । पोखरा– १६ अर्मलास्थित गुरुङ किराना पसलमा एक हजारको नोट दिएर रु १०० को एनसेलको रिचार्ज कार्ड खरीद गरेका र पछि नक्कली नोट भएको थाहा पाएपछि प्रहरीलाई दिएको सूचनाका आधारमा उनीहरुलाई तत्काल पक्राउ गरिएको उनले जानकारी दिए…
काठमाडौँ : केन्द्रीय त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले शिक्षाशास्त्र सङ्कायका सहायक डिन बबुवालाल साह निलम्बन गरेको छ । आज बसेको परिषद्को आकस्मिक बैठकले साहलाई निलम्बन गर्ने निर्णय गरेको रजिस्टार डिल्लीप्रसाद उप्रेतीले जानकारी दिनुभयो । उनका अनुसार त्रिविमा ट्रान्सक्रिप्ट निकाल्न आएकी एक छात्रालाई यौन दुव्र्यहार गरेको आरोप प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई त्रिविको जिम्मेवारीबाट हटाइएको हो ।
जुम्ला: जुम्लाको तिला कर्णाली र हिमा कर्णाली नदीमा नदीजन्यवस्तु बालुवा गिट्टी अवैधरूपमा उत्खनन र चोरी निकासी हुने गरेको छ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले विकास निर्माणका लागि बजेट पुगेन भन्ने गरेका छन् तर आन्तरिक राजश्व सङ्कलनमा चासो दिएको पाइँदैन । स्थानीय तहका लागि आन्तरिक राजश्व सङ्कलन गर्न सकिने नदीजन्य वस्तु गिट्टी, बालुवा लाखौँे घनमिटर रातदिन चोरी निकासी र उत्खनन भइरहेको छ, तर यहाँका सरोकारवाला निकाय मौन छ । चन्दननाथ नगरपालिकाको तिलानदीअन्र्तगत पर्ने दानसाँघु, छिनासाँघु, उठिल्यालगायतका क्षेत्रमा नदीजन्य वस्तुको उत्खनन र चोरी निकासी भइरहेको छ । अनुमतिविना नदीको धार र स्वरूप परिवर्तन हुने गरी डोजरको प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन…
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिमा कर्जा र निक्षेपको ब्याजदरअन्तर (स्प्रेडदर) भारित औसत ब्याजदरका आधारमा गणना गर्ने भएपछि यसमा बैंकर्सले असन्तुष्टी जनाएका छन् । बैंकको कर्जाको ब्याजदर कम गर्न केन्द्रीय बैंकलाई चौतर्फी दबाब बढ्दै गएपछि राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत स्प्रेडदर गणनामा नयाँ विधि अवबलम्बन गर्ने भएको थियो । नियामकीय निकायको निर्णय पालना गर्दै आएका बैंक यसपटक मौद्रिक नीतिको समीक्षापछि केही आक्रामक देखिएका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतको सञ्जाल नेपाल बैैंकर्स एसोसिएसन (एनबीए)को बुधबारको बैठकमा राष्ट्र बैंकको नयाँ व्यवस्था बैंकका लागि प्रतिकूल रहेको र यसले बैंकको सञ्चालन खर्च धान्न कठिन हुने…